All Posts By इटहरी खबर संवाददाता

    Showing २,९०१-२,९१० of ३,०८७ items.
  • युक्रेनी रेल स्टेसनमा रुसी मिसाइल हमला हुँदा २२ जनाको मृत्यु

    काठमाडौं । युक्रेनी रेलवे स्टेशनमा रुसी आक्रमणमा २२ जनाको मृत्यु हुनुका साथै अन्य ५० जना घाइते भएका छन् ।पूर्वी सहर च्यापलिनमा भएको आक्रमणमा एक ११ वर्षीय बालकसहित ५ जनाको एउटै गाडीमा जलेर मृत्यु भएको छ। विस्फोटपछि चार ओटा यात्रु कारमा आगो लागेको उनले बताए । हताहत हुनेको संख्या बढ्ने अनुमान गरिएको छ। राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बुधबार आफ्नो देशले मस्कोसँगको युद्धको ६ महिना पूरा गरेको बताएका छन् ।आक्रमणबारे रुसले कुनै प्रतिक्रिया सार्वजनिक नगरेको बीबीसीले उल्लेख गरेको छ।

    • प्रकाशित मितिः भदौ ९, २०७९
    • १२० पटक पढिएको
  • ५२ स्थानीय तहले अझै पेश गरेनन् बजेट

    काठमाडौँ । नयाँ आर्थिक वर्ष सुरु भई एक महिनाभन्दा बढी समय बितिसक्दा पनि ५२ वटा स्थानीय तहले अझै बजेट पेश गर्न सकेका छैनन् ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार ५२ वटा स्थानीय तहले आर्थिक वर्ष २०७९(८० को बजेट पेश नगरेका हुन् । हालसम्म चालु आर्थिक वर्षको बजेट पेश नगर्नेमा प्रदेश १ का २, मधेश प्रदेशका ३५, बागमती प्रदेशका ३, लुम्बिनी प्रदेशका ७, कर्णाली प्रदेशका ३ र सुदूरपश्चिम प्रदेशका २ स्थानीय तह रहेका छन् ।हालसम्म गण्डकी प्रदेशको मात्र सबै स्थानीय तहले बजेट पेश गरिसकेका छन् । मन्त्रालयका अनुसार कूल ७५३ स्थानीय तहमध्ये हालसम्म ७०१ वटा स्थानीय तहले बजेट पेश गरिसकेका छन् ।

    • प्रकाशित मितिः भदौ ९, २०७९
    • १०३ पटक पढिएको
  • नौ किलो सालकको खपडासहित तीन जना पक्राउ

    काठमाडौं । काभ्रे जिल्लाको बनेपा नगरपालिका ६ अठ्ठाईस किलोबाट नौ किलो अवैद्य सालकको खपटासहित तीन जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायव उपरिक्षक ढुण्डीराज नेउपानेका अनुसार बनेपा–६ अठ्ठाईसकिलो स्थित स्वागत क्याफेभित्र संरक्षित वन्यजन्तु आखेटोपहार (सालकको खपडा) अवैध रुपमा ओसारपसार तथा खरिद बिक्री भइरहेको विशेष सूचनाको आधारमा नेपाल प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान व्यूरो, महाराजगंज काठमाडौं र इलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको प्रहरीले खपडा बरामद गरी संलग्नलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक जिल्ला सुनकोशी गाँउपालिका वडा नं.७ का

    • प्रकाशित मितिः भदौ ९, २०७९
    • ६६ पटक पढिएको
  • उच्च अदालतले गर्यो निहारिकाको मुद्दामा डिएनए टेष्टको आदेश

    काठमाडौं । निहारिका सिंहको मुद्दामा उच्च अदालत जनकपुरधामले डीएनए टेस्टको लागि आदेश दिएको छ । उच्च अदालत जनकपुरधामका न्यायाधीशद्वय भोजराज अधिकारी र रेखा थापा पाण्डेको संयुक्त ईजलासले निहारिका सिंह राजपुतको बच्चा र शिवराज श्रेष्ठको डीएनए परीक्षण गर्न आदेश दिएको हो।उच्च अदालत जनकपुरधामको ४ नम्बर ईजलासबाट न्यायाधीशद्वय अधिकारी र थापाको संयुक्त इजलासले उच्च सरकारी वकिल कार्यालय मार्फत पीडित निहारिकाको रोहबरमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुम्लटारमा गराउन आदेश दिइएको निहारिकाकी वकिल समेत रहेकी रिंकुकुमारी यादवले जानकारी दिएकी छिन् ।  निहारिकाको तर्फबाट उच्च सरकारी वकिल कार्यालय जनकपुर

    • प्रकाशित मितिः भदौ ८, २०७९
    • ६९ पटक पढिएको
  • प्रेस चौतारी इटहरीले गरेको फोटोसप तथा भिडियो मिक्सीङ तालिम सम्पन्न

    इटहरी । प्रेस चौतारी इटहरीले पत्रकार र पत्रकारितामा रुची राख्ने विद्यार्थीहरुको लागि सञ्चालनमा ल्याएको सात दिने फोटोसप र भिडियो मिक्सीङसम्बन्धी आधारभुत तालिम आज (बुधबार) सम्पन्न भएको छ । इटहरीको ब्रिटिश एजुकेशन कन्सल्टेन्सीको सभा हलमा सञ्चालन भएको तालिममा विसप ताम्राकार, हिमाल दाहाल तथा व्रिटिश एजुकेशनका आइ टि इन्चार्ज हेमनारायण राजवंशीले फोटोसप सम्बन्धी र दिपेश खतिवडा र कृष्णचन्द्र सुवेदीले भिडियो मिक्सीङसम्बन्धी सहजिकरण गरेका थिए ।उक्त तालिम आफूहरुको लागि निकै उपलब्धिमूलक भएको सहभागीहरुले बताएका छन् ।  इटहरी उपमहानगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष जितेन्द्र थापाको प्रमुख अतिथि

    • प्रकाशित मितिः भदौ ८, २०७९
    • ६३ पटक पढिएको
  • फेसबुक ह्याक गरेर पैसा असुल्ने मोरङका पाठक पक्राउ

    काठमाडौं । फेसबुक ह्याक गरेर रकम ठगी गर्ने एक जनालाई प्रहरीले आज (बुुधबार) पक्राउ गरेको छ ।विभिन्न व्यक्तिका फेसबुक ह्याक गरेर उनीहरूका आफन्त, साथी तथा सहकर्मीसँग च्याटमार्फत डिजिटल माध्यमबाट पैसा पठाउन लगाउने मोरङको पथरी शनिश्चरे नगरपालिका १० मंगलबारेका २० वर्षका किरण पाठकलाई नेपाल प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको हो ।पाठकले झन्डै २० जनाबाट रकम असुली गरेको पाइएको छ । उनले ठगी गरेकाहरू अझै पनि सम्पर्कमा आइरहेकाले पीडितको सङ्ख्या बढ्न सक्ने प्रहरीले जनाएको छ ।पक्राउ परेका पाठकलाई काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिएर अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ । 

    • प्रकाशित मितिः भदौ ८, २०७९
    • ६४ पटक पढिएको
  • क्रोएसिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने विराटनगरका एक युवक पक्राउ

    काठमाडौं । क्रोएसिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा मोरङको विराटनगर–१६ स्थायी घर भई हाल काठमाडौं–१० बानेश्वर बस्‍ने २६ वर्षीय युवक उत्सव दाहाल रहेका छन् ।उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सिनामंगलबाट पक्राउ गरेको हो । उनले पीडितहरुलाई वैदेशिक रोजगारीका लागि क्रोएसिया पठाइदिन्छु भनी ६ लाख २४ हजार ठगी गरेको प्रहरीको दाबी छ ।पक्राउ परेका उनीमाथि थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगारी विभाग बुद्धनगर पठाइएको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः भदौ ८, २०७९
    • ६३ पटक पढिएको
  • सप्तकोसी नदीमा डुबेर एक बालकको मृत्यु

    प्रकाशपुर । सप्तकोसी नदीमा पौडी खेल्ने क्रममा डुबेर बुधबार दिउँसो एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बराहक्षेत्र ९, राजाबासका १२ वर्षीय अमर माझी रहेका छन् । सरस्वती मावि राजाबासमा कक्षा ६ मा अध्ययनरत माझीको टिफिन समयमा खाजा खान निस्केका बेला नजिकै रहेको सप्तकोसी नदीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघट्टीले जनाएको छ । पैडी खेल्ने क्रममा डुबेका माझीको स्थानीय र प्रहरीले उद्दार गरी तत्काल नगर अस्पताल चक्रघट्टीमा उपचार गर्ने क्रममा दिउँसो २ः४५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।मृतक बालकको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल इनरुवा पठाइएक

    • प्रकाशित मितिः भदौ ८, २०७९
    • ६२ पटक पढिएको
  • आज पल शाहको मुध्दाको सुनुवाई स्थगित

    काठमाडौं । बलात्कार मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका अभिनेता पल शाहको मुध्दाको सुनुवाई बुधबार (आज) स्थगित भएको छ । नवलपुर जिल्ला अदालतमा आजका लागि तोकिएको पेशी सुनुवाई नभई स्थगित भएको हो ।न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासमा सुनुवाईका लागि मुद्दा पेशीमा चढेको थियो ।

    • प्रकाशित मितिः भदौ ८, २०७९
    • १२४ पटक पढिएको
  • देशभर आज थप ४८७ जनामा कोरोना पुष्टि, एक जनाको मृत्‍यु

    काठमाडौं । देशभर आज थप ४८७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने एक जनाको मृत्‍यु भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार १७७ जनाको परीक्षणमा ४८७ जनामा संक्रमण पुष्टि भएको हो ।स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ८०६ जनाको पीसीआर परीक्षण गर्दा २४२ जना र २ हजार ३७१ जनाको एन्टिजेन परीक्षण गर्दा २४५ जनामा संक्रमण देखिएको हो ।योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ४ हजार २९८ पुगेको छ । 

    • प्रकाशित मितिः भदौ ८, २०७९
    • ११४ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल