All Posts By इटहरी खबर संवाददाता

    Showing ५७१-५८० of ३,०८६ items.
  • सिरहामा दुर्घटनाग्रस्त कारभीत्र भेटियो १३० किलो गाँजा

    सिरहा । पूर्वपश्चिम राजमार्गअन्तर्गत धनगढीमाई नगपालिका–१० जिरोमाइलमा शनिबार दुर्घटना भएको कारबाट प्रहरीले एकसय ३० किलो गाँजा फेला पारेको छ ।सिरहा जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानका अनुसार पूर्वबाट पश्चिमतर्फ गइरहेको ना ३ ख ७५९१ नम्बरको ट्रकले उत्तरतिरबाट आएको बा८च ९९६३ नम्बरको कारलाई राजमार्ग पार गर्ने क्रममा ठक्कर दिएको थियो । प्रहरीले खोजतलासका कारमा गाँजा फेला पारेको हो । कारका चालक फरार छन् भने ठक्कर दिने ट्रकका चालकलाई हिरासतमा लिइएको छ ।

    • प्रकाशित मितिः मंसिर ३०, २०८१
    • १९७ पटक पढिएको
  • ‘पार्टीको सङ्गठन विस्तारमा मुस्लिम समुदायको योगदान सराहनीय’

    इटहरी । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले पार्टीको सङ्गठन विस्तारमा मुस्लिम समुदायको योगदान सराहनीय रहेको बताएका छन् । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल मुस्लिम सङ्घको दोस्रो जिल्ला अधिवेशनको शनिबार यहाँ उद्घाटन गर्दै उनले नेपाली कांग्रसलाई स्थापनाकालदेखि यसको साङ्गठनिक सृदृढीकरणमा मुस्लिम समुदायले सघाएको बताए ।कार्यक्रम पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले वर्तमान सरकार राजनीतिक स्थायित्वका लागि गठन भएको दोहोर्‍याउँदै समाजका सबै पक्षका समस्या सम्बोधन गर्न संविधान संशोधनको विषयलाई आफ्नो पार्टीले अघि बढाएको बताए ।कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजीव कोइराला, स

    • प्रकाशित मितिः मंसिर ३०, २०८१
    • १५३ पटक पढिएको
  • आज उधौली पर्व मनाइँदै, देशभर सार्वजनिक विदा

    इटहरी । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज पितृको मान र प्रकृतिको सम्मानका रूपमा किरात समुदायले उधौली पर्व मनाउँदैछन् । उधौलीको अवसरमा किरात समुदायका याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उधौली सकेला र लिम्बूहरूले चासोक तङनाम मनाउछन् । किरात संस्कृतिका बारेमा अनुसन्धानरत कीर्तिकुमार दुमी राई किरातभित्रका जातजातिले यो पर्वलाई फरक–फरक नाम दिए पनि समग्रमा उधौलीका नामले चिनिने बताउँछन् ।किरात समुदायले अन्नबाली पाकेपछि इष्टदेवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गर्ने दिनलाई उधौली पर्वका रुपमा मनाउँछन् । बाली लगाउने बेलामा भने किरात समुदायले उभौली पर्व मनाउने प्रचलन छ। भूम

    • प्रकाशित मितिः मंसिर ३०, २०८१
    • १४० पटक पढिएको
  • प्रधानमन्त्रीकाे निर्देशन लगत्तै त्रिविमा एकै पटक आठ डीन र तीन निर्देशक नियुक्त

    इटहरी । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को कार्यकारी परिषदले एकै पटक आठ डीन नियुक्त गरेको छ । शनिबार डीन नियुक्त गरिएको रजिस्ट्रार केदार प्रसाद रिजालले जानकारी दिएका छन् । ‘कार्यविधिको आधारमा नियुक्त गरिएको छ । तीन जनामध्ये एक जना छान्ने विधि प्रयोग गरियो,’ उनले भने ।सर्वसम्मतिले डीन नियुक्त गरिएको उनले बताए । उनका अनुसार दोस्रो पटक डीन नदोहोर्‍याउने नीति छ । छनोट समितिले सिफारिस गरेका तीन जनामध्ये पहिलो नम्बरमा रहेकालाई गर्ने कि अर्को छान्ने भन्नेमा विवाद थियो । वर्णानुक्रम अनुसार नाम भएकाले तीन जनामध्ये एक जना छान्ने नीति परिषद्ले लिएको हो । प्रधानमन्त्री एवम् त्रिविका कुलपति केपी शर्मा ओलील

    • प्रकाशित मितिः मंसिर ३०, २०८१
    • १६९ पटक पढिएको
  • भोजराज घिमिरे नेपाल पत्रकार महासंघ मोरङ प्रदेश परिषद सदस्यमा निर्विरोध निर्वाचित

    मोरङ: वरिष्ठ पत्रकार भोजराज घिमिरे नेपाल पत्रकार महासंघ मोरङको प्रदेश परिषद सदस्यमा निर्विरोध निर्वाचित भएका छन्।नागरिक दैनिक मा काम गर्दै आउनु भएका  दमक अनलाइन र सन्सनी साप्ताहिकका सह-सम्पादक, इटहरी खबरका निर्देशक तथा सह-सम्पादक, र रेड एफएमका स्टेशन म्यानेजर तथा सम्पादकको भूमिकामा सक्रिय रहँदै आएका घिमिरेले लामो समयदेखि पत्रकारिता क्षेत्रमा आफ्नो योगदान दिँदै आएका छन्।घिमिरेको यस उपलब्धिलाई समग्र पत्रकारिता क्षेत्रको लागि प्रेरणादायक मानिएको छ। पत्रकारितामा उहाँले पुर्‍याएको योगदानको कदर गर्दै धेरैले सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।घिमिरेले आफ्नो कार्यकालमा पत्रकारहरुको हितका सा

    • प्रकाशित मितिः मंसिर २९, २०८१
    • ३४३ पटक पढिएको
  • रिहा भएपछि अल्लु अर्जुनले भने- मायाका लागि धन्यवाद!

    एजेन्सी । भारतको चञ्चालगुडा केन्द्रीय कारागारबाट शनिबार बिहान रिहा भएपछि अभिनेता अल्लु अर्जुनले सबैलाई धन्यवाद दिएका छन्। उनको चलचित्र ‘पुष्पा-२ : द रुल’ हैदराबादमा प्रिमियर सोका क्रममा भागदौड हुँदा एक महिलाको मृत्यु भएपछि प्रहरीले शुक्रबार उनलाई पक्राउ गरेको थियो।त्यसपछि हैदराबाद अदालत पेस गरिएका उनलाई १४ दिनका लागि न्यायिक हिरासतमा पठाउन आदेश भए पनि उनले तेलंगना उच्च अदालतमा पुनरावेदन गरेका थिए। उच्च अदालतले शुक्रबार साँझ नै धरौटीमा रिहा गर्न आदेश दिएपछि उनी शनिबार बिहान छुटेका हुन्।हिरासतबाट रिहा भएपछि उनले भने, ‘म सबैलाई धन्यवाद दिन्छु।’अभिनेता अल्लुले आफूलाई कानुनमा पूर्ण विश्वास रहेको बत

    • प्रकाशित मितिः मंसिर २९, २०८१
    • ४९९ पटक पढिएको
  • बुटवलमा बिरामी बोकेको बोलेरो जिप दुर्घटना हुँदा दम्पतीसहित ३ जनाको मृत्यु

    बुटवल । पूर्वपश्चिम राजमार्गअन्तर्गत रुपन्देहीको बुटवलस्थित तिनाउ पुलनजिकै बोलेरो जिप दुर्घटना हुँदा दम्पतीसहित ३ जनाको मृत्यु भएको छ।इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक (डीएसपी) विजयराज पण्डितका अनुसार शुक्रबार राति साढे १२ बजेतिर लु ३ च २४८० नम्बरको बोलेरो जिप तिनाउ पुल नजिकै दुर्घटना भएको हो। दुर्घटनामा बुटवल–१२ नयाँ गाउँका ७१ वर्षीय तिलकराम खनाल, उनकी श्रीमती ६७ वर्षीया गौरी खनाल र जिपका चालक ३२ वर्षीय हरि न्यौपानेको मृत्यु भएको डीएसपी पण्डितले जानकारी दिए। जिपका चालक पनि बुटवल-१२, नयाँ गाउँमै बस्थे। ‘उपचारका लागि बिरामी लिएर आउँदै गरेको बोलेरो जिप तिनाउ पुल पार गर

    • प्रकाशित मितिः मंसिर २९, २०८१
    • २११ पटक पढिएको
  • गुल्मीमा गाडी दुर्घटना : श्रीमानको मृत्यु, श्रीमती र छोरासहित पाँच जना घाइते

    गुल्मी । गुल्मीमा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अरु पाँच जना घाइते भएका जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । बुटवलबाट गुल्मीको देउरालीतर्फ आउँदै गरेको सुदुरपश्चिम प्रदेश १००१ ज १३८५ नम्बरको गाडी शुक्रबार साँझ मुसिकोट नगरपालिका–४ दजाकोटमा दुर्घटना हुँदा रेसुङ्गा नगरपालिका–८ का ४५ वर्षीय रबिनकुमार श्रीसको मृत्यु भएको हो ।जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक शंकर पोखरेलका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका उनको गुल्मी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा मृतक श्रीसकी पत्नी ३८ वर्षीय वसन्ती श्रीस र उनका छोरा ८ वर्ष

    • प्रकाशित मितिः मंसिर २९, २०८१
    • १९८ पटक पढिएको
  • एनपीएलमा आज दुई खेल हुँदै : तीन टीमलाई जित्नै पर्ने दबाव

    इटहरी । नेपाल प्रिमियर लिग (एनपीएल) आज (शनिबार) दुई खेल हुँदैछन् । त्रिवि मैदान कीर्तिपुरमा हुने पहिलो खेलमा आज बिहान ९ बजे पोखरा एभेन्जर्स र काठमाडौं गुर्खाज भिड्दै छन् । प्लेअफको सम्भावलाई जीवितै राख्न दुवै टोलीलाई आजको खेल महत्वपूर्ण छ ।अंक तालिकामा काठमाडौं र पोखराको समान चार–चार अंक छ । तर, रन रेटका आधारमा काठमाडौं छैटौँ र पोखरा सातौँ स्थानमा छ । आज दिउँसो १ बजे हुने दोस्रो खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सको सामना गर्दैछ ।तालिकाको चौथो स्थानमा रहेको चितवनलाई पनि प्लेअफ सम्भावना जीवित राख्न आजको खेल महत्वपूर्ण छ । अंक तालिकाको पहिलो स्थानमा रहेको जनकपुर यसअघि नै प्लेअफमा पुगिसकेको छ । प

    • प्रकाशित मितिः मंसिर २९, २०८१
    • २०३ पटक पढिएको
  • छवि अस्पताल भर्ना, रवि मानेनन्

    काठमाडौं । सहकारीको रकअ अपचलन प्रकरणमा हिरासतमा रहेका पूर्व डीआइजी छविलाल जोशी अस्पताल भर्ना भएका छन् । चिकित्सककै सल्लाहमा जोशीलाई अस्पताल भर्ना गरिएको प्रहरीले जानकारी दिएको छ । जोशीलाई गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको हो ।जोशीले आफूलाई छातीमा असहज महसुस भएको बताएका थिए । त्यसपछि उनको स्वास्थ्य चेक जाँचका लागि अस्पताल लगिएको थियो । चिकित्सकले अस्पताल भर्ना गर्नुपर्ने सल्लाह दिएका थिए । सोही अनुसार उनलाई अस्पताल भर्ना गरिएको हो ।यता सोही मुद्दामा उही हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भने अस्पताल भर्ना हुन नमानेको प्रहरीले जनाएको छ । लामिछानेला

    • प्रकाशित मितिः मंसिर २८, २०८१
    • १७० पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल