All Posts By इटहरी खबर संवाददाता

    Showing २,००१-२,०१० of ३,०८७ items.
  • आजकाे माैसम : काेशीमा दिउसाे वर्षाकाे सम्भावना , अन्य चार प्रदेशमा भारी वर्षा

    इटहरी । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसमविदले जनाएका छन् । जसको प्रभावले देशभर साधरणतयादेखि पूर्णतया बदली रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।आज (बिहीबार) देशको कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ ।महाशाखाले आज दिउँसो देशभर साधारणतयादेखि पूर्णतया बदली रहने जनाएको छ । देशैभर केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको भन्दै महाशाखाले कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको

    • प्रकाशित मितिः असार २०, २०८१
    • २१२ पटक पढिएको
  • नेकपा एसको नयाँ नेतृत्व चयन आज, अध्यक्षमा नेपाल र भुसाल भिड्दै

    काठमाडौं । काठमाडौंमा जारी नेकपा (एकीकृत समाजवादी) को दशौं राष्ट्रिय महाधिवेशन अन्तर्गत आज (बिहीबार) नयाँ नेतृत्व चयनका लागि मतदान हुँदैछ । महाधिवेशनले नयाँ कार्यसमिति निर्वाचित गर्ने जिम्मेवारी निर्वाचन मण्डललाई दिएको छ । जसअन्तगर्त मतदाता नामावली प्रकाशन, मनोनयन दर्ता गर्ने, दाबी विरोध तथा उम्मेदवारी फिर्ता लिने समय, मतदानको कार्यसूची आजका लागि तोकिएको छ ।प्रत्येक जिल्लाबाट कम्तीमा एक जना सदस्य केन्द्रीय कमिटीमा प्रतिनिधित्व रहने सुनिश्चितता कायम गरिएको छ । सबै निर्वाचन क्षेत्रबाट केन्द्रीय कमिटीको निर्वाचन गर्दा २० प्रतिशत २५–४५ वर्ष उमेर समूहको आरक्षण गर्नुपर्ने निर्देशिकामा उल्लेख छ

    • प्रकाशित मितिः असार २०, २०८१
    • २७० पटक पढिएको
  • बालिका बलात्कार आरोपमा इन्स्पेक्टर शिवाकोटी पुर्पक्षका लागि थुनामा

    काठमाडौं । बालिका बलात्कारको आरोपमा पक्राउ परेका इन्स्पेक्टर विदुर शिवाकोटीलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीका अनुसार आज बुधबार न्यायाधीश शिशिरराज ढकालको इजलासले उनलाई थुनामा पठाउन आदेश दिएको हो ।आफ्नै घरमा घरेलु कामदारको रुपमा राखेर १२ वर्षकी बालिकामाथि विगत तीन वर्षयता पटक–पटक जबरजस्ती करणी गरेको आरोप शिवाकोटीलाई लागेको छ । सोही आरोपसहित बालिकाले प्रहरीमा निवेदन दिएपछि शिवाकोटी गत जेठ २३ गते पक्राउ परेका थिए । बालिकालाई भने काठमाडौँ महानगरको बाल उद्धार समितिले उद्धार गरेको हो ।पक्राउ परेका शिवाकोटीवि

    • प्रकाशित मितिः असार १९, २०८१
    • २६५ पटक पढिएको
  • पर्सामा आठ लाख ‘सुपारी’ दिएर काकासहित दुई जनाको हत्या, तीन जना पक्राउ

    पर्सा । झारफुक र धामी झाँक्रीको काम छ भनी बोलाएर दुई जनाको हत्या गरी नेपाल–भारत सीमाको दशगजामा गाड्ने तीन जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१५ भिष्वाका ३२ वर्षीय सन्तोषप्रसाद कुम्हार, भिष्वाकै ३३ वर्षीय लक्ष्मणकुमार पण्डित प्रजापति र पर्साको जगरनाथपुर गाउँपालिका–५ का धर्मपुरका ४५ वर्षीय महादेव महतो छन् । उनीहरूलाई विभिन्न मितिमा पक्राउ गरी पर्सा प्रहरीले बुधबार सार्वजनिक गरेको हो ।जेठ १९ गते पर्साको जगरनाथपुर गाउँपालिका–१ ओरिया खोलाको किनारमा नेपाल–भारत सीमानाको दशगजाभन्दा ८० मिटर नेपालको सरहदभित्र खाली जग्गामा गाडिएको अवस्थामा बाराको कलैया उपमहानग

    • प्रकाशित मितिः असार १९, २०८१
    • २६६ पटक पढिएको
  • प्रधानमन्त्रीले राजीनामा नदिएपछि एमालेले फिर्ता लियो समर्थन, प्रचण्ड सरकार अल्पमतमा

    इटहरी डेस्क ।  नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल ‘प्रचण्ड’ लाई दिएको समर्थन फिर्ता लिएको छ । समर्थन फिर्ता लिएको पत्र केहीबेरमा प्रधानमन्त्री प्रचण्डलाई बुझाउने एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।उनले भने, ‘आजसम्म हामीले उहाँलाई राष्ट्रिय सहमतिको सरकारका लागि मार्ग प्रशस्त गर्न भनेका थियौँ । त्यस्तो नहुने देखिएकाले समर्थन फिर्ता लिने निर्णयको कपीसहित प्रधानमन्त्रीलाई पत्र बुझाउँदैछौँ । हाम्रा मन्त्रीहरू पनि फिर्ता हुनुहुन्छ ।’एमालेले समर्थन फिर्ता लिने निर्णय गरेसँगै प्रचण्ड सरकार अल्पमतमा परेको छ । ७९ सिट रहेको एमालेले समर्थन फिर्ता लिएपछि अब प्रचण्ड सरकारको समर्थनमा ३२ सि

    • प्रकाशित मितिः असार १९, २०८१
    • १८१ पटक पढिएको
  • कोशीमा बाढी आउदा सुनसरी र सप्तरीवासीलाई तनाब , बढाइयाे उच्च सतर्कता

    इटहरी । सप्तकोशी नदीको बहावमा उतारचढाव शुरु भएसँगै सुनसरी र सप्तरी जिल्लाका तटीय क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ। जुनकुनै समयमा बढ्नसक्ने जलस्तरले निमत्याउन सक्ने विपद्लाई मध्यनजर गर्दै तटीय भेगका दुवै जिल्ला सुनसरी र सप्तरीले सतर्कता सहितको आवश्यक तयारी अघि बढाएको हो। बाढी पूर्वतयारीलाई लिएर कोशी ब्यारेजमा दुवै जिल्लाका सुरक्षा निकायको उपस्थितिमा आकस्मिक बैठकसमेत डाकिएको छ। बैठकले नदीमा आउनसक्ने बाढीको आँकलन गर्दै सूचना संप्रेषण र विपद् पूर्वतयारीको कार्यलाई तदारुकताका साथ बढाउने निर्णय गरेको छ। बाढीसँगै कोशीमा डुंगा चलाउन र माछा मार्न प्रशासनले रोक लगाएको छ।बैठकले पानीको बहावसँगै आवश्यकताअ

    • प्रकाशित मितिः असार १९, २०८१
    • ५४५ पटक पढिएको
  • सुदूरपश्चिममा नयाँ सरकारबारे कांग्रेस–एमालेकाे छलफल, मार्ग प्रशस्त गर्न मुख्यमन्त्रीलाई सुझाव

    कैलाली । केन्द्रमा दुई ठूला दल नेकपा एमाले र नेपाली कांग्रेसको सत्ता गठबन्धन बनेसँगै प्रदेश सरकारको पनि समीकरण पनि फेरबदल हुने भएको छ । संघीय सरकार निर्माणको समीकरण फेरबदलले प्रदेश सरकारमा पनि नयाँ गठबन्धन बन्न लागेको हो ।प्रारम्भिक मस्यौदामा एमालेले कोशी, लुम्बिनी र कर्णाली, कांग्रेसले बाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व गर्ने उल्लेख छ । मधेस प्रदेश सरकारको नेतृत्व मधेसवादी दललाई दिने दुई दलले निर्णय गरेका छन् । योसँगै सुदूरपश्चिममा पनि नयाँ सरकार गठनका लागि गृहकार्य अगाडि बढेको छ । मंगलबार राति कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह र एमालेका संसदीय दलका नेता राजेन्द्र

