काठमाडौं । एसिया कप क्रिकेटमा अफगानिस्तानले विजय सुरुवात गरेको छ।दुबईमा शनिबार भएको उद्घाटन खेलमा पाँच पटकको च्याम्पियन श्रीलंकालाई ८ विकेटले हराउँदै अफगानिस्तानले सुखद सुरुवात गरेको हो।श्रीलंकाले दिएको १०६ रनको लक्ष्य अफगानिस्तानले १० ओभर १ बलमा मात्र २ विकेट गुमाएर पूरा गर्यो।अफगानिस्तानका रहमान उल्लाह गुर्बाजले ४० रन बनाए। यस्तै हजरात उल्लाह जाजईले अविजित रहँदै ३७ रन जोड्दा इब्राहिम जार्डनले १५ रन बनाए। श्रीलंकाका वानिन्दु हसरंगा डी सिल्भाले एक विकेट लिए। त्यसअघि पहिले ब्याटिङ गरेको श्रीलंकाले १९ ओभर ४ बलमा अलआउट हुँदै १०५ रन बनाएको थियो।जितसँगै समूह बी को अफगानिस्तानले पहिलो खेलमै दु
काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता गरेको नागरिकता विधेयक पेश हुने भएको छ।सङ्घीय संसद् सचिवालयले आजका लागि तय भएको बैठकको सम्भावित कार्यसूचीमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुँयालले राष्ट्रपतिबाट पुनः विचारका लागि फिर्ता पठाएको नागरिकता विधेयकका सम्बन्धमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको व्यहोरा जानकारी गराउने उल्लेख गरिएको छ। दिउँसो १ बजे बस्ने बैठकमा ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देशको जानकारीसमेत सभा समक्ष गराइनेछ ।यस्तै राष्ट्रियसभाले पारित गरी सन्देशसहित प्रतिनिधिसभामा पठाइएका ‘शपथसम्
काठमाडौं । हाल देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सामान्यदेखि पूर्ण बदली रही देशका धेरै स्थानमा मेघ गर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको हो। महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ अवस्थित रहेको जनाएको छ। यस्तै काठमाडौं उपत्यकाको केही स्थानमा भारी वर्षा भएको छ। वर्षा हुने क्रम अहिले पनि जारी रहेकोले बिहान ८ बजेसम्म नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी सूचना केन्द्रले आग्रह गरेको छ । केन्द्रका अनुसार विष्णुमती जलाधारको जितपुर र आसपा
कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो अन्धविश्वास मात्र हो । आँखा वरिपरिका मांशपेशीहरू संकुचित हुँदा आँखा फर्फराउँछ । यस्ता छन् कारणः१. थकान र तनावका कारण आँखा फर्फराउँछ । तनाव कम गर्न सक्नुभयो भने आँखा फर्फराउन बन्द हुन्छ । राम्ररी निद्रा पुगेको छैन भने पनि आँखा फर्फराउँछ । २. धेरै मापसे गर्दा पनि आँखा फर्फराउँछ ।३. धमिलो बत्तीमा काम गर्दा अनि कम्प्युटरमा लामो समय काम गर्दा पनि आँखा फर्फराउँछ । कसरी रोक्ने त रु टन्न पा
मेष । आज आँटेको र ताकेको कार्य पुरा होला । ठीक समयमा सही निर्णय लिन सकिनेछ । बोलीको प्रभाव पनि बढ्नेछ । शुभकार्यको चर्चा चल्नेछ । वृष । आज महत्त्व पूर्ण अवसर गुम्न सक्नेछ । प्रेममा समेत अविश्वासको वातावरण सिर्जना हुन सक्छ, तर मनोरञ्जनमा सहभागी भइनेछ । मिथुन । अधुरो काम पूरा होला । दाम्पत्य सुखले प्रफुल्लित भइनेछ । वैदेशिक कार्य अघि बढ्नेछ । व्यवसायका लागि यात्राको सम्भावना पनि रहेको छ । कर्कट । आज धार्मिक कार्य सफल नै रहनेछ । प्रेम सम्बन्ध कसिलो होला । पुँजी बजको लगानीले पछि लाभ मिल्नेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्ला । सिंह । आज मङ्गल कार्यको योग छ । आर्थिक क्षेत्रमा राम्र
काठमाडौं । पछिल्लो २४ घण्टामा १७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दुई हजार ८३९ परीक्षणमा १७३ जनामा संक्रमण पुष्टि भएको हो ।६४३ पीसीआर परीक्षणमा ६५ जना र दुई हजार १९६ एन्टिजेन परीक्षणमा १०८ जना गरी १७३ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ३९६ जना संक्रमणमुक्त भएका मन्त्रालयले जनाएको हो । हाल देशभर कोरोाना भाइरसको सक्रिय संक्रमित संख्या तीन हजार १२ जना रहेको छ ।यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा काठमाडौंमा २१, ललितपुरमा ८, भक्तपुरमा २, चितवनमा ४, मोरङ,
इटहरी । इटहरीबाट गाइघाट जाँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा श्रीमानको मृत्यु भएको छ भने श्रीमती घाइते भएकी छन् ।आज (शनिबार) उदयपुरको चौदण्डीगढी नगरपालिका–१० खैराहा झोडास्थित मदन भण्डारी सडकखण्डमा मोटरसाइकल दुर्घटना भएको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । इटहरीबाट गाइघाटतर्फ जाँदै गरेको प्र–१–०५–००१ प ७४८५ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा चालक उदयपुरको कटारी नगरपालिका ४ कान्छी बजार बस्ने अन्दाजी २४ वर्षीय अभिषेक खड्काको मृत्यु भएको हो ।दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।यस्तै, मोटरसाइ
काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको तयारीका लागि भदौ १२ गतेदेखि मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन हुने भएको छ। निर्वाचन आयोगले आज शनिबार एक सूचना जारी गर्दै यही भदौ १२ गतेदेखि कार्यक्रम सुरु हुने जानकारी दिएको हो। आयोगका अनुसार भदौ १२ गते सम्बन्धित वडा कार्यालय र निर्वाचन कार्यालयले मतदाता नामावली प्रकाशन गर्ने छन्। नामावलीमा रहेको त्रुटि सच्याउन, नामावलीमा प्रकाशित कुनै व्यक्तिको विवरणको विरोधमा उजुरी दिन तथा कुनै मतदाताको एकभन्दा बढी स्थानमा नाम समावेश भएमा एक स्थानको मात्र नाम कायम राख्न भदौ १३ गतेदखि १५ गतेसम्म सम्बन्धित निर्वाचन क
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल टी-२० लिगका लागि खेलाडी दर्ता सुरू गरेको छ। क्यानले शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत् असोज ८ देखि कात्तिक ५ गतेसम्म आयोजना हुने प्रतियोगिताका लागि खेलाडी दर्ता सुरू गरेको हो। क्यानका अनुसार खेलाडी दर्ता अगस्टको ३१ तारिखसम्म मात्र रहनेछ।खेलाडी दर्ताका लागि क्यानले विभिन्न चारवटा मापदण्ड तोकेको छ। खेलाडीले सन् २०१८ देखि नियमितरुपमा राष्ट्रिय खेलकुद, प्रधानमन्त्री कप (पीएम कप) तथा मेयर कप खेलेको हुनुपर्ने छ। यस्तै, २०१८ देखि नेपालको यू-१९ टिमका लागि अन्तर्राष्ट्रिय प्रतियोगिता तथा सिरिज खेलेको हुनुपर्ने छ। २०१८ देखि सिनियर टोलीका लागि अन्त
काठमाडौं । दक्षिण कोरिया सन् २०२१ मा पनि विश्वकै सबैभन्दा कम जन्मदर भएको देश बनेको छ । हालै सार्वजनिक भएको तथ्यांकका आधारमा दक्षिण कोरियामा २०२१ मा पनि जन्मदर सबैभन्दा कम देखिएको हो । त्यहाँ जन्मदर ०.८१ प्रतिशत रहेको छ। जुन २०२० तुलनामा ०.०३ प्रतिशतले कम हो । अमेरिका र जापानमा जन्मदर क्रमशः १.६ प्रतिशत र १.३ प्रतिशत रहेको छ । जुन अघिल्लो वर्षको तुलनामा कम हो । अफ्रिकी मुलुकहरुमा जन्मदर सबैभन्दा बढी रहेको तथ्यांक छ । अफ्रिकी मुलुकमा जन्मदर ५ अथवा ६ प्रतिशत रहेको छ । कुनै पनि मुलुकको जनसंख्या स्थिर रहन कम्तीमा जन्मदर २.१ प्रतिशत आवश्यक रहन्छ । त्यहाँभन्दा तल भएमा न्यून र माथि भएमा