काठमाडौं । वैदेशिक रोजगारीका लागि कुवेत पुगेका दुई नेपाली युवाको मृत्यु भएको छ । काम गर्ने क्रममा रुकुम चौखाबाङ ४ का राहदानी नम्बर १०५२१९२६ भएका ३३ वर्षीय प्रेम बहादुर खड्काको स्क्याफोल्डीङबाट खसेर घटनास्थलमै मृत्यु भएको हो ।मृतक खड्का कुवेतको अल सागर कम्पनीमा करिब तीन वर्ष अघि पुगेको भए पनि पछिल्लो एक वर्षदेखि पुरानो कम्पनीबाट भागेर अर्को युइसीसी कम्पनीमा अवैधानिक तरिकाले काम गर्दै आएका थिए ।गत १४ अगष्टमा काम सुरु हुने बित्तिकै स्क्याफोल्डिङबाट खसेर उनको मृत्यु भएको हो । मृतकको शव फरेन्सिक डिपार्टमा रहेको र आवश्यक कानुनी प्रक्रिया पूरा गरेर नेपाल पठाइने कुवेतस्थित नेपाली दूतावास स्रोतले जनाएक
काठमाडौं । बुधबार प्रदेश–१, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेश वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान शाखाका अनुसार प्रदेश–१, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र बाँकी प्रदेशमा मेघ गर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको हो । साँझमा भने उल्लेखित प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भू–भागमा आंशिक बदलीदेखि सामान्यतया सफा रहने शाखाले जनाएको छ । रातमा भने प्रदेश–१ र लुम्बिनी प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका एकरदुई स्थानमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
मोरङ । विराटनगरमा जुवातास खेलिरहेका ८ जनालाई ५० हजार रुपैयाँभन्दा बढी रकमसहित प्रहरीले पक्राउ गरेको छ।जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता दीपक श्रेष्ठले सोमबार बेलुका विराटनगर–३ मा जुवा खेलिरहेको अवस्थामा उनीहरुबाट नेपाली ५१ हजार २ सय ९८ रुपैयाँ र भारतीय रुपैयाँ २ हजार १ सय, ३ बुक तास बरामद गरिएको बताए। पक्राउ पर्नेमा विराटनगर ३ का ३९ वर्षीय नारायण राई, ४६ वर्षीय अमित कार्की, विराटनगर ४ का ३८ वर्षीय भुवन केसी, ४० वर्षीय दैलेशकुमार कार्की रहेका छन्।त्यसैगरि, बुढीगंगा गाँउपालिकाका ४५ वर्षीय तीर्थ केसी, ४८ वर्षीय भुपेन्द्र, ४९ वर्षीय कृष्णबहादुर मगर, ६४ वर्षीय पूर
मेष । कीर्तिमानी काम गर्ने समय छ । चलाखीपूर्ण बोलीले सङ्कल्प सिद्ध हुनेछ । कार्यमा सफलता मिल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । वृष । आज लामो समयदेखि रोकिएको कामको गाँठो फुक्नेछ । मठमन्दिरको भ्रमणले थप ऊर्जा मिल्नेछ । विद्याको क्षेत्र पनि सबल नै रहनेछ । मिथुन । आज बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई बढी सकारात्मक बनाउने समय छ । वित्तिय संस्थाबाट सहयोग पनि मिल्नेछ । कर्कट । आज अनावश्यक ठाउँमा धन खर्च होला । यात्रामा मालसामान हराउन सक्छ । मौसम अनुकूल नहुँदा स्वास्थ्यमा बाधा हुनसक्छ । सिंह । शुभ चिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । पुरानो समस्या सुल्झाउन सकिन
काठमाडौं । खप्तड लघुवित्त वित्तीय संस्थाले भदौ ८ गते बुधबारबाट साधारण शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । लघुवित्तले प्रतिशेयर १०० रुपियाँ अंकित मूल्य भएका १ करोड ३२ लाख रुपियाँ बराबरको १ लाख ३२ हजार कित्ता आईपीओ जारी गर्न लागेको हो ।कूल निष्काशन मध्ये २ हजार कित्ता कर्मचारीहरूका लागि र ६ हजार ६०० कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरी बाँकी १ लाख २३ हजार ४०० कित्ता शेयर सर्वसाधारणका लागि बिक्री गर्न लागिएको हो । उक्त कम्पनीको आईपीओमा भदौ १२ गतेसम्म आवेदन दिन सकिने छ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार ३२० कित्तासम्म आवेदन दिन सक्ने बताइएको छ
काठमाडौँ । देशभर आज थप ६ सय ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर गरिएको २ हजार ७ सय ५७ पिसिआर परीक्षणका क्रममा ३ सय ४३ जना र २ हजार १ सय ९२ एन्टीजेन परीक्षणका क्रममा २ सय ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।कोरोनाका कारण थप १ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप ४ सय १७ जना निको भएका छन् ।हाल नेपालमा ४ हजार २ सय २१ सक्रिय संक्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।
काठमाडौं । प्रहरीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट ७७७ ग्राम सुनसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा भारतीय नागरिक पश्चिम विहारका ३४ वर्षीय विकास महाजन रहेका छन् । सारजाह एयरलाइन्सको विमानबाट दुबई हुँदै काठमाडौं आएका उनलाई त्रिभुवन विमानस्थल विशेष सुरक्षा कार्यालयले विमानस्थलको आगमन टनेल गेटबाट मंगलबार पक्राउ गरेको हो ।प्रहरीले विकासको साथबाट ७७७ ग्राम तौल बराबरको १ थान सुन र ५ सय दरका भारतीय १९ हजार ५०० रुपैयाँ बरामद गरेको छ । पक्राउ परेका उनलाई बरामद सामानसहित आवश्यक अनुसन्धानको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौरचणमा बुझाइएको अन्तर्राष्
काठमाडौं । मंगलबार सेयर बजारमा सामान्य सुधार भएको छ । साताको तेस्रो दिन आज बजार परिसूचक नेप्से १.८५ अंक (०.०९ प्रतिशत) ले वृद्धि भएर २०५४.९८ अंकमा बन्द भएको छ ।नेप्सेमा सामान्य सुधार भएपनि कारोबार रकम भने झनै ओरालो लागेको छ । आइतबार २ अर्ब माथिको कारोबार भएको बजारमा सोमबार करिब १ अर्ब ७३ करोडको कारोबार भएको थियो । तर, मंगलबार भने कारोबार रकम झनै घटेको छ । नेप्सेमा मंगलबार ४० लाख ३१ हजार २५ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ३३ करोड ३५ लाख ६१ हजारको कारोबार भएको छ । जसमध्ये हिमाल दोलखा हाइड्रोपावरको १४ करोड २१ लाख ९० हजारको कारोबार हुँदा रिडी हाइड्रोपावरको ७ करोड ६५ लाख ९८ हजारको कारोबार भएको छ ।&
जाजरकोट । पेस्तोल प्रदर्शन गरेर डर त्रास देखाउने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। रुकुम पश्चिमको आठविसकोट नगरपालिका १३ भल्मा बस्ने अन्नत खत्रीलाई प्रहरीले पक्राउ गरेको हो। गत भदौ ३ गते जाजरकोटको नलगाड नगरपालिका १ कल्पतस्थित केटाकेटीले श्रीकृष्ण जन्माष्टमिको अवसरमा नाचगान गरिरहेको बेला अन्नत खत्री र रमेश मल्ल आई आफूसँग रहेको पेस्तोल देखाई डरत्रास देखाएका थिए।स्थानीयले नियन्त्रणमा लिन खोज्दा पेस्तोल सोही ठाउँमा छोडी भागेको सूचनाका आधारमा खोजतलास गर्ने क्रममा मंगलबार पक्राउ परेका जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।कार्यालयमा दाखिला गरी हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा अनुसन्धा
वीरगञ्ज । भारतको लखनऊबाट ७ जना नेपालीसहित ११ जना बालकको उद्धार गरिएको छ ।दिल्लीमा बाल मजदुरीका लागि लैजाँदै गरेको अवस्थामा उनीहरूलाई उद्धार गरिएको एन्टी ह्युमन ट्राफिकिङ युनिट ९एएचटीयू० ले जनाएको छ ।पटनाबाट दिल्ली गइरहेको बसमा छापा मार्दा बालक फेला परेको र उनीहरुको उद्धार गरिएको हो । यस्तै, बालश्रम गराउन लैजाने कार्यमा संलग्न ६ जना पनि एएचटीयूको नियन्त्रणमा रहेको एन्टी ह्युमन ट्राफिकिङ युनिट रक्सौलले जनाएको छ । उद्धार गरिएका ११ जना बालकलाई चाइल्ड लाइन केयर लखनऊमा राखिएको छ भने ६ जना मानव तस्करलाई कारबाहीका लागि प्रहरी हिरासतमा राखिएको बताइएको छ ।