All Posts By इटहरी खबर संवाददाता

    Showing २,८९१-२,९०० of ३,०८७ items.
  • २०७९ भाद्र १० गते शुक्रबारको राशिफल

    मेष । आज जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । सौन्दर्यतामा धन खर्च हुनेछ । सरकारी निकायको भय रहला । वृष । आज शुभकार्यको चर्चा चल्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । मित्रबाट विशेष सहयोग मिल्नेछ । रमाइलो यात्राको योग समेत रहेको छ । मिथुन । आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । शुभ कार्य तथा सामाजिक क्षेत्रमा धन खर्च हुनसक्छ । कर्कट । सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । रातो रङ्गको पहिरनले चुनौतीबाट मुक्त हुन सहयोग पुर्‍याउनेछ । सिंह । निर्णय कार्यान्वयन

    • प्रकाशित मितिः भदौ १०, २०७९
    • १३६ पटक पढिएको
  • किक बक्सिङमा सहभागी सबै नेपाली खेलाडीले पाए स्वर्ण

    काठमाडौं । भूटानमा भएको पाँचौं दक्षिण एसियाली किक बक्सिङ च्याम्पियनसिपमा सबै नेपाली खेलाडीले स्वर्ण जितेका छन्। टोली नेता सो क्योकुसिन कराते संघका अध्यक्ष राजकुमार श्रेष्ठका अनुसार नेपालबाट सहभागी भएका ६ जनाले नै स्वर्ण जितेका हुन्। सिवानी श्रेष्ठले खुला तौल समूहमा फाइनलमा भुटानकी खेलाडीलाई अंकका आधारमा पराजित गर्दै स्वर्ण हात पारेको श्रेष्ठले बताए । यस्तै, उनी सम्पूर्ण महिलातर्फ उत्कृष्ट खेलाडीको उपाधिसमेत हात पार्न सफल भएकी छन्।भाद्र ४ र ५ गते भएको च्याम्पियनसिपमा ५४ केजी तौलमा स्वर्ण हात पारेका कविन देशारले सम्पूर्ण पुरुषतर्फ उत्कृष्ट खेलाडीको उपाधिसमेत जिते। यसैगरी ६० केजी तौलमा स्वर्

    • प्रकाशित मितिः भदौ ९, २०७९
    • १०५ पटक पढिएको
  • भिरबाट लडेर उदयपुरमा एक वृद्धको मृत्यु

    उदयपुर । उदयपुरको कटारी नगरपालिका–१० सोतास्थित ६० वर्षीय वृद्ध फौदबहादुर श्रेष्ठको घर नजिकैको भिरबाट लडेर मृत्यु भएको छ । घर नजिकै रहेको गोदाममा किराना पसलको सामान राखी घर फर्किने क्रममा अचानक भिरबाट लडेर २ सय मिटर तल पुगेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।उनको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी तथा डिएसपी राकेशकुमार पोदारले जानकारी दिए । लास पोस्टमार्टमको लागि कटारी अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।घटनाको आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रियाको लागी इप्रका कटारीबाट प्रनाउको कमान्डमा टोली खटिएको जनाएका छन् ।

    • प्रकाशित मितिः भदौ ९, २०७९
    • ६२ पटक पढिएको
  • कक्षा १२ को नतिजा १५ गतेभित्र सार्वजनिक हुने

    काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा भदौ १५ गतेभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । बोर्डका अध्यक्ष महाश्रम शर्माले भदौ १५ गतेभित्र सार्वजनिक गर्ने तयारी भईरहेको बताएका छन् ।अध्यक्ष महाश्रम शर्माले १५ गतेभित्र नतिजा सार्वजनिक गर्ने गरी योजना बनाएर काम गरिरहेको बताए । परीक्षा नियन्त्रण कार्यलय (कक्षा १२) ले लगभग अन्तिम चरणमा पुगेको जानकारी दिएको उनको भनाइ छ । कार्यालयले यसपटक लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक गर्नेछ । जस अनुसार प्रयोगात्मक परीक्षामा न्यूनतम ४० अंक ल्याउनुपर्नेछ र सैद्धान्तिकतर्फ कुनै पनि विषयमा न्यूनतम ३५ अङक ल्याउनुपर्नेछ । तोकिएको अङ

    • प्रकाशित मितिः भदौ ९, २०७९
    • ११२ पटक पढिएको
  • १७ वर्षीय किशोर बने एक्लै विश्व परिक्रमा गर्ने सबैभन्दा कान्छा पाइलट

    बिबिसि । १७ वर्षीय एक किशोर सानो हवाईजहाजमा एक्लै विश्व परिक्रमा गर्ने सबैभन्दा कान्छा पाइलट बनेका छन्।पाँच महिना र ५२ देशको यात्रा अन्त्य गर्दै माक रुथरफोर्डले बुल्गेरियाको सोफियामा अवतरण गरेका हुन्।ब्रिटिश आमाबुबाबाट जन्मेका तर बेल्जियममा हुर्केका रुथरफोर्डले यात्राको क्रममा सुडानमा बालुवाको आँधीबेहरी बेहोर्नुका साथै एक रात प्रशान्त महासागरस्थित मानवविहीन टापुमा रात बिताएका थिए।उनकी जेठी दिदी जारा हवाईजहाजमा विश्व परिक्रमा गर्ने सबैभन्दा कम उमेरकी महिला हुन्।जाराले गत ज्यानुअरीमा आफ्नो यात्रा पूरा गरेकी थिइन् र उनले भाइलाई यात्राको बाटोको बारेमा जानकारी दिएको बताइन्।रुथरफोर्डले यात्रा सुरु र

    • प्रकाशित मितिः भदौ ९, २०७९
    • १,०१६ पटक पढिएको
  • नक्कली कागज पेस भएको भेटिएपछि आर्यन र केकीको नर्वे भिसा रिजेक्ट

    काठमाडौं । फिल्म छायांकनका लागि अभिनेता आर्यन सिग्देल र अभिनेत्री केकी अधिकारीले दिएको भिसा आवेदनमा नक्कली कागजपत्र पेस भएको भेटिएपछि भिसा रिजेक्ट भएको छ ।नर्वेमा फिल्म ‘तिम्रो नजर’ को छायांकनको लागि पेस गरीएको कागजमा नक्कलि हस्ताक्षर प्रयोग भएको भेटिएको प्रहरीले जनाएको छ । नक्कलि हस्ताक्षर भेटिएपछि अनुसन्धान ब्युरोले नक्कली कागजपत्र पेस सम्बन्धमा अनुसन्धान गरिरहेको छ । साथै लेटरप्याड पनि नक्कलि भएको बुझिएको छ । भारतमा रहेको नर्वेजियन दूतावासमा पेस गरिएको कागजपत्रमा नेपाल पर्यटन बोर्डको लेटरप्याड र कार्यकारी प्रमुखको हस्ताक्षर नक्कली प्रयोग भएको खुलेको हो ।शंका लागेपछि कलाकारसहितको भिसा आ

    • प्रकाशित मितिः भदौ ९, २०७९
    • ११८ पटक पढिएको
  • बढ्यो सुनचाँदीको मूल्य

    काठमाडौं । आज बिहीबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ५०० रुपैयाँले र चाँदी १० रुपैयाँले बढेको हो । बढेको मूल्य अनुसार आज छापावाला सुन प्रतितोला ९५ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । यता, तेजाबी सुनको मूल्य समेत आज तोलामा ५०० रुपैयाँले नै बढ्दै ९५ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।यस्तै आज चाँदी एक हजार १७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    • प्रकाशित मितिः भदौ ९, २०७९
    • १११ पटक पढिएको
  • पाकिस्तानमा बाढी र वर्षाका कारण ९०० बढीको मृत्यु

