All Posts By इटहरी खबर संवाददाता

    Showing ६९१-७०० of ३,०८६ items.
  • रविलाई चितवन पुर्‍याइयो, सुरक्षा व्यवस्था कडा

    चितवन । सहकारीको रकम अपचलन प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई बयानका लागि चितवन पुर्‍याइएको छ । लामिछानेलाई बुद्ध एयरको जहाजमार्फत काठमाडौँबाट चितवन लगिएको हो । चितवन लामिछानेको निर्वाचन क्षेत्र पनि हो ।उनलाई चितवन ल्याइने भएपछि सुरक्षा चुनौती हुने देखेपछि प्रहरी प्रमुख एसपी मिश्रले कुन उडानमार्फत लामिछानेलाई चितवन ल्याइने भन्ने जानकारी सार्वजनिक गरेका थिएनन् । कडा सुरक्षा व्यवस्थाकाबीच लामिछानेलाई एयरपोर्टबाट जिल्ला प्रहरी कार्यालय चितवन लगिएको छ ।साहरा चितवन सहकारी लिमिटेडको रकम हिनामिना आरोपमा चितवन प्रहरीमा मंसिर ५ गते पूरक निवेदन दर्ता भएपछि बयानको ल

    • प्रकाशित मितिः मंसिर १८, २०८१
    • २५० पटक पढिएको
  • उपनिर्वाचन सम्पन्न, ४४ सिटमध्ये कुन दलले कति जिते?

    काठमाडाैं । स्थानीय तहको उपनिर्वाचन सम्पन्न भएको छ।जिल्ला समन्वय समिति, नगरपालिका प्रमुख तथा उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष र वडाध्यक्ष गरी ४४ स्थानका लागि यो उपनिर्वाचन भएकामा सबै स्थानको अन्तिम परिणाम सार्वजनिक भएको छ।ओखलढुंगा र कैलालीको जिल्ला समन्वय समिति प्रमुखमा कांग्रेस उम्मेदवार निर्विरोध निर्वाचित भएका थिए। त्यस्तै रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका वडा नं २ को वडाध्यक्षमा पनि माओवादी उम्मेदवार निर्विरोध भएका थिए।तीन ठाउँमा निर्विरोध निर्वाचित भएपछि बाँकी ४१ सिटका लागि आइतबार मतदान भएको थियो। मतदान भएकामा दुईवटा नगरपालिका प्रमुख र एउटा गाउँपालिका अध्यक्ष पद थिए। त्यस्

    • प्रकाशित मितिः मंसिर १८, २०८१
    • २८८ पटक पढिएको
  • प्रधानमन्त्री ओलीले आज चीनका राष्ट्रपति सी र प्रधानमन्त्री लीसँग भेटवार्ता गर्दै

    काठमाडाैं । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ उच्च नेतृत्वबीच आज (मंगलबार) द्विपक्षीय औपचारिक भेटवार्ता हुँदै छ। ‘ग्रेट हल अफ पिपल’ मा हुने भेटवार्तामा द्विपक्षीय सहयोग आदानप्रदानलगायत विषयमा सम्झौता हुने कार्यक्रम छ।परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री ओली र प्रधानमन्त्री ली छ्याङ तथा चिनियाँ जनकंग्रेसका अध्यक्ष झाओ लेजीसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम छ। साथै प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग आजै शिष्टाचार भेटवार्ता गर्नेछन्। चिनियाँ जनमुक्ति सेनाले ‘गार्ड अफ अनर’सहित प्रधानमन्त्री ओलीलाई चिनियाँ नेतृत्वले ग्रेट हल अफ द पिपुलमा स्

    • प्रकाशित मितिः मंसिर १८, २०८१
    • २८३ पटक पढिएको
  • सुदूरपश्चिमसँग पहिलो जित खोजिरहेको विराटनगर (प्रिभ्यु)

    विराटनगर । विराटनगर किंग्सविरुद्ध खेल्दै सुदूरपश्चिम रोयल्सले मंगलबार नेपाल प्रिमियर लिग (एनपीएल) को यात्रा सुरु गर्दै छ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने मंगलबारको पहिलो खेल बिहान ९ बजे सुरु हुनेछ। पहिलो खेलमा जनकपुरसँग ८ विकेटले पराजित भएको विराटनगर पहिलो जितको खोजीमा मैदान उत्रिँदै छ। उता सुदूरपश्चिमले भने एनपीएलमा पहिलो खेल खेल्न लागेको हो। सुदूरपश्चिम सुखद सुरुवातको योजनामा छ।उद्घाटन खेलमा जनकपुरसँग पराजित हुँदा विराटनगरका मार्टिन गुप्टिल एनपीएलको पहिलो संस्करणमा अर्धशतक हान्ने पहिलो खेलाडी बनेका थिए। न्युजिल्यान्डका उनले ३६ बलमा अर्धशतक पूरा गरेका थिए। सन्दीप लामिछानेक

    • प्रकाशित मितिः मंसिर १८, २०८१
    • ३३२ पटक पढिएको
  • कोशीको आन्तरिक मामिला मन्त्री बने एमालेका भण्डारी, लिए शपथ

    इटहरी । नेकपा एमालेका नेता एवं कोशी प्रदेशसभा सदस्य रेवतीरमण भण्डारी कोशी प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रीमा नियुक्त भएका छन । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उनलाई आन्तरिक मामिला मन्त्रीकाे जिम्मेवार प्रदान गरेका हुन । मन्त्री भण्डारीले साेमबार साँझ शपथ ग्रहण गरिसकेका छन । नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक समेत रहेका भण्डारी साेमबार साँझ नै शपथ ग्रहण गरेका हुन ।तत्कालीन मन्त्री लीलाबल्लभ अधिकारी मानव तस्करी प्रकरणमा जोडिएर राजीनामा दिएपछि सो मन्त्रालय रिक्त बनेकाे थियाे । कानूनी पृष्ठभूमि भएका भण्डारीलाई साेमबार आन्तरिक मामिला मन्त्रीकाे जिम्मेवार प्रदान गरिएकाे हाे । सुनसरीबाट

    • प्रकाशित मितिः मंसिर १७, २०८१
    • ३४१ पटक पढिएको
  • रवि लामिछानेको बयान सकियो, सहकारी अपचलन प्रकरणमा आरोप अस्वीकार

    मोरङ - स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको २ अर्ब ७४ करोड रुपैयाँ अपचलन प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बयान सरकारी वकिल कार्यालयमा सकिएको छ। सोमबार साँझ करिब ६ बजे सकिएको बयानमा लामिछानेले आफ्नो विरुद्ध लगाइएका सबै आरोप अस्वीकार गरेका छन्।सरकारी वकिल कार्यालय काठमाडौंमा जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटुवाल र अनुसन्धान अधिकृत हरि खतिवडाको टोलीले लामिछानेसँग तीन दिनसम्म बयान लिएको थियो। बयानका लागि ७५ प्रश्न तयार पारिएको थियो। बयानमा लामिछानेले भने, "स्वर्णलक्ष्मीबाट मैले कुनै ऋण लिएको छैन। चेकहरू कम्पनी सञ्चालनका लागि काटिएका हुन्।"६४५ पीड

    • प्रकाशित मितिः मंसिर १७, २०८१
    • २२२ पटक पढिएको
  • दुइ दिन देखि घटेको सुनको मूल्यमा आज थप गिरावट, चाँदी पनि सस्तियो

    इटहरी । आज पनि सुनचाँदीकै मूल्यमा थप गिरावट आएको छ। आइतबार घटेको सुनचाँदीकै मूल्य आज फेरि घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य एक लाख ४९ हजार ३ सय रुपैयाँ कायम भएको छ। सुनको मूल्य आज तोलामा १२ सय रुपैयाँ घटेको हो।आइतबार सुनको मूल्य एक लाख ५० हजार पाँचसय रुपैयाँ थियो। अघिल्लो साताको सोमबार एकैदिन सुनको मूल्य तोलामा १५ हजार नौसय र अघिल्लो साताको मंगलबार दुई हजार ६ सय रुपैयाँ घटेको थियो।आज चाँदीको मूल्य पनि प्रतितोला २५ रुपैयाँ घटेको छ। आज चाँदीको मूल्य प्रतितोला एक हजार आठ सय १५ रुपैयाँ कायम भएको छ। आइतबार चाँदीको मूल्य एक हजार ८ सय ४० थियो। सरकारले भन्सारदर

    • प्रकाशित मितिः मंसिर १७, २०८१
    • २२८ पटक पढिएको
  • मनीषा कोइरालाले जितिन् फिल्म फेयर ओटीटी अवार्ड

    एजेन्सी । चर्चित अभिनेत्री मनीषा कोइरालाले फिल्म फेयर ओटीटी अवार्ड्स २०२४ जितेकी छिन। उनले ‘हीरामन्डी’ मा दिएको उत्कृष्ट प्रदर्शनका लागि महिला, ड्रामा श्रेणीमा सर्वश्रेष्ठ अभिनेत्रीको अवार्ड जित्न सफल भएकी हुन्।अवार्ड पाएसङ्गै मनीषाले फेसबुकमा निर्माण टिमलाई धन्यवाद दिएकी छ्न। ‘मलाई जीवनभरको भूमिका दिनुभएकोमा भन्साली प्रोडक्सनलाई धन्यवाद’ उनले लेखेकी छिन्।मे १ बाट नेटफ्लिक्समा स्ट्रीमिङ भएको यस वेव सिरिजलाई निकै रुचाइएको थियो। यसमा मनिषासहित सोनाक्षी सिन्हा, अदिति राव हैदरी, ऋचा चड्डा, ताना शाह बदुशा, सञ्जिदा शेख र शर्मिन सहगलको पनि अभिनय छ। सञ्जय लीला भन्साली निर्देशित यस वेब सिरिजमा हीरामन्ड

    • प्रकाशित मितिः मंसिर १७, २०८१
    • २८९ पटक पढिएको
  • ओखलढुंगाको मोलुङ ५ मा एमालेले कांग्रेसको सिट खोस्यो, गंगाबहादुर विजयी

    ओखलढुंगा । ओखलढुंगाको मोलुङ गाउँपालिका ५ को वडाध्यक्षमा एमाले उम्मेदवार विजयी भएका छन्।एमाले उम्मेदवार गंगाबहादुर तामाङले ३९९ मत ल्याएर निर्वाचित भएका हुन्। कांग्रेसका घनश्याम दाहालले १७७ मत पाए। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका विष्णुप्रसाद पोखरेलले १५१, माओवादीका मानबहादुर सुनुवारले २३ मत पाए। राष्ट्रिय प्रजातन्त्र पार्टीका चन्द्रमणी दाहाल र जनता समाजवादी पार्टीका इन्द्रबहादुर दर्जीले समान ३÷३ मत पाए। वडामा १३२५ मतदाता रहेकामा ७६८ मत खसेको थियो। यसअघि यस स्थानमा कांग्रेसका गोपीकृष्ण कार्की ३८४ मत पाएर विजयी भएका थिए।

    • प्रकाशित मितिः मंसिर १७, २०८१
    • २७६ पटक पढिएको
  • त्रियुगा नगरपालिका– १२ को अध्यक्षमा माओवादीका राई विजयी

    उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१२ को अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का नवीनकुमार वान्तवा राई निर्वाचित भएका छन् । आइतबार सम्पन्न उपनिर्वाचनमा उनले ९ सय २३ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ । उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले) का लक्ष्मी नारायण चौधरीले छ सय आठ मत पाए ।आयोगका अनुसार नेपाली काँग्रेसका सञ्जीव काफ्लेले तीन सय ५९, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का निर्मला चौधरीले तीन सय १२, राष्ट्रिय स्वतन्त्र पार्टीका ध्रुवप्रसाद पोखरेलले दुई सय दुई, स्वतन्त्र उम्मेदवार बजरङ्गीकुमार दासले ३०, जनमत पार्टीका प्रमोद मलाहा सहनील

    • प्रकाशित मितिः मंसिर १७, २०८१
    • २३७ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल