इटहरी । आज (बुधबार) नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । आइतबार सुन तोलामा ३ हजारले बढेर एक लाख ५२ हजार ६ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि शुक्रबार सुनको मुल्य तोलाको १ लाख ४९ हजार ६ सय रहेको थियो । त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी आज प्रतितोला ५० रुपियाँले बढेर १८१० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–९ तोरीपानीकी १९ वर्षीय मिना परियारको हत्यासम्बन्धी मुद्दाका सबै प्रतिवादीलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ । ज्यानसम्बन्धी कसुरमा म्याग्दी जिल्ला अदालतको मङ्गलबारको थुनछेक आदेशबाट उनीहरूलाई थुनाका लागि कारागार चलान गरिएको हो । न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासले मुद्दाको अन्तिम टुङ्गो नलागेसम्म कारागारमा राखेर अनुसन्धान गर्न आदेश गरेको म्याग्दी जिल्ला अदालतका सूचना अधिकारी डिल्लीराज पौडेलले बताए । अदालतको आदेशानुसार मिनाका प्रेमी भनिएका राम खत्री, रामकी आमा रेनु खत्री, दाइ बिक्की खत्री, भाई रोजन खत्री र सोही ठाउँका आफन्त श्याम खत्रीलाई
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषदको बैठक डाकेका छन् । आज (बुधबार) साँझ ५ बजे सिंहदरबारमा बस्ने गरी बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । नेपालको संविधानमा संवैधानिक परिषद्को अध्यक्ष प्रधानमन्त्री रहने व्यवस्था छ । त्यस्तै प्रधानन्यायाधीश, प्रतिनिधि सभाको सभामुख, राष्ट्रिय सभाको अध्यक्ष, प्रतिनिधि सभाको विपक्षी दलको नेता र प्रतिनिधि सभाको उपसभामुख परिषद्का सदस्य रहने संवैधानिक व्यवस्था छ । नयाँ प्रधानन्यायाधीश सिफारिसको विषयमा छलफल गर्न संवैधानिक परिषद्को बैठक बोलाइएको स्रोतले जनाएको छ । न्याय परिषद्ले यही भदौ २० गते नै ८ न्यायाधीशको ना
बारा । बारामा श्रीमानले श्रीमतीको घाँटी काटेर वीभत्स हत्या गरेका छन् । बाराको निजगढ नगरपालिका–९ भमरा टोलमा बस्दै आएका ४५ वर्षीय बिमलकुमार बस्नेतले मंगलबार राति ७ः४५ बजेको समयमा आफ्नै श्रीमती ४० वर्षीया लक्ष्मी राईलाई घरेलु धारिलो हतियारले पटक–पटक हात, खुट्टा र घाँटीमा प्रहार गरी हत्या गरेका हुन् । उनको उपचारको क्रममा मंगलबार राति ८ः१५ बजे मृत्यु भएको हो ।बुवा आमाको झगडा छुट्याउने क्रममा दुई छोरी समेत घाइते भएका छन् । १८ वर्षीया गंगा राई र १५ वर्षीया जमुना राईको बायाँ हातमा चोट लागेको ईलाका प्रहरी कार्यालय निजगढले जानकारी दिएको छ । उनीहरुको सामुदायिक प्रसुती गृह अस्पताल निजगढमा प्राथ
संखुवासभा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले विकास–निर्माणका काममा अवरोध नगर्न सम्बद्ध सबैलाई आग्रह गरेका छन् । धर्मदेवी नगरपालिकाले आज मुढेशनिश्चरे बजारमा आयोजना गरेको कार्यक्रममा उनले जनताको विकासका चाहना पूरा गर्न जनप्रतिनिधि तथा कर्मचारी दत्तचित्त भएर लाग्नुपर्नेमा जोड दिए । मन्त्री खड्काले स्थानीय तहका निम्ति विनियोजित बजेट उपयोग नहुँदा विकास–निर्माणका काम प्रभावित भएका बताए । उनले ऊर्जा, जलस्रोत र सिँचाइ क्षेत्रमा समस्या समाधानमा लाग्ने प्रतिबद्धता पनि व्यक्त गरे । जल तथा ऊर्जा आयोगको सचिवालयका सचिव सुरेश आचार्यले जलविद्युत्, पर्यटन र कृषि क्षेत्रको प्रचुर सम्
भोजराज घिमिरे ,विराटनगर कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्की १० वर्षमुनिका बालबालिकाको विशिष्टीकृत उपचार सेवा निशुल्कको माग राख्दै आमरण अनशनमा बसिरहेका छन्। मंगलबार प्रदेशसभा सचिवालय अगाडि अनशन बसिरहेका कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएर घर पठाए पनि, उनी पुनः फर्केर निषेधित क्षेत्र बाहिर अनशन जारी राखेका छन्। कार्कीलाई प्रहरीले राति ८ बजे पक्राउ गरी बुढीगंगा गाउँपालिका–२ टंकिसिनवारीस्थित उनको निवासमा लगेर छाडेको थियो। तर, उनी प्रदेशसभा सचिवालयबाट पूर्वतर्फ रहेको देवकोटा चोकमा पुनः अनशन बसेका हुन्। प्रहरीले अनशन स्थलमा बल प्रयोग गर्दा केही समर्थक घाइते भएका
भोजराज घिमिरे - विराटनगर, पूर्वमुख्यमन्त्री केदार कार्कीले १० वर्षमुनिका बालबालिकाको लागि निशुल्क विशिष्टीकृत उपचार सेवा उपलब्ध गराउनुपर्ने माग राख्दै सुरु गरेको आमरण अनशनमा मंगलबार प्रहरीले बल प्रयोग गर्दै उनलाई पक्राउ गरेको छ। राति ८ बजे कार्कीलाई प्रहरीले नियन्त्रणमा लिई बुढीगंगा गाउँपालिका–२, टंकिसिनवारीमा पुर्याएको भए पनि उनले गाडीबाट उत्रिन अस्वीकार गरेका छन्।कार्कीका प्रेस सल्लाहकार देवनारायण साहका अनुसार, कार्कीलाई जबरजस्ती छाडिए पुनः अनशन स्थलमै फर्कने चेतावनी दिएका छन्। प्रहरी कार्कीलाई आफन्तको जिम्मा लगाउने प्रयास गरिरहेको छ। कार्कीको अनशनस्थलमा प्रहरीले बल
-पथरी शनिश्चरेमाेरङ्गकाे पथरी शनिश्चरे नगरपालिकाको प्रमुख मोहन प्रसाद तुम्वापोको अध्यक्षतामा पूर्व पश्चिम राजमार्ग अन्तर्गत पथरी शनिश्चरे नगरपालिका वडा नं. १० जिरिखिम्ती खण्डमा राजमार्ग विस्तार सम्वन्धमा छलफल गरिएको छ । आज नगरपालिकाको सभाहलमा भएको सो छलफलबाट विभिन्न निर्णयहरु गरिएको छ । वडा नं. १० स्थित जिरिखिम्ती खण्डमा हाल सञ्चालनमा रहेको सडक व्यक्तिको नाममा स्रेस्ता रहेको जग्गामा रहेको र पुनः सडक विस्तार हुने क्रममा सडकको दाया बायाँ क्षेत्र लिंदा सडकको उत्तर क्षेत्रमा बसोबास गर्ने व्यक्तिहरु सडक विस्तारबाट प्रभावित हुने अवस्था रहेकोले आयोजनासँग सम्वन्धित प्रमुख जिल्ला अधिकारीको सं
- भोजराज घिमिरे विराटनगर- कोशी प्रदेशका पूर्वमुख्यमन्त्री एवम् नेपाली कांग्रेसका नेता केदार कार्कीले प्रदेश सरकारले बालबालिकाको नि:शुल्क उपचार योजना कटौती गरेको विरोधमा मंगलबारदेखि विराटनगरमा अनसन सुरू गरेका छन्। कार्कीले मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको सरकारले १० वर्ष मुनिका बालबालिकाका लागि ल्याइएको नि:शुल्क उपचार योजना कटौती गरेको भन्दै यसको विरोधमा प्रदेशसभा नजिकै अनसन थालेका हुन्। जिल्ला प्रशासन कार्यालय मोरङले प्रदेशसभा क्षेत्र वरपर निषेधाज्ञा जारी गरेको भए पनि कार्कीले आफ्ना समर्थकहरूसहित सो क्षेत्रमा अनसन सुरू गरेका छन
भोजराज घिमिरे विराटनगर- नेपाल उद्योग वाणिज्य महासंघ, कोशी प्रदेशले कृषि उत्पादनमा प्रविधिको प्रयोगद्वारा वृद्धि गर्ने र आत्मनिर्भरता हासिल गर्ने दिशामा कदम चाल्नुपर्ने आवश्यकतालाई जोड दिएको छ। महासंघले स्थानीय कृषक, व्यवसायी, र सरकारी निकायहरूबीच सहकार्यको आवश्यकता औंल्याउँदै, आधुनिक प्रविधिको प्रयोगमार्फत दीर्घकालीन कृषि विकासको खाका तयार गर्नुपर्ने उल्लेख गरेको छ।प्रेस विज्ञप्तिमा आयातमा निर्भरता घटाउन र स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न आधुनिक कृषि प्रविधि र नवप्रवर्तनको प्रयोगलाई प्राथमिकतामा राख्नुपर्ने कुरा स्पष्ट गरिएको छ। महासंघले प्रदेशलाई आत्मनिर्भर बनाउन, कृषकहरूलाई प्रविधिमा