All Posts By इटहरी खबर संवाददाता

    Showing ३९१-४०० of ३,०८६ items.
  • सुन्दरहरैंचामा दाउरा लिन जंगल गएकी महिलाको हात्तीको आक्रमणबाट मृत्यु

    इटहरी । मोरङमा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। सुन्दरहरैँचा-५ डिपुमा हात्तीले आक्रमण गर्दा स्थानीय ६० वर्षीया चन्द्रकला लिम्बूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी बेदप्रकाश जोशीले जानकारी दिए। जोरीकाअनुसार चन्द्रकला सोमबार दिउँसो दाउरा लिन नजिकैको जंगलमा गएकी थिइन्। साँझसम्म घर नफर्कीएपछि उनको खोजी सुरु भएको थियो। खोजी गर्ने क्रममा मंगलबार बिहान स्थानीयले चन्दकलालाई जंगलको खोल्सीमा मृत अवस्थामा फेला पारेका हुन्। बिहान स्थानीय चन्द्रकलालाई खोज्दै जंगलमा जाँदा हात्ती पनि नजिकै देखिएको प्रहरीको भनाई छ। चन्द्रकलाको शव पोस्टमार्टमका लागि अस्पताल लगिएको छ।

    • प्रकाशित मितिः पुस १६, २०८१
    • ४१३ पटक पढिएको
  • चितवनमा आगो तापेकै ठाउँमा गैँडाको आक्रमण, २ महिला घाइते

    चितवन । पूर्वी चितवनमा आज (मंगलबार) बिहान गैँडाले आक्रमण गर्दा दुई महिला घाइते भएका छन्।जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भेषराज रिजालका अनुसार गैँडाको आक्रमणबाट खैरहनी नगरपालिका-१ कासिगाउँका ४५ वर्षीया सीता नेपाल र ६० वर्षीया जानुका महत घाइते भएका हुन्।आज बिहान ६:२० बजे घरमा आगो तापिरहेका बेला उनीहरूलाई गैँडाले आक्रमण गरेको प्रहरीले जनाएको छ। घाइते दुवैलाई भरतपुर अस्पताल लगिएको छ। उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ।

    • प्रकाशित मितिः पुस १६, २०८१
    • २५७ पटक पढिएको
  • धनकुटामा बालिका बलात्कार आरोपमा युवक पक्राउ

    धनकुटा । धनकुटामा बालिकामाथि बलात्कार आरोपमा एक जना पक्राउ परेका छन् । चौबिसे गाउँपालिका–२ का २५ वर्षीय मेखबहादुर लिम्बु पक्राउ परेका हुन् । उनलाई प्रहरी चौकी मुढेबासबाट खटिएको टोलीले सोमबार पक्राउ गरेको हो।उनीविरूद्ध १४ बर्षीया बालिकालाई ललाईफकाई चौबिसे गाउँपालिका–६ राजारानीस्थित होटेलमा लगेर पुस ८ गते बलात्कार गरेको उजुरी छ । सोही उजुरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    • प्रकाशित मितिः पुस १६, २०८१
    • २५७ पटक पढिएको
  • सुनचाँदीको भाउ लगातार गिरावट, आज तालोको कतिमा हुँदैछ कारोबार ?

    इटहरी ।  नेपाली बजारमा आज (मंगलबार) पनि सुन चाँदीको भाउ ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला ६ सय रुपैयाँले घटेर १ लाख ४९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । पुस १४ गते आइतबार सुन प्रतितोला १ लाख ५० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको थियो ।आज चाँदीको भाउ तोलामा २५ रुपैयाँले घटेर १७ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । पुस १४ गते आइतबार चाँदी तोलामा १७ सय ९० रुपैयाँमा किनबेच भएको थियो । गएको बिहीबार प्रतितोला ६ सय, शुक्रबार चारसय र आइतबार पाँचसय रुपैयाँ घटेको सुनको मूल्य आज पनि प्रतितोला ६ सय रुपैयाँ घटेको हो । गएको आइतबार सुनको मूल्य प्रतितोल

    • प्रकाशित मितिः पुस १६, २०८१
    • ३८१ पटक पढिएको
  • बाक्लो कुहिरोका कारण तराई मधेसको जनजीवन प्रभावित

    महोत्तरी । पछिल्ला दिनमा चिसो स्याँठ चल्न थालेपछि मधेसको जनजीवन प्रभावित बनेको छ । जलेश्वर नगरपालिका–८ का ८० वर्षीय बहादुर महराले केही दिनदेखि चिसो स्याँठ चल्न थालेको र चिसो बढेकोे बताए । शीतलहर, बाक्लो कुहिराका कारण चौपाया, पशुपंक्षी तथा बालीनालीलाई असर पुर्‍याएको छ । जलेश्वर–४ का किसान अनिल साहले शीतलहरले दैनिकीमा समस्या परेको गुनासो गरे । चिसोकै कारण अहिले सदरमुकाम जलेश्वरसहित जिल्लाका सहरी तथा ग्रामीण भेगमा मानिसको चहलपहलमा कमी आएको छ ।जिल्लाको विभिन्न बजारमा बाक्लो कपडा बिक्री बढेको छभने चिसोकै कारण जिल्लाको हाटबजारमा मानिसको उपस्थिति न्यून भएको छ । चिसो बढेपछि चियाको व्यापार बढेको ज

    • प्रकाशित मितिः पुस १६, २०८१
    • ३०४ पटक पढिएको
  • सर्लाहीमा उखु बोकेको ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा दुई युवकको मृत्युु

    सर्लाही । नयाँरोड–मधुवनी सडक अन्तर्गत सर्लाहीको बरहथवा नगरपालिका–९ मूर्तियास्थित शान्ति चोकमा उखु बोकेको ट्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई युवकको मृत्यु भएको छ ।बलराबाट उखु बोकेर हरिवन चिनी मिलतर्फ आउँदै गरेको ज १ त ९८७६ नम्बरको ट्याक्टर र विपरीत दिशाबाट जाँदै गरेको ज ४ प ३७७ नम्बरको मोटरसाइकल सोमबार राति एकआपसमा ठोक्किँदा मोटरसाइकल चालक बरहथवा नगरपालिका–५ राजुचोक बस्ने २५ वर्षीय हरिन्द्र महतो र मोटरसाइकल पछाडि सवार २२ वर्षीय पुरुषोत्तम दासको मृत्यु भएको हो । हरिन्द्रको एडभान्स सन्जिवनी अस्पताल बरहथवा र पुरुषोत्तमको बयोधा अस्पताल वीरगञ्जमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बरहथवा

    • प्रकाशित मितिः पुस १६, २०८१
    • २७२ पटक पढिएको
  • भैंसेपाटीमा माइक्रोले ठक्कर दिँदा पैदलयात्री महिलाको मृत्यु

    काठमाडौं । ललितपुरको भैंसीपाटीमा माइक्रो बसले ठक्कर दिँदा एक पैदलयात्री महिलाको मृत्यु भएको छ। सोमबार साँझ लललिपुर महानगरपालिका १८ सिकाली चोकमा बा ३ ख ३१०२ नम्बरको माइक्रो बसले ठक्कर दिँदा सडक किनारमा पैदल हिँडिरहेकी ३५ वर्षीया गोमा लुंगेली मगरको मृत्यु भएको महानगरीय ट्राफिक प्रहरीका प्रवक्ता एसपी रन्जय राउतले जानकारी दिए ।रामेछाप जिल्लाको रामेछाप नगरपालिका– ७ स्थायी घर भइ हाल ललितपुरकै मगरगाउँ बस्दै आएकी लुंगेलीको उपचारको क्रममा मृत्यु भएको हो । लापरबाहीपूर्ण ढंगले तीव्र गतिमा चलाइएको माइक्रो सुरुमा बिजुलीको पोलमा ठोकिएको थियो । ‘बिजुलीको पोलमा ठोक्किएर अनियन्त्रित भएको माइक्रोले पैदल हिँडिरह

    • प्रकाशित मितिः पुस १६, २०८१
    • २७५ पटक पढिएको
  • आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस : विविध कार्यक्रमहरू गरी मनाइँदै

    इटहरी ।प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला आफूमाथि आठ वटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला राष्ट्रियताका लागि जीवन अर्पण गर्न तयार भएर राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिइ स्वदेश फर्किएको सम्झनामा आज मेलमिलाप दिवस मनाइँदैछ ।विसं २०३३ पुस १६ गते नेपाली कांग्रेसका संस्थापक नेता समेत रहेका कोइरालाको नेतृत्वमा सर्वोच्च नेता गणेशमान सिंह, नेत्री शैलजा आचार्य, खुमबहादुर खड्का, रामबाबु प्रसाईं, नीलाम्बर पन्थीलगायत नेताकार्यकर्ता राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिइ करिब आठ वर्ष लामो निर्वासित जीवन त्याग गरी स्वदेश फर्किएका थिए ।भारत निर्वासनमा रहँदा सिक्किम भारतमा विलय भएको घटना

    • प्रकाशित मितिः पुस १६, २०८१
    • २८१ पटक पढिएको
  • इटहरी उपमहानगर अगाडि बम आतङ्क , डिस्पाेज गर्नु अघि नै पडकीयाे

    इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका गेट अगाडि मंगलबार बिहान बम आतङ्क मच्चिएको छ। उपमहानगर प्रवेश गर्ने सडकको छेउमा कालो रंगको झोलामा शङ्कास्पद वस्तु भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।घटनास्थल पुगेको नेपाली सेनाको टोलीले बम डिस्पोज गर्नु अघि नै विस्फोट भएको थियो। बम कसले र किन राखेको भन्ने विषयमा केही नखुले पनि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।हाल बम विस्फोट भएको स्थानमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।

    • प्रकाशित मितिः पुस १६, २०८१
    • ४६० पटक पढिएको
  • दक्षिण कोरिया पठाइदिन्छु भन्दै १७ लाख ठगी, आरोपी पक्राउ

    इटहरी । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी दक्षिण कोरिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।ठगी गरेको अभियोगमा रूपन्देही सैनामैना नगरपालिका ११ घर भई काठमाडौँ महानगरपालिका २६ ठमेल बस्ने २९ वर्षीय ओम प्रकाश चौधरीलाई प्रहरीले पक्राउ गरेको हो।ओम प्रकाशले दक्षिण कोरिया पठाइदिन्छु भन्दै ३ जनाबाट १६ लाख ९२ हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको पीडितको उजुरी परेको थियो।सोही आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई ठमेलबाट पक्राउ गरेको हो।प्रहरीले उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ

    • प्रकाशित मितिः पुस १५, २०८१
    • २१७ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल