All Posts By इटहरी खबर संवाददाता

    Showing २,६३१-२,६४० of ३,०८७ items.
  • क्यानाडाको जनसङ्ख्या चार करोड पुग्यो

     काठमाण्डौ । क्यानाडाको जनसङ्ख्या चार करोड पुगेको छ । सन् २०२३ जुन १६ गतेसम्मको तथ्याङ्क हेर्दा कुल जनसङ्ख्या ४ करोड पुगेको देखिएको हो।क्यानाडाको जनसङ्ख्या हाल तीव्र गतिमा बढिरहेको छ । सन् २०२२ मा क्यानाडालीहरूको सङ्ख्या १,०५०,११० ले बढेको हो । यो सङ्ख्या क्यानाडाको इतिहासमा पहिलो पटक यसरी तीव्र गतिमा बढेको हो ।जनसङ्ख्याको वार्षिक वृद्धि दर २।७ प्रतिशत पुगेको छ । सन् २०२२ मा रेकर्ड गरिएका लगभग सबै वृद्धिका लागि अन्तरराष्ट्रिय बसाइँसराइँ जिम्मेवार रहेको राष्ट्रिय तथ्याङ्क निकायले जनाएको छ।यदि जनसङ्याङ् वृद्धिको यो दर आगामी वर्षहरूमा स्थिर रह्यो भने, क्यानाडाको जनसंख्या लगभग २६ वर्षमा दोब्ब

    • प्रकाशित मितिः असार ३, २०८०
    • १५७ पटक पढिएको
  • तोलामा २०० रुपैयाँले बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

    काठमाडौं । आज सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत (शुक्रबार) प्रतितोला ८०० रुपैयाँ बढेको सुनको मूल्य आज (आइतबार) प्रतितोला २०० रुपैयाँ बढेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार चार सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ११ हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार दुई सय ५० रुपैयाँमा कारोबार भएको थियो।त्यसैगरी, आज आइतबार चाँदीको मूल्य पनि बढेको छ। शुक्रबार प्रतितोला १४ सय २५ रुपैयाँमा कारोबार भएको चाँदी

    • प्रकाशित मितिः असार ३, २०८०
    • ११७ पटक पढिएको
  • खोटाङमा श्रीमानद्वारा खुकुरी प्रहारगरी श्रीमतीको हत्या, श्रीमान पक्राउ

    खोटाङ । खोटाङमा आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पा स्थायी घर भई हाल सोही नगरपालिका–७ दोर्पा डेरा गरी बस्ने ३२ वर्षीय बालजीत राई रहेका  छन् ।राईले २८ वर्षीया श्रीमती सरिता तामाङको हत्या गरेको अभियोगमा उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।घरायसी विवादको क्रममा बालजीतले खुकुरी प्रहार गर्दा सरिताको घटनास्थलमै मृत्यु भएको र बालजीत फरार रहेको भन्ने खबर प्रहरीले उनको खोजी गर्ने क्रममा घर नजिकै रहेको जङ्गलमा लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । प्रहरीले थप अनुसन्धान गरी आरोपित विरुद

    • प्रकाशित मितिः जेठ ३२, २०८०
    • १३१ पटक पढिएको
  • उदय र मनिलाले गाए ‘जालहारी ठूली’(भिडियोसहित)

    काठमाडौँ । लामो समयपछि गायक उदय सोताङ र मनिला सोताङको युगल गीत सार्वजनिक भएको छ । नेपाली सांगीतिक क्षेत्रमा सफल गायन जोडीको रुपमा चिनिएका उदय र मनिलाको स्वरमा ‘जालहारी ठूली’ बोल गीत आएको छ । लोकशैलीको ‘जालहारी ठूली’ गीतको शब्द युकेमा रहेका मिलन नाल्बोले लेखेका हुन् । पुष्पराज बरालको संगीत र पवन भाटको संगीत संयोजन रहेको गीतको भिडियोलाई सांग्रिला क्रियशनले निर्माण गरेको हो । गीतको भाव अनुसार गाउँले परिवेश भिडियोमा उतारिएको छ ।बेदना थुलुङ र दिनेश कायस्थको अभिनय रहेको भिडियोमा उदय र मनिला पनि देखिएका छन् । सुजन तोलङ्गीले छायाँकन गरेको भिडियोलाई विनोद बमले सम्पादन गरेका हुन् ।भिडियो: 

    • प्रकाशित मितिः जेठ ३२, २०८०
    • १५६ पटक पढिएको
  • ग्रिसमा प्रवासीले भरिएको डुङ्गा पल्टिँदा ७९ को मृत्यु

    एजेन्सी । दक्षिण ग्रिसको तटमा प्रवासीले भरिएको माछा मार्न प्रयोग गरिने डुङ्गा पल्टिँदा कम्तीमा ७९ को मृत्यु भएको छ । दुर्घटनामा हालसम्म सयभन्दा बढीलाई सुरक्षित निकालिएको छ ।तर यस दुर्घटनामा जोगिएकाहरूले डुङ्गामा भएका कम्तीमा सय जना अझै पनि बेपत्ता भएको बताएका छन् । यो ग्रिसमा भएको अहिलेसम्मकै सबैभन्दा ठुलो आप्रवासी त्रासदीमध्ये एक रहेको सरकारले बताएको छ । ग्रिसमा तीन दिने शोकको घोषणा गरिएको छ ।कोस्टगार्डले युरोपेली सङ्घको सीमा एजेन्सी फ्रोन्टेक्सको एक विमानले मंगलबार अबेर राती अन्तर्राष्ट्रिय जल क्षेत्रमा डुङ्गा देखेको जानकारी दिए । डुङ्गामा बसेका कसैले पनि लाइफ ज्याकेट लगाएका थिएनन् । ग्

