काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध बलात्कार आरोपमा अनुसन्धान प्रक्रिया अघि बढेको प्रहरीले बताएको छ । लामिछानेलाई पक्राउ गर्न पक्राउ पूर्जीका लागि प्रहरीले जिल्ला अदालत जाने तयारी गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार एक १७ वर्षीया किशोरीले लामिछानेविरुद्ध पटक–पटक बलात्कार गरेको आरोप लगाएकी हुन् । पीडित किशोरीका अभिभावकले मंगलबार महानगरीय प्रहरी वृत्त, गौशालामा जाहेरी दिएका थिए । जाहेरीमा लामिछानेले गत भदौ ५ गते काठमाडौं र भक्तपुरका विभिन्न ठाउँमा लगेर त्यसको भोलिपल्ट गौशाला क्षेत्रमा रहेको एक होटेलमा लगी बलात्कार गरेको आरोप लगाइएको छ । प्रहर
इटहरी । सुनसरीको कोसी गाउँपालिकास्थित भ्याण्टाबारीमा सप्तकोसीको भंगालोमा नुहाउने क्रममा एक बालिकाको डुबेर मृत्यु भएको छ । मंगलबार भंगालोमा डुबेर बेपत्ता भएकी कोशी गाउँपलिका–८ बस्ने मुर्सिद मियाको छोरी ११ वर्षीया नजराना खातुनको शव पानीमुनी बालुवामा गाडिएको अवस्थामा सशस्त्र प्रहरीले बुधबार फेला पारेको हो। खातुनको खोजतलासमा सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह बाहिनी पकलिबाट गएको विपद व्यवस्थापन टोलीले शव फेला पारेको थियो । प्रहरीका अनुसार शव परिवारलाई जिम्मा लगाइएको छ।
काठमाडौं । गृह मन्त्रालयले आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि म्यादी प्रहरी छनोटसम्बन्धी मापदण्ड स्वीकृत गरेको छ । मन्त्रालयले प्रहरी प्रधान कार्यालयले पठाएको मापदण्ड स्वीकृत गरेको हो ।मापदण्ड पारित भएसँगै अब प्रहरी प्रधान कार्यालयले भदौ २६ गते म्यादी प्रहरीको आवेदनका लागि पत्रिकामा सूचना प्रकाशित गर्नेछ । त्यसपछि भदौ ३० देखि असोज ६ सम्म आवेदन दिन सकिनेछ ।त्यस्तै, असोज ९ देखि १४ गतेभित्र छनोट प्रक्रिया पूरा गरिसक्नुपर्नेछ भने नतिजा चाहिँ असोज २५ मा प्रकाशन गरिने कार्यविधिमा उल्लेख छ ।अर्थ मन्त्रालयले १ लाख १५ हजार म्यादी प्रहरी भर्ना गर्न गृह मन्त्रालयलाई सहमति
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३०० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । चार हजार ५९० जनामा कोरोना परिक्षण गर्दा ३०० को नतिजा पोजिटिभ आएको हो ।यो अवधिमा देशभर १२४ जना कोरोनामुक्त भएका छन् ।हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या दुई हजार ४५७ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार जनाएको छ ।
काठमाडौँ । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले राजीनामा दिएका छन् । जोन्सनले आफ्नो कन्जरभेटिभ पार्टीले नयाँ नेताको रुपमा लिज ट्रसलाई निर्वाचित गरेपछि मंगलबार महारानी एलिजावेथ द्वितीयलाई स्कटल्याण्डको बालमोरल पुगेर भेट गरि राजीनामा दिएका हुन् ।महारानीले जोन्सनको राजीनामा स्वीकृत गरेको बेलायती मिडियाहरुले उल्लेख गरेका छन् । जोन्सनले यसअघि महारानीलाई भेट्न जानु लिज ट्रसलाई आफ्नो पुरै समर्थन रहने बताएका थिए । आफ्नो स्वास्थ्यको कारण हाल महारानी एलिजावेथ स्कटल्याण्डको बालमोरलमा रहेकी छन् । यस अघि महारानीको दरबार बर्गिंहम प्यालेसमा हुने नयाँ प्रधानमन्त्रीको शपथ पनि बालमोरलमा नै हुने
इटहरी । सुनसरीको दुहवीमा सवारी दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। दुहबी नगरपालिका ३ स्थित फुटानी चोकमा को १ च ७१८६ नम्बरको ग्यास बोकेको पिकअप गाडीले प्रदेश नं.१ ०४ ००१ प ८१३८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा मोरङ धनपालथान गाउपालिका २ का २० वर्षीय धिरज मण्डल रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी राजकुमार राईले बताएका छन्। उनका अनुसार पिकअप गाडीको ठक्करले गम्भीर घाइते भएका मण्डलको उपचारका क्रममा विराटनर्सिङ होममा मृत्यु भएको हो। मोटरसाइकलको पछाडि बसेका सोही स्थानका १६ वर्षीय चक्र देव घाइते भएका छन्। ठक्कर दिन
काठमाडौं । विश्व बजारमा फेरी पेट्रोलियम पदार्थको मूल्य बढ्न सक्ने भएको छ । पेट्रोलियम पदार्थ निर्यात गर्ने देशहरूको सङ्गठन (ओपेक) र यसका सहयोगीहरू ओपेक समूहले पेट्र्रोलियम पदार्थको उत्पादन कटौती गर्ने घोषणा गरेका छन् ।अक्टोबरमा उत्पादनमा गरिने कुल मागको ०.१ प्रतिशतको कटौतिले गर्दा अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढ्न सक्ने भएको हो ।मन्दीको डरले हालै घटेको तेलको मूल्यलाई बलियो बनाउन अक्टोबरमा उत्पादन थोरै कटौती गर्ने घोषणा उनीहरुले गरेका हुन्।ओपेक र गैर-ओपेक मन्त्रीस्तरीय ३२औं बैठकपछि जारी गरिएको विज्ञप्तिमार्फत सो बारे जानकारी गराइएको हो ।उत्पादन कटौती हुँदा अन्तराष्ट्रिय बजारमा
काठमाडौं । लागुऔषध नियन्त्रण ब्यूरोले अवैध लागुऔषध खैरो हेरोइन, गाँजा र नियन्त्रित लागुऔषध एम्पुलसहित १५ जनालाई पक्राउ गरेको छ । ब्यूरोले मंगलबार पत्रकार सम्मेलन गर्दै भदौ १६ गतेदेखि २० गतेको अवधिसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट अवैध लागुऔषध खैरो हिरोइन, लागुऔषध गाँजा र नियन्त्रित लागुऔषध एम्पुलको कारोबार गर्ने १५ जनालाई पक्राउ गरेको जानकारी दिएको हो । उनीहरुको साथबाट खैरो हेरोइन २८७.५ ग्राम, नियन्त्रित लागुऔषध ब्रुपेनोर्फिन, डाईजेपाम र फेनारगन गरेर २५२ एम्पल बरामद गरिएको प्रहरी वरिष्ठ उपरीक्षक विकासराज खनालले बताए । त्यसैगरी लागु औषधको बिक्री वितरणबाट प्राप्त १० लाख ६२ हजार
काठमाडौं । मंगलबार सेयर बजार परिसूचक नेप्से २१.२२ अंकले घटेको छ । यससँगै नेप्से परिसूचक १९ सय ५१.७९ को बिन्दुमा झरेको छ । निरन्तर आरोलो लागेको बजारमा मंगलबार कारोबार रकम भने एक अर्ब १९ करोड हाराहारी रह्यो ।मंगलबार २२७ कम्पनीका ३२ लाख ९ हजार ९८३ कित्ता सेयर दोस्रो बजारमा खरिद बिक्री भएको छ । जसमध्ये १७१ कम्पनीको सेयर मूल्य घटेको छ भने १४ कम्पनीको मूल्य मात्रै बढेको छ । यस्तै ३ कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन आएन ।मंगलबार उन्नती सहकार्य लघुवित्तको सेयर मूल्य सर्किट तहमा बढेर कारोबार भयो । यस्तै एनएमबी हाइब्रिड फन्ड र सामुदायिक लघुवित्तको सेयर मूल्य झिनो अंकले बढ्यो । दोस्रो बजारमा धेरै गुमाउ
काठमाडौं । साताको तेस्रो दिन आज पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले साताको पहिलो कारोबार दिन आइतबार सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढेको जनाएको थियो । यस्तै, सोमबार १०० रुपैयाँले सुनको मूल्य आज मंगलबार थप ३०० रुपैयाँले बढेको हो । यससँगै, आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य ९३ हजार ५०० रुपैयाँ कायम भएको छ । हिजो सोमबार छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ७०० र तेजाबी सुनको मूल्य तोलामा ९३ हजार २०० रुपैयाँ थियो । सुनको मूल्य बढेको दिन आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढ