All Posts By इटहरी खबर संवाददाता

    Showing ५२१-५३० of ३,०८६ items.
  • अर्जुनधारा र जापानको तोनो सिटीबीच भगिनी सम्बन्ध स्थापना

    झापा । झापाको अर्जुनधारा नगरपालिका र जापानको तोनो सिटीबीच भगिनी सम्बन्ध स्थापनाका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ । बिहीबार नगरपालिकामा आयोजित एक कार्यक्रममा अर्जुनधाराका नगर प्रमुख बलदेवसिंह गोम्देन र जापानको टोनो सिटीका मेयर काजुहिको ताडाले दुवै भगिनी सम्बन्ध स्थापित गरेर अगाडि बढ्ने प्रतिबद्धतासहित समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।कृषि र स्वास्थ्य क्षेत्र साथै विभिन्न क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्ने समझदारी भएको नगर प्रमुख गोम्देनले बताए । मैत्रीपूर्ण निमन्त्रणामा जापानको तोनो सिटीका मेयर ताडासहितको ११ जनाको टोली दुई दिने भ्रमणका लागि अर्जुनधारा नगरपालिका आएको उनले बताए । मेयर ता

    • प्रकाशित मितिः पुस ५, २०८१
    • १६८ पटक पढिएको
  • रवि लामिछानेविरुद्ध आज मुद्दा दर्ताको तयारी , अपराध सावित भए जेल जाने पक्का

    पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्ध आज (शुक्रबार) जिल्ला अदालतमा मुद्दा दर्ताको तयारी गरिंदैछ । जिल्ला सरकारी वकिलको कार्यालयले लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण ऐन अनुसार मुद्दा दर्ताको तयारी गरेको हो ।अहिले आफूहरू यसैको अन्तिम तयारी गरिरहेको जिल्ला सरकारी वकिल कार्यालयकी प्रमुख, जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले जानकारी दिइन् । पोखराको सुर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताको बचत रकम गैरकानुनी रुपमा गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर खर्च गरेको आरोप लामिछानेमाथि छ ।लामिछानेसहित गोर्खा मिडियाको तत्कालीन संचालक एवं पूर्व

    • प्रकाशित मितिः पुस ५, २०८१
    • २३६ पटक पढिएको
  • जनकपुरमा मन्दिर परिसरमा पुरूषकाे शव फेला, हत्या आशंका सहित अनुसन्धान सुरू

    जनकपुरधाम । जनकपुरको दुर्गा मन्दिर परिसरमा एक पुरुषको शव भेटिएको छ । धनुषाको जनकपुरधाम उपमहानगरपालिका ४ मुरलीचोकस्थित दुर्गामन्दिर परिसरमा अन्दाजी ६० वर्षीय पुरुषको शव फेला परेको हो । उनको पहिचान भने भइसकेको छैन ।आज बिहान साढे ६ बजेतिर प्रहरीले शव रहेको जानकारी पाएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी वरुणबहादुर सिंहले जानकारी दिए । घटनास्थलको प्रकृति हेर्दा कसैसँग बादविवाद पश्चात ईंटा प्रहार गरी हत्या गरेको जस्तो देखिएको छ । घटनास्थलमा रक्सीका बोतल पनि देखिएको छ । घटना हिजो साँझ वा रातिको हुन सक्ने अनुमान प्रहरीले गरेको छ । घटना स्थलमा प्रहरी पुगेर अनुसन्धान गरिरहेको छ ।

    • प्रकाशित मितिः पुस ५, २०८१
    • २१९ पटक पढिएको
  • सशस्त्र प्रहरीका १२ अधिकारीमाथि छानबिन सुरु, मुख्यालय तानिए

    मोरङ -  सशस्त्र प्रहरीको केन्द्रीय कार्यालयले एक एसपीसहित १२ जना प्रहरी अधिकृतमाथि आन्तरिक छानबिन सुरु गरेको छ। उनीहरूलाई सीमा क्षेत्रमा तस्करी नियन्त्रण गर्न असफल भएको भन्दै मुख्यालय तानेर बयान लिने प्रक्रिया सुरु गरिएको छ।सशस्त्र प्रहरीका प्रवक्ता डीआइजी कुमार न्यौपानेका अनुसार तस्करी नियन्त्रणमा गम्भीर कमजोरी देखिएको र प्रधानमन्त्री कार्यालय, हेलो सरकार, तथा गृह मन्त्रालयमा दर्ता भएका गुनासोका आधारमा उनीहरूलाई मुख्यालयमा तानेर सोधपुछ भइरहेको छ।छानबिनको दायरामा तानिएका अधिकारीहरूमध्ये कपिलवस्तु कृष्णनगर बीओपीका प्रमुख डीएसपी शैलेन्द्र न्यौपाने, कपिलवस्तु चाकरचौडाका जयराम बस्नेत, बाराको

    • प्रकाशित मितिः पुस ४, २०८१
    • ३९४ पटक पढिएको
  • दुर्गा प्रसाईकोे रिट खारेज, ऋण असुली गर्न बैंकलाई सहज

    इटहरी । मेडिकल व्यावसायी दुर्गा प्रसाईले बैंककाविरुद्ध अदालतमा दायर गरेको उच्च अदालत विराटनगर इलाम इजलाशले खारेज गरेको छ । बैंकले ऋण असुल गर्न ताकेता गरेपछि प्रसाईले निषेधाज्ञाको मागसहित रिट दायर गरेका थिए । उक्त रिटको अन्तिम सुनुवाई गर्दै इलाम इजलासका मुख्यन्यायाधीश विपुल न्यौपाने र न्यायाधीश काजीबहादुर राईको इजलासले मंगलबार रिट खारेज गरेको हो ।कुमारी बैंकको शाखा कार्यालय विर्तामोडसहित चार वटा बैंकलाई प्रतिवादी बनाएर २०८० असार ८ गते निषेधाज्ञाको मागसहित रिट दायर गरेका थिए । यो रिटमा इलाम इजलासले २०८० असार १० गते कारण देखाउ आदेश जारी गरेको थियो । १८ पटक पेशी चढेको यो रिटको सुनुवाई ९ पटक स्थगीत

    • प्रकाशित मितिः पुस ४, २०८१
    • २९८ पटक पढिएको
  • चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी

    चितवन । चितवन राष्ट्रिय निकुञ्जमा ७२ हजार पर्यटकले भ्रमण गर्दा रु १० करोड बढी राजस्व रकम सङ्कलन भएको छ । चालु आर्थिक वर्षको साउनदेखि मङ्सिरसम्म ७२ हजार चार सय ६१ जनाले निकुञ्ज भ्रमण गरेका जनाइएको  छ ।  निकुञ्ज घुम्नेमा सबैभन्दा बढी विदेशी पर्यटक ३३ हजार सात सय ३० जना रहेका निकुञ्जका सूचना अधिकारी एवं संरक्षण अधिकृत अविनाश थापामगरले जानकारी दिए। उनका अनुसार यस अवधिमा ३२ हजार आठ सय ८० नेपाली तथा पाँच हजार आठ सय ५१ जना दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) मुलुकका पर्यटकले निकुञ्ज भ्रमण गरेका छन् । निकुञ्ज घुम्न आएका आन्तरिक तथा बाह्य पर्यटकबाट निकुञ्ज प्रवेश शुल्कबापत पाँच

    • प्रकाशित मितिः पुस ४, २०८१
    • २५६ पटक पढिएको
  • एसईईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने

    इटहरी । यस वर्षदेखि कक्षा १० को अन्तिम परीक्षा अर्थात् एसइईमा विद्यार्थीले अघिल्लो वर्ष ‘नो ग्रेड’ (एनजी) आएको विषयको मात्रै परीक्षा दिन पाउने भएका छन्। परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले उक्त व्यवस्था लागू गर्न लागेको हो।यसैवर्षदेखि यो लागू गर्न लेटर ग्रेडिङ निर्देशिका २०७८ संशोधन गरी जुन विषयमा एनजी आएको हो त्यही विषयको मात्रै परीक्षा दिन पाउने व्यवस्था गर्न लागिएको परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिए। मावि तह उत्तीर्ण हुनको लागि कक्षा आठ, १० र १२ मा सबै विषयमा अनिवार्य रुपमा सैद्धान्तिक विषयमा ‘डी’ र प्रयोगात्मकमा ‘सी’ ल्याउनैपर्ने व्यवस्था छ।संशोधन गरिएको निर्देशिका अनुसा

    • प्रकाशित मितिः पुस ४, २०८१
    • ५२६ पटक पढिएको
  • एनपीएलमा आज दोस्रो क्वालिफायर खेल, जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दै

    इटहरी । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायरमा आज (बिहीबार) जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दैछन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल मध्यान्ह १२ बजे सुरु हुनेछ। पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग ८ विकेटले पराजित भएपछि जनकपुरले दोस्रो क्वालिफायर खेल्न लाएको हो। यता कर्णालीले भने एलिमिनेटर खेलमा चितवन राइनोजलाई २१ रनले पराजित गर्दै दोस्रो क्वालिफायरमा स्थान बनाएको हो। कर्णाली तेस्रो र चितवन चौथो स्थानमा रहँदै प्लेअफमा पुगेका थिए। एलिमिनेटरबाटै बाहिरिएको चितवनले १५ लाख रुपैयाँ प्राप्त गर्नेछ। एनपीएल उपाधि विजेताले एक करोड १० लाख तथा उपविजेताले ५१ लाख रुपैया

    • प्रकाशित मितिः पुस ४, २०८१
    • २५२ पटक पढिएको
  • समुद्रमा माछा मार्न जाँदा २३ करोडको सम्पति भेटेपछि…

    एजेन्सी । यो संसारमा कसले के र कहिले पाउँछ, कसैलाई थाहा छैन। त्यसैले त भनिन्छ, संसार अचम्मले भरिएको छ। यस्तै कहिलेकाहीँ जीवनमा कतिपय घटना यस्तो हुन्छन् कि पत्याउनै गाह्रो हुन्छ। अमेरिकामा एक व्यक्तिसँग यस्तै भएको छ।उनी खासमा माछा मार्ने पेशामा अाबद्ध छन्। उनकाे दैनिकी समुद्रमा माछा पक्रेर जान्छ, त्यहीँबाट उनकाे गुजारा चलिरहेकाे हुन्छ। हरेक दिन झैँ एक दिन उनी माछा मार्न गएका थिए तर अचम्म त्याे दिन उनले माछाको सट्टा करोडौं मूल्यको चिज पाए।फ्लोरिडाका एक जना माछा मार्नेले माछा मार्ने क्रममा अर्कै कुरा समाए। माछा मार्ने जेम्स रूबिन्सनले जालमा माछाको सट्टा अर्को चीज समात्न सफल भएका थिए। उनकाे जालमा

    • प्रकाशित मितिः पुस ४, २०८१
    • १,६६९ पटक पढिएको
  • नेपाल प्रहरीकाे तत्थ्यांक : दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ

    इटहरी । नेपाल प्रहरीको तथ्यांकले आपराधिक घटना न्यूनीकरण हुन नसकेको देखाएको छ।हालै नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता/सूचना अधिकारी तोकिएका प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले प्रहरी प्रधान कार्यालयमा आज  सञ्चारकर्मीहरूसँग साक्षात्कार कार्यक्रम आयोजना गर्दै उक्त जानकारी गराएका हुन्।वरिष्ठ उपरीक्षक अधिकारीले आर्थिक वर्ष २०८१/०८२ को चार महिनाको अवधिमा नेपाल प्रहरीबाट सम्पादित प्रमुख कार्य तथा उपलब्धिहरू जानकारी गराउँदै आपराधिक घटनाका दैनिक एक सय ६२ वटा मुद्दा दर्ता हुने गरेको जानकारी दिए। ती घटनाहरूमा दैनिक एक सय १७ जनालाई पक्राउ गरी कानुनी दायरामा ल्याइएको उनले बताए।वरिष्ठ उपरीक्षक अधिकार

    • प्रकाशित मितिः पुस ४, २०८१
    • ३१० पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल