इटहरी । नेकपा एमालेका नेता एवं कोशी प्रदेशसभा सदस्य रेवतीरमण भण्डारी कोशी प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रीमा नियुक्त भएका छन । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उनलाई आन्तरिक मामिला मन्त्रीकाे जिम्मेवार प्रदान गरेका हुन । मन्त्री भण्डारीले साेमबार साँझ शपथ ग्रहण गरिसकेका छन । नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक समेत रहेका भण्डारी साेमबार साँझ नै शपथ ग्रहण गरेका हुन ।
तत्कालीन मन्त्री लीलाबल्लभ अधिकारी मानव तस्करी प्रकरणमा जोडिएर राजीनामा दिएपछि सो मन्त्रालय रिक्त बनेकाे थियाे । कानूनी पृष्ठभूमि भएका भण्डारीलाई साेमबार आन्तरिक मामिला मन्त्रीकाे जिम्मेवार प्रदान गरिएकाे हाे । सुनसरीबाट प्रदेशसभामा निर्वाचित भण्डारी संविधान सभा सदस्य पनि रहिसकेका छन् ।


















