All Posts By इटहरी खबर संवाददाता

    Showing २,२९१-२,३०० of ३,०५४ items.
  • तोलामा ५०० रुपैयाँले बढ्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?

     काठमाडौँ ।  आज (आईतबार) सुनको मुल्य ५०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत साताको शुक्रवार प्रतितोला  १ लाख ११ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ५०० रुपैयाँले बढेर प्रति तोला १ लाख १२ हजार ३०० रुपैयाँमा कारोबार भईरहेको छ । यस्तै, आज तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ७५० रुपैयाँ तोकिएको छ । गत साताको शुक्रवार  तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार २५० रुपैयाँ तोकिएको थियो ।यस्तै,आज चाँदीको मूल्य समेत प्रतितोला ५ रुपैयाँले बढेको छ ।आज चाँदीको मूल्य तोलामा १४ सय रुपैयाँ कायम छ । जुन, गत साताको शुक्रवार तोल

    • प्रकाशित मितिः भदौ ३१, २०८०
    • १३२ पटक पढिएको
  • सात सय ३८ कर्मचारीको जागिर चट

    वीरगन्ज । वीरगन्ज महानगरपालिकामा कार्यरत ७३८ जनाको जागिर खोसिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौँडा कार्यालयमा उजुरी परेपछि महानगरपालिकाले भदौ २७ गते बुधबारदेखि लागु हुने गरी ती कर्मचारीलाई कामकाजमा नलगाउन आदेश जारी गरेको हो ।महानगरपालिकाले जारी गरेको पत्रमा सबै वडा कार्यालय, महाशाखा, उपशाखा, एकाइ प्रमुख, स्वास्थ्य चौकी, केन्द्रका कार्यालयमा स्थायी र करारमा कार्यरत रहेका कर्मचारीबाहेकका कसैलाई पनि कामकाजमा नलगाउने भनिएको छ । यस्तो पत्र जारी भएपछि विभिन्न मिति र विभिन्न तहमा नियुक्ति पाएका ज्यालादारी कर्मचारीको जागिर सकिएको छ । महानगरपालिकाको प्रशासन महाशाखाका अनुसार नियुक

    • प्रकाशित मितिः भदौ ३१, २०८०
    • ९७ पटक पढिएको
  • चितवनमा गोहीको आक्रमणबाट एक जनाको मृत्यु

    भरतपुर । चितवनमा गोहीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । मृत्युहुनेमा पूर्वी चितवनको रत्ननगर नगरपालिका–५ स्थित मगरटोलका ४४ वर्षीय फगुना महतो रहेका छन् । शनिबार साँझ  महतो डुङ्गाघाट क्षेत्रमा मृतावस्थामा फेला परेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी र्दिए ।महतो माछा मार्न जाँदा गोहीले आक्रमण गरेको हुनसक्ने  तिवारीले बताए । 

    • प्रकाशित मितिः भदौ ३१, २०८०
    • १०१ पटक पढिएको
  • ब्राजिलको अमेजनको जङ्गलमा विमान दुर्घटना, १४ जनाको मृत्यु

    काठमाडौँ । ब्राजिलको अमेजनको जङ्गलबीच बार्सेलोस सहरमा शनिवार भएको एक विमान दुर्घटनामा १४ जनाको मृत्यु भएको छ ।  दुर्घटनाग्रस्त विमान  खराब मौसमका बीच अमेजोनासको मानुसबाट बार्सेलोस जाँदै थियो । अधिकारीका अनुसार भारी वर्षाका कारण विमान ल्यान्ड गर्ने कोसिस गरिरहेका बेला दुर्घटनाग्रस्त भएको हो ।  दुर्घटनामा विमानमा सवार सबैको मृत्यु भएको छ । यसमा चालक दलका दुई सदस्यसहित  १२ यात्री थिए जसमा केही पर्यटक रहेको बताइएको छ । समाचार एजेन्सीका अनुसार सबै यात्री ब्राजिलियन मूलका थिए । उनीहरु बार्सेलोसमा स्पोर्ट फिसिङका लागि जाँदै थिए । समाचार एजेन्सी रोयटर्सका अनुसार

    • प्रकाशित मितिः भदौ ३१, २०८०
    • २१६ पटक पढिएको
  • बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले इण्डियन आयल कर्पोरेशनबाट मूल्य बढेर आएको भन्दै शुक्रबार राति १२ बजेबाट लागू हुनेगरी मूल्य बढाउने निर्णय गरेको निगमका प्रवक्ताले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ तथा डिजेल र मट्टीतेलमा समान तीन–तीन रुपैयाँ प्रतिलिटर मूल्य बढाएको हो ।मूल्यवृद्धिपछि काठमाडौंमा पेट्रोल प्रतिलिटर एक सय ८३ रुपैयाँ तथा डिजेल मट्टीतेल समान एक सय ७३ रुपैयाँ पुगेको छ । 

    • प्रकाशित मितिः भदौ ३१, २०८०
    • १३८ पटक पढिएको
  • स्वीजरल्याण्डको हिउँमा अनिलाको ‘बादलसँगै’ (भिडियोसहित)

    काठमाडौँ । गायिका अनिला राईले ‘बादलसँगै’ बोलको आफ्नो गीतको  भिडियो स्वीजरल्याण्डमा छायाँकन गरेकी छन् । उक्त गीतको भिडियोलाई उनले आफ्नै अफिसियल युट्युब च्यानल ‘अनिला राई अफिसियल’ मार्फत हालै सार्वजनिक गरेकी हुन् ।बेलायतलाई कर्मथलो बनाउँदै आएकी अनिला नेपाली गीतसंगीत क्षेत्रमा पनि सक्रिय रहँदै आएकी छन् । हालैका दिनमात्र उनका झण्डै एक दर्जन गीतको भिडियो शृंखलावद्ध रुपमा रिलिज भएको थियो । यसैबेला अनिलाले स्वीजरल्याण्ड घुम्न गएको मौकामा ‘बादलसँगै’ गीतको भिडियो निर्माण गरेकी हुन् ।गायिका अनिला केही साताअघि परिवारसहित स्वीजरल्याण्ड घुम्न गएकी थिइन् । सोही मौकामा ‘बादलसँगै’ गीतको भिडियो निर्म

    • प्रकाशित मितिः भदौ २९, २०८०
    • १६३ पटक पढिएको
  • तोलामा ६०० रुपैयाँले बढ्यो सुनको मुल्य

    काठमाडौं । आज (शुक्रबार) सुनको मुल्य ६०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो (बिहिबार) प्रतितोला १ लाख ११ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ६ सय रुपैयाँले बढेर प्रति तोला १ लाख ११ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ ।आज तेजावी सुन पनि तोलामा ६ सयले बढेर प्रति तोला १ लाख ११ हजार २ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै आज चाँदीको भाउ तोलामा १० रुपैयाँले बढेर प्रतितोला १ हजार ३ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

    • प्रकाशित मितिः भदौ २९, २०८०
    • १३३ पटक पढिएको
  • मादक पदार्थ सेवन गरी छोराद्वारा बुबाको हत्या

    दाङ । मादक पदार्थ खाएका घोराही उपमहानगरपालिका–५  दलजितपुर निवासी २८ वर्षीय सन्तोष केसीले बाबुको हत्या गरेका छन् । सन्तोषले ५१ वर्षीय बाबु प्रेमबहादुर केसीको हत्या गरेको प्रहरीले जनाएका छन् ।  प्रहरीका  अनुसार छोराको कुटपिटबाट सख्त घाइते प्रेमबहादुरको उपचारका क्रममा मृत्यु भएको हो ।  सन्तोषलाई प्रहरीले प्रकाउ गरी अनुसन्धान थालेको छ । 

    • प्रकाशित मितिः भदौ २९, २०८०
    • १३३ पटक पढिएको
  • शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गैँडाको आक्रमणबाट ४२ वर्षीया महिलाको मृत्यु

    कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गैँडाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।मृत्यु हुर्नेमा बेलडाँडी गाउँपालिकाको कालिकिचताल क्षेत्रमा बेलडाँडी–२ गुन्डी टोलकी ४२ वर्षीया बेलमती बुढा रहेकी छिन् ।  उनको आज बिहान गैँडाको आक्रमणबाट मृत्यु भएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत मनोज ऐरले जानकारी दिए ।  आज बिहान ८ बजेतिर च्याउ टिप्न गएको बेला गैँडाको आक्रमण परेर बेलमतीको घटनास्थलमै मृत्यु भएको हो । ऐरका अनुसार निकुञ्जको टोली अहिले घटनास्थलमा पुगेको छ । मृतक बुढासँगै अन्य दुई महिला पनि आज बिहान च्याउ टिप्न निकुञ्ज प्रवेश गरेका थिए । उनका अनुसार द

    • प्रकाशित मितिः भदौ २९, २०८०
    • ११० पटक पढिएको
  • बालबालिकाका मुद्दा १२० दिनभित्रै टुंग्याउन सर्वोच्चका परमादेश

    काठमाडौं । सर्वोच्च अदालतले बालबालिकाका मुद्दा कानुनअनुसार १२० दिनभित्रै किनारा लगाउन परमादेशको आदेश जारी गरेको छ । बालवालिकाको मुद्दा छिन्न नसक्दा पुर्पक्षमा लागि अनावश्यक रूपमा बाल सुधारगृहमा राख्न थालिएपछि निश्चित समयभित्र मुद्दा टुंगाउन जिल्ला अदालतका नाममा सर्वोच्चले आदेश जारी गरेको हो ।न्यायाधीशहरू प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासले बन्दी प्रत्यक्षीकरणसम्बन्धी परेको रिट निवेदनको व्याख्या गर्दै त्यस्तो फैसल गरेको हो । मुद्दा पुर्पक्षका लागि बालसुधार गृह भक्तपुरमा राखिएका १७ वर्षीय बालकसँग सम्बन्धित मुद्दाको फैसला गर्दै सर्वोच्चले यस्तो आदेश

    • प्रकाशित मितिः भदौ २९, २०८०
    • ११३ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल
  • निर्देशक तथा सह-सम्पादक : भोजराज घिमिरे