काठमाडौं । महिला साफ च्याम्पियनसिपको छैटौं सस्करण आजबाट काठमाडौंमा शुरु हुँदैछ । आज हुने च्याम्पियनसिपको पहिलो खेलमा आयोजक नेपालले भुटानको सामना गर्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल बेलुकी ५ः३० बजे शुरु हुनेछ ।नेपाल आज हुने खेलमा भुटानलाई हराउँदै साफ च्याम्पियनसिपमा सुखद शुरुवात गर्न चाहन्छ । हालसम्म चार पटक फाइनल खेलेको नेपाल भारतसँग पराजित हुँदै उपविजेतामै सिमित भएको थियो ।हालसम्म भारतसँग भन्दा अन्य टोलीसँग प्रतियोगितामा पराजीत नभएको नेपालले भुटानलाई कमजोर भने मानेको छैन । भुटान दुई साता अगाडि नै नेपाल आएर प्रशिक्षण गरेको थियो । छैटौं सस्करणसम्म आइपुग्दा फाइनल पुग्न नसकेको भुटा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा प्रतिनिधिसभा उम्मेदवारको रूपमा सप्तरी–१ बाट पनि सिफारिस भएका छन् ।क्षेत्रीय समितिको बैठकले महामन्त्री थापासहित तीनजनाको नाम सिफारिस गरेको क्षेत्रीय सभापति ललन गुप्ताले जानकारी दिए । उनका अनुसार थापासहित पार्टीका जिल्ला सभापति रामदेव साह र शत्रुधन यादवको नाम सर्वसम्मत रूपमा प्रतिनिधि सभा सदस्य पदका लागि सिफारिस गरिएको छ ।थापाको नाम सर्लाही–४ बाट पनि सिफारिस भइसकेको छ ।
काठमाडौं । दक्षिण पश्चिमी चीनमा आएको ६ दशमलव ६ रेक्टर स्केलको भूकम्पमा कम्तीमा २१ जनाको मृत्यु भएको छ । स्थानीय समयअनुसार सोमबार अपराह्न १ बजे सिचुआन प्रान्तमा जमिनको सतहदेखि १० किलोमिटर मुनि केन्द्रविन्दु बनाएर भूकम्प आएको हो । स्थानीय सञ्चार माध्यमले भूकम्पको कारण टेलिकम सेवा अवरुद्ध हुनुका साथै पहाडमा पहिरो गएकाले गम्भीर क्षति पुगेको बताएका छन् । चिनियाँ भूकम्प सञ्जाल केन्द्रका अनुसार भूकम्पको केन्द्रविन्दु चेंगदुदेखि करिब २२६ किलोमिटर दक्षिण पश्चिममा पर्ने विकट पहाडी क्षेत्रमा पर्ने लुडिंग सहर रहेको बताइएको छ । सीसीटीभीका अनुसार भूकम्पको कारण चेंगदु र
काठमाडौं । नेपालले केन्याविरुद्धको एकदिवसीय अभ्यास सिरिजमा क्लीन स्वीप गरेको छ । अन्तिम तथा तेस्रो खेलमा आज (सोमबार) केन्यालाई ६ विकेटले पराजित गर्दै नेपालले सिरिज ३–० ले जितेको हो ।२५६ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको नेपालले ४७.१ ओभरमा चार विकेटको क्षतिमा जित निकालेको हो । नेपालको जितमा अर्जुन साउद, आशिफ शेख र बसिर अहमदले अर्धशतक बनाए ।अर्जुनले ५८ रन बनाए । त्यस्तै, आशिफले ४३ बलमा नौ चौका र दुई छक्कासहित ५६ रन बनाए । त्यस्तै, बसिरले ४९ बलमा सात चौकासहित ५२ रन बनाउँदै अविजित रहे । कप्तान रोहित कुमार पौडेल ४६ रनमा अविजित रहे । त्यस्तै, ज्ञानेन्द्र मल्लले ३३ रन बनाए ।केन्याका विरज पटेलले दुई
