All Posts By इटहरी खबर संवाददाता

    Showing २,३४१-२,३५० of ३,०८७ items.
  • लिबियामा आँधीका कारण ज्यान गुमाउनेको संख्या दुई हजार ३ सय पुग्यो

    काठमाण्डौ । लिबियामा विनाशकारी आँधी र बाढीका कारण ज्यान गुमाउनेको संख्या दुई हजार ३ सय जना पुगेको छ । पूर्वी लिबिया सरकारका नेताले कम्तिमा दुई हजार ३ सय मानिसको ज्यान गएको र हजारौँ बेपत्ता भएको बताएका बीबीसीले जनाएको छ । अन्तर्राष्ट्रिय रेडक्रसका अनुसार आँधीका कारण झण्डै दश हजार मानिस बेपत्ता रहेका र मृतकको संख्या अझै बढ्न सक्ने अनुमान छ ।  गएको आइतबार ड्यानियल आँधीका कारण संकट उत्पन्न भएको हो ।सबैभन्दा बढी प्रभावित सहर डेरनामा दुई वटा बाँध र चार वटा चारवटा पुल भत्किएपछि सहर पुरै डुबेको छ ।उद्धार टोलीहरू समुद्रमा बगेको शव निकाल्न संघर्ष गरिरहेका छन् । सहरको बीचमा खोला बगेको

    • प्रकाशित मितिः भदौ २७, २०८०
    • १९८ पटक पढिएको
  • स्थानीय तहमा अस्पताल खोल्न सहुलियत कर्जा

    काठमाडौँ । अब स्थानीय तहमा एक सय बेडसम्मको अस्पताल स्थापना गर्नका लागि बैंक तथा वित्तीय संस्थाले २० करोड रुपियाँसम्म सहुलियत कर्जा दिन पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले मंगलबार जारी गरेको सूचना अनुसार बैंक तथा वित्तीय संस्थाले स्थानीय तहमा एक सय बेडसम्मको अस्पताल स्थापना गर्न २० करोडसम्म कर्जा दिन पाउने व्यवस्था गरिएको हो ।राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाले आधार दरमा बढीमा दुई प्रतिशतसम्म मात्र प्रिमियम थप गरी २० करोड रुपियाँसम्म कर्जा प्रवाह गर्न सक्ने व्यवस्था रहेको छ ।विकास पूर्वाधारमा लगानी प्रोत्साहन गर्ने उद्देश्यले अस्पताल नभएका स्थानीय तहमा अस्पताल बनाउन कर्जा लगा

    • प्रकाशित मितिः भदौ २७, २०८०
    • ११५ पटक पढिएको
  • तोलामा ८०० रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?

    काठमाडौँ ।  आज छापावाल सुनको मूल्य प्रतितोला रु ८०० रुपैयाँले  घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार  हिजो मंगलबारको तुलनामा आज (बुधबार) सुनको मूल्य तोलामा ८०० र चाँदीको मूल्य तोलामा १५  रुपैयाँले घटेको जनाएको हो ।आज  छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार २०० रुपैयाँ रहेको छ । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १० हजार ६५० रुपैयाँ कायम छ । हिजो मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य १ लाख ११ हजार ४५० रुपैयाँ थियो ।यस्तै, आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ । महासंघका अनुसार आज चाँदीको कारोबार प्

    • प्रकाशित मितिः भदौ २७, २०८०
    • १६१ पटक पढिएको
  • झापामा लागुऔषसहित एक युवक पक्राउ

    काठमाडौँ । झापामा प्रतिबन्धित लागुऔषसहित एक युवक पक्राउ परेका छन् । जिल्लाको बाह्रदशी गाउँपालिका ४ बाट मंगलबार राति २६ वर्षीय सलमान आलम पक्राउ परेका हुन् ।उनलाई प्रतिबन्धित लागुऔषध ७ ग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आलमलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः भदौ २७, २०८०
    • ९९ पटक पढिएको
  • एप्पल आइफोन १५ सार्वजनिक : के छन् विशेषता र ठुला परिवर्तन

    एजेन्सी । एप्पलले आफ्नो नयाँ आईफोनमा लाइटनिङ चार्जिङ पोर्टको सट्टा सी–टाइप चार्जिङ पोर्ट भएको पुष्टि गरेको छ । युरोपेली सङ्घको दबाबमा कम्पनीले यो कदम चालेको हो ।अहिलेसम्म, आईफोनमा अन्य फोनभन्दा छुट्टै लाइट चार्जिङ पोर्ट थियो, जुन आईफोनको पहिचान पनि थियो । तर अब एप्पलले यसलाई परिवर्तन गर्ने निर्णय गरेको छ ।मङ्गलवार आफ्नो वार्षिक लन्च कार्यक्रममा, कम्पनीले अब ‘विश्वव्यापी रूपमा स्वीकृत मानक’ युएसबी–सी केबल नै प्रयोग गरिने बताएको छ ।मङ्गलवार एप्पलले आफ्नो नयाँ सिरिजको घडी पनि सार्वजनिक गरेको छ । यसमा पहिले भन्दा धेरै उन्नत चिप हुनेछ ।यद्यपि, विश्लेषकहरू विश्वास गर्छन् कि एप्पलले यो वर्ष ल्या

    • प्रकाशित मितिः भदौ २७, २०८०
    • १८९ पटक पढिएको
  • श्रीलङ्कालाई हराउँदै भारत एक खेलअघि नै एसिया कपको फाइनलमा

     काठमाण्डौ । श्रीलङ्कालाई हराउँदै भारत एक खेलअघि नै एसिया कप क्रिकेटको फाइनलमा पुगेको छ ।मङ्गलवार कोलम्बोमा भएको सुपर फोर को खेलमा भारतले श्रीलङ्कालाई ४१ रनले हरायो । भारतले दिएको २ सय १४ रनको सामान्य लक्ष्य पछ्याएको श्रीलङ्का ४१ ओभर ३ बलमा १ सय ७२ रनमा अल आउट भयो । श्रीलङ्काका लागि दुनिथ वेलालेगेले नटआउट ४२ रन बनाए । यस्तै धनन्जय डी सिल्भा ४१ रन बनाएर आउट भए । बलिङतर्फ भारतका कुलदीप यादवले ४ तथा हार्दिक पान्ड्या र रवीन्द्र जडेजाले २र२ विकेट लिए ।यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारत ४९ ओभर १ बलमा २ सय १३ रन बनाउँदा अल आउट भयो । भारतका लागि कप्तान रोहित शर्माले सर्वाधिक ५३ रन

    • प्रकाशित मितिः भदौ २७, २०८०
    • १४८ पटक पढिएको
  • बिहिबार सार्वजनिक बिदा

    काठमाडौँ । नेपाल सरकारले भदौ २८ गते बिहिबार देशभर सार्वजनिक बिदा घोषणा गरेको छ । सरकारले संविधानसभाका अध्यक्ष एवं नेकपा(एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अन्त्यष्टि हुने दिने बिहिबारलाई  देशभर सार्वजनिक बिदा दिएको हो। मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले उनको राजकीय सम्मानका साथ अन्त्यष्टि गर्ने र अन्त्यष्टि गर्ने दिन विदा दिने निर्णय गरेको थियो । नेम्वाङको  मंगलबार बिहान निधन भएको हो। श्रद्धाञ्जली अर्पणका लागि नेम्वाङको पार्थिव शरीर आज बुधबार दिउँसो १ बजेसम्म पार्टी केन्द्रीय कार्यालय, च्यासलमा राखिने छ । त्यसपछि पारिवारिक तथा धार्मिक संस्कारका लागि उनको पार्थि

    • प्रकाशित मितिः भदौ २७, २०८०
    • ९२ पटक पढिएको
  • बढ्यो सुनको मूल्य

    काठमाडौं । आज (सोमबार) नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ सय रुपैयाँले बढ्दै १ लाख १२ हजार रुपैयाँ कायम भएको छ ।यस्तै, आज तेजाबी सुनको मूल्य पनि तोलामा एक सय रुपैयाँले नै बढ्दै १ लाख ११ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले  जनाएको छ ।यस्तै, आज  चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर एक हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    • प्रकाशित मितिः भदौ २५, २०८०
    • १३० पटक पढिएको
  • काठमाडौँ र रौतहटमा करेन्ट लागेर दुई जनाको मृत्यु

    काठमाडौँ । काठमाडौँ र रौतहटमा करेन्ट लगेर दुई जनाको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका ३१ शान्तिनगरमा खाजा घर सञ्चालन गरी बस्ने भोजपुर षडानन्द नगरपालिका घर भएका ४५ वर्षीय मेम्बर काजी राईको करेन्ट लागेर आइतबार राति मृत्यु भएको छ ।खाजा घरभित्र लत्रिएको विद्युत्को तार हटाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको सिभिल अस्पताल बानेश्वरमा उपचारको क्रममा मृत्यु भएको हो ।यस्तै, रौतहटको परोहा नगरपालिका ६ भेडियाही टोल बस्ने ४० वर्षीया सुनिता पटेलको करेन्ट लागेर आइतबार साँझ मृत्यु भएको छ । आफ्नै घरको छतमा विजुलीको तार जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी उनको परोहा अस्पतालमा उपचारको

    • प्रकाशित मितिः भदौ २५, २०८०
    • ११८ पटक पढिएको
  • नेपालगञ्ज विमानस्थलबाट २६ लाख नगदसहित सरकारी कर्मचारी पक्राउ

    काठमाडौं । नेपालगन्ज विमानस्थलबाट प्रहरीले २६ लाख नगदसहित नेपाल सरकारका एक जना कर्मचारीलाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा आन्तरिक राजस्व कार्यालय तुलसीपुर दाङमा कार्यरत अधिकृत खगेन्द्र सापकोटा रहेका छन् ।विमानस्थलमा सुरक्षा जाँचका क्रममा सापकोटाको झोलामा ठूलो मात्रामा नगद फेला परेपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ । ।नेपालगन्ज विमानस्थलको सुरक्षार्थ खटिएको प्रहरीको टोलीले सापकोटालाई आज बिहान नियन्त्रणमा लिएको हो ।सापकोटा बिहान ८ः ४५ बजेको श्री एयरको उडानमार्फत काठमाडौं आउँदै थिए । सापकोटासँगै अर्का एक जना व्यक्ति पनि रहेका थिए । उनी भने फरार भएका छ

    • प्रकाशित मितिः भदौ २५, २०८०
    • ९५ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल