एजेन्सी । मङ्गलबार घोषणा गरिएको चार मृत्युदण्डपछि साउदी अरेबियाले सन् २०२४ मा ३०० भन्दा बढी मानिसलाई मृत्युदण्ड दिएको छ। यसपछि मुलुकको मृत्युदण्डको कूल सङ्ख्या उच्चतम ज्ञात वार्षिक आँकडाभन्दा धेरै नै बढी भएको छ। गृह मन्त्रालयलाई उद्धृत गर्दै आधिकारिक साउदी प्रेस एजेन्सीले लागुऔषध तस्करीमा दोषी ठहरिएका तीन जनालाई र अर्का हत्याका अपराधीलाई मृत्युदण्ड दिइएको जनाएको छ। राज्य सञ्चारमाध्यमको रिपोर्टमा आधारित तथ्याङ्कअनुसार यसले यस वर्षका लागि मृत्युदण्डको कूल सङ्ख्या ३०३ पुर्याएको छ।खाडी राजतन्त्रात्मक मुलुक साउदी अरेबियाले सेप्टेम्बर महिनासम्म मृत्युदण्ड दुई सयपटक लागू गरेको थियो।
चितवन । सहारा चितवन सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग दोस्रो दिन बिहीबार पनि बयान लिने क्रम जारी छ।जिल्ला सरकारी वकिल कार्यालय चितवनमा बिहान साढे ८ बजेदेखि बयान चलिरहेको कार्यालयका न्यायाधिवक्ता शान्तिप्रसाद लुइँटेलले जानकारी दिए। सरकारी वकिलको रोहबरमा अनुसन्धान अधिकृतले रविसँग बयान लिइरहेका हुन्।बयान आज सकिएला? नेपालखबरसको जिज्ञासामा न्यायाधिवक्ता लुइँटेलले भने, ‘अहिले भन्न गाह्रो छ।’
इटहरी डेस्क । शिखर धवनको आक्रामक ब्याटिङमा कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौँँ गुर्खाजसामु जितका लागि १ सय ५० रनको लक्ष्य प्रस्तुत गरेको छ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमाडौँँले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ४९ रनको योगफल तयार पारेको हो।शिखर धवन ७२ र जिसन मक्सुद १४ रनमा अविजित रहे। धवनले ५१ बलमा ४ चौका र ५ छक्का प्रहार गरे। धवनले ४२ बलमा अर्धशतक पूरा गरेका थिए।सुस्त सुरुवात गरेको कर्णालीले अन्तिम तीन ओभरमा आक्रामक प्रर्दशन गरेको थियो।चाडविक वाल्टन २१ रन बनाउँदै जेहार्ड इरासमसको बलमा करण केसी
झापा । झापाको मेचीनगर नगरपालिका-११ तेलिबारीमा बसको ठक्करबाट मोटरसाइकलमा सवार एक पुरुषको मृत्यु भएको छ।दुर्घटनामा मोटरसाइकल चालक भद्रपुर नगरपालिका-१० का ५५ वर्षीय किसन न्यौपानेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए।मंगलबार पूर्व(पश्चिम राजमार्ग अन्तरगत मेचीनगर-११ स्थित तेलिबारी बागमती प्र.०१- ००६ ख ४९०९ नम्बरको बस र मे १० प ३५७२ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाँदा मोटरसाइकल चालक न्यौपाने गम्भीर घाइते भएका थिए।उपचारका लागि बिएन्डसी अस्पताल बिर्तामोड लगिएकोमा अस्पताल पुर्याउना साथ चिकित्सकले न्यौपानेलाई मृत घोषित गरेका थि
इटहरी । होटल व्यवसायी महासंघ कोशी प्रदेशका लागि हालै भएको निर्वाचनबाट निर्वाचित होटल व्यवसायीहरुलाई इटहरीमा स्वागत तथा सम्मान गरिएको छ । जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ सुनसरीले वधाई तथा शुभकामना कार्यक्रमको आयोजना गरी नव निर्वाचित होटल व्यवसायीमहा संघ कोशी प्रदेशका पदाधिकारीहरुलाई स्वागत तथा सम्मान गरेको हो । इटहरीको दुर्गा पाटी प्यालेसमा एक कार्यक्रमको आयोजना गरि जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ सुनसरीले कोशी प्रदेश सरकारले घोषणा गरेको पर्यटन वर्ष २०८२लाई सफल वनाउन प्रदेश सरकारले चयन गरेका सहसंयोजकद्धय भविषकुमार श्रेष्ठ र कृष्ण शाहलाई समेत सोही अवसरम
झापा । संसदीय समितिले सुपारीको डिअक्सिराइबोन्यूक्लिक एसिड (डिएनए) परीक्षण गरेरमात्र निर्यातको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएका कारण यहाँको प्रमुख नगदेबाली सुपारी व्यापार अन्योलमा परेको छ । झापालगायत विभिन्न जिल्लामा वर्षौदेखि सुपारी उत्पादन हुँदै आएको छ ।नेपालमा उत्पादित सुपारी भारत निर्यात हुने गरेको छ । सुपारी उत्पादक किसान सङ्घका अनुसार बर्सेनि पूर्वी भेगमा १५ हजार मेट्रिक टन सुपारी उत्पादन हुन्छ । प्रचलित बजार मूल्यअनुसार उक्त परिमाणको सुपारीलाई रु आठ देखि १२ अर्बसम्म पर्छ । नीतिगत अन्योलका कारण निर्यात रोकिँदा झापादेखि उदयपुरसम्म सुपारीखेतीमा आबद्ध एक लाख किसानको भविष्य अन्धकार
विराटनगर – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले विराटनगरमा पालिका सभापतिहरूको भेला गर्दै १५औं महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने संकेत गरेका छन्। कोइरालाले यो भेलामा पार्टी कार्यकर्ताहरूलाई आश्वस्त पार्दै अन्याय र विभेद नहुने वाचा गरेका छन्। पार्टी केन्द्रको निर्देशनविपरीत आयोजित यस भेलाले कोइरालाको शक्ति प्रदर्शन र संगठन विस्तारको उद्देश्यलाई प्रस्ट पारेको छ।प्रमुख सहभागी नेताहरू:भेलामा नेपाली कांग्रेसका प्रभावशाली नेताहरूको सहभागिता देखियो। सहभागीहरूमा:डा. शेखर कोइरालाडा. मिनेन्द्र रिजालसंघीय सांसद सुनिल शर्माकोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीकोशी प्रदेश महामन्त्री उमेश
विराटनगर - चीनका राष्ट्रपति सी चिनफिनले नेपाललाई ५ सय मिलियन चिनियाँ युआन (करिब ९ अर्ब रुपैयाँ) अनुदान सहयोग प्रदान गर्ने घोषणा गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा राष्ट्रपति सीले उक्त घोषणा गरेका हुन्। मंगलबार भएको भेटवार्तामा दुई देशबीच आपसी सम्बन्ध, साझा चासोका विषय, र सहकार्यका सम्भावनाहरूमा विस्तृत छलफल भएको थियो।राष्ट्रपति सीले नेपाल–चीन सम्बन्धलाई पुराना र असल छिमेकीबीचको मित्रताको उदाहरण भन्दै नेपाललाई विकास र समृद्धिमा निरन्तर साथ दिने प्रतिबद्धता जनाए। साथै, नेपाली उत्पादनलाई चिनियाँ बजारमा पुर्याउन सहज बनाउने र चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न प्रोत
झापा । झापाको शिवसताक्षी नगरपालिका–१० स्थित पर्यटकीयस्थल दोमुखामा दुईमुखे प्रवेशद्वार निर्माण गरिएको छ । सोमबार एक कार्यक्रमकाबीच नगरप्रमुख मेगाहाङ थोप्रा, उपप्रमुख नरमाया कार्की, प्रमुख प्रशासकीय अधिकृत सुनिता तम्बाहाङ्फेले संयुक्त रूपमा प्रवेशद्वारको उद्घाटन गरे ।नव निर्मित प्रवेशद्वारमाथि पशुपतिनाथ, स्वयम्भुलगायत विभिन्न जनजातिका पहिचान झल्काउने आकृति राखेर बहुसांस्कृतिक रूपमा विकास गरिने योजना रहेको नगर प्रमुख थोप्राले बताए । पर्यटकीयस्थल दोमुखाको चौतर्फी विकासमा नगरपालिका योजनाबद्ध रूपमा लागेको उनको भनाइ छ ।‘चालु आर्थिक वर्षमा रु एक करोड लगानी गर्नेछौं’, नगर प्रमुख थोप्राले भने, ‘सडकमा बत
महोत्तरी । जनकपुरधाममा हुने रामजानकी विवाह महोत्सवमा सरिक हुन आएका जन्तीलाई मटिहानीमा स्वागत गरिएको छ । भारतको अयोध्याबाट आएका जन्तीलाई गएराति मटिहानीमा स्वागत गरिएको हो ।मटिहानीका नगरप्रमुख हरिप्रसाद मण्डलसहितका जनप्रतिनिधि, जिल्लाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारी र नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका जिल्लास्थित प्रमुखहरूसहित मटिहानी नगरवासीले जन्तीको स्वागत गरेका हुन् । मटिहानीस्थित लक्ष्मीनारायण मठका मानमहन्थ, सामाजिक सङ्घसंस्थाका अगुवा, मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापिठका आचार्य र राजकीय संस्कृत माध्यमिक विद्यालय (मटिहानी गुरुकूल)का शिक्षक, वटुकहरू र महोत