    काठमाडौं । पाकिस्तानमा बाढी र वर्षाका कारण हालसम्म ९०० भन्दा बढीको मृत्यु भइसकेको छ । ३० लाख भन्दा बढी मानिसहरू कुनै न कुनै रूपमा यसबाट प्रभावित भएका छन्।बीबीसी उर्दूको समाचार अनुसार पाकिस्तानका ११६ जिल्ला बाढी र वर्षाबाट नराम्ररी प्रभावित भएका छन् । एनडीएमए रिपोर्टका अनुसार बलुचिस्तान प्रान्तका जिल्लाहरू सबैभन्दा बढी प्रभावित भएका छन्।यहाँका ३३ वटै जिल्लाको अवस्था निकै गम्भीर छ । अर्कोतर्फ खैबर पख्तुनख्वाका ३४ जिल्ला र सिन्धका २३ जिल्ला पनि बाढी र वर्षाको चपेटामा परेका छन् ।जनसंख्याको हिसाबले पाकिस्तानको सिन्ध प्रान्त सबैभन्दा बढी प्रभावित भएको छ । यहाँ बाढी र वर्षाका कारण २२ लाख ६३ हजार मानि

    • प्रकाशित मितिः भदौ ९, २०७९
    • ११६ पटक पढिएको
  • भारतका वरिष्ठ न्यूरो सर्जन डा.जोनाथान नोबेलमा

    विराटनगर । भारतका वरिष्ठ न्यूरो सर्जन प्रोफेसर डा.एडमण्ड जोनाथान विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा आवद्ध भएका छन्। भारतको भेलोरस्थित क्रिस्चियन मेडिकल कलेजमा काम गर्दै आएका प्राडा जोनाथानले त्यहाँ छोडेर बुधबारबाट नोबेलमा सेवा सुरु गरेका हुन्।उनलाई नोबेलका न्यूरो विभाग प्रमुख डा प्रकाश काफ्लेसहितको टिमले स्वागत गरेको छ। प्राडा एडमण्ड ब्रेन ट्यूमर, मेरुदण्डको नसा च्यापिएको, ट्यूमर पलाएको लगायत समस्याको दुरविनको माध्यमबाट अप्रेशन गर्न अब्बल मानिन्छन्।प्राडा जोनाथानको नोबेल प्रवेशले नेपाली विरामीहरुलाई निकै राहत मिल्ने नोबेल अस्पतालका सञ्चालक डा.सुनिल शर्मा बताउँछन्।नोबेलमा बरिष्ठ न्यूरो सर्जन

    • प्रकाशित मितिः भदौ ९, २०७९
    • १२३ पटक पढिएको
  • भिजिट भिसामा विदेश जान लागेका ७३ महिला विमानस्थलबाट फर्काइए

    काठमाडौं । भिजिट भिसामा विदेश जान लागेका ७३ महिलालाई विमानस्थलबाट प्रहरीले फर्काइदिएको छ । सरकारले तोकेको मापदण्ड पूरा नगरी विदेश जान लागेका महिलालाई फिर्ता गरिएको हो ।विमानस्थल सुरक्षा कार्यालयका डिआइजी श्यामलाल ज्ञवालीका अनुसार, हिजो र आज गरी ७३ महिलालाई विमानस्थलबाट फर्काइएको हो ।विमानस्थल प्रहरीले हिजो ३९ जनालाई फर्काएको थियो भने आज ३४ जनालाई फर्काएको छ । अहिले पनि थप अनुसन्धान भइरहेको भन्दै प्रहरीले फर्काउनेको संख्या बढ्ने अनुमान गरेको छ । रातको उडानमार्फत महिलाहरु विदेश उड्ने गरेका थिए ।उनीहरुको भिसा सक्कली नै भएपनि भिसाको लागि पेश गरेको कागजात नक्कली भएको प्रहरीको भनाइ छ । धेरैजसो खाडी

    • प्रकाशित मितिः भदौ ९, २०७९
    • ५८ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल