काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा द्रुत बस सेवा सुरु गरेको छ । आज (बुधबार) काठमाडौंको रत्नपार्कस्थित शान्तिवाटिकामा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले द्रुत बस सेवाको शुभारम्भ गरेका हुन् ।द्रुत बस सेवा सूर्यविनायक–रत्नपार्क सञ्चालन हुनेछ । भोलिदेखि सर्वसाधारण यात्रीले यो सेवा उपयोग गर्न सक्नेछन् ।आज सो बसमा मन्त्री ज्वाला, वाग्मती प्रदेशका यातायातमन्त्री लक्ष्मण लम्साल, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह लगायतले यात्रा गरे ।
काठमाडौँ । नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी–२’को नयाँ गीत ‘हिजो काम’ सार्वजनिक गरिएको छ । बडादसैँको अवसर पारेर असोज २६ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रको गीतले परदेशीकै कथा बोलेको छ ।सतिश चापागाईँको शब्द, प्रशान्त तामाङको स्वर रहेको गीतमा बि।बि अनुरागीको सङ्गीत छ । गीतको श्याम श्वेत रसाइलीले मिक्सिङ गरेका हुन् ।गीतको भिडियोमा चलचित्रका शीर्ष कलाकार प्रकाश सपूत र दिलीप रायमाझीसँगै रमा थपलिया लगायतलाई प्रस्तुत गरिएको छ । नारायण इन्टरनेसनलको प्रस्तुतिमा राजेश बंशल र नारायण रायमाझीको संयुक्त निर्माण रहेको ‘परदेशी–२’मा प्रकाश र दिलीपसँगै प्रशान्त तामाङ, केकी अधिकारी, वर्
साउदी । वैदेशिक रोजगारीका लागि साउदी अरेबिया पुगेका झापाको दमक ९ का घनेन्द्र सुवेदी एक सातादेखि सम्पर्कविहीन भएका छन्। साउदी अरेबियाको रियादस्थित अल अरिद कम्पनीमा २००३ देखि क्रेन डाईभरका रूपमा कार्यरत रहेका थिए। सुवेदी गत बुधबार बिहान ८ बजे आफ्नो मोबाइल र कम्पनीको मोबाइल सबै कम्पनीमा बुझाई कम्पनीको सुजुकी जिप गाडी लिएर सम्पर्कविहीन भएको जानकारी झापाली सहकोषाध्यक्ष सुजन घिमिरेले बताए।हालसम्म पनि उनी सम्पर्कमा नआएको परिवारले बताएका छन्। सम्पर्कविहीन भएका सुवेदीको खोजीका लागि सहयोग गरिदिन झापा समाज साउदीले दूतावास लगायत विभिन्न संघसंस्था र व्यक्तिलाई आग्रह गरेको छ। सम्पर्कविहीन भएक
काठमाडौँ । सरकारले १० हजारभन्दा बढी झोलुङ्गे पुल निर्माण सम्पन्न गरेको छ । पहाडी जिल्लामा तरितराउलाई सहज गर्ने उद्देश्यले सरकारले केही वर्षअघिदेखि नै पैदल हिँड्दा आधा घण्टाको दुरीमा झोलुङ्गे पुल निर्माण गर्ने कार्यलाई अभियानका रूपमा सञ्चालन गर्दै आएको थियो । उक्त अभियानलाई सफल बनाउन सरकारले १० हजारभन्दा बढी झोलुङ्गे पुल निर्माण सम्पन्न गरेको स्थानीय पूर्वाधार विभागले जनाएको छ । पहिला दुर्गम पहाडी जिल्लामा न्यूनतम तीनदेखि चार घण्टा पैदल हिँडेपछि मात्र एउटा झोलुङ्गे पुलदेखि अर्को झोलुङ्गे पुलसम्म पुग्न सकिने अवस्था थियो ।अहिलेसम्म सरकारले कोशीमा दुई हजार १८३, मधेशमा २०१, बागमतीमा एक हज
काठमाडौं । भूमि व्यवस्था मन्त्रालयले भू–उपयोग पहिलो संशोधन नियमावली, २०८० पारित गरेसँगै ठप्पजस्तै रहेको घरजग्गा कारोबारमा १० प्रतिशतले वृद्धि भएको छ । नियमावलीका कारण मुलुकको समग्र अर्थतन्त्र नै धिमा हुनेगरी कित्ताकाट रोकिएपछि ठप्पजस्तै रहेको घरजग्गा कारोबार भदौ महिनामा चम्केको हो ।नेपाल राष्ट्र बैंकले असोजदेखि नै लागू हुनेगरी २ करोडसम्म घर निर्माण कर्जा दिने र ब्याजदर पनि स्थिर हुने जनाएपछि अब उप्रान्त भने घरजग्गा कारोबार चम्किने लक्षण झनै बढेको छ । बैंकहरूले घरजग्गा कर्जामा कडाइ गरेपछि निर्माण व्यापारसमेत शिथिल रहेकामा अब भने घर निर्माण बढ्न गई समग्र अर्थतन्त्र चलायमान हुने अपेक्षा गर्न
काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। जसको प्रभावले हाल देशभर आंशिक देखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। आज राति भने देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी र 
काठमाडौं । संविधान दिवस, २०८० आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, सङ्घसंस्थालगायतले विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाउँदैछन् । आज बिहान टुँडिखेलमा आयोजना हुने संविधान दिवससम्बन्धी कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुनेछन् ।सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले २०७२ असोज ३ गते ‘नेपालको संविधान २०७२’ जारी भएको घोषणा गरेका थिए । संविधान निर्माण भएर कार्यान्वयनमा आएको आठ वर्ष पूरा भएको छ ।नयाँ संविधान लागू भएको घोषणासँगै नेपालको अन्तरिम संविधान २०
विराटनगर । मोरङको ग्रामथान गाउँपालिका–४ मोतिपुरमा आगोले जलेर एकजना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४५ वर्षीया भेडियन देवी माझी रहेकी छन् ।आफ्नै घरको भान्सा कोठाको चुलोमा भात पकाउने क्रममा लडेर आगोमा जली घाइते भएकी उनलाई उपचारको लागि आर्या न्यूरो अस्पताल विराटनगर पुर्याउनासाथ डाक्टरले मृत घोषित गरेका थिए ।घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय बेलबारीको प्रहरी टोलीले प्रारम्भिक अनुसन्धान गरी शवलाई पोस्टमार्टमको लागि कोसी अस्पताल विराटनगर पठाइएको छ ।
ताप्लेजुङ । ताप्लेजुङमा जबरजस्ती करणी गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् ।सिदिङ्वा गाउँपालिका‐६ मेहेलेस्थित निलगिरि माध्यमिक विद्यालयमा अध्ययनरत छात्रालाई सोही विद्यालयका एक शिक्षकले करणी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।सप्तरीको महादेव गाउँपालिका‐२ का लक्ष्मीप्रसाद साहलाई जबरजस्ती करणीको अभियोगमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । साह उक्त विद्यालयमा विगत दुई वर्षदेखि कार्यरत रहेको बताइएको छ ।शिक्षक शाहलाई कक्षा ९ मा अध्ययरत १३ वर्षीय छात्रालाई करणी गरेको अभियोगमा यही भदौ २८ गते साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।जिल्ला अदालत ताप्लेजुङबाट म्याद थप
काठमाडौँ । एसीसी एसिया कप क्रिकेट प्रतियोगिताको फाइनल खेल आज हुँदैछ ।श्रीलंकाको कोलम्बोस्थित आर प्रेमादासा स्टेडियममा हुने फाइनलमा भारत र घरेलु टोली श्रीलंका भिड्दैछन् ।भारत र श्रीलंकाबीचको खेल नेपाली समयअनुसार दिउँसो ३:१५ बजेबाट सुरु हुनेछ ।सर्वाधिक सफल टिम भारत आठौंपटक एसिया कपको उपाधि उचाल्न चाहन्छ भने श्रीलंका सातौंपटक उपाधि जित्ने होडमा छ ।भारत र श्रीलंका आठौंपटक एसिया कपको उपाधिका लागि भिड्दैछन् । यसअघि श्रीलंकालाई पाँचपटक पछि पार्दै भारतले उपाधि जितेको छ ।यता श्रीलंकाले पनि तीनपटक फाइनलमा भारतलाई हराउँदै उपाधि जितेको छ । जारी प्रतियोगिताको सुपर फोरमा भने भारतले श्रीलंकालाई ४१ रनले