काठमाडौं । नेपाली बजारमा साताको पहिलो दिन आइतबार सुनचाँदीको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज पनि शुक्रबारकै मूल्यमा सुनचाँदी कारोबार भइरहेको हो । आइतबार छापावाल सुन प्रतितोला ९३ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । तेजावी सुनको मूल्य तोलाको ९३ हजार ४०० रुपैयाँ कायम छ । यस्तै, आइतबार चाँदीको भाउ पनि तोलाको ११ सय ५० रुपैयाँ कायम रहेको महासंघले जनाएको छ ।
काठमाडौं । बेलायतकी महारानी एलिजाबेथ द्वितीयको अन्तिम संस्कार सेप्टेम्बर १९ तारिख अर्थात आउँदो असोज ३ गरिने भएको छ ।वेस्टमिन्स्टर एबीमा अन्तिम संस्कार गर्नुअघि पार्थिव शरीरलाई चार दिन श्रद्धाञ्जलीका लागि राखिने भएको छ ।नागरिकलाई पनि शवपेटिका हेर्न दिइने भएको छ । महारानीको राजकीय अन्तिम संस्कारमा परिवार र आफन्तसहित राजनीतिक नेता र विश्वका शीर्ष नेताहरू सहभागी हुनेछन् ।सेप्टेम्बर १९ का दिन बेलायतमा सार्वजनिक बिदा घोषणा गरिएको बीबीसीले जनाएको छ । राजा चार्ल्स तृतीयले अन्तिम संस्कारको दिन बिदा दिइने पुष्टि गर्नुभएको थियो । महारानी एलिजाबेथको गएको बिहीवार ९६ वर्षको उमेरमा निधन भएको थियो ।
इटहरी । माझी मुक्ति मोर्चा, नेपाल १ नं. प्रदेश भेला तथा सुनसरी जिल्ला भेला सम्पन्न भएको छ । आज शुक्रबार सुनसरीस्थित मधुवनमा उक्त भेला सम्पन्न भएको हो । कार्यक्रममा जगदिस माझीको अध्यक्षतामा २५ सदस्य कमिटि गठन गरिएको छ । माझी मुक्ति मोर्चा, नेपाल नेकपा माओवादी केन्द्रको भातृ संगठन हो ।बागमति प्रदेशका सांसद तथा नेकपा माओवादी केन्द्रका नेता बुद्धिमान तामाङको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा माओवादी केन्द्रका केन्द्रिय सदस्य निर्मल बराल, माओवादी केन्द्रका प्रदेश उपाध्यक्ष शिव कुमार डागी, माझी राष्ट्रिय मुक्ति मोर्चा नेपालका केन्द्रिय महासचिव उर्मीला माझी लगायतको उपस्थिति रहेको थियो ।
पोखरा । कास्कीमा ट्रायल परिक्षा दिने नक्कली परीक्षार्थी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीले सवारी साधन अनुमति पत्रको परीक्षा दिने र दिन लगाउने दुबैलाई पक्राउ गरेको हो ।पक्राउ पर्नेमा मकवानपुर घर भइ पोखरा ८ सभागृहचोक बस्ने वर्ष २६ की निर्मला विश्वकर्मा रहेकी छन् । यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमति पत्र कास्कीबाट भदौ २२ गते संचालन गरिएको वर्ग के स्कुटरको ट्रायल दिने क्रममा विक पक्राउ परेकी हुन् । उनी तनहुँको भानु नगरपालिका २ निवासी मञ्जु पाण्डेको ट्रायल परीक्षामा नक्कली परीक्षार्थी बनेकी थिइन् । विकलाई परीक्षा दिन लगाउने तनहुँ भानु नगरपालिका ४ घर भइ जिल्ला पोखरा १७
काठमाडौं । बेलायती महारानी एलिजाबेथ द्वितीयाको निधनमा नेपालले तीन दिन शोक मनाउने भएको छ । आज शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले बेलायती महारानीको निधनप्रति दुःख व्यक्त गर्दै उनको सम्मानमा तीन दिन शोक मनाउने निर्णय गरेको हो । प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले भदौ २५ देखि २७ गतेसम्म तीन दिन शोक मनाउने निर्णय गरेको हो । यस्तै बैठकले तीन दिन नेपालभरका सरकारी कार्यालय, विदेशमा रहेका नेपाली राजदूतावास र नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ । बेलायती महारानी एलिजाबेथ द्वितीयाको हिजो बिहीबार राति स्कटल्यान्डको बालमोरल दरबारमा ९६ वर्षको उमेरमा निधन भएक
काठमाडौं । भारतलाई हराउँदै नेपाल साफ यू–१७ च्याम्पियनसिप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । श्रीलङ्काको कोलम्बोमा शुक्रबार भएको खेलमा नेपालले भारतलाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।नेपालको लागि सागर दर्लामी, उनेश बुढाथोकी र सुवास बमले गोल गरे । भारतको लागि ड्यानीले १ गोल गरे । २४ औँ मिनेटमा गोल गर्दै ड्यानीले भारतलाई अग्रता दिलाएका थिए । ४४ औँ मिनेटमा सागरले गोल गरेर बराबरीमा ल्याए । उनेशले ५० औँ मिनेटमा नेपालका लागि दोस्रो गोल गरे । सुवासले ६८ औँ मिनेटमा गोल गरेपछि नेपाल ३-१ अन्तरले विजयी भयो । नेपालले पहिलो खेलमा भुटानलाई २-१ अन्तरले हराएको थियो । लगातार दुई जितपछि ६ अंक
झापा । प्रहरीले विर्तामोड नगरपालिका–३ बाट प्रतिबन्धित लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। प्रहरी चौकी विर्ताबजारबाट खटिएको प्रहरी टोलीले विर्तामोड ५ का १९ वर्षीय कालु दासलाई पक्राउ गरेको हो।उनलाई शंका लागेर चेक जाँच गर्दा निजको साथबाट एक ग्राम ब्राउनसुगर बरामद गरेको थियो। प्रतिबन्धित ब्राउनसुगर बरामद भएसँगै दासमाथि ईलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भइरहेको छ।
काठमाडौं । नेपाल चलचित्र संघले सोमबार देशभरका सिनेमा हल बन्द गर्ने निर्णय फिर्ता लिएको छ । शुक्रबार नेपाल चलचित्र निर्माता संघसँगको छलफलमा सहमति भएको हो ।चलचित्र संघको विशालनगरस्थित कार्यालयमा भएको द्विपक्षीय वार्तामा दुवै संघका महासचिवको नेतृत्वमा ५/५ सदस्यीय वार्ता समिति गठन गर्ने निर्णय पनि भएको छ । वार्ता समिति गठनसहित सहमति र सहकार्य गर्दै अघि जाने तथा दुवै संस्थाले आफ्ना सदस्यलाई संयमित बनाउने सहमति पनि जुटेको छ । आगामी दिनमा हरेक समस्या छलफलका माध्यमबाट समाधान गर्ने निर्णय पनि भएको छ । वार्तापछि जारी संयुक्त विज्ञप्तिमा चलचित्र संघका महासचिव नरेन्द्र महर्जन र निर्माता संघका महासचिव
लम्की । कैलालीको घोडाघोडी नगरपालिकामा देउडा हेर्न गएकी १५ वर्षीया किशोरी बलात्कृत भएकी छन् । यही भदौ २१ गते राति चार जनाले सामूहिक बलात्कार गरेको भन्दै ती किशोरीले इलाका प्रहरी कार्यालय सुखडमा जाहेरी दर्ता गराएकी छन् ।आरोपी चारमध्ये तीन जनालाई पक्राउ गरी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय सुखडका प्रहरी नायब उपरीक्षक लक्ष्मण शाहीले बताए । काम छ भन्दै एकान्तमा बोलाई जबरजस्ती करणी गरेको जाहेरीपत्रमा उल्लेख छ । ती किशोरी सुखड बजारको हेलीप्याडमा भइरहेको देउडा हेर्न गएको समयमा घटना भएको प्रहरीले बताएको छ । बलात्कृत किशोरीलाई भोलिपल्ट भदौ २२ गते बिहान असामान्य अवस्थामा बजारमा हिँडि
सुनसरी । सुनसरीको इनरुवा नगरपालिका ४ मा रहेको रामजानकी गुठी मन्दिरको दानपेटिकाबाट एक लाख २५ हजार रुपैयाँ चोरी भएको छ। प्रहरीका अनुसार भक्तजनले मन्दिरका लागि दान गरेको रकम दानपेटिका नै फुटाएर चोरी गरिएको हो । चोरीमा संलग्न इनरुवा ४ का २३ वर्षीय रोशनकुमार यादवलाई पक्राउ गरिएको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी राजकुमार राईले बताए ।राईका अनुसार गत बुधबार राति मन्दिरको दुईवटा दानपेटिका फुटाएर यादवले रकम चोरी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। रकम चोरी गरेपछि भारततिर भाग्न खोज्दै गर्दा यादवलाई इनरुवा ३ बाट पक्राउ गरिएको सुनसरी प्रहरी प्रमुख एसपी प्रभुप्रसाद ढकालले जानक