काठमाडौँ । रौतहटको कटहरिया नगरपालिकाका मेयर अजय प्रकाश र उपमेयर रीता देवीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । यस्तै अख्तियारले प्रमुख प्रशासकीय अधिकृत राम प्रकाश साहसहित थप ८ जनाविरुद्ध पनि गैरकानूनी लाभ तथा हानी पुर्याई भ्रष्टाचार गरेकोसम्बन्धी मुद्दा बिहीबार विशेष अदालतमा दायर गरेको छ ।अख्तियारले अधुरो सामुदायिक भवनमा टायल्स र फ्लोरिङको काममा उपभोक्ता समितिसँग मिलेमतो गरेर वास्तविकता भन्दा बढी क्षेत्रफल देखाएर रकम हिनामिना गरेको अभियोगमा मुद्दा दायर गरेको हो । भुक्तानी सिफारिस भएको नापी किताबमा ११९४ दशमलब ४१ वर्ग मिटर भएको र वास्तविक क्षेत्रफल ४ स
इटहरी । नेकपा (एकीकृत समाजवादी) को अध्यक्षमा माधव नेपाल दोहोरिएका छन् । पार्टी महाधिवेशनको बन्द सत्रबाट अध्यक्षमा नेपाल सर्वसम्मत भएका हुन् ।सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाल सर्वसम्मत भएका छन् । अन्य पदको टुंगो लागिसकेको छैन । सुरुमा तीनै नेताले अध्यक्षमा दाबी गरेका थिए । तर, नेताहरूले दबाब दिएपछि सर्वसम्मतरूपमा नेतृत्व चयन गरिएको हो । महाधिवेशन प्रतिनिधिहरूले पनि अध्यक्षमा नेपाललाई सर्सम्मत गर्न सुझाव दिएका छन् ।
काठमाडौँ । नेकपा एकीकृत समाजवादीको जारी दशौँ महाधिवेशन अब नयाँ नेतृत्व चयनमा केन्द्रित भएको छ । राजधानीको प्रज्ञा भवनमा जारी महाधिवेशनमा विभिन्न दस्ताबेज पारित भएसँगै आज नेतृत्व चयनमा केन्द्रित भएको हो । नेकपा एकीकृत समाजवादीको अध्यक्षमा माधवकुमार नेपाल सर्वसम्मत बन्ने भएका छन् ।बुधवार हुने भनिएको निर्वाचन प्रक्रिया रोकेर नेताहरू रातभर सर्वसम्मतिको प्रयासमा जुटेका थिए । अध्यक्षको प्रतिष्पर्धी रहेका घनश्याम भुसाललाई महासचिव बनाएर माधव नेपाललाई अध्यक्ष सर्वसम्मत बनाउने प्रयास भएको थियो । महाधिवेशन प्रतिनिधिको संख्या नेपालको पक्षमा अधिक देखिएपछि भुसालले वरिष्ठ उपाध्यक्ष दाबी गरेका थिए । वरिष
इटहरी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मन्त्रीहरू प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर बालुवाटारबाट फर्किएका छन्। राजीनामा दिने तयारीमा रहेका उनीहरू त्यसअघि प्रधानमन्त्रीसँग छलफल गर्न बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए। प्रधानमन्त्री प्रचण्डसँग छलफलपछि उनीहरू राजीनामा नदिईकन फर्किएका हुन्।प्रधानमन्त्री प्रचण्डले आफूले संसद्बाट विश्वासको मत लिने र सहयोग गर्न भनेपछि तत्काल राजीनामा नदिने निर्णय भएको रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए।‘प्रधानमन्त्रीज्यूले तत्काल राजीनामा नदिन आग्रह गर्दै आफू विश्वासको मत लिने र सहयोग गर्न भनेपछि हा
झापा । विपद्जन्य घटनाबाट झापामा १५ जनाको मृत्यु भएको छ भने १३ करोडभन्दा बढीको क्षति भएको छ । चालु आर्थिक वर्षको साउनदेखि हालसम्ममा बाढी, आगलागी, हावाहुरी र चट्याङजस्ता विपद्जन्य घटनाका कारण १५ को मृत्यु र १३ करोड ७२ लाख ८४ हजार नौ सयको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता कृष्णबहादुर चन्दले बताउनुभयो । हावाहुरीबाट दुई करोड ७६ लाख ४० हजार, बाढीबाट एक करोड ५० लाख, आगलागीबाट नौ करोड ८३ लाख ६ सय र चट्याङले आठ लाख ४४ हजार तीन सय बराबरको भौतिक क्षति भएको छ । त्यस अवधिमा बाढीबाट नौ जनाको मृत्यु र एक बेपत्ता, आगलागीबाट तीनको मृत्यु, २३ जना घाइते र चट्याङ लागेर तीनको मृत्यु, तीन जना घाइते
काठमाडाैं । नेपाल प्रहरीले एक किलो दुई सय ४७ ग्राम अवैध लागूऔषध कोकिनसहित दुई विदेशी नागरिकलाई पक्राउ गरेको छ।प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले काठमाडौँ महानगरपालिका–१६ ठमेलस्थित एक होटलबाट कोकिनसहित दुई विदेशी नागरिकलाई पक्राउ गरेको हो।पक्राउ पर्नेमा तान्जानियाका नागरिक ४६ वर्षीय रामधानी सिम्बा मवाबुम्बा र ५२ वर्षीय तवालिब किपेवु पशुआ छन्। उनीहरुलाई कोकिनका ७२ क्याप्सुलसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।प्लास्टिक कोटेड कोकिनका क्याप्सुल उनीहरुले इथियोपियामा पुगी निलेर काठमाडौँ आएको अनुसन्धानमा खुलेको ब्यूरोले जनाएको छ। बरामद लागूऔषधको अन्दाजी बजार मूल्य रु चार करोड ३७ लाख बराब
इटहरी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का चार मन्त्रीले आज (बिहीबार) राजीनामा दिँदैछन् । आज बिहान ८ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर मन्त्रीहरुले राजीनामा बुझाउने रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए । बुधबार नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै मन्त्रीहरु सामूहिक राजीनामा बुझाएका थिए ।नेकपा एमाले नेकपा माओवादी केन्द्रसँगको सत्ता समीकरण तोडेर नेपाली कांग्रेससँग गठबन्धन गरेपछि सरकार अल्पमतमा परेको छ । प्रचण्ड नेतृत्वको सरकार ढल्ने निश्चित भएपछि रास्वपाका मन्त्रीहरुले पनि सरकार छाड्न लागेका हुन् । सरकारमा रास्वपाका सभापति रवि लामिछाने उपप्रधा
इटहरी । फ्रान्सको पेरिसमा यही जुलाई २६ देखि अगष्ट ११ सम्म आयोजना हुने ३३ औं गृष्मकालीन ओलम्पिकमा नेपालबाट ७ खेलाडीले सहभागिता जनाउने भएका छन् । नेपाल ओलम्पिक कमिटीका अनुसार प्रतियोगितामा चार महिला र तीन पुरुष सहभागी हुनेछन् ।नेपालबाट सहभागी हुने खेलाडीहरू अहिले देश तथा विदेशमा प्रशिक्षणमा रहेको कमिटीले जानकारी दिएको छ । नेपालबाट ब्याडमिन्टनमा प्रिन्स दाहाल, टेवल टेनिसमा सान्टू श्रेष्ठ र सुटिङमा सुस्मिता नेपालले प्रतिस्पर्धा गर्नेछन् । यस्तै पौडीमा अलेक्जेन्डर शाह र डुवाना लामा, एथ्लेटिक्समा सन्तोषी श्रेष्ठ र जुडोमा मनिता श्रेष्ठ प्रधानले भाग लिनेछन् ।
इटहरी । गृहमन्त्री रवि लामिछानेलाई निलम्बन गर्न माग गर्दै दायर रिटमा आज (बिहीबार) पनि सुनुवाइ हुने भएको छ । रिटमा जवाफी बहस मात्र हुनेछ । मंगलबार रिटकर्ता अधिवक्ता अनुपम भट्टराई र सहकारीपीडितका तर्फबाट जवाफी बहस भएको थियो ।अब केही अधिवक्ताले जवाफी बहस गरेपछि लामिछानेको सहकारी ठगी प्रकरणमा आदेश हुनेछ । सहकारी ठगीमा नाम जोडिएका गृहमन्त्री लामिछानेलाई महान्यायाधिवक्ता कार्यालयले उजुरी र अभियोजन नरहेको भन्दै पत्र दिएको थियो । कास्कीमा सूर्यदर्शन सहकारीका पीडितले लामिछानेविरुद्ध किटानी जाहेरी दिए पनि महान्यायाधिवक्ता कार्यालयले लामिछानेलाई ‘क्लिन चिट’ दिएपछि अधिवक्ता भट्टराईले रिट दायर गरेका थ
इटहरी डेस्क। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री डा. मुकुल ढकालले जनताको पक्षमा बोल्दा आफूमाथि कारबाही भएको बताएका छन् । पार्टीले कारबाही गर्दै निलम्बन गरेपछि सामाजिक सञ्जालमार्फत ढकालले बोलेकै आधारमा आफूमाथि निलम्बनको पत्र थमाइएको दाबी गरेका छन् ।‘जनताको कुरा जस्ताको तस्तै बोलिदिएकोमा आज मलाई कारबाही भएको छ । बालहठ जस्तो होस् , अस्वाभाविक लागोस् वा अव्यवहारिक जनताले जसरी बताए त्यसरी नै बताइदिएँ’, उनले लेखेका छन्, ‘प्रतिवेदन सार्वजनिक भएपछि पढेर विचार गर्नुहोला नै । जनताको आवाज बोल्दा यो पटक रवि लामिछानेविरुद्ध बोलेको हुन्थ्यो, उहाँ पनि जनताकै पक्षमा होला सोचेर बोलिदिएँ । ज