काठमाडौं – भुटानका राजा जिग्मे खेसर नामग्याल वाङ्चुक र रानी जेत्सुन पेमा वाङ्चुक आज नेपाल भ्रमणमा आउने भएका छन्। भारतको औपचारिक भ्रमणबाट फर्किने क्रममा शाही दम्पतीले काठमाडौंमा करिब तीनदेखि चार घण्टा बिताउने कार्यक्रम रहेको छ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान करिब १० बजे अवतरण गरेपछि शाही दम्पती सिधै स्वयम्भूनाथको दर्शनका लागि जानेछन्। त्यसपछि उनीहरूले बौद्धनाथको पनि दर्शन गर्ने कार्यक्रम रहेको छ।भ्रमणलाई धार्मिक र नितान्त व्यक्तिगत उद्देश्यको रूपमा लिइएको छ। शाही दम्पतीले काठमाडौंमा रहँदा कुनै औपचारिक भेटघाट गर्ने योजना नराखेको बताइएको छ।परराष्ट्र मन्त्रालयका अनुसार भ्रमण ‘ट्रान्जिट
इटहरी । कोशी राजमार्गको सेउती खोलाको पुलदेखि पानीपियासम्म जंगल क्षेत्रका सडकका विभिन्न स्थानमा भत्किन थालेका छन् । सेउतीबाट तरहरातर्फ जाने देब्रेतर्फको सडक करिव दुई महिना अघि मात्र खोलिएको भए पनि भत्किन सुरु भएको हो । सेउतीदेखि पानीपियाबीचका सडकका ११ स्थानमा भत्किएका छन् । सुस्त गतिमा निर्माण गरिएको उक्त सडक नागरिकहरुको चर्को दवावपछि गत वर्षदेखि मात्रै एकतर्फी सुचारु भएको र पछिल्लो समय दुवैतर्फी गरिएको भए पनि यति चाँडै भत्किन थालेपछि पुनः नागरिकहरुले आवाज उठाउन थालेका छन् ।बुधबार इन्जिनियरहरुसहित, कोशी प्रदेश सभा सदस्य विजयकुमार राई, रमेशकुमार बस्नेत, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्
इलाम । इलामको सूर्योदय नगरपालिका–७ कन्याममा निर्माण भएको ‘टि टेस्टिङ एण्ड प्रोमोसन सेन्टर’ सञ्चालनको तयारीमा छ । कोशी प्रदेश सरकार र नगरपालिकाको २३ करोड लगानीमा बनेको उक्त सेन्टर यही मंसिर २७ देखि सञ्चालनमा आउन लागेको हो ।नगर प्रमुख रणबहादुर राईले मङ्सिर २७ गते कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उद्घाटन गर्ने कार्यक्रम तय भएको जानकारी दिए । ‘उद्घाटनमा प्रदेशका अन्य मन्त्रीहरू पनि आउनु हुन्छ’, उनले भने, ‘योे मुलुकको पहिलो चिया अनुसन्धान तथा प्रवर्द्धन केन्द्र हो, केन्द्रको पूर्वाधार निर्माणको सबै काम सम्पन्न भएको छ ।’ अहिले सेन्टरको भौतिक पूर्वाधार तयार भएको भन्दै आवश्यक उपकरण समेत
काठमाडौं । मानव तस्करीको आरोपमा सरकारी वकिलको कार्यालयबाट सफाइ पाएका कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई पुनः पक्राउ गर्न माग गरिएको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ ।अधिकारीलाई मानव तस्करी मुद्दामा पुनः पक्राउ गरी अनुसन्धान अघि बढाउन माग गरिएको रिट सर्वोच्च अदालतको इजलासको आदेशमा दर्ता भएको हो । यसअघि सर्वोच्च प्रशासनले रिट दर्ता गर्न अस्वीकार गर्दे दरपिठ गरिदिएको थियो । वरिष्ठ अधिवक्ता दिनेशमणि त्रिपाठीले अधिकारीलाई क्लिन चिट दिनु गलत भएको भन्दै सर्वोच्चमा रिट दिएका हुन् । रिटको प्रारम्भिक सुनुवाइ मंसिर २३ गते हुने भएको छ ।रिटमा पूर्वमन्त्री अधिकारीलाई तत्काल पक्राउ गरी प्रभावका
इटहरी ।साइबर अपराधको कसुरमा प्रहरीको थुनामा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध अर्को पनि पक्राउ पुर्जी जारी भएको छ । काठमाडौं जिल्ला अदालतले आपराधिक लाभसम्बन्धी कसुरमा पक्राउ पुर्जी जारी गरेको हो ।नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुसन्धानमा रहेका भारतीय गुण्डा नाइके लरेन्स विश्नोई समूहको सदस्य भनिएका हरिचन्द्र फुयाँलसँग प्रसाईंको निरन्तर फोन सम्पर्क देखिएको थियो । प्रसाईं र फुयाँलबीचको उक्त ‘कनेक्सन’ सँगै सीआईबीले पक्राउ अनुमति मागेको थियो ।लरेन्स विश्नोईको सदस्य हुँ भन्दै व्यवसायीलाई धक्काएको आरोपमा फुँयाल पक्राउ परेका हुन् । प्रसाईं भने कम्बोडियाको एक टेलिकम कम
दमक । झापाको दमक वडा नं. ३ मा निर्माण सम्पन्न भए पनि सञ्चालनमा आउन नसकेको दमक भ्यू टावर (प्रस्तावित दमक बिजनेस कम्प्लेक्स) को उद्घाटन हुने भएको छ । स्थानीय सरकार वा कुन निकायले सञ्चालन गर्ने भन्ने विषयमा अन्योल सिर्जना भइरहेको समयमा यसको स्वामित्व अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र विकास समितिलाई दिने तयारीसहित उद्घाटन हुन लागेको हो ।आँउदो मङ्सिर २३ गते प्रधानमन्त्री केपी शर्मा ओलीले भ्यू टावरको उद्घाटन गर्ने कार्यक्रम तय भएको हो । केही समय अघि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र विकास समितिका कार्यकारी निर्देशक तेजबहादुर राईसहितको टोलीले स्थलगत निरीक्षण गरेर यस विषयमा गहन छलफल गरेर अघि बढ्ने प्
वराहक्षेत्र । सप्तकोशी नदीको चतरा पुल क्षेत्रमा आन्तरिक पर्यटहकरुको बाक्लो चहलपहल हुँदै आएको छ । पूर्वी नेपालसँग सडक सञ्जाल जोड्ने वैकल्पिक मार्गका रूपमा बनेको पुल आकर्षक पर्यटकीय स्थल बन्दै आएको छ ।एसियाली विकास बैंकको सहयोगमा नौ वर्ष अगाडि चतरास्थित सप्तकोशीमा निर्माण भएको मोटरेबल पुलको आसपास क्षेत्रमा होटल र खाजा खुवाउने पसलहरु समेत बन्दै गएपछि पछिल्लो समय यो क्षेत्र आन्तरिक पर्यटकको रोजाइमा पर्दै आएको छ । धार्मिक पर्यटकीय क्षेत्र वराहक्षेत्र मन्दिर र पुलमा घुम्न आउनेदेखि हिउँदमा पुल आसपास क्षेत्रमा वनभोज खान र डुङ्गा (बोट) चढ्न आन्तरिक पर्यटकहरु आउने गरेको वराहक्षेत्र १ का जनप्रतिनिधि
ताप्लेजुङ । ताप्लेजुङको हिमाली बस्ती लेलेपको घुन्सा र पापुङको तोक्पेगोलाका बासिन्दाले चिसो छल्न गाउँ छाड्न थालेका छन् । माथिल्लो भेगमा चिसो बढ्न थालेपछि यहाँका बासिन्दाले गाउँ छाड्न थालेका हुन् ।फक्ताङ्लुङ गाउँपालिका–६, लेलेप, घुन्साको उचाइ समुद्री सतहदेखि तीन हजार ४७५ मिटर रहेको छ । जिल्लाकै उच्च हिमाली बस्ती ओलाङचुङ्गोलाको याङ्मा (चार हजार २०० मिटर) पछि दोस्रो उचाइमा रहेको हिमाली बस्ती घुन्सा हो । केही दिनयता चिसो अत्यधिक बढ्न थालेकाले गाउँ छाड्न सुरु भएको घुन्साका स्थानीय पेमा शेर्पाले बताउनुभयो । शेर्पाका अनुसार हालसम्म करिब १० परिवारले घुन्सा छाडिसकेका छन् । घुन्सा छाड्ने परिवार काठम
भद्रपुर । विर्तामोडस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ५० हजार क्विन्टल धान खरिद गर्ने भएको छ । कम्पनीका कार्यालय प्रमुख चुलमाया लोवाका अनुसार पहिलो चरणमा १५ हजार क्विन्टल सोनामन्सुली र पाँच हजार क्विन्टल रञ्जितमन्सुली धान खरिद गर्न लागिएको हो ।“कम्पनीले धानको समर्थन मूल्य प्रति क्विन्टल रु तीन हजार पँच सय ८० दशमलव ६२ तोकेको छ”, उहाँले भन्नुभयो, “कम्पनीले तोकेको मूल्य बजार भाउभन्दा माथि रहेकाले किसानले धान बिक्री गर्नेछन् ।”तीन लाख ८५ हजार मेट्रिक टन धान उत्पादनझापामा यो वर्ष तीन लाख ८५ हजार एक सय ९६ दशमलव पाँच मेट्रिक टन धान उत्पादन भएको छ । धान लगाइएको क्षेत्रफल घटे पनि उत्पादन
फिदिम । तराईदेखि पहाड हु‘दै हिमाल जोड्ने द्रुतमार्गका रूपमा अगाडि बढाइएको तमोर कोरिडोर अन्तर्गत धनकुटा–पाँचथर खण्डमा धमाधम कालोपत्रे गरिँदै छ । गत वर्षदेखि सुरु भएको मूलघाट–दोरम्बा सडकखण्डको कालोपत्रेको कामले गति लिएको हो । काम अगाडि बढेस‘गै कोरिडोर क्षेत्रमा पर्ने पाँचथर, धनकुटा हु‘दै ताप्लेजुङसम्मका नागरिकले राहत महसुस गरिरहेका छन् ।यो सडकको चतरा–दोरिम्बा खण्डमा पर्ने १५८ किलोमिटरमध्ये ११२ किलोमिटर क्षेत्रमा कालोपत्रे भइरहेको तमोर कोरिडोर आयोजना कार्यालयले जनाएको छ । कुल ११२ किलोमिटरमध्ये १४ किलोमिटरमा सडक कालोपत्रे भइसकेको छ भने विभिन्न खण्डमा ग्राभेल गर्ने काम भइरहेका छन् । चतरा–मूलघाट गणे