    • प्रकाशित मितिः असार १९, २०८१
    • १२७ पटक पढिएको
  • रास्वपा महामन्त्री ढकाल मुखमा टेप लगाएर बैठकमा उपस्थित, ‘लाइभ’ नगरिएकोमा विरोध

    काठमाडौं । बोल्न पाउने अधिकार हनन् भएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री डा. मुकुल ढकाल केन्द्रीय कमिटीको बैठकमा मुखमा कालो टेप लगाएर बसेका छन् । केन्द्रीय कमिटीको बैठक अहिले पार्टी कार्यालय चःमतिमा जारी छ । बैठक बिहान साढे आठ बजेदेखि सुरू भएको हो । उनले केन्द्रीय कमिटीको बैठक प्रत्यक्ष प्रशारण (लाइभ) गर्न माग गरेका थिए । तर सभापति रवि लामिछानेले सुनावाइ नगरेको उनको आरोप छ ।‘बैठक लाइभ नगर्ने निर्णय गरिएकाले आफ्नो लोकतान्त्रिक अधिकार, बोल्न पाउने अधिकार हनन् भएकाले पार्टी बैठकमा मुखमा कालो टेप लगाएर बसेको छु,’ उनले भने । महामन्त्री ढकालले ३९ जिल्ला घुमेर पार्टी संकट

    • प्रकाशित मितिः असार १९, २०८१
    • २५८ पटक पढिएको
  • नेकपा एसको महाधिवेशन : आज सामुहिक छलफलको निष्कर्ष सुनाइने, भोलि नेतृत्व चयन

    इटहरी । नेकपा (एकीकृत समाजवादी) को दशौं राष्ट्रिय महाधिवेशन आज (बुधबार) पनि जारी रहेको छ । जारी महाधिवेशन अन्तर्गत आज चार वटा राजनीतिक दस्तावेजमाथि छलफल हुनेछ ।आज समूह नेताहरूले सुझाव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा जारी महाधिवेशनमा दस्तावेजमाथि छलफल गर्न १२ वटा समूह बनाइएको छ । १२ समूहमा कोशी प्रदेशका प्रतिनिधिहरूको एउटा समूह रहेको छ । आज १२ समूहका टोली नेताहरूले राजनीतिक, साङ्गठनिक, नेपाली विशेषताको समाजवाद र विधान संशोधनमाथि आफ्ना सुझाव राख्ने छन् । नेतृत्व चयनको प्रक्रिया भने भोलिबाट सुरू हुनेछ ।एकीकृत समाजवादीको अध्यक्ष पदमा हालका अध्यक्ष माधवक

    • प्रकाशित मितिः असार १९, २०८१
    • १७६ पटक पढिएको
  • काठमाडौं नयाँबजार सडकमा गुडिरहेको मोटरसाइकल खाल्डोमा ‘गायब’, चालकको सकुशल उद्धार

    काठमाडौं । काठमाडौंको स्रोहखुट्टेस्थित नयाँ बजारमा सडक भाँसिएको छ । सडक भाँसिएर कुदिरहेको मोटसाइकल खाल्डोभित्र खसेर गायव भएको छ । मोटसाइकल चालकलाई सकुशल उद्धार गरिएको छ भने मोटरसाइकल अझै भेटिएको छैन ।सडक ९ फिट गहिरो भाँसिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आज बिहान ५ बजे सडक भाँसिएको थियो । भाँसिने वित्तिकै मोटरसाइकल चालक खाल्डोमा खसेका थिए । काठमाडौं महानगर प्रहरी र सशस्त्र प्रहरीले मोटरसाइकलको खोजी गरिरहेको छ । भारी वर्षाको कारण सडक भाँसिएको हुन सक्ने सडक विभागको अनुमान छ । सडक अनुगमनको लागि सडक विभागको टोली जाँदैछ ।

    • प्रकाशित मितिः असार १९, २०८१
    • ३७२ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल