All Posts By इटहरी खबर संवाददाता

    Showing २,७२१-२,७३० of ३,०८७ items.
  • समिक्षा अधिकारीले १० लाख रुपैयाँ क्षतिपूर्ति नलिने

    काठमाडौँ । गायिका समिक्षा अधिकारीले आफुले क्षतिपुर्तिको रकम नलिने बताएकी छिन् । मंगलबार एक स्टाटस लेख्दै अधिकारीले आफूले त्यो रकम नलिने मनसाय रहेको जानकारी दिएकी हुन् । नायक पल शाहविरुद्ध जबर्जस्ती करणी मुद्धा दर्ता गरेकी उनलाई अदालतले क्षतिपुर्ति स्वरुप १० लाख रुपैयाँ दिन फैसला गरेको थियो । तर समिक्षाले आफुले त्यस्तो क्षतिपुर्ति पाउँ भनेर कतै माग नगरेको र उक्त रकम लिने मनसाय समेत नभएको स्पष्ट पारेकी छिन् । 

    • प्रकाशित मितिः भदौ २९, २०७९
    • २०६ पटक पढिएको
  • आजदेखि सिक्लेस हाइड्रोपावरको आईपीओमा खुला

    काठमाडौं । सिक्लेस हाइड्रोपावर लिमिटेडले आजदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्काशन गरेपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ११ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो। सोमध्ये ३ प्रतिशत अर्थात ३४ हजार ५०० कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात ५७ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरिएको छ। सर्वसाधारणले बाँकी १० लाख ५८ हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्। लगानीकर्ताले न

    • प्रकाशित मितिः भदौ २९, २०७९
    • १५० पटक पढिएको
  • २०७९ भाद्र २९ गते बुधबारको राशिफल

    मेष । हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ । कूटनीतिक नियोगको र आफन्तको सहयोग प्राप्त हुनेछ । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । वृष । आज भ्रमण, खानपान तथा फेसनमा धन खर्च बढ्नेछ । राजनैतिक कार्यमा बाधा आउनेछ, तर आफन्तसँग भेटघाट भने हुनेछ । मिथुन । आज आँटेको र ताकेको कार्य पुरा होला । शुभकार्यको चर्चा चल्नेछ । मित्र जनबाट साथ सहयोग मिल्ने देखिन्छ । सवारी साधन प्राप्तिको योग छ । कर्कट । लाभदायक यात्रा हुनेछ । बिना प्रतिस्पर्धा फाइदा हुनेछ । परिवारसँग रमाइलो भेटघाट हुनेछ । रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ । सिंह । आज नजिकको मित्रसँग भेटघाट हुनेछ । चिन्ता छा

    • प्रकाशित मितिः भदौ २९, २०७९
    • ३५४ पटक पढिएको
  • २०७९ भाद्र २८ गते मंगलबारको राशिफल

    मेष । आज मानसिक चिन्ता बढेपनि श्रमको उचित मूल्याङ्कन हुनेछ । आफन्तको प्रगतिले मन रमाउनेछ । नसोचेको ठाउँबाट धनागम हुनेछ । वृष । आज अनावश्यक तथा सौन्दर्यतामा धन खर्च हुनेछ । सानातिना समस्यामा अल्झिनु पर्नेछ, तर आफन्तबाट साथ र हौसला मिल्नेछ । मिथुन । आज मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । कार्यक्षेत्रमा प्रगति हुनेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । प्रेमीको सहयोग मिल्नेछ । कर्कट । आज रमाइलो यात्रा रहनेछ । चिताएको कामले तीव्रता लिनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । पुनर्मिलनको योग रहेको छ । सिंह । शुभारम्भको चर्चा चल्ने र विभिन्न अवसर आउनाले मन प्रसन्न रहनेछ । अतिथि

    • प्रकाशित मितिः भदौ २८, २०७९
    • ४८४ पटक पढिएको
  • झापामा ट्रकको ठक्करबाट एक जनाको मृत्यु, तीन जना घाइते

    झापा । भद्रपुरको देउनियाँ पुलमा इँटा बोकेको ट्रकले पैदलयात्रीलाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर नगरपालिका–२ गैरीगाउँकी २३ वर्षीया तुलसा खवास (तामाङ) रहेको प्रहरी कार्यालय झापाले जनाएको छ । ट्रकको ठक्करबाट मृतककी २ वर्षीया छोरी लुपुसमङ गम्भीर घाइते भएकी छन् । मेची अस्पताल भद्रपुरमा उपचार सम्भव नभएपछि थप उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल पठाएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कचनकवलबाट प्रेम इँटा बोकेर पाँचथर जाने क्रममा सोमबार दिउँसो भद्रपुरस्थित ज्ञानेचोक नजिकैको देउनियाँ पुलमाथि प्र–१–०१–००१ ख ३६५९ नम्बरको ट्रकले पैदलयात्री आमा–छोरीलाई ठक

    • प्रकाशित मितिः भदौ २७, २०७९
    • १४९ पटक पढिएको
  • आज पनि घट्यो शेयर बजार

    काठमाडौं । शेयर बजार आज सोमबार पनि घटेको छ । लगातार आज छैटौँ दिन पनि बजार घटेको हो । आज शेयर बजार परिसूचक नेप्से १३ दशमलव ५९ अङ्कले घटेर एक हजार नौ सय १२ दशमलव ६९ अङ्कमा झरेको छ ।आज म्युचल फन्डबाहेक सबै समूहको शेयर घटेकोमा बीमा, माइक्रोफाइनान्स र जलविद्युत् समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।नेप्से घटेको दिन दुई सय २२ वटा कम्पनीको २६ लाख १३ हजार कित्ता शेयर ८३ करोड १६ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नबिल बैंकको चार करोड सात लाख रुपैयाँको शेयर किनबेच भयो ।आज सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयर पाँच प्रतिशतभन्दा धेरै घटेको छ । समग्र बजार घटे पनि आज युनाइटेड मर्दी हाइड्रोपा

    • प्रकाशित मितिः भदौ २७, २०७९
    • १३६ पटक पढिएको
  • महिला राष्ट्रिय फुटबल टोलीकी फरवार्ड सावित्रालाई डेंगी संक्रमण

    काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारीलाई डेंगी संक्रमण देखिएको छ । भण्डारीलाई आइतबार डेंगी पुष्टि भएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।काठमाडौंमा जारी महिला साफ च्याम्पियनसिपका दौरान साम्बालाई डेंगी भएको हो । उनको स्वास्थ्य अवस्था भने सामान्य छ । संक्रमण देखिएसँगै सावित्राले सोमबार हुने श्रीलंकाविरुद्ध खेल गुमाउने भएकी छिन् ।

    • प्रकाशित मितिः भदौ २७, २०७९
    • १६४ पटक पढिएको
  • बर्दियामा बाघको आक्रमणबाट एक वृद्धको मृत्यु

    बर्दिया । बर्दियामा बाघको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ ।बर्दियाको मधुवन नगरपालिका–२ को कुश्मीनिया सामुदायिक वनमा भैँसी चराउन गएका मधुवन नगरपालिका–२ अमरपुरका ६१ वर्षीय झोठारु थारुको बाघको आक्रमणबाट मृत्यु भएको हो। स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीय पालिका र डिभिजन वन कार्यालय बर्दियाको संयुक्त टोलीले खोजतलास गर्दा सामुदायिक वनमा आज बिहान शव फेला परेको इलाका प्रहरी कार्यालय ढोढरीले जानकारी दिएको छ ।

    • प्रकाशित मितिः भदौ २७, २०७९
    • १०३ पटक पढिएको
  • श्रृजनशील लघुवित्तको आईपीओ बाँडफाँड

    काठमाडौं । आज श्रृजनशील लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आईपीओ) बाँडफाँड भएको छ । भदौ १५ गतेदेखि १९ गतेसम्म आइपीओ बिक्री खुलाएको कम्पनीले आज बाँडफाँड गरेको हो । सेयर निष्कासक तथा बिक्री प्रबन्धक सनराइज क्यापिटलका अनुसार ३६ हजार ८५९ जनाले कम्पनीको आइपीओ पाएका छन् । यस आइईपीओमा १८ लाख ३८ हजार ७५१ जनाको आवेदन परेको थियो । जसमध्ये १ हजार ३१५ आवेदन रद्ध भएका थिए । कम्पनीले भदौ १५ देखि १९ गतेसम्मको अवधिमा प्रतिकित्ता १०० रुपैयाँ अंकित ३ लाख ९३ हजार ७५० कित्ता सेयर बिक्री खुलाएको थियो । जसमध्ये कर्मचारीलाई ५ हजार ४७० कित्ता र सामूहिक लगानी कोषलाई १९ हजार ६९० कित्ता सेयर छुट्याइएको थिय

    • प्रकाशित मितिः भदौ २७, २०७९
    • १२८ पटक पढिएको
  • श्रीलंकाले जित्यो एसिया कपको उपाधि

    काठमाडौं । एसिया कप क्रिकेटको उपाधि आयोजक श्रीलंकाले जितेको छ । दुबईमा आइतबार राति भएको फाइनलमा पाकिस्तानलाई २३ रनले हराउँदै श्रीलंका च्याम्पियन बनेको हो । दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा श्रीलंकाले दिएको १ सय ७१ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा अलआउट हुँदै १ सय ४७ रन मात्र बनाउन सक्यो ।पाकिस्तानका लागि मोहमद रिजवानले ५५ रनको अर्धशतकीय इनिङ खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै इफ्तिखर अहमेदले ३२ तथा हरिस राउफले १३ रन बनाए । अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन् । श्रीलंकाका प्रमोद मधुसनले ४ तथा वानिन्दु हसरंगा डी सिल्भाले ३ विकेट लिए । चामिका

    • प्रकाशित मितिः भदौ २७, २०७९
    • १५० पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल