All Posts By इटहरी खबर संवाददाता

    Showing ३,०२१-३,०३० of ३,०८७ items.
  • एम्बुलेन्सको ठक्करबाट सङ्खुवासभाकी शेर्पाको घटनास्थलमै मृत्यु

    काठमाडौं । हेटौँडाबाट मनहरितर्फ गइरहेको ना२च ४१६१ नं.को एम्बुलेन्सको ठक्करबाट मनहरि गाउँपालिका–९ को खरङ्गामा एक जना पैदलयात्रीको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा सङ्खुवासभा घर भएकी ५२ वर्षीया नमूना शेर्पा रहेको इलाका प्रहरी कार्यालय मनहरिले जनाएको छ ।एम्बुलेन्स चालक फरार भएको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः साउन २६, २०७९
    • ६६ पटक पढिएको
  • झापाको छुट्टाछुट्टै स्थानबाट लागुऔषधसहित ४ जना पक्राउ

    झापा। झापाको विभिन्न स्थानबाट लागुऔषध ब्राउनसुगर सहित ४ जनालाई पक्राउ गरिएको छ। बुधबार दिउसो सँवा २ बजे वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले भद्रपुर नगरपालिका–३ झोलुङगे पुलबाट भारतबाट नेपाल तर्फ आउँदै गरेको भारत पश्चिम बंगाल दार्जिलिङ थाना खुरीबारी भेलकोजोत बस्ने ४२ बर्षीय निखिल विश्वासलाई ब्राउन सुगर ३ ग्राम ८०० मिलिग्राम सहित पक्राउ गरिएको हो। यसैगरी बुधबार बेलुका ७ बजे लागुऔषध नियन्त्रण व्युरो काँकडभिट्टा र ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका २ चारपाने स्थितबाट सोही स्थान बस्ने ३६ बर्षीय बद्रि राजबंशीलाई ब्राउन सुगर ३ ग्राम सहित

    • प्रकाशित मितिः साउन २६, २०७९
    • ७० पटक पढिएको
  • आज रातिदेखि ‘सुपर डान्सर नेपाल’ प्रशारण हुँदै

    काठमाडौं । ‘सुपर डान्सर नेपाल’ आज (बिहीबार) राति ९ बजेदेखि प्रशारण हुने भएको छ । कान्तिपुर टेलिभिजन मार्फत यो रियालिटी शो हरेक बिहीबार र शुक्रबार राति ९ बजेदेखि प्रशारण हुनेछ ।रियालिटी शोको जजमा भुवन केसी, जसिता गुरुङ र सुरेन राई रहेका छन् भने कार्यक्रम होस्टमा कविता नेपाली र विल्सन विक्रम राइ रहेका छन् । कार्यक्रमको निर्देशकको भूमिकामा भूषण दाहाल रहेका छन् ।  भारतीय सर्वाधिक लोकप्रिय मनोरञ्जन टेलिभिजन च्यानल सोनीमा पनि ‘सुपर डान्सर’ले टेलिभिजन लोकप्रियताको आधारमा गरिने रेटिङ (टीआरपी) अग्रस्थानमा छ । नेपालमा पनि यो रियालिटी शोले दर्शकहरुको मन जित्ने विश्वास गरिएको छ ।काठमाडौं, पोखरा,

    • प्रकाशित मितिः साउन २६, २०७९
    • १२७ पटक पढिएको
  • घट्यो सुनचाँदीको मूल्य

    काठमाडौँ । आज (बिहीबार) सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार बुधबारको तुलनामा आज सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले घटेको हो ।बुधबार प्रतितोला ९७ हजार १०० रुपैयाँ रहेको छापावाल सुनको मूल्य बिहीबार घटेर ९६ हजार ६०० रुपैयाँ कायम भएको छ ।त्यस्तै, बुधबार प्रतितोला ९६ हजार ६०० रुपैयाँ रहेको तेजावी सुनको मूल्य आज बिहीबार घटेर ९६ हजार १०० रुपैयाँ कायम भएको छ । यता, चाँदीको मूल्य पनि प्रतितोला पाँच रुपैयाँले घटेर एक हजार २२५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

    • प्रकाशित मितिः साउन २६, २०७९
    • १०७ पटक पढिएको
  • यस्तो छ आजको मौसम पूर्वानुमान

    काठमाडौं । बिहीबार बिहान गण्डकी, लुम्बिनी, कर्णाली प्रदेश र सुदूरपश्चिममा वर्षा भइरहेको छ।दिउँसो पहाडी भू-भागका केही र बाँकी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बागमती र कर्णाली प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको आकलन पनि गरिएको छ। राति प्रदेश १, बागमती र गण्डकी प्रदेशका थोरै स्थान र बाँकी भूभागका एक/दुई स्थानमा वर्षा हुनसक्ने ठानिएको छ। 

    • प्रकाशित मितिः साउन २६, २०७९
    • ८३ पटक पढिएको
  • बेलबारीमा १४ वर्षीेया बालिका बलात्कृत, एक युवक पक्राउ

    विराटनगर । मोरङको पथरीशनिश्चरे नगरपालिकाकी १४ वर्षीया बालिका बलात्कृत भएकी छन् । निगुरो टिप्न जाउँ भन्दै बेलबारी स्थित सिंहदेवी सामुदायिक वनभित्रको खोल्सामा लगेर बालिकालाई बेलबारीका २१ वर्षीय सन्तोष नेपालीले बलात्कार गरेको प्रहरीले जनाएको छ । उनका अनुसार गत सोमबार साँझ ५ बजेतिर बालिका बलात्कृत भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । बेलबारीस्थित दिदीको घर आएको बेलामा नेपाली र बालिकाको चिनजान भएको प्रहरीले जनाएको छ ।  बिहे गर्छु भन्दै बलात्कार गरेपछि नेपालीले बालिकालाई आफ्नो घर पनि लिएर गएका थिए । परिवारका सदस्यले अस्वीकार गर्दै विभिन्न धाकधम्की दिएर लखेटेपछि पीडित कानेपोखरी प्रह

    • प्रकाशित मितिः साउन २६, २०७९
    • ७४ पटक पढिएको
  • मतदाता नामावलीमा भएको त्रुटी अनलाइनबाटै सच्याउन सकिने

    काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि अनलाइनबाटै मतदाता नामावलीमा भएका त्रुटी सच्याउन सकिने निर्वाचन आयोगले जनाएको छ।आयोगले सूचना प्रकाशित गरी आउँदो भदौ १२ देखि १९ गतेसम्म मतदाता नामावली अध्यावधिक गर्ने भएको छ। यो अवधिमा मतदाता नामावलीमा भएका त्रुटी सच्याउने, कसैले झुटो विवरण दिई मतदाता नामावली नाम समावेश गरेको भए उजुरी दिने, दोहोरो नामावली भए हटाउन निवेदन दिने, मृत्यु भएका व्यक्तिको नामावली हटाउन निवेदन दिने व्यवस्था गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए।यससँगै एकै वडामा रहेका दुई वा दुईभन्दा बढी मतदानास्थल भएमा पायक पर्ने मतदानस्थल रोज्न सकिनेछ। यसका लागि इमेल,

    • प्रकाशित मितिः साउन २५, २०७९
    • ७१ पटक पढिएको
  • आज पनि शेयर बजार घट्यो

    काठमाडौं । लगातार तेस्रो दिन आज बुधबार पनि शेयर बजार घटेको छ । शेयर बजार परिसूचक नेप्से आज पाँच दशमलव ११ अङ्कले घटेर दुई हजार ५७ दशमलव ६८ विन्दुमा झरेको छ । आज उत्पादन र लगानीबाहेक सबै समूहको शेयर ओरालो लागेको छ । नेप्सेसँगै कारोबार रकममा पनि कमी आएको छ । दुई सय १८ वटा कम्पनीको ४६ लाख ४० हजार कित्ता शेयर एक अर्ब ९३ करोड ५५ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नागरिक लगानी कोषको १० करोड ६८ लाख रुपैयाँको शेयर किनबेच भयो । आज हिमालयन एभरेस्ट इन्सुरेन्सको शेयर १० प्रतिशतले घटेको छ । यस्तै हिमालयन पावर पार्टनर, गुडविल फाइनान्स, लक्ष्मी लघुवित्त, कर्णाली विकास बैंक, मञ्जुश्री फाइना

    • प्रकाशित मितिः साउन २५, २०७९
    • ८८ पटक पढिएको
  • बझाङमा एकैपरिवारका तीन जना झुण्डिएको अवस्थामा फेला

    काठमाडौं । बझाङमा एकै परिवारका तीन जना झुण्डिएको अवस्थामा फेला परेका छन् । बुङ्गल नगरपालिका–९ घर भएका एकै परिवारका आमा, छोरा र छोरी झुन्डिएको अवस्थामा फेला परेका हुन् ।  प्रहरीका अनुसार २२ वर्षीय गीता पार्की र उनका तीन वर्षीया छोरा भुपेन्द्र र पाँच वर्षीया छोरी झुन्डिएको अवस्थामा फेला परेका हुन् । झुन्डिएको अवस्थामा भेटिएका तीन जनाको शब पोस्टमार्टमका लागि जिल्ला अस्पताल लगिने प्रहरीले जनाएको छ । मृतक गीताका श्रीमान् पुष्कर पार्की गएराति मात्र भारतबाट घर फर्केको खुलेको छ ।

    • प्रकाशित मितिः साउन २५, २०७९
    • ६२ पटक पढिएको
  • झापामा १४ वर्षीया बालिका बलात्कृत

    झापा । झापामा १४ वर्षीया बालिका बलात्कृत भएकी छन् । बालिकालाई बलात्कार गरेको अभियोगामा प्रहरीले ताप्लेजुङ फुङलिङ नगरपालिका–९ बस्ने २० वर्षीय दिपेश बिकलाई पक्राउ गरेको छ । झापा अर्जुनधारा नगरपालिका–११ स्थित ताप्लेजुङ–पाँचथर होटल एण्ड लजमा दिपेशले बालिकालाई साउन १८ गते राति बलात्कार गरेको प्रहरीले जनाएको छ । बलात्कारपछि दिपेशले ती बालिकालाई विवाह गर्छु भनी आफ्नै घरमा लगेर राखेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई मंगलबार पक्राउ गरेको हो ।   घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः साउन २५, २०७९
    • ७० पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल