All Posts By इटहरी खबर संवाददाता

    Showing २,६११-२,६२० of ३,०८७ items.
  • घट्यो सुनको मूल्य

     काठमाडौं ।  आज (बिहीबार) सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेको छ। आज सुन प्रतितोला एक लाख १० हजार ५ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।आज चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेर प्रतितोला १३ सय ६० रुपैयाँ कायम छ। 

    • प्रकाशित मितिः असार ७, २०८०
    • ६४ पटक पढिएको
  • धनुषामा इनारभित्र पुरुषको शव फेला

    जनकपुरधाम । धनुषाको ढल्केबरमा इनारभित्र एक पुरुषको शव फेला परेको छ । बिहीबार बिहान ढल्केबरस्थित दक्षिण चोकमा रहेको इनारभित्र एक पुरुषको शव फेला परेको हो । स्थानीयवासीले इनारभित्र शव रहेको देखेपछि प्रहरीलाई खबर गरेको  इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ । अहिले प्रहरी टोली र नं.२ छिन्नमस्ता बाहिनीको टोली शव निकाल्ने प्रयासमा जुटेको इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक कबिन राईले जानकारी दिए ।इनार गहिरो रहेको निकाल्ने प्रयास भइरहेको उनले बताए । उनका अनुसार शवको पहिचान तत्काल खुल्न सकेको छैन ।

    • प्रकाशित मितिः असार ७, २०८०
    • ११५ पटक पढिएको
  • एक दिवसीय विश्वकप छनोटः आज नेपाल वेस्टइन्डिजसँग खेल्दै

    काठमाडौं । आईसीसी एक दिवसीय विश्वकप छनोटमा नेपालले आज वेस्टइन्डिजसँग खेल्दै छ । नेपाली टिम आईसीसी विश्वकप लिग टूको शीर्ष ३ मा रहँदै छनोट खेल्न पुगेको हो भने विश्व क्रिकेटमा सफल मानिने वेस्टइन्डिज भने शीर्ष ८ मा नपर्दा भारतमा हुन लागेको विश्वकपमा स्थान बनाउनका लागि छनोट खेलिरहेको छ ।नेपाल र वेस्टइन्डिजबीचको खेल जिम्बाबेको हरारे स्पोर्टस् क्लबमा नेपाली समय अनुसार पौने १ बजे सुरुहुने छ ।  नेपाल पहिलो खेलमा जिम्बाबेसँग पराजित भएको थियो भने दोस्रो खेलमा अमेरिकालाई पराजित गरेको थियो । आज आफ्नो तेस्रो खेल खेल्न लागेको नेपालले वेस्टइन्डिजविरुद्ध जित निकाल्दै सुपर सिक्सको सम्भावना कायमै

    • प्रकाशित मितिः असार ७, २०८०
    • १४० पटक पढिएको
  • मासुको पैसा माग्न जाँदा अन्सारीको हत्या

    विराटनगर  । ‘जि क्याफे एण्ड बिस्त्रो’ का सञ्चालक र कर्मचारी मिलेर एक जना फ्रेस सञ्चालको हत्या गरेको आफन्तले आरोप लगाएका छन् । मोरङको धनपालथान गाउँपालिका–४ स्थित कर्सिया बजारमा चाँदनी फ्रेस हाउस सञ्चालन गर्दै आएका कासीद अन्सारीको पैसा माग्न गएको बेला हत्या गरेको आफन्तले आरोप लगाएका हुन्।मृतकका भाइ मासिदले मासु दिएबापतको पैसा माग्न जाँदा दाजुलाई योजनाबद्ध रुपमा हत्या गरेको आरोप लगाएका हुन्। २० वर्षदेखि कर्सिया बजारमा फ्रेस हाउस सञ्चालन गर्दै आएका अन्सारीले विराटनगरमा १० वटा रेष्टुरेन्ट  तथा क्याफेहरुमा मासु सप्लाइ गर्दै आएका थिए ।गएको ३ गते आइतबार बिहान मासु दिए बापत ४० हजार पैसा लिन उ

    • प्रकाशित मितिः असार ७, २०८०
    • ११६ पटक पढिएको
  • विराटनगरमा सुनचाँदी चोरेको आरोपमा पक्राउ परेकाहरु पुर्पक्षका लागि जेल चलान

    विराटनगर । २० तोला सुन र ३६ तोला चाँदी चोरेको आरोपमा पक्राउ परेका अभियुक्तिहरू पुर्पक्षका लागि कारागार चलान भएका छन्। मोरङ अदालतले बुधबार २० तोला सुन र ३६ केजी चाँदी चोरी आरोपमा पक्राउ परेका तीन जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश गरेको हो।अदालतको आदेशबाट पक्राउ परेका विराटनगर–१२ का २१ बर्से राजकुमार कामत, सोही ठाउँका १९ बर्से विवेक कामत र २२ बर्से श्रीकान्त दास कारागार चलान भएको मोरङ जिल्ला अदालतले जनाएको छ।३ जेठमा विराटनगर –३ पिपल चोकस्थित जयकिशोर चौधरीको घरबाट २० तोला सुन र ३६ केजी चाँदी गरी जम्मा ६१ लाख बराबरको सुन चाँदीका गरगहना चोरी गरेको आरोपमा उनीहरू पक्राउ परेका थिए।११ जेठमा विरा

    • प्रकाशित मितिः असार ७, २०८०
    • ११६ पटक पढिएको
  • विवाहको ११ वर्षपछि बुवा बने ‘आरआरआर’ अभिनेता राम चरण

    एजेन्सी । दक्षिण भारतीय फिल्मका चर्चित अभिनेता राम चरण पिता बनेका छन् । उनकी श्रीमती उपासना कामिनेनीले छोरी जन्माएकी छिन् ।सोमबार राती अभिनेतालाई आफ्नी श्रीमती र परिवारका केही सदस्यसँग हैदराबादको अस्पताल भित्र प्रवेश गरिरहेको देखिएको थियो । अस्पतालले यसबारे जानकारी दिएको छ । अस्पतालको मेडिकल बुलेटिनमा लेखेका छ, ‘उपासना कामिनेनी र राम चरणले २० जून २०२३ मा हैदराबादको अपोलो अस्पताल जुबली हिल्समा छोरीलाई जन्म दिएका छन् ।अस्पतालले आमा र बच्चा दुवैको स्वास्थ्य ठिक भएको जानकारी दिएको छ । यी दुईलाई धेरैले बधाई दिइरहेका छन् । १४ जून २०१२ मा यी दुईको विवाह भएको थियो । विवाहको ११ वर्षपछि उनीहरुले छो

    • प्रकाशित मितिः असार ५, २०८०
    • १४९ पटक पढिएको
  • आज कोशी, मधेस र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना

    काठमाडौँ । हाल देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको  छ  भने बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागमा  हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।आज दिउँसो कोशी  र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा  बागमती,  लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै गण्डकी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।आज राति कोशी, मधेस, 

    • प्रकाशित मितिः असार ५, २०८०
    • १६४ पटक पढिएको
  • घट्यो सुनचाँदीको मूल्य

    काठमाण्डौ ।  आज (मङ्गलवार) सुनचाँदीको  मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा दुई सय रुपैयाँले घटेको हो ।सुन आज तोलामा एक लाख ११ हजार आठ सय रुपैयाँले कारोबार भइरहेको छ । हिजो सुनको भाउ सोमवार तोलाको एक लाख १२ हजार रुपैयाँ थियो । यस्तै चाँदी पनि तोलामा १० रुपैयाँले घटेर एक हजार चार सय ३० रुपैयाँमा किनबेच भइरहेको छ ।

    • प्रकाशित मितिः असार ५, २०८०
    • १३६ पटक पढिएको
  • आज सुनको मूल्य स्थिर

    काठमाडौँ । आज (सोमबार) सुनको मूल्य स्थिर रहेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघकाले आजको मूल्यसूची तय गर्दै आज (सोमबार) हिजोकै मूल्यमा सुनको कारोबार भइरहेको र चाँदीको मूल्य भने घटेको जानकारी दिएको हो ।महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख १२ हजार र तेजाबी सुनको मूल्य १ लाख ११ हजार ४५० रुपैयाँ कायम छ । हिजो आइतबार पनि यही मूल्यमा सुनको कारोबार भएको थियो ।यस्तै, आज चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले घटेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा १४ सय ४० रुपैयाँ कायम भएको छ । 

    • प्रकाशित मितिः असार ४, २०८०
    • १२० पटक पढिएको
  • मेक्सिकोमा शक्तिशाली भूकम्पको धक्का महसुस

    एजेन्सी । मेक्सिकोमा भूकम्पको शक्तिशाली धक्का महसुस गरिएको छ ।राष्ट्रिय भूकम्प मापन केन्द्रबाट प्राप्त जानकारी अनुसार भूकम्पको तीव्रता ६ दशमलव ३ मापन गरिएको छ ।भूकम्पबाट हालसम्म कुनै पनि मानवीय तथा भौतिक क्षतिको विवरण आएको छैन ।

    • प्रकाशित मितिः असार ४, २०८०
    • १४० पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल