काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा प्रतिनिधिसभा उम्मेदवारको रूपमा सप्तरी–१ बाट पनि सिफारिस भएका छन् ।

क्षेत्रीय समितिको बैठकले महामन्त्री थापासहित तीनजनाको नाम सिफारिस गरेको क्षेत्रीय सभापति ललन गुप्ताले जानकारी दिए । उनका अनुसार थापासहित पार्टीका जिल्ला सभापति रामदेव साह र शत्रुधन यादवको नाम सर्वसम्मत रूपमा प्रतिनिधि सभा सदस्य पदका लागि सिफारिस गरिएको छ ।

थापाको नाम सर्लाही–४ बाट पनि सिफारिस भइसकेको छ ।