All Posts By इटहरी खबर संवाददाता

    Showing २,२५१-२,२६० of ३,०८७ items.
  • बेलायतमा कृश्मस: धार्मिक चाड वा धर्म नजोडिएको मेला?

    कृश्मस बारे केटाकेटी मै पोखराको लेकसाइडमा सुनेको भए पनि कृश्मसको मेरो पहिलो प्रत्यक्ष अनुभव आज भन्दा ४० वर्ष अघि हङकङमा भएको थियो । त्यति बेला पनि चर्चमा पसेर होइन कृश्मस रुखका आडमा फोटो खिचेर र भेटे जतिलाई मेरि कृश्मस भनेर अनुभव गरेको हो । त्यस बेला देखि यो रमाइलो मौसममा धर्म बारे अनभिज्ञ भएर नै कृश्मस मनाउँदै आइयो । पछि बेलायत बसाइँ सरे पछि आफूले पढाएको विद्यालयमा chapel service हुन्थ्यो, हप्तै पिच्छे विद्यार्थीहरु सँग कृश्चियन भजन गाइयो, सुनियो । ती क्रियाकलापमा भाग नलिएको भए पनि हुन्थ्यो तर लिएर नै सिकिने हुनाले लीइयो । किताबी ज्ञान भन्दा प्रत्यक्ष अनुभव बढी प्रभावकारी हुन्छ नै ।अहिले सम्म

    • प्रकाशित मितिः पुस ९, २०८०
    • १,४७७ पटक पढिएको
  • प्रचण्ड ज्वाइँको उपनामले आलोचना खेपेका आचार्य काम गरेर प्रशंसा बटुल्दै

    गोठगाँउ मोरङ/  नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा कोशी प्रदेशका सांसद जीवन आचार्य मोरङको क्षेत्र नम्बर ६ क बाट निर्वाचित भए पछि कोशी प्रदेशमा पर्यटन, वन तथा वातावरण मन्त्रीमा एमाले गठबन्धनको सरकारबाट जिम्मेवारी पाएका थिए । उनी मन्त्री बने लगतै प्रचण्डले आफ्ना ज्वाइँलाई मन्त्री बनाएको भन्दै पाटी भित्र र बाहिर चरम आलोचना भएको थियो ।त्यसको केही महिना पछि प्रदेशमा सत्ता समीकरण फेरबदल भयो । कोशी प्रदेशमा काङ्ग्रेससँग गठबन्धन गरेर नयाँ सरकार गठन भए पछि आचार्यले आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी समाले । त्यति बेला पनि पाटी भित्रैबाट उनको आलोचना भयो । उनले पाटीमा केन्द्रीय सदस्यको पद

    • प्रकाशित मितिः मंसिर १९, २०८०
    • १,५८७ पटक पढिएको
  • बिई प्रवेश परीक्षा अन्योलमा

    ललितपुर । त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानका पदाधिकारी र विद्यार्थी सङ्गठनबिच भएको सहमति अन्योलमा परेको छ।  इन्जिनियरिङ अध्ययन संस्थानका पदाधिकारी र विद्यार्थी सङ्गठनबिच सोमबार राति ११ बजे शुल्क वृद्धि नगर्ने र यही असोज २२ गते स्नातक तह (बिई(बिआर्क) को प्रवेश परीक्षा सञ्चालन गर्ने सहमति भएको थियो ।संस्थानका डिनले दबाबमा हस्ताक्षर गरेको भन्दै अध्ययन संस्थानका अन्य पदाधिकारीले अस्वीकार गरेपछि सहमति कार्यान्वयन नै शङ्काको घेरामा परेको छ । संस्थानका जिम्मेवार पदाधिकारी कोही पनि सञ्चार सम्पर्कमा आउन चाहेका छैनन्। सबै पदाधिकारी भागाभागको स्थिति छ। संस्थानमा चार जना सहायक ड

    • प्रकाशित मितिः असोज १७, २०८०
    • २१३ पटक पढिएको
  • सार्वजनिक बिदामा नेपालको ‘विश्व रेकर्ड’

    काठमाडौं । राम्रो कुरामा नभए पनि नराम्रो कुरा (वार्षिक सार्वजनिक बिदा) मा चाहिँ नेपालले विश्वमा उच्च स्थान हासिल गरे छ । अनि हामी गरिब नभए को हुन्छ त ? पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले मंगलबार एक्स (पहिले ट्विटर) मा गरेको पोस्टको पहिलो अंश हो यो ।विश्वव्यापी तथ्यांक राख्ने संस्था वर्ल्ड स्टाटिस्टिक्सुले सर्वाधिक सार्वजनिक बिदा दिने विश्वका ४८ देशको सूची सार्वजनिक गरेको छ । जसमा वर्षभरि ३५ दिन सार्वजनिक बिदासहित नेपाल पहिलो स्थानमा छ।एक्समा सार्वजनिक यही सूचीको लिंक सेयर गर्दै पूर्वप्रधानमन्त्री भट्टराईले यस्तो टिप्पणी गरेका हुन् । भट्टराईले अगाडि लेखेका छन्, गम्भीर बनौं !! काम नगरी दि

    • प्रकाशित मितिः असोज १७, २०८०
    • २२१ पटक पढिएको
  • प्रदेश नेतृत्व चयनमा ओली निर्देशनको अवज्ञा

    काठमाडौं । संसद्को दोस्रो ठूलो दल नेकपा (एमाले) को प्रथम प्रदेश अधिवेशनमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्देशनको अवज्ञा भएको छ । प्रदेश समिति सर्वसहमत गराउन प्रदेश तथा केन्द्रीय नेताहरूलाई अध्यक्ष ओलीले निर्देशन दिँदै प्यानल बनाए गए उम्मेदवारी नै खारेज गरिदिने चेतावनी दिए पनि उनको निर्देशनको अवज्ञा गर्दै मतदान प्रक्रियाबाटै प्रदेश नेतृत्व चयन भइरहेको हो ।मतदानमा नगई नेता छनोटमा सकस देखिएपछि अन्ततः ओलीको निर्देशनलाई कुल्चिएर नेताकार्यकर्ताले समूहगत रूपमै उम्मेदवारी दिने र सोहीअनुसार मतदानबाट नेतृत्व चयनको प्रक्रिया अपनाएका हुन् । अधिवेशनमार्फत् नयाँ कमिटीको नेतृत्व चयनमा जुटेको एमालेका

    • प्रकाशित मितिः असोज १७, २०८०
    • १७० पटक पढिएको
  • ऊर्जा विकास मार्गचित्र तयार

    काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ‘ऊर्जा विकास मार्गचित्र तथा कार्ययोजना– २०८०’ मार्गचित्र कार्यान्वयनको तयारीमा जुट्न मातहतका निकायलाई निर्देशन गरेको छ । मन्त्रालयले कार्ययोजना तयार गरे पनि मन्त्रीपरिषद्बाट स्वीकृत भने भइसकेको छैन । मङ्गलबार ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा मन्त्रालय र मातहतका निकायका प्रमुख तथा पदाधिकारीसँगको छलफलमा मन्त्री बस्नेतले आगामी १२ वर्षका लागि तयार पारिएको कार्ययोजनालाई वस्तुगत र व्यावहारिक रूपमा कार्यान्वयन गर्ने गरी तयारी गर्न निर्देशन दिनुभएको हो ।  कार्ययोजना अनुसार सन् २०३५ सम्म कुल माग २८ हजार ४६८ मेगावाट विद्युत् पुग्ने

    • प्रकाशित मितिः असोज १७, २०८०
    • १४२ पटक पढिएको
  • मलेखुमा ट्रकको ठक्करबाट दुई स्कुले बालकको मृत्यु

    मलेखु । धादिङको गजुरी गाउँपालिका–२ मलेखुस्थित मजुवामा ट्रकको ठक्करबाट दुई स्कुले बालकको मृत्यु भएको छ । सिद्धलेक गाउँपालिका–६ का निर्मल श्रेष्ठ र सञ्जीव श्रेष्ठको ट्रकको ठक्करबाट घटनास्थलमै मृत्यु भएको  प्रहरीले जनाएको छ । काठमाडौँबाट चितवनतर्फ जाँदै गरेको प्रदेश ०२–००१ख ६४१३ नम्बरको ट्रकले आज बिहान दुवैजनालाई ठक्कर दिएको थियो । मृतक दुवै बालक बागेश्वरी माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्यनरत थिए ।घटनापछि स्थानीयले क्षतिपूर्तिको माग गर्दै पृथ्वीराजमार्गको मलेखु क्षेत्रमा यातायात बन्द गराएका छन् । ट्रक चालक रौतहटको चन्द्रपुर नगरपालिका–२ का ४१ वर्षीय अशोक बम्जनलाई प्रहरीले नियन्त्र

    • प्रकाशित मितिः असोज १७, २०८०
    • १६३ पटक पढिएको
  • आज कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना

    काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित छ। साथै नेपालमा हाल भारतको झारखण्ड आसपासको क्षेत्रमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ।जसको प्रभावले हाल देशभर आंशिक देखि सामान्य बदली रही गण्डकी र लुम्बिनी प्रदेशका केहि स्थानहरूमा साथै कोशी र बागमती प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी, मधेस, बागमती, गण्डकी

    • प्रकाशित मितिः असोज १७, २०८०
    • ५८८ पटक पढिएको
  • ९ औँ एसियन गेम्सको पुरुष क्रिकेट प्रतियोगितामा भारतसँग नेपाल पराजित

    काठमाडौँ । चीनको हान्झाउमा जारी १९ औँ एसियन गेम्सको पुरुष क्रिकेट प्रतियोगिताको क्वार्टफाइनलबाटै नेपाल बाहिरिएको छ ।मंगलबार भएको अन्तिम ८ को खेलमा भारतसँग २३ रनले पराजित हुँदै नेपाल प्रतियोगिताबाटै बाहिरिएको हो ।२ सय ३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर नेपालले १७९ रनमात्र १ सय बनाउन सक्यो ।नेपालका लागि दीपेन्द्र सिंह ऐरीले १५ बलमा ४ छक्काको मदतमा ३२ रन बनाउँदा सन्दीप जोरा र कुशल मल्लले समान २९२९ रन बनाए । कुशल भुर्तेल २८ रन तथा आशिफ शेख १० रनमा आउट भए । करण केसीले १८ रन बनाए ।भारतका लागि रवि विश्नोइ र आभेश खानले समान ३–३, अर्शदिप सिंहले २ र साइ किशोरले १ विकेट

    • प्रकाशित मितिः असोज १६, २०८०
    • २९५ पटक पढिएको
  • बिरेन तितुङको निर्देशनमा ‘अल्लारे कान्छी’ सार्वजनिक (भिडियोसहित)

    काठमाडौँ । भिडियो निर्देशनमा आफ्नो छुट्टै पहिचान बनाएका बिरेन तितुङको निर्देशन रहेको  नेपाली गीत ‘अल्लारे कान्छी’को  म्युजिक भिडियो सार्वजनिक भएको छ ।  अस्मिता अधिकारी र हस्त लामाको आवाज रहेको गीतको भिडियोमा तामाङ समुदायको चर्चित मोडेल रस्मिला तामाङ र पूर्ण लिम्बूको अभिनयमा रहेको छ । गीतमा शब्द हस्त तामाङकै रहेको छ भने एरेन्ज मिक्स वाङ्छ्यु फ्युबाले गरेका छन्।एचजी मोसन पिक्चर्स नामक युट्युव च्यानलबाट सार्वजनिक गरिएको गीतले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ ।

    • प्रकाशित मितिः असोज १६, २०८०
    • ४५४ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल