चितवन । सहारा चितवन सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग दोस्रो दिन बिहीबार पनि बयान लिने क्रम जारी छ।
जिल्ला सरकारी वकिल कार्यालय चितवनमा बिहान साढे ८ बजेदेखि बयान चलिरहेको कार्यालयका न्यायाधिवक्ता शान्तिप्रसाद लुइँटेलले जानकारी दिए। सरकारी वकिलको रोहबरमा अनुसन्धान अधिकृतले रविसँग बयान लिइरहेका हुन्।
बयान आज सकिएला?
नेपालखबरसको जिज्ञासामा न्यायाधिवक्ता लुइँटेलले भने, ‘अहिले भन्न गाह्रो छ।’


















