वीरगञ्ज । भारतको लखनऊबाट ७ जना नेपालीसहित ११ जना बालकको उद्धार गरिएको छ ।
दिल्लीमा बाल मजदुरीका लागि लैजाँदै गरेको अवस्थामा उनीहरूलाई उद्धार गरिएको एन्टी ह्युमन ट्राफिकिङ युनिट ९एएचटीयू० ले जनाएको छ ।
पटनाबाट दिल्ली गइरहेको बसमा छापा मार्दा बालक फेला परेको र उनीहरुको उद्धार गरिएको हो । यस्तै, बालश्रम गराउन लैजाने कार्यमा संलग्न ६ जना पनि एएचटीयूको नियन्त्रणमा रहेको एन्टी ह्युमन ट्राफिकिङ युनिट रक्सौलले जनाएको छ ।
उद्धार गरिएका ११ जना बालकलाई चाइल्ड लाइन केयर लखनऊमा राखिएको छ भने ६ जना मानव तस्करलाई कारबाहीका लागि प्रहरी हिरासतमा राखिएको बताइएको छ ।


