    • प्रकाशित मितिः जेठ ३२, २०८०
    • १४७ पटक पढिएको
  • कोशी प्रदेश सरकारले अध्यादेशबाट बजेट ल्याउँदै

    विराटनगर । कोशी प्रदेश सरकारले अध्यादेशबाट बजेट ल्याउने भएको छ । कोशी प्रदेशसभाको चालु दोस्रो तथा बजेट अधिवेशन बुधवार राती अन्त्य गर्दै अध्यादेशबाट बजेट ल्याउने तयारी गरेको हो ।आजै अध्यादेशबाट बजेट आउने कोशी प्रदेश सरकारले जनाएको छ । बुधवार प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश सरकारको आर्थिक वर्ष २०८०–०८१ को नीति तथा कार्यक्रम प्रदेशसभामा पेस गरेका थिए ।कोशीमा वर्तमान सरकार अल्पमतमा रहेका कारण नीति तथा कार्यक्रम पास नहुने देखेपछि बुधवार प्रदेश मन्त्रिपरिषद्को बैठकले चालु अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको थियो ।सरकारले गरेको सिफारिसको आधारमा प्रदेश प्रमुख पर्शुराम खापुङले प्र

    • प्रकाशित मितिः जेठ ३२, २०८०
    • १६१ पटक पढिएको
  • तोलामा ८०० रुपैयाँले घट्यो सुनको मूल्य

    काठमाडौै ।  आज (बिहिबार) सुनको मूल्य तोलामा ८०० रुपैयाँले  घट्यो छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो (बुधबार) प्रतितोलामा  १ लाख ११ हजार ८०० रुपैयाँमा कारोवार भएको छापावाल सुन आज तोलामा ८०० रुपैयाँले  घटेर  १ लाख ११ हजार रूपैयाँमा कारोवार भइरहेको छ ।यस्तै आज (बिहीबार) तेजाबी सुन १ लाख १० हजार ४ सय ५० रुपैयाँ कायम भएको छ।त्यस्तै,आज चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले घटेर १ हजार ४ सय ५ रुपैयाँमा कारोवार भइरहेको छ।

    • प्रकाशित मितिः जेठ ३२, २०८०
    • १३० पटक पढिएको
  • पुरुष बास्केटबलमा नेपाल भूटानसँग पराजित

    काठमाडौं । माल्दिभ्समा शुरू भएको फाइभ नेसन्स पुरुष बास्केटबल प्रतियोगितामा भूटानसँग नेपाल पराजित भएको छ ।माल्दिभ्सको मालेमा बुधवार भएको पहिलो खेलमा भूटानले नेपाललाई ६१–५५ ले पराजित गर्दै विजयी भएको हो ।नेपालले बास्केटबलमा सन् २०१९ मा काठमाडौंमा भएको १३औं दक्षिण एशियाली खेलकुद प्रतियोगितापछि पहिलोपटक अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएको हो ।नेपालले आफ्नो दोस्रो खेल भोलि पाकिस्तानसँग खेल्नेछ । नेपालले लिगको आफ्नो अन्तिम खेल आउँदो आइतवार घरेलु टोली माल्दिभ्ससँग खेल्नेछ । प्रतियोगितामा नेपालसहित दक्षिण एसियाका ५ राष्ट्रको सहभागिता रहेको छ । यसमा आयोजक माल्दिभ्ससहित नेपाल, बंगलादेश, भूटान

    • प्रकाशित मितिः जेठ ३२, २०८०
    • १३७ पटक पढिएको
  • आफ्नै बाह्र वर्षीय छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा बाबुलाई जन्मकैदको सजाय

    इलाम । आफ्नै बाह्र वर्षीय छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा इलामका एक व्यक्तिलाई जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको छ ।न्यायाधीश दिलीपकुमार दाहालको इजलासले ३५ वर्षीय ती व्यक्तिलाई जन्मकैदसहित सात लाख रुपियाँ जरिवाना र एक लाख रुपियाँ क्षतिपूर्ति  भराउने फैसला सुनाएको अदालतका श्रेस्तेदार फणीन्द्र भट्टराईले बताए । यस्तै दुई हजार आठ सय रुपियाँ पीडित राहत कोषमा भराउने फैसला गरेको उनको भनाइ छ । पीडित बालिका उनका बाबुसहित हजुरआमा र काकासँग बस्दै आएकी थिइन् । परिवारका सदस्य कोही नभएको बेला बाबुले जबरजस्ती करणी गरी कसैलाई नभन्नु भन्दै धम्की दिएको पीडितका काकाले दिएको जाहेरीमा उल्लेख छ ।&n

    • प्रकाशित मितिः जेठ ३२, २०८०
    • १२१ पटक पढिएको
  • बैरागीले लिए राष्ट्रिय सुरक्षा परिषद् सल्लाहकारको शपथ

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्व मुख्यसचिव शंकर दास बैरागीलाई राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारको शपथ खुवाएका छन् । सरकारको मन्त्रिपरिषद्को बैठकले बिहीबार नै बैरागीलाई सल्लाहकारमा नियुक्ति गर्ने निर्णय गरेको थियो ।यसअघि बैठकले मुख्यसचिव बैरागीले दिएको राजीनामा समेत स्वीकृत गरेको थियो । राजीनामा स्वीकृत भएसँगै उनले नयाँ जिम्मेवारी पाएका हुन् । बैरागीको स्थानमा बैकुण्ठ अर्याललाई नयाँ मुख्यसचिव नियुक्त गरिएको छ ।

    • प्रकाशित मितिः जेठ ३२, २०८०
    • १४० पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल