All Posts By इटहरी खबर संवाददाता

    Showing २,४९१-२,५०० of ३,०८७ items.
  • रोल्पामा जंगली च्याउ खाएका दुई छोरा र आमाको मृत्यु

    रोल्पा । रोल्पामा जंगली च्याउ खाएका तीन जनाको मृत्यु भएको छ । लुङ्ग्री गाउँपालिका–५, बुझिङका एकै परिवारका तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।स्थानीय दुर्गे गुरुङकी श्रीमती भीमा गुरुङ र छोराहरु ११ वर्षे सुशील र ६ वर्षका प्रेमको निधन भएको हो ।उनीहरुले गत मङ्गलबार जंगली विषालु च्याउ खाएका थिए । च्याउ खाएर बिरामी परेका उनीहरुलाई थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा पुर्याइएका उनीहरुमध्ये गत बिहीबार प्रेमको, अस्ति सुशीलको र हिजो भीमाको मृत्यु भएको हो ।  जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार विषालु च्याउ खाएका सोही स्थानका अन्य ११ जनाको पनि उपचार भइरहेको छ ।

    • प्रकाशित मितिः साउन १, २०८०
    • १७२ पटक पढिएको
  • आजैदेखि लागू हुनेगरी घट्यो सार्वजनिक सवारीको भाडा दर

    काठमाडौं । सरकारले सार्वजनिक सवारी साधनको भाडा घटाएको छ । आजबाट पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू भएसँगै सार्वजनिक सवारी साधनको भाडा दर पनि घटाइएको हो । पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू भएसँगै पेट्रोलमा प्रतिलिटर छ रुपैयाँ र डिजेलमा चार रुपैयाँ मूल्य घटेको छ । सोही आधारमा यातायात व्यवस्था विभागले सार्वजनिक सवारीको भाडा दर समायोजन गरेको हो । घटेको भाडा दर आजैदेखि लागू हुने छ ।आज समायोजन भएको भाडामा यात्रुवहाक सवारीमा २.१३ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवहाक सवारीमा २.७८ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवहाक सवारीमा ३.०९ प्रतिशत मूल्य घटाएर भा

    • प्रकाशित मितिः साउन १, २०८०
    • १०८ पटक पढिएको
  • प्रतिनिधिसभाको अर्को बैठक साउन १० गते

    काठमाडौँ । प्रतिनिधिसभाको बैठक साउन १० गतेसम्मका लागि स्थगित भएको छ । साउन १० गते बुधबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरिएको हो ।आजको बैठकमा अनुचित लेनदेन मिटर ब्याजसम्बन्धी विधेयक “मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८०” सर्वसम्मतिले पारित भएको छ । यस्तै केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८० प्रथिनिधि सभामा पेश भएको छ भने राष्ट्रिय सभामा उत्पत्ति भएको “नेपाल विश्वविद्यालय विधेयक, २०८० प्रस्तुत भएको छ ।

    • प्रकाशित मितिः साउन १, २०८०
    • १२४ पटक पढिएको
  • कर्णालीमा आज सार्वजनिक बिदा

    काठमाडौँ । कर्णाली प्रदेश सरकारले ‘साउने सङ्क्रान्ति तथा देउडा पर्व’को अवसरमा आज सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले एक सूचना जारी गर्दै यहाँका सबै सरकारी तथा सार्वजनिक संस्थानमा आज सार्वजनिक बिदा दिइएको जनाएको छ ।कर्णाली प्रदेश सरकारको विसं २०७९ चैत २९ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयअनुसार आज प्रदेशभर सार्वजनिक बिदाको सूचना प्रकाशन गरिएको छ । कर्णालीको ऐतिहासिक सांस्कृतिक महत्व बोकेको साउन १ गते ‘साउने सङ्क्रान्तिअर्थात् देउडा पर्व’ माथिल्लो कर्णालीका जिल्ला तथा वीरेन्द्रनगरमा भव्य कार्यक्रम गरेर मनाईदैछ । बेथिति, विकृति र शारीरिक व

    • प्रकाशित मितिः साउन १, २०८०
    • १०७ पटक पढिएको
  • आकाश र करुणा अभिनित ‘माया धोका’ सार्वजनिक (भिडियोसहित)

    काठमाडौंँ । पछिल्लो समयका लोकप्रिय जोडी अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री करुणा श्रेष्ठ अभिनित म्युजिक भिडियो ‘माया धोका’ सार्वजनिक भएको छ । प्रेम र धोका देखाउन खोजिएको भिडियो प्रहिल कार्कीले निर्देशन गरेका हुन् ।  सिडी विजय अधिकारीको स्वर तथा संगीत रहेको गीतमा  रमेश लुइँटेलको शब्द छ । भिडियो भने उत्तम हुमागाईले  छायांकन र माधव बेलबासेको सम्पादन गरेका हुन् । भिडियो नेपाली मेलोडिज च्यानल मार्फत सार्वजनिक भएको हो ।गीतकार रमेश लामो समयदेखि अमेरिकामा बस्दै आएका छन् । परदेशमा रहेर पनि नेपाली गीत लेखनमा निकै सक्रिय उनको यस अगाडि पनि थुप्रै गीत बाहिर आएका छन् । भिडियो:&nb

    • प्रकाशित मितिः साउन १, २०८०
    • १५४ पटक पढिएको
  • मौसम पूर्वानुमान बागमती र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना

    काठमाडौँ । मनसुनी वायुको प्रभावका साथै मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ । जसका कारण मुलुकभर बदली र वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।अहिले सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन–चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।भोलि साउन १ गते सोमबार पनि सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघगर्जन रचट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।

    • प्रकाशित मितिः साउन १, २०८०
    • ११७ पटक पढिएको
  • लिटरमा ६ रूपैयाँले घट्यो पेट्रोलियम पदार्थको मूल्य

    काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटेको छ । डिजेल र मट्टीतेलको मूल्य लिटरमा ४–४ रूपैयाँ र पेट्रोलको मूल्य लिटरमा ६ रूपैयाँले घटेको हो । यस्तै, खाना पकाउने ग्याँसमा प्रतिसिलिण्डर १० रूपैयाँ मूल्य घटेको छ ।योसँगै नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू गरेको घोषणा गरेको छ । निगमका अध्यक्ष एवम् वाणिज्य तथा आपूर्ति सचिव मधुकुमार मरासिनीका अनुसार निगमले परल मूल्यमा डिजेलमा २ प्रतिशत र पेट्रोलमा २।५ प्रतिशत नाफा राखेर मूल्य तोक्नेछ । भारतीय आयल कर्पोरेसन (आईओसी)बाट प्राप्त नयाँ मूल्यका आधारमा मूल्य समायोजन हुने गरेको छ । निगमका अनुसार अब काठमाडौं उपत्यकासहितका क

    • प्रकाशित मितिः साउन १, २०८०
    • ११६ पटक पढिएको
  • अबदेखि विराटनगर नाकाबाट सामान ल्याउनै नपाइने

    विराटनगर । विराटनगर महानगरपालिकाको पहलमा जोगबनी नाकामा कडाइ गर्न थालिएको छ । भारतको जोगवनी बजारबाट उपभोग्य वस्तुहरु भित्रिरहँदा विराटनगर बजार सुनसान भएर व्यापारी पलायन हुन थालेपछि महानगरपालिकाले नाकामा कडाइ गर्ने भएको हो । जसअनुसार आज साउन १ गतेदेखि जोगवनी नाकाबाट कुनैपनि उपभोक्ताले एक रुपैयाँको सामान पनि भन्सार नतिरी ल्याउन नपाउने गरी कडाइ गरिने मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले बताए । स्थानीय बजारको प्रवर्द्धन गर्न, उपभोक्तालाई आफ्नै बजारमा सामान खरिद गर्ने बानी बसाल्न र राजश्व वृद्धिका लागि महानगरले यस्तो पहल गरेको हो । महानगरपालिकाको अभियानमा जिल्ला प्रशासन

    • प्रकाशित मितिः साउन १, २०८०
    • ११६ पटक पढिएको
  • अभिनेता सारुकको मृत्यु शंकास्पद, गाँजा, तन्त्रमन्त्रदेखि लिभिङ टुगेदरसम्म चर्चामा

    काठमाडौंं । गत २१ असारमा काठमाडौंको सहिदमार्ग ज्ञानेश्वरस्थित आफ्नै घरको भुइँ तलाको रेलिङमा पासो लगाएर मृत भेटिएका अभिनेता सारुक ताम्राकारको मृत्यु शंकास्पद बनेको छ । खासगरी उनी आबद्ध चलचित्र ‘ह् यासट्याग माया’का निर्देशक राजीव गुरुङले सोही चलचित्रकी अभिनेत्री नम्रता श्रेष्ठ र सारुकको सम्बन्धबारे नयाँ कुरा खुलाएपछि मृत्यु शंकास्पद बनेको हो ।३३ वर्षका सारुकको मृत्यु भएको ११ दिनसम्म मौन बसेका उनका बाबु सानु ताम्राकारले न्याय माग्न प्रहरीसमक्ष जाने बताएका छन् ।निर्देशक गुरुङले चलचित्रकी अभिनेत्री तथा सारुकसँग लिभिङ टुगेदरमा बसेकी नम्रता श्रेष्ठको गतिविधि शंकास्पद देखिएको भन्दै अन्तर्वार्ता द

    • प्रकाशित मितिः साउन १, २०८०
    • २२८ पटक पढिएको
  • शरीरमा भिटामिन डीको अभाव हुँदा देखिने पाँच लक्षण

    एजेन्सी । हाम्रो शरीरलाई भिटामिन डीले धेरै फाइदा गर्छ । तर, कतिपयमा यो भिटामिन अपुगका कारण विभिन्न समस्या हुने गरेको छ । अध्ययनहरूले पनि विश्वका धेरै मानिस यो भिटामिनको अभावमै बाँचिरहेको देखाएको छ । शरीरमा भिटामिन डीको मात्रा पर्याप्त नहुँदा धेरै प्रकारका रोगबाट पीडित हुनुपर्छ । दैनिक स्वस्थ खानेकुरा खाएर, नियमित शारीरिक व्यायाम गर्दा, पर्याप्त मात्रामा निद्रा पुगे पनि भिटामिन डीको कमी छ भने धेरै खालका समस्या व्यहोर्नुपर्ने हुन्छ ।शरीरमा भिटामिन डीको कमी भए–नभएको रगतको परीक्षणमार्फत थाहा हुन्छ । त्योभन्दा अरू केही तरिका पनि छन्, जसले रगतको परीक्षण नै नगरी पनि शरीरमा भिटामिन डीको कमी

    • प्रकाशित मितिः असार ३१, २०८०
    • १८४ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल