काठमाडौं । आज नेपाली बजारमा सुनको भाउ अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ इतिहासकै सबैभन्दा उच्च मूल्यमा पुगेको हो ।आज (बुधबार) छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५ हजार ५ सय रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । अघिल्लो दिनको तुलनामा आज सुन २५ सय रुपैयाँ प्रतितोला बढेको छ । तेजावी सुनको मूल्य भने १ लाख ५ हजार रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ ।चाँदीको मूल्य बुधबार १ हजार ४५० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा ४० रुपैयाँल
एजेन्सी । भारतको छत्तिसगढमा एउटा गाईले अनौठो बाच्छो जन्माएको छ, जसका तीनवटा आँखा र चारवटा नाकका प्वाल छन् । छत्तिसगढको राजनन्द गाउँका नीरज चण्डेल नामका किसानले पालेको होलिस्टिन फ्रिजियन नश्लको गाईले त्यस्तो अनौठो बच्चा जन्माएको हो ।त्रिनेत्र सहितको बाच्छो जन्मिएपछि ठूलो संख्यामा स्थानीय गाउँलेहरु भगवान पशुपतिनाथको अवतार भन्दै बाच्छोको दर्शन गर्न गएका छन् । रातको समयमा गाई ब्याएको हुँदा सुरुमा त अनुहारमा चोट लागेको भन्ने ठानिएछ तर पछि लाइट बालेर हेर्दा निधारमा तेश्रो आँखा र चारवटा नाक भएको थाहा पक्का भएको गाईधनी निरज बताउँछन् ।उक्त बाच्छो असामान्य देखिएपनि स्वास्थ्य अवस्था राम्रो रहेको र तेश्रो
काठमाडौं । आज विश्वभर ११२औँ ‘अन्तर्राष्ट्रिय महिला दिवस’ विभिन्न कार्यक्रम गरी मनाइँदैछ । सन् १९११ देखि मार्च ८ मा मनाउन थालिएको यो दिवसलाई यस वर्ष ‘सामाजिक न्याय र लैङ्गिक समानता दिगो विकासको सुनिश्चितता’ भन्ने नाराका साथ मनाइँदैछ ।रिन्छ ।नारी मुक्ति आन्दोलनकी प्रणेता क्लारा जेट्कीनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणका विरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउन सुरु गरिएको हो । नेपालमा पनि महिला दिवसको अवसरमा विभिन्न कार्यक्रम गरी यो दिवस मनाउने गरिन्छ । आजको दिन महिला अधिकारका क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थाले र्याली
रसुवा । रसुवामा पहिलो पटक डार्स खेल हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद्को तयारी र नेपाल डार्टस संघको आयोजनामा जिल्लामा पहिलो पटक प्रथम हाईअल्टिच्युट डार्स खेल हुने भएको हो ।भोली (मंगलबार) सदरमुकाम धुन्चेस्थित मिनीगोसाईकुण्डमा प्रतियोगिता सन्चालन हुने केन्द्रीय सचिव विनुपराज खनालले जानकारी दिएका छन् । प्रतियोगितामा देशैभरिबाट छनौट भएका उत्कृष्ट १६ खेलाडीबीच प्रतिस्पर्धा हुने खनालले बताए ।प्रतियोगितामा प्रथम, द्धितिय र तृतीयलाई मेडल, प्रमाणपत्र र अन्य गिफ्टद्धारा पुरस्कृत गरिने आयोजकले बताएका छन् ।
एजेन्सी । टाउको दुख्दा, हाडजोर्नी दुख्दा, पहिलो चोटि जिम गरेर शरीरका मांशपेसी दुख्दा अनि शरीरमा विभिन्न किसिमका दुखाइहरू हुँदा अधिकांशले पेनकिलर औषधीको प्रयोग गर्छन्। यो कुरा जान्नुहोस् कि, त्यस्ता पेनकिलर औषधीहरूले तपाईँको दुखाइ त कम गर्छ, साथसाथै त्यसले विशेष गरी तपाईँको कलेजोलाई सबैभन्दा बढि असर गर्दछ।त्यसैले पेनकिलर औषधीको अत्याधिक सेवन गर्नुभन्दा निम्न प्रकारका स्वस्थवर्द्धक अनि प्राकृतिक खानेकुराहरू खानुहोस्। यी खानेकुराहरूले पनि तपाईँको दुखेको शरीरको लागि पेनकिलरको काम गर्दछ।जौ: म्याग्नेसियमले भरिएको यो जौले महिलाहरूको महिनावारीमा हुने दुखाइलाई कम गर्दछ
काठमाडौं । ललितपुरको कोञ्ज्योसोम गाउँपालिका–वडा नम्बर ४ मा एकै घरका ४ जना मृत फेला परेका छन् ।४ जनाको घटनास्थलमा र थप एक जनाको उपचारको क्रममा मृत्यु भएको हो ।प्रहरीका अनुसार सोमबार बिहान ४ जना घरमै शंकास्पद अवस्थामा मृत फेला परेका थिए भने थप एक जनालाई उपचारका लागि पाटन अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो । यस्तै दुई जनालाई उपचारका लागि पाटन अस्पताल लगिएकामा दुई दिने शिशुको मृत्यु भएको प्रहरीको भनाइ छ ।यस्तै घरमुली शुभ स्याङतानको गम्भीर अवस्थामा उपचार भइरहेको छ। घटनास्थलमै ५५ वर्षीय काँइली स्याङतान, ९ वर्षीय आशिष स्याङतान, २४ वर्षीय शुष्मा स्याङतान र ७ वर्षीय आष्मा स्याङतान मृत फेला परेका थ
काठमाडौं । गायक युवराज चौलागाईंको नयाँ गीत ‘छुटेपछि त छुट्यो छुट्यो’ सार्वजनिक भएको छ । युवराजको आफ्नै स्वर रहेको गीतमा दीपिका रिमाल थापाको शब्द र गायककै संगीत छ ।गीत गायनमा युवराजलाई अनुष्का पाठकले साथ दिएकी छन् । छुट्न मन नहुँदा नहुँदै छुट्न लागेको प्रेम सम्बन्धको कुरा गीतले ब्यक्त गरेको छ ।गीतको भिडियोमा पनि गायक युवराज र चर्चित मोडल अञ्जली अधिकारीको अभिनय देख्न सकिन्छ । भिडियोमा कुमार कटुवालले छायांकन, पदम तिमिल्सिनाले छायांकन गरेका हुन् । भिडियोका निर्देशक भुषण दाहाल हुन् ।भिडियो:
काठमाडौं । सुनको भाउ प्रतितोला १ लाख ३ हजार पुगेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो (आइतबार) १ लाख १ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज (सोमबार) तोलामा ११०० रुपैयाँ बढेर प्रतितोला १ लाख ३ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।आज तेजावी सुनको मूल्य प्रतितोला १ लाख २ हजार ५०० रुपैयाँ कायँम भएको छ।यस्तै, आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेर प्रतितोला १४ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ।अन्तर्राष्ट्रिय बजारमा भाउ बढेपछि स्थानीय बजारमा पनि सुन अकासिएको हो। युक्रेनमाथि रुसको आक्रमणलाई लिएर अमेरिका, बेलायतलगायत राष्ट्रसँग रुसको विवाद बढ्दा सुनको माग र मूल्य बढ्
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सभामुख पद जोगाउन आफूले अमेरिकी सहयोग परियोजना एमसीसीलाई ब्यख्यात्मक टिप्पणीसहित स्वीकृत गर्ने निर्णय गरेको संकेत गरेका छन् ।उनले सबैभन्दा ठूलो प्रतिपक्षी दल नेकपा एमालेले गठबन्धन तोड्ने प्रयास गरिरहेको र सभामुख अग्निप्रसाद सापकोटाको सिट पनि संकटमा परेको बताए ।‘एमसीसीका कारण गठबन्धन टुट्ने बिन्दुमा पुग्यो । एमालेले पनि गठबन्धन र संसद विघटन गर्ने प्रयास गरेको थियो । एमालेको दांवलाई हराउन स्पष्टीकरणसहित एमसीसी अनुमोदन गर्यौँ,’ राष्ट्रियसभा भवनमा आजदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा प्रचण्डले भने ।उनले गठबन्धन बचाएर एमालेलाई ‘कुनामा’ ल
नेकपा (माओवादी केन्द्र)ले कैयौं स्थगनपछि शुक्रबार केन्द्रीय कमिटीको बैठक बस्ने भएको छ र पार्टी अध्यक्ष पुष्पकमल दाहालको विरोधका बाबजुद आइतबार संसदले अनुमोदन गरेको अमेरिकी अनुदान सम्झौतालाई लिएर छलफल हुने अपेक्षा गरिएको छ । पार्टीको एमसीसी विरोधी अभिव्यक्तिका बाबजुद मिलेनियम च्यालेन्ज कर्पोरेशन नेपाल कम्प्याक्टको अनुमोदनका लागि मतदान गर्ने दाहालको निर्णयको विरोधमा वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ अग्रपंक्तिमा छन् ।एमसीसी कम्प्याक्टको अनुमोदनलाई श्रेष्ठसहित अन्य नेताहरु लिलामणि पोखरेल, गिरिराजमणि पोखरेल, देव गुरुङ, कृष्णबहादुर महरा, लेखनाथ न्यौपाने, अञ्जना विशंखेलगायतले चर्को विरोध गरेका छन्