काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमण औपचारिकतामा सीमित हुने भएको छ । शुक्रबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले दाहालको चीन भ्रमणका क्रममा सहमति, समझदारी र केही हस्ताक्षरपत्रमा हस्ताक्षर गर्ने निर्णय गरेको छ । बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) कार्यान्वयनको विषयमा प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद्मा कुनै प्रस्ताव पेस नगरे पनि अन्य समझदारी र सम्झौतामा हस्ताक्षर गर्ने विषयमा निर्णय भएको छ ।चिनियाँ प्रधानमन्त्री ली छ्याङको निमन्त्रणामा असोजको पहिलो साता दाहाल अमेरिकाबाट चीन भ्रमणमा जाँदै छन् । प्रधानमन्त्री दाहाल हाङ्जाओ, बेइजिङ र चोङ्किङको भ्रमण गरी तिब्बत
काठमाडौं । काठमाडौंको तीनकुनेस्थित दिव्य सःमिलमा भएको हत्या प्रकरणका पछाडि दाजुभाइको झगडा हुन सक्ने अनुमान गरिएको छ । सःमिलमा चारजनाको बीभत्स हत्या भएको घटनालाई लिएर प्रहरीबाट गरिएको प्रारम्भिक अनुमानअनुसार कपडा र जुत्तामा रगत लतपतिएको अवस्थामा प्रहरी कार्यालयमा पुगेका दीपेन्द्र राई नै सो घटनामा संलग्न हुन सक्छन् । घटनापछि दीपेन्द्र ट्याक्सी चढेर तीनकुनेस्थित प्रहरी कार्यालय पुगेका थिए । सःमिलमा काम गर्ने मोरङ बेलबारीका अन्दाजी २० वर्षका नवीन राईलाई दीपेन्द्रले कुटपिट गरेपछि छुट्याउने क्रममा त्यहीँ कार्यरत दोलखाका ५६ वर्षका कुमार भुजेल, उनकी पत्नी ५२ वर्षीया अम्बिका भुजेल र आमा
काठमाडौंँ । बालगीत ‘पंखहरु’ सार्वजनिक भएको छ । भास्कर स्वारको शब्द तथा स्वारकै र सुवास पौडेलको संगीत तथा एरेन्ज रहेको गीतमा सुर्याश कार्की, सहर्ष स्वार, वासवी भट्ट, समय भट्ट, रिबिस्का आचार्य, अब्य रेग्मी, प्रज्ञा पोखरेल, प्रतिभा ठकुरी, भेरी कुमार, आध्या पौडेल, प्रतिभा ठकुरी, सुप्रभ जोशी, कृषा लोहनी लगायतको स्वर रहेको छ ।गीतको भिडियोमा भने बालबालिकाको बिभिन्न क्रियाकलपा देखाईको छ । भिडियो रविन श्रेष्ठ, अभिषेक गिरी र इलेक्स श्रेष्ठले तयार पारेका हुन् ।भिडियोमा पनि बालगायक गायिका देखिएका छन् । गीतको रेकडिङ ५१५० स्टुडियोमा स्टीवन तामाङले गरेका हुन् ।
काठमाडौँ । आज (आईतबार) सुनको मुल्य ५०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत साताको शुक्रवार प्रतितोला १ लाख ११ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ५०० रुपैयाँले बढेर प्रति तोला १ लाख १२ हजार ३०० रुपैयाँमा कारोबार भईरहेको छ । यस्तै, आज तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ७५० रुपैयाँ तोकिएको छ । गत साताको शुक्रवार तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार २५० रुपैयाँ तोकिएको थियो ।यस्तै,आज चाँदीको मूल्य समेत प्रतितोला ५ रुपैयाँले बढेको छ ।आज चाँदीको मूल्य तोलामा १४ सय रुपैयाँ कायम छ । जुन, गत साताको शुक्रवार तोल
वीरगन्ज । वीरगन्ज महानगरपालिकामा कार्यरत ७३८ जनाको जागिर खोसिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौँडा कार्यालयमा उजुरी परेपछि महानगरपालिकाले भदौ २७ गते बुधबारदेखि लागु हुने गरी ती कर्मचारीलाई कामकाजमा नलगाउन आदेश जारी गरेको हो ।महानगरपालिकाले जारी गरेको पत्रमा सबै वडा कार्यालय, महाशाखा, उपशाखा, एकाइ प्रमुख, स्वास्थ्य चौकी, केन्द्रका कार्यालयमा स्थायी र करारमा कार्यरत रहेका कर्मचारीबाहेकका कसैलाई पनि कामकाजमा नलगाउने भनिएको छ । यस्तो पत्र जारी भएपछि विभिन्न मिति र विभिन्न तहमा नियुक्ति पाएका ज्यालादारी कर्मचारीको जागिर सकिएको छ । महानगरपालिकाको प्रशासन महाशाखाका अनुसार नियुक
भरतपुर । चितवनमा गोहीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । मृत्युहुनेमा पूर्वी चितवनको रत्ननगर नगरपालिका–५ स्थित मगरटोलका ४४ वर्षीय फगुना महतो रहेका छन् । शनिबार साँझ महतो डुङ्गाघाट क्षेत्रमा मृतावस्थामा फेला परेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी र्दिए ।महतो माछा मार्न जाँदा गोहीले आक्रमण गरेको हुनसक्ने तिवारीले बताए ।
काठमाडौँ । ब्राजिलको अमेजनको जङ्गलबीच बार्सेलोस सहरमा शनिवार भएको एक विमान दुर्घटनामा १४ जनाको मृत्यु भएको छ । दुर्घटनाग्रस्त विमान खराब मौसमका बीच अमेजोनासको मानुसबाट बार्सेलोस जाँदै थियो । अधिकारीका अनुसार भारी वर्षाका कारण विमान ल्यान्ड गर्ने कोसिस गरिरहेका बेला दुर्घटनाग्रस्त भएको हो । दुर्घटनामा विमानमा सवार सबैको मृत्यु भएको छ । यसमा चालक दलका दुई सदस्यसहित १२ यात्री थिए जसमा केही पर्यटक रहेको बताइएको छ । समाचार एजेन्सीका अनुसार सबै यात्री ब्राजिलियन मूलका थिए । उनीहरु बार्सेलोसमा स्पोर्ट फिसिङका लागि जाँदै थिए । समाचार एजेन्सी रोयटर्सका अनुसार
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले इण्डियन आयल कर्पोरेशनबाट मूल्य बढेर आएको भन्दै शुक्रबार राति १२ बजेबाट लागू हुनेगरी मूल्य बढाउने निर्णय गरेको निगमका प्रवक्ताले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ तथा डिजेल र मट्टीतेलमा समान तीन–तीन रुपैयाँ प्रतिलिटर मूल्य बढाएको हो ।मूल्यवृद्धिपछि काठमाडौंमा पेट्रोल प्रतिलिटर एक सय ८३ रुपैयाँ तथा डिजेल मट्टीतेल समान एक सय ७३ रुपैयाँ पुगेको छ ।
काठमाडौँ । गायिका अनिला राईले ‘बादलसँगै’ बोलको आफ्नो गीतको भिडियो स्वीजरल्याण्डमा छायाँकन गरेकी छन् । उक्त गीतको भिडियोलाई उनले आफ्नै अफिसियल युट्युब च्यानल ‘अनिला राई अफिसियल’ मार्फत हालै सार्वजनिक गरेकी हुन् ।बेलायतलाई कर्मथलो बनाउँदै आएकी अनिला नेपाली गीतसंगीत क्षेत्रमा पनि सक्रिय रहँदै आएकी छन् । हालैका दिनमात्र उनका झण्डै एक दर्जन गीतको भिडियो शृंखलावद्ध रुपमा रिलिज भएको थियो । यसैबेला अनिलाले स्वीजरल्याण्ड घुम्न गएको मौकामा ‘बादलसँगै’ गीतको भिडियो निर्माण गरेकी हुन् ।गायिका अनिला केही साताअघि परिवारसहित स्वीजरल्याण्ड घुम्न गएकी थिइन् । सोही मौकामा ‘बादलसँगै’ गीतको भिडियो निर्म
काठमाडौं । आज (शुक्रबार) सुनको मुल्य ६०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो (बिहिबार) प्रतितोला १ लाख ११ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ६ सय रुपैयाँले बढेर प्रति तोला १ लाख ११ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ ।आज तेजावी सुन पनि तोलामा ६ सयले बढेर प्रति तोला १ लाख ११ हजार २ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै आज चाँदीको भाउ तोलामा १० रुपैयाँले बढेर प्रतितोला १ हजार ३ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।