झापा । झापामा १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् ।मोरङ पथरी शनिश्चरे नगरपालिका–५ बस्ने २६ वर्षीय तिर्थराज गेलाललाई प्रहरीले इटहरी–६ बाट पक्राउ गरेको हो ।गेलालले ती किशोरीलाई गत बुधबार ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस विषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप २२१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ५८ जनाको परीक्षणमा २२१ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ५१९ जनाको पीसीआर परीक्षण गर्दा १२२ जना र २ हजार ५३९ जनाको एन्टिजेन परीक्षण गर्दा ९९ जनामा संक्रमण देखिएको छ । योसँगै देशभरमा सक्रिय संक्रमित २ हजार ४४४ जना रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा २०६ जना संक्रमणमुक्त भएका छन् । जसमध्ये २ हजार ३१२ जना होम आइसोलेसनमा रहेका छन् भने १३२ जना संस्थागत आइसोलेसन र ३८ जना आईसीयूमा छन् । यस्तै ३ जनाको भेन्टि
काठमाडौं । खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँड आज हुने भएको छ । खप्तड लघुवित्तको आईपीओ बाँडफाँड धितोपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटलको काठमाडौं कमलादीस्थित कार्यालयमा हुनेछ । आईपीओ बाँडफाँड कार्यक्रम बिहान १० बजे राखिएको छ । यो लघुवित्तले गत भदौ ८ गतेदेखि भदौ १२ गतेसम्मबाट आईपीओ बिक्री गरेको थियो । संस्थाले १०० अंकित दरका कुल १ लाख ३२ हजार कित्ता आईपीओ बिक्री खुला गरेको थियो । कुल कित्तामध्ये ५ प्रतिशतले हुन आउने ६ हजार ६०० कित्ता सामूहिक लगानी कोष र ०.५ प्रतिशतले हुन आउने २ हजार कित्ता कर्मचारीका लागि छुट्याइएको छ । बाँकी १ लाख २३ हजार ४०० कित्ताका लागि सर्वसाध
काठमाडौं । आज प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका केही र अन्य प्रदेशका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्ले बताका छन् ।मौसमविद् मञ्जु बासीका अनुसार आज खासै ठूलो पानी पर्ने सम्भावना छैन । तर, मेघगर्जन र चट्याङ पर्ने भएकाले सावधानी अपनाउन उनको आग्रह छ ।अहिले मनसुनको न्यून चापीय रेखा पूर्वतिर सरदर स्थानभन्दा केही उत्तरतर्फ रहेको छ ।आज देशभरको मौसम आंशिकदेखि सामान्य बदली हुने मौसमविद्को भनाइ छ ।
काठमाडौं । क्यानडामा चक्कु आक्रमणबाट कम्तीमा १० जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।सास्कात्चेवान प्रान्तका १३ स्थानमा भएको शृङ्खलाबद्ध चक्कु आक्रमणमा मानवीय क्षति भएको हो। प्रहरीले फरार रहेका दुई आरोपित आक्रमणकारीको खोजी भइरहेको जनाएको छ। ३१ वर्षका डेमिएन सान्डर्सन र ३० वर्षका मिल्स सान्डर्सन हाल फरार रहेको प्रहरीको भनाइ छ। सर्वसाधारणलाई आरोपित आक्रमणकारीको सामु नआउन सुरक्षाकर्मीले सचेत गराएका छन्।
मेष । आज बजार घुम्ने अवसर मिल्नेछ । केही नयाँ कुरा खरीद गर्न सकिनेछ । धर्मकर्ममा मन लाग्ने र रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । वृष । मनमा उत्पन्न शंका तथा डरका कारण बनिसकेको काममा दुबिधा उत्पन्न हुन सक्छ । भोजभतेरमा सामेल हुँदा स्वास्थ्यको ख्याल गर्नुहोला । मिथुन । दैनिक कार्यमा प्रगति हुनेछ । परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुनसकिने छ । परिवारका सदस्यहरूबाट सहयोग पाइने र वैदेशिक कार्य अघि बढ्नेछ । कर्कट । अध्ययनअध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । मित्रबाट विशेष सहयोग मिल्नेछ । परिवारका सदस्यहरूसित भेटघाट हुनेछ ।सिंह । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