इटहरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–६ स्थित श्रीलङ्का टापुमा कोसीले तीव्र कटान गर्न थालेको छ । कोसीको बहाव फुटेर पश्चिमतिर लागेपछि कटान तीव्र बनाएको हो ।यसअघि पूर्वी सीमा भएर बगेको कोसीको सतह बढेसँगै श्रीलङ्का टापु जोखिममा परेको छ । करिब तीन दर्जन घरहरू जोखिममा रहेको बताईको छ । सशस्त्रलगायत उद्धार टोलीलाई खबर गरिएको युचेप नेपालका अध्यक्ष रविन घिमिरेले बताए ।
मोरङ । कोशी प्रदेशका मुख्य न्यायाधिवक्ता नियुक्त भएका अधिवक्ता बुद्धिबहादुर कटुवालले आज ९सोमबार० पद तथा गोपनियताको शपथग्रहण गरेका छन् ।मुख्यमन्त्री उद्धव थापाको सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङको उपस्थितिमा मुख्य न्यायाधिवक्ता नियुक्त भएका कटुवाललाई उच्च अदालत विराटनगरका कायममुकायम मुख्य न्यायाधीश सत्यमोहन जोशी थारूले पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन् ।पूर्वमुख्यमन्त्री हिक्मतकुमार कार्कीको सिफारिसमा मुख्यन्यायाधिवक्ता नियुक्त भएका गजेन्द्र आचार्यले प्रदेश प्रमुख खापुङसमक्ष गत असार २२ गते पदबाट राजीनामा दिएका थिए ।
विराटनगर । मोरङबाट लागुऔषधसहित दुई जना पक्राउ परेका छन् । विराटनगर महानगरपालिका–१५ एक नम्बर ढाटबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ८ सय मिलिग्रामसहित धरान –८ का १९ वर्षीय सबिन विक समेत दुई जनालाई आइतबार प्रहरीले पक्राउ गरेको हो । लागुऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सुनसरी । सुनसरीको धरान उपमहानगरपालिकामा डेङ्गु भाइरस नियन्त्रणका लागि पालिकाभित्रका सबै शैक्षिक संस्थाको पठनपाठन बन्द गरिएको छ । मङ्गलबार कार्यपालिका बैठकबाट उक्त निर्णय गरिएको हो । विद्यालयमा पठनपाठन बन्द गरी डेङ्गु नियन्त्रण अभियान चलाउने निर्णय गरेको धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङले जानकारी दिए । उपमहानगरले बिदाको बेला विद्यालयका शिक्षक, विद्यार्थीलाई डेङ्गु नियन्त्रणका लागि अभियानमा सहभागी गराउन आह्वान गरेको छ । बैठकले शिक्षक र विद्यार्थीसँगै सबै वडामा सामाजिक सङ्घसंस्था, टोल विकास समिति, स्थानीय समुदाय एकसाथ आ–आफ्नो वडाको टोलटोलमा खटिन अनुरोध गरेको छ । डे
काठमाडौँ । चीनको राजधानी बेइजिङमा भारी वर्षाका कारण जनजीवन प्रभावित भएको छ।केही दिनदेखि परेको अविरल वर्षाका कारण यहाँ बाढीजस्तो अवस्था सिर्जना भएको छ, जसमा हालसम्म २० जनाको मृत्यु भइसकेको छ भने १९ जना बेपत्ता छन्। मिडिया रिपोर्टमा मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने दाबी गरिएको छ।सरकारी प्रसारक ‘सीसीटीभी’ का अनुसार अगस्ट १ मा भारी वर्षाका कारण रेलवे स्टेशनहरू बन्द गर्नुपरेको बताएको छ। यससँगै अलपत्र परेका रेल यात्रुहरूलाई तत्कालका लागि विद्यालयमा राखिएको छ। साथै,उनीहरूलाई सामग्री पुर्याउन सैन्य हेलिकप्टरहरू तैनाथ गरिएको छ।
काठमाडौं । वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केहि स्थानमा विहानैदेखि हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली कायमै रहनेछ । वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।त्यस्तै, आज रातिसम्म देशभर आंशिकदेखि सामान्य बदली रहने जनाएको छ । कोसी, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा तथा
विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले बुधबार ९आज० पद तथा गोपनीयताको शपथ लिँदै छन् । मुख्यमन्त्री थापाले आज बिहान साढे १० बजे शपथ लिन लागेका हुन् । कांग्रेसका २९, माओवादीका १३, एकीकृत समाजवादीका ४ र जसपाका एक सांसदको समर्थनमा उनी मंगलबार मुख्यमन्त्री नियुक्त भएका थिए ।सविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख पर्शुराम खापुङले उनलाई मुख्यमन्त्री पदमा नियुक्त गरेका थिए ।
काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको मूल्य प्रति सिलिण्डर १३० रुपैयाँले घटाएको छ । यसैगरी, पेट्रोल ९ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ७ रुपैयाँले बढेको निगमले जनाएको छ ।नयाँ मूल्य अनुसार, अब ग्यास प्रति सिलिन्डर एक हजार ६६०, पेट्रोल प्रतिलिटर १७३ र डिजेल र मट्टितेल १५३ पुगेको छ । हवाई इन्धनको मूल्य यथावत राखिएको निगमले जनाएको छ ।
काठमाडौँ । सारिका घिमिरेको स्वरमा रहेको गीत ‘कलियुग कि राधा’ सार्वजनिक भएको छ । सारिकाकै शब्द तथा योगेशकाजी शाहको सङ्गीत–एरेञ्ज रहेको छ ।गम्भीर विष्टको निर्देशन रहेको गीतको भिडियोमा सारिकालाई नै फिचरिङ गरिएको छ । भिडियोमा दिनेश पराजुलीको छायाङ्कन र अनिता ग्वाचाको शृङ्गार छ । गीतको भिडियो सारिकाकै अफिसियल युट्युव च्यानलमार्फ सार्वजनिक गरिएको हो ।नायिका तथा गायिका सारिकाले पछिल्लो समय गायनमार्फत चर्चा बटुल्न सफल भएकी छिन् ।
काठमाडौं । आज अन्तर्राष्ट्रिय मित्रता दिवस । मित्रता एक व्यक्तिको जीवनको बहुमूल्य धन हो। यो यस्तो सम्बन्ध हो, जसले मानिसलाई कुनै स्वार्थ र भेदभाव बिना एकअर्कासँग जोडेको हुन्छ। यही मित्रताको सम्बन्धलाई मनाउन हरेक वर्ष मित्रता दिवस मनाइन्छ । मित्रताको महत्व बुझाउने उद्देश्यले यो दिवस विशेष रुपमा मनाइन्छ ।तर, मानिसहरु अक्सर यस बारे अन्योलमा छन् । वास्तवमा, धेरै ठाउँमा यो जुलाई ३० मा मनाइन्छ, जबकि केही देशहरूमा यो अगस्तको पहिलो आइतबार मनाइन्छ। यो दिवस विभिन्न देशमा फरक फरक मितिमा मनाइन्छ । वास्तवमा, धेरै देशहरूमा जहाँ मित्रता अगस्तको पहिलो आइतबार मनाइन्छ, यो अन्तर्राष्ट्रिय रूपमा ३० जुलाईमा म