काठमाडौँ । स्वर्गीय अभिनेता सारुक ताम्राकारको सम्झनामा बौद्धनाथ स्तुपामा दीप प्रज्वलन गरिएको छ । बुधवार साँझ गरिएको दीप प्रज्वलनमा परिवारका सदस्य, कलाकार तथा सर्वसाधारणको दीप प्रज्वलन गर्दै उनको सम्झना गरे ।

दीप प्रज्वलन सारुकका आमा–बुबाको अलवा मलिना जोशी, बेनिशा हमाल, सुष्मा कार्की, श्रद्धा क्षेत्री, सिसन बानियाँ, गायक नितेशजंग कुँवर, बैंकर अनिलकेशरी शाह, सम्पदा मल्ल, निर्देशक रेनशा वान्तवा राई, निर्माता प्रज्वलशम्सेर राणा, पूर्व मिस नेपाल अश्मी श्रेष्ठ लगायत थ्रुप्रैको उपस्थिति थियो ।

सारुक गत असार २१ गते घरमै झुन्डिएको अवस्थामा भेटिएका थिए । उनको आत्महत्याको विषय अहिले प्रहरीले अनुसन्धान गरिरहेको छ ।