प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा विरुद्ध सत्तारुढ तीन दलको महाअभियोग प्रस्तावमा प्रतिक्रिया दिने घोषणा गरेको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सोमबार आफ्नो कुरा परिमार्जन गर्दै कुनै पनि निर्णयमा हतार नगर्ने र सावधानीपूर्वक रणनीति बनाउने बताएको छ । ।पार्टी संसदीय दलको बैठकपछि एमालेका प्रमुख सचेतक विशाल भट्टराईले भने "राणाविरुद्ध सत्तारुढ दलको महाअभियोग प्रस्तावको प्रतिरोध गर्न आवश्यक निर्णय गर्ने जिम्मेवारी हामीले नेतृत्वलाई सुम्पेका छौं ।"नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) ले आइतबार बिहान ९८ जना सांसदको हस्ताक्षर संकलन गरी राणाविरुद्ध महाभि
नेपालको उत्कृष्ट अनलाइन बजार दराजले आइएमई पेसँग हरेक आइतवार आइएमई पे डेज सुरु गर्ने सम्झौता गरेको छ । यससँगै दराज र IME Pay प्रयोगकर्ताहरूले आफ्नो IME Pay वालेट मार्फत भुक्तानी गर्दा हरेक आइतबार १०% (अधिकतम रु ३५०) सम्मको अतिरिक्त छुटको मजा लिन सक्नेछन्। दराजका ग्राहकहरूले आफ्नो IME Pay भिसा कार्ड मार्फत भुक्तानी गर्दा १०% (अधिकतम रु ५००) सम्मको अतिरिक्त छुटको मजा लिन सक्नेछन्।यो सम्झौता दराज नेपालका डिजिटल पेमेन्ट एण्ड पार्टनरसिप प्रमुख अरुण फुयाँल र आईएमई पेका सहायक महाप्रबन्धक प्रमोदमान सिंह बस्नेतले हस्ताक्षर गरेका छन् ।“आइएमई पे डे घोषणा गर्न IME Pay सँग साझेदारी गर्न पाउँदा हामी धे
ग्रीन भेन्चर्स लिमिटेडले स्थानीयवासीका लागि आज फागुन २० गते आईपीओ निष्कासन बन्द गर्दैछ। बैंकिङ समय सकिएपछि सङ्कलन केन्द्रहरूले आवेदन लिन बन्द गर्नेछन्।कम्पनीले ३१ लाख २५ हजार कित्ता साधारण सेयर जारी गर्दै आएको छ । फागुन ०२, २०७८ देखि आयोजना प्रभावित स्थानीयलाई ३१.२५ करोड रुपैयाँ। यो आईपीओ निष्कासनको प्रारम्भिक बन्द हुने मिति फागुन १६, २०७८ थियो। त्यतिन्जेलसम्म निष्कासन पूर्ण रूपमा नभइसकेकोले म्याद थप गरिएको थियो।न्यूनतम १० इकाइदेखि अधिकतम ५०,००० युनिटसम्म आवेदन दिन सकिन्छ। सीडीएससीका अनुसार कुल ३१ लाख ३० हजार ८६० कित्ताका लागि ६ हजार ४१४ जनाले आवेदन दिएका छन् । यो आज बिहान १०:०५ बजेको तथ्यांक
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः वृद्धि गरेको छ। निगमले बिहिबार राति १२ बजे देखि लागु हुने गरी पेट्रोल , डिजेल र मट्टीतेलमा प्रतिलिटर ५ रुपैयाँका दरले मूल्य बढाएको हो। भारतीय आयल कर्पोरेशनले पठाएको नयाँ मूल्य सुची अनुसार निगमले मूल्य बढाएको हो ।नयाँ मूल्य अनुसार पेट्रोल १५० रुपैयाँ प्रतिलिटर साथै डिजेल र मट्टीतेल १३३ रुपैयाँ प्रतिलिटर पुगेको छ , यो पेट्रोल र डिजेल को अहिलेसम्मकै उच्च मूल्य हो । त्येसैगरी निगमले आन्तरिकतर्फ हवाई इन्धन १० रुपैयाँ प्रति लिटर र अन्तराष्ट्रिय तर्फ १०० डलर प्रति किलोलिटरले बढाएको छ । रुस - युक्रेन
इटहरी उपमहानगरपालिका वडा नं ९ हाटखोलामा नगर गौरबको ठुलो योजना अत्याधुनिक कोल्डस्टोर सहितको कृषि बजार शिलान्यास गरिएको छ।उपमहानगरप्रमुख द्धारिकलाल चौधरी र उपप्रमुख लक्ष्मी गौतमले उक्त आयोजनाको शिलान्यास गरेका हुन् ।६ लाख केजी सामान एकै पटक भण्डारण गर्न मिल्ने कोल्डस्टोर सहितको उक्त बजार जम्मा २५करोड ६लाख ५ हजारमा निर्माण गर्ने योजना रहेको कुरा उपमहानगरपालिकाका वरिष्ठ इन्जिनियर जीवन घिमिरेले जानकारी दिए ।निर्माण हुन लागेको आधुनिक कृषि बजारमा तरकारी , फलफूलजन्य सामाग्रीका लागि बिक्री कक्ष , प्रशासनिक भवन , आवास कक्ष, २ वटा धर्म काँटा, १० वटा बिक्री कक्ष साथै एटीएम सहितको बैंक रहने छ ।
विराटनगर सिटी एफसीले आगामी नेपाल सुपर लिग सिजनका लागि विष्णु गुरुङलाई प्रशिक्षकमा नियुक्त गरेको छ । गुरुङले भर्खरै सम्पन्न ए डिभिजन लिगमा संकटा क्लबलाई प्रशिक्षण दिएका थिए र उनीहरूसँग आकर्षक फुटबल प्रदर्शन गरेका थिए।विराटनगर सिटी एफसीको विज्ञप्ति यस्तो छ : ‘नेपाल सुपर लिगको आगामी संस्करणका लागि बिष्णु गुरुङलाई क्लबको मुख्य प्रशिक्षकमा अनुबन्ध गरेको घोषणा गर्न पाउँदा विराटनगर सिटी फुटबल क्लब हर्षित छ । विष्णु गुरुङ एक प्रभावशाली नेतृत्व हुनुहुन्छ र खेलमा आफ्नो छोटो कोचिङ करियरमा धेरै सफलता हासिल गर्नुभएको छ। क्लबलाई लाग्छ कि श्री गुरुङ क्लबको भिजनलाई अगाडि बढाउनका लागि उपयुक्त
अर्थ मन्त्रालयले नेपाल धितोपत्र बोर्ड (सेबोन) र नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)का नवनियुक्त प्रमुखहरुलाई स्वागत गर्दै पूँजी बजार सुधारका लागि विभिन्न निर्देशन दिएको छ । मन्त्रालयले खुला प्रतिस्पर्धाबाट बोर्डको अध्यक्षमा रमेश हमाल र नेप्सेको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा कृष्णबहादुर कार्कीलाई नियुक्त गरेको थियो ।बिहीबार अध्यक्ष हमाल र प्रमुख कार्यकारी अधिकृत कार्कीको स्वागत कार्यक्रममा बोल्दै अर्थमन्त्री जनार्दन शर्माले पुँजी बजारको सुधारका लागि दुवै निकायलाई ११ बुँदे निर्देशन दिएका हुन् । खुला प्रतिस्पर्धाबाट निर्वाचित नयाँ नेतृत्वलाई कसैको दबाब वा प्रभावमा नआउन निर्देशन दिइएको छ ।मन्
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यो वर्षको माध्यमिक शिक्षा परीक्षा एसईईको परीक्षा तालिका आज या भोलिसम्ममा प्रकाशित गर्ने भएको छ ।परीक्षा नियन्त्रक अर्जुन रायमाझीअनुसार आउँदो बैशाख २० गते भित्रै परीक्षा सक्ने गरी तयारी थालिएको छ । बैशाख ३० गते पालिकाको चुनावको मिति तोकिएकाले २० गते भित्रै परीक्षा सकाउनु पर्ने दबाब राष्ट्रिय परीक्षा बोर्डलाई परेको छ ।चुनावमा शिक्षक र कर्मचारी पनि खटिने भएकाले चुनाव अघि नै परीक्षा सक्ने गरी तयारी थालिएको परीक्षा नियन्त्रक अर्जुन रायमाझीले बताए । यो वर्ष झण्डै ५ लाख ८ हजार विद्यार्थीले परीक्षा दिने अनुमान छ ।कोरोना भाइरसको तेस्रो लहर फैलिएसँगै बन्द भएका व
एजेन्सी। दक्षिण अफ्रिकामा एक महिलाले एकै पटक १० बच्चालाई जन्म दिएकी छन्।संसारमा एकै पटक यति संख्यामा बच्चा जन्मिएको यो नै सबैभन्दा बढी हो। दक्षिणी अफ्रिका ३७ वर्षीया महिला गोसिअमे थमारा सितोले एकै पटक सात छोरा र तीन छोरी जन्माएकी हुन्।प्रिटोरियास्थित एक अस्पतालमा जुन ७ का दिन सिजरियन विधिबाट बच्चा जन्माइएको सितोलेका पती त्सोतेत्सीले बताए।
एजेन्सी । भारतको छत्तिसगढमा एउटा गाईले अनौठो बाच्छो जन्माएको छ, जसका तीनवटा आँखा र चारवटा नाकका प्वाल छन् । छत्तिसगढको राजनन्द गाउँका नीरज चण्डेल नामका किसानले पालेको होलिस्टिन फ्रिजियन नश्लको गाईले त्यस्तो अनौठो बच्चा जन्माएको हो ।त्रिनेत्र सहितको बाच्छो जन्मिएपछि ठूलो संख्यामा स्थानीय गाउँलेहरु भगवान पशुपतिनाथको अवतार भन्दै बाच्छोको दर्शन गर्न गएका छन् । रातको समयमा गाई ब्याएको हुँदा सुरुमा त अनुहारमा चोट लागेको भन्ने ठानिएछ तर पछि लाइट बालेर हेर्दा निधारमा तेश्रो आँखा र चारवटा नाक भएको थाहा पक्का भएको गाईधनी निरज बताउँछन् ।उक्त बाच्छो असामान्य देखिएपनि स्वास्थ्य अवस्था राम्रो रहेको र त