काठमाडौं – टाईब्रेकरमा भारतलाई ४–२ गोल अन्तरले पराजित गर्दै नेपालले फाइनलमा स्थान सुरक्षित गरेको छ। निर्धारित समयसम्म खेल १–१ गोलको बराबरीमा टुंगिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो।खेलको पहिलो हाफमा दुवै टोलीबीच प्रतिष्पर्धात्मक खेल देखिएको थियो। नेपालले दोस्रो हाफमा बलको पकड राम्रो बनाए पनि भारतले बराबरी गोल फर्काउँदै खेललाई रोमाञ्चक बनाएको थियो। तर पेनाल्टीमा उत्कृष्ट प्रदर्शन गर्दै नेपालले विजय हासिल गर्यो।अब उपाधिका लागि नेपालले फाइनलमा बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ। यो जितले नेपाली फुटबल समर्थकहरूमा उत्साह थपेको छ र उपाधि जित्ने अपेक्षालाई अझ बलियो बनाएको छ।
काठमाडाैं । वैदेशिक रोजगारी ठगी मुद्दामा इन्टरपोलबाट रेडकर्नर नोटिस जारी भएका फरार प्रतिवादी उदयपुर त्रियुगा नगरपालिका–१० ठेगाना भएका सुजन आचार्य पक्राउ परेका छन् । एनसीवी पिएचएनओएम कम्बोडियाको समन्वयमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारवाही गर्ने÷गराउने प्रयोजनार्थ शुक्रबार नेपाल फिर्ता ल्याइएको छ ।वैदेशिक रोजगारीमा सिंगापुर पठाइ दिन्छु भनी ४० जनाभन्दा बढी व्यक्तिहरूबाट ५ करोड २ लाख ९४ हजार रूपैयाँ ठगी गरी फरार भएका प्रतिवादीहरू सुजन आचार्य र बिनु शाक्यलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवम् पक्राउ गर्नको लागि नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग इन्टरपोल शाखामा अनुरोध भए
झापा । पूर्वीनाका काँकडभिट्टाबाट पर्यटकको आगमन बढेको छ । विगत दुई महिनामा यहाँबाट आठ सय ९० जना तेस्रो मुलुकका नागरिक नेपाल प्रवेश गरेको अध्यागमन कार्यालय काँकडभिट्टाले जनाएको छ ।कोरोना महामारीपछि चार वर्षसम्म अवरुद्ध रहेको पर्यटक आवागमन दुई महिनाअघि मात्र खुल्ला भएको थियो । सन् २०२४ को सेप्टेम्बर महिनामा यस नाका भएर दुई सय ८७ जना तेस्रो मुलुकका नागरिक नेपाल प्रवेश गरेको अध्यागमन कार्यालय काँकडभिट्टाका प्रमुख तुलसी भट्टराईले बताए । अक्टुबर महिनामा तेस्रो मुलुकका नागरिकको आगमन बढेर ६ सय तीन पुगेको उहाँले जानकारी दिनुभयो । आगामी दिनमा आगमन अझ बढ्ने सम्भावना छ । भारत सरकारले कोरोना महामारी सु
खोटाङ । साकेला गाउँपालिका–३ खिदिमास्थित तावाभञ्ज्याङबाट सुरु भएको 'मुन्धुम ट्रेल' पदमार्ग जिल्लाको प्रमुख पर्यटकीय गन्तव्यस्थलका रुपमा पर्दछ । नेपाल सरकारको सयवटा पर्यटकीय गन्तव्य सूचीमा पर्ने 'मुन्धुम ट्रेल' पदमार्ग करिब एक सय सात किलोमिटर लामो दूरीको छ । प्राकृतिक रुपमै पर्यटकीयस्थल रहेको 'मुन्धुम ट्रेल' पदमार्गको स्तरोन्नतिमा तीनवटै तहका सरकारको करोडौँ लगानीसमेत भइरहेको छ । प्रकृतिप्रेमी अर्थात् सौन्दर्यमा रमाउन चाहने तथा किराती संस्कार, संस्कृति अध्ययन एवम् अनुसन्धान गर्न आउने पर्यटकका लागि 'मुन्धुम ट्रेल' रोजाइमा पर्ने गरेको छ । शरद ऋतु सुरु भएसँगै अध्ययन तथा जागिरको सिलसिलामा र
पोखरा । रवि लामिछानेलाई थप बयानका लागि सरकारी वकिलको कार्यालय लगिएको छ । रास्वपा सभापति लामिछानेलाई सहकारीको रकम गोर्खा मिडियामा लगेर अपचलन गरेको आरोप छ । उनीमाथि प्रहरीले सङ्गठित अपराध, सम्पत्ति शुद्धीकरण र सहकारी ठगी आरोपमा अनुसन्धान गरिरहेको छ । लामिछानेलाई दोस्रो पटक ७ दिनको म्याद थप गरिएको छ । कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका लामिछानेको अनुसन्धान म्याद १४ गतेसम्म छ । १५ गतेदेखि तिहार बिदा हुने र अदालत बन्द हुने भएकोले उनलाई २० गते मात्रै अदालतमा पेस गरिनेछ ।
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता तथा पूर्वअर्थमन्त्री डा प्रकाशचन्द्र लोहनीले क्रान्ति सेकुवा र ह्विस्की पिएको जस्तो नभएको बताएका छन् । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले प्रतिप्रश्न गरेका हुन् । ‘माओवादी अध्यक्ष तथा भूपू प्रधानमन्त्री माननीय दाहालजीले फेरि एक थान क्रान्तिको नेतृत्व गर्ने आट छ भन्नुभएछ। के क्रान्ति भनेको कुनै खोला किनारको रिसोर्टमा बेलुका सेकुवा र ह्विस्की पिए जस्तो हो र ? क्रान्तिको लागि सरकारमा हुँदा या नहुँदा कमाएको भ्रष्टाचार
काठमाडौं । प्रहरी अनुसन्धानमा रहेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई म्याद थपका क्रममा अदालत लैजाँदा इजलासमा प्रहरीले दुर्व्यवहार गरेको, हातहतियारसहित इजलासमा प्रवेश गरेकोलगायत आरोप प्रहरीले आपत्ति जनाएको छ ।जिल्ला प्रहरी कार्यालय कास्कीले आज एक प्रेस विज्ञप्ति जारी गरेर भ्रामक तथा कपोकल्पित विचार टिकटक लगायत सामाजिक सञ्जालमा सम्प्रेषण गरिएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।‘यस्ता तथ्यहीन, भ्रामक एवं झुट्टा समाचारहरुबाट जनमानसमा गलत सूचना सम्प्रेषण र सन्देश प्रवाह हुने र मुद्दाको तथ्यपूर्ण अनुसन्धानमा समेत नकारात्मक प्रभाव पर्ने हुनाले तथ्यमा आधा
काठमाडौं । काठमाडौंमा वायु प्रदूषण बढ्न थालेको छ । अहिले बिहान साढे १० बजेसम्म सबैभन्दा खराब वायु काठमाडौंको शंखपार्क क्षेत्रमा छ ।सो क्षेत्रमा एयर क्वालिटी इन्डेक्स ११३ रहेको वातावरण विभागको एयर क्वालिटी मनिटरिङ सिस्टममा उल्लेख छ । शंखपार्क क्षेत्रको वायुको गुणवत्ता खराब रहेको भनेर सुन्तला रंगले संकेत गरिएको छ ।यसैगरी रत्नपार्क, भक्तपुर र दाङ देउखुरी क्षेत्रमा पनि प्रदूषित वायु रहेको वातावरण विभागले जनाएको छ ।हावामा धुँलोका कण र धुँवाको मात्रा बढ्दा वायु प्रदूषित हुने गरेको छ । धूलोलाई पखाल्ने गरी पानी नपर्दासम्म र बेस्सरी हावा नचल्दासम्म प्रदूषण झन् बढ्ने गर्दछ । काठमाडौं उपत्यका वरिपरि अग्ल
एजेन्सी । अमेरिकी नेसनल एरोनटिक्स एन्ड स्पेस एड्मिनिस्ट्रेसन (नासा) को स्पेसएक्स क्रु-८ अन्तरिक्ष यात्रीहरू अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आईएसएस) मा सात महिनाको वैज्ञानिक अभियान पूरा गरेर शुक्रबार पृथ्वीमा फर्किएका छन्।चालक दल बोकेको स्पेसएक्स ड्रयागन अन्तरिक्ष यान शुक्रबार अमेरिकी समयअनुसार बिहान ३ः२९ मा अमेरिकी राज्य फ्लोरिडाको पेन्साकोला तटमा अवतरण गरेको हो।चार सदस्यीय चालक दलमा नासाका अन्तरिक्ष यात्री म्याथ्यु डोमिनिक, माइकल ब्यारेट, जेनेट एप्सका साथै रोस्कोसमस अन्तरिक्ष यात्री अलेक्ज्यान्डर ग्रेबेन्किन छन्। यो मिसन नासाको स्पेसएक्ससँग आईएसएसमा आठौँ व्यावसायिक
काठमाडौं । विवाहित महिलाहरुको लागि आयोजित मिसेस नेपाल वल्र्ड २०२४ को उपाधि डेनिला कार्कीले जितेकी छिन ।शनिबार राती प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजित ग्राण्ड फिनालेमा बहुचर्चित विवाहित महिलाहरुको सौन्दर्य प्रतियोगिताको विजेता घोषणा गरेका छन् । विजेता कार्कीलाई माइती नेपालकी अध्यक्ष अनुराधा कोइराला र अभिनेत्री वसन्धुरा भुषालले पुरस्कार प्रदान गरे । कार्कीले अमेरिकामा हुने मिसेस वर्ल्ड प्रतियोगितामा सहभागिताको अवसर प्राप्त गरेकी छिन ।सो प्रतियोगितामा एलिना घिमिरे फस्ट रनरअप, किरण कार्की सेकेन्ड रनरअप र अनु कार्की थर्ड रनरअप घोषित भएकी छिन । पब्लिक चोइस विजेता माया लामाले हात पारेकी छिन भने