काठमाडौं । नेपाली नर्सलाई रोगजारीका लागि बेलायत पठाउन आवेदन खुलेको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पाइलट प्रोग्रामको रुपमा पहिलो चरणमा १०० जना नर्सलाई रोगजारीका लागि बेलायत पठाउन आवेदन खुलाएको हो।नेपाल सरकार र बेलायत सरकारबीच द्विपक्षीय श्रम सम्झौता कार्यान्वयनसम्बन्धी कार्ययोजना मन्त्रिपरिषद्बाट स्वीकृत भएसँगै श्रम मन्त्रालयले पहिलो चरणमा १०० जना नर्सिङ स्टाफ बेलायत पठाउन लागेको हो । नेपाली नर्सलाई रोजगारीका लागि बेलायतमा लैजान गत वर्ष भदौ महिनामा दुई देशबीच सम्झौता भएको थियो। दुई देशबीच सम्झौता भएको झण्डै एक वर्षपछि नर्सहरु रोजगारीका लागि बेलायत जान आवेदन खुले
एजेन्सी । न्युजिल्याण्डको अकल्याण्डमा फिफा महिला विश्वकप फुटबल शुरु हुनुभन्दा केही घन्टाअघि गोलीचल्दा दुई जनाको मृत्यु भएको छ । घटनामा बन्दुकधारी पनि मारिएका छन् ।केन्द्रीय व्यापार जिल्लाको एक निर्माणस्थलमा भएको गोलीकाण्डमा प्रहरी अधिकारीसहित अन्य ६ जना घाइते भएका छन् । न्युजिल्याण्डका प्रधानमन्त्री क्रिस हिपकिन्सले बन्दुक आक्रमण आतंकवादी घटनासँग सम्बन्धित नरहेको बताउनु भयो ।साथै यस घटनाले महिला विश्वकपलाई कुनै असर नगर्ने र पूर्व निर्धारित योजना अनुरुप नै प्रतियोगिता अगाडि बढ्ने पनि प्रधानमन्त्री हिपकिन्सले बताए। साथै घटना कुनै राजनीतिक वा वैचारिक उद्देश्यले घटाइएको नपाइएको पनि उहाँको भना
काठमाडौं । गर्मी मौसममा छालालाई जस्तै कपाललाई पनि विशेष हेरचाहको आवश्यकता पर्दछ । गर्मी मौसममा धुलो र पसिनाले गर्दा हाम्रो कपालको मोस्चरलाई असर गरेको हुन्छ । आज हामी गर्मी मौसममा आफ्नो कपाललाई सुरक्षित तथा आकर्षक बनाई राख्न अपनाउनु पर्ने टिप्सका बारेमा जानकारी गराउँदै छ ।१. बढ्दो तापक्रममा कपालमा तेलको सट्टा हेयर मोइस्चराइजरको प्रयोग गर्नुहोस् । यसले कपाललाई चिल्लो हुनबाट बचाउँछ ।२. घरबाट बाहिर निस्कने बेला आफ्नो कपाललाई स्कार्फ, टोपी वा सलले ढाक्नुहोस् ।३. कपाल कलर गर्नु छ भने अमोनिया फ्री हेयर कलर्सको प्रयोग गर्नुहोस् । यसले कपालमा पोषणको काम गर्नुका साथै कपाललाई आकर्षक समेत बनाउँछ ।४.
एजेन्सी । धार्मिक दृष्टिकोणले साउन पवित्र महिना हो । यो महिनामा हिन्दू धर्मावलम्बीहरू भगवान् शिवको व्रत बस्दै आराधना गर्छन् । मेहदीले छालालाई पवित्र बनाउँछ भन्ने मान्यता पनि छ । त्यही कारण पनि यस महिनामा महिलाहरू मेहदी लगाउँछन् । परापूर्वकालदेखि नै महिलाले मेहदी लगाउने चलन छ । यसलाई सुन्दरताको प्रतीकका रूपमा पनि लिइन्छ । हातखुट्टामा मेहदी लगाउँदा मानिसको छालामा लाग्ने विभिन्न रोगबाट बच्न सकिन्छ भन्ने विश्वास पनि छ ।किनकि, मेहदी आफैँमा एन्टिब्याक्टेरियल वनस्पति हो । साउनमा अत्यधिक वर्षा हुने तथा खेतिपातीको काम गर्नुपर्ने भएकाले पनि हातखुट्टामा हिलो लाग्ने, चिलाउने, घाउ हुनेलगायत समस्य
काठमाडौँ । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको आज बिहीबार साउन ४ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ बिक्री खुला गरेको हो । यसले प्रतिकित्ता ५० रुपैयाँ अंकित मूल्यका २९ लाख २५ हजार कित्ता सेयर निष्कासन गर्नेछ । कम्पनीले आफ्नो जारी पुँजी १ अर्ब १७ करोड रुपैयाँको कुल १२।५० प्रतिशत का दरले हुन आउने १४ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको आईपीओ बिक्री गर्ने अनुमति पाएको छ । यसमध्ये हाथवेले पहिलो चरणमा बिहीबारदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि भने १ करोड ४६ लाख २५ हजार रुपैयाँ बराबरको २ लाख ९२ हजार ५ सय कित्ता सेयर निष्कासन गरेको हो। साथै, कम्पनीले २९ लाख २५ हजार र
काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छावापाला सुन तोलामा ५ सय रुपैयाँले बढ्दै १ लाख १३ हजार ६ सय रुपैयाँ कायम भएको हो । अघिल्लो दिन छापावाला सुन प्रतितोला १ लाख १३ हजार १ सय रुपैयाँमा करोबार भएको थियो । यस्तै,आज तेजाबी सुनको मूल्य समेत आज तोलामा ५ सय रुपैयाँले नै बढ्दै १ लाख १३ हजार ५० रुपैयाँ पुगेको महासंघले जनाएको छ । यस्तै, चाँदीको मूल्य भने अघिल्लो दिनको मूल्यमा ५ रुपैयाँले मात्र बढ्दै १ हजार ४९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
काठमाडौँ । राष्ट्रिय सभा बैठक आज बस्दै छ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ः०१ बजेका लागि बैठक बोलाइएको छ । सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार राष्ट्रिय सभा अध्यक्षले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धि पत्रको ब्यहोरा जानकारी गराउने छन् । साथै, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले विद्युतीय व्यापार विधेयक २०८० लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ ।
काठमाडौँ । प्रि–ओपन सेसनमा नेप्से सूचक ०.४६ विन्दुले बढेको छ । यससँगै सूचक २१६५.७० अंकमा आएको छ ।३० लाख ४३ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २३ कम्पनीको ६६ सय ६७ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल ५८ वटा कारोबार भएको हो । १३ कम्पनीको मूल्य बढ्दा ८ वटाको भने घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।
काठमाडौँ । स्वर्गीय अभिनेता सारुक ताम्राकारको सम्झनामा बौद्धनाथ स्तुपामा दीप प्रज्वलन गरिएको छ । बुधवार साँझ गरिएको दीप प्रज्वलनमा परिवारका सदस्य, कलाकार तथा सर्वसाधारणको दीप प्रज्वलन गर्दै उनको सम्झना गरे ।दीप प्रज्वलन सारुकका आमा–बुबाको अलवा मलिना जोशी, बेनिशा हमाल, सुष्मा कार्की, श्रद्धा क्षेत्री, सिसन बानियाँ, गायक नितेशजंग कुँवर, बैंकर अनिलकेशरी शाह, सम्पदा मल्ल, निर्देशक रेनशा वान्तवा राई, निर्माता प्रज्वलशम्सेर राणा, पूर्व मिस नेपाल अश्मी श्रेष्ठ लगायत थ्रुप्रैको उपस्थिति थियो ।सारुक गत असार २१ गते घरमै झुन्डिएको अवस्थामा भेटिएका थिए । उनको आत्महत्याको विषय अहिले प्रहरीले अनुसन्धान
चितवन । चितवनमा डेङ्गुबाट दुई हजार तीन सय छ जना सङ्क्रमित भएका छन् । आर्थिक वर्ष २०७९(८० मा जिल्लामा डेङ्गुबाट चार जनाको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी राम केसीका अनुसार गत आवमा जिल्लाका विभिन्न अस्पतालमा १४ हजार ७२८ जनाको परीक्षण गरिएकामा तीन हजार तीन सय २४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको थियो । चितवन बाहिरका छ सय ९५ जना र ठेगाना नखुलेका तीन सय २३ जना डेङ्गुबाट सङ्क्रमित भएका थिए । जिल्लामा सबैभन्दा धेरै भरतपुर महानगरपालिकामा डेङ्गुको सङ्क्रमण देखिएको केसीले बताए । भरतपुरमा एक हजार छ सय ४६ जना, रत्ननगर नगरपालिकाका दुई पाँच ६५ र खैरहनी नगरपालिकाम