इटहरी । माझी मुक्ति मोर्चा, नेपाल १ नं. प्रदेश भेला तथा सुनसरी जिल्ला भेला सम्पन्न भएको छ । आज शुक्रबार सुनसरीस्थित मधुवनमा उक्त भेला सम्पन्न भएको हो । कार्यक्रममा जगदिस माझीको अध्यक्षतामा २५ सदस्य कमिटि गठन गरिएको छ । माझी मुक्ति मोर्चा, नेपाल नेकपा माओवादी केन्द्रको भातृ संगठन हो ।

बागमति प्रदेशका सांसद तथा नेकपा माओवादी केन्द्रका नेता बुद्धिमान तामाङको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा माओवादी केन्द्रका केन्द्रिय सदस्य निर्मल बराल, माओवादी केन्द्रका प्रदेश उपाध्यक्ष शिव कुमार डागी, माझी राष्ट्रिय मुक्ति मोर्चा नेपालका केन्द्रिय महासचिव उर्मीला माझी लगायतको उपस्थिति रहेको थियो ।