विराटनगरः नेपाली कम्युनिष्ट पार्टीले तीन जना महिलालाई मन्त्री बनाएको विषयलाई सांसदहरुले सकारात्मक रुपमा लिएका छन् ।नयाँ मन्त्रीमण्डलमा दुई जना महिला गीता तिम्सिना सामाजिक विकास मन्त्री र खिनु लङ्वा लिम्बू पर्यटन, वन तथा वातावरण मन्त्री हुनुभएको छ । सपना दर्जीलाई भौतिक पूर्वाधार विकास राज्यमन्त्री बनाइएको छ । यो विषयलाई अधिकांश सांसदले ऐतिहासिक र गर्वको विषय बताएका छन् ।एमालेका सांसद तथा पूर्वमन्त्री रामबहादुर मगरले भने व्यङ्ग्य गर्दै ‘अब पोथीले फूल पार्ने र बच्चा जन्माउने’ बताएका छन् । हिजो प्रदेशसभाको बैठकमा विशेष समय लिएर बोलेका उनले मन्त्रीमण्डलमा महिला सहभागिताको चर्चा गरे ।‘यो चोटीको अर्क
काठमाडौंः नेपालको पूँजी बजार अब केवल शेयरको किनबेचमा मात्र सीमित रहने छैन । नेपाल धितोपत्र बोर्डले आगामी १० वर्षभित्र नेपाली पूँजी बजारलाई दक्षिण एशियाकै एक अग्रणी र आधुनिक वित्तीय केन्द्र बनाउने गरी ‘पूँजी बजार विकास मार्गचित्र, २०८३’ सार्वजनिक गरेको छ ।बोर्डका अध्यक्ष डा. गोपालप्रसाद भट्टले यसलाई “नेपाली अर्थतन्त्रको रूपान्तरणकारी दस्तावेज’’ को संज्ञा दिएका छन् । यस योजनाले पूँजी बजारलाई उत्पादनशील क्षेत्रसँग जोड्ने, विदेशी लगानी भित्र्याउने र नवीनतम प्रविधिको प्रयोगमार्फत् लगानीकर्ताको सुरक्षा गर्ने तीन मुख्य आधार स्तम्भहरूलाई अघि सारेको बोर्डको दाबी छ ।यस्ता छन् भट्टका चालु आर्थिक वर्षका म
विराटनगरः कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भदौ ८ गते सोमबार तेस्रो पटक विश्वासको मत लिने हुनुभएको छ । मुख्यमन्त्रीले सोमबार विश्वासको मत लिनका लागि संसद सचिवालयमा पत्र पठाएको प्रेशसभा सचिवालय र मुख्यमन्त्रीको सचिवालयले पुष्टि गरेको छ ।मुख्यमन्त्री कार्कीले आजै विश्वासको मत लिने तयारी गरे पनि एमाले अध्यक्षसँग संवाद गरेर मात्रै विश्वासको मत लिने भन्दै सोमबारका लागि सारिएको बताइएको छ ।मुख्यमन्त्रीले विश्वासको मत लिने भएपछि संसद सचिवालय र सभामुखले सांसदहरुलाई पनि जानकारी गराएका छन् । मुख्यमन्त्री कार्की शनिबार अध्यक्ष ओलीसँग भेट गर्न काठमाडौं जाने कार्यक्रम रहेको बताइएको छ ।संविधानक
काठमाडाैँ। मध्य जापानको सिजुओका प्रान्तमा शुक्रबार बिहान निर्माणाधीन जहाजमा आगलागी भएपछि एक जनाको मृत्यु हुनुका साथै कम्तीमा ९ जनालाई अस्पतालमा भर्ना गरिएको स्थानीय मिडियाले जनाएका छन्।सरकारी मिडिया एनएचकेका अनुसार कामदारहरूले मुरेड जहाजमा अपरेसन गरिरहेको अवस्थामा आगलागी भएको हो सिजुओका सहरको जहाज निर्माण कम्पनीका एक कर्मचारीले आपतकालीन सेवाहरूलाई टेलिफोनमार्फत घटनाको जानकारी गराएको जनाइएको छ।प्रहरी र अग्नि अधिकारीहरूलाई उद्धृत गर्दै जारी गरीएको प्रतिवेदनमा एकजना कामदारको घटनास्थलमै मृत्यु भएको पुष्टि भएको छ भने कम्तीमा ९ जनालाई धुवाँको प्रभावलगायतका अन्य लक्षणहरू देखापरेपछि अस्पताल लगिएको जना
इटहरी । साताको अन्तिम कारोबार दिन आज शेयरबजार घटेर बन्द भएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ०.४० प्रतिशत अर्थात् १०.६७ अंकले घटेर २ हजार ६१८.७२ अङ्कमा बन्द भएको छ ।नेप्सेमा सूचीकृत ३४४ स्टकको १ करोड २२ हजार ७६५ कित्ता शेयर ५९ हजार ८०५ पटक किनबेच हुँदा ४ अर्ब १६ करोड ७६ लाख १८ हजार ८८२ रुपैयाँको शेयर बिक्री भएको छ ।आज सामुहिक लगानी कोष समूह मात्रै ०.०३ प्रतिशतले बढेको छ । अन्य समूह आज सर्वाधिक अर्थात १.०६ प्रतिशतले घटेको छ ।आज रिलायन्स स्पिनिङ मिल्सको सर्वाधिक २६ करोड ३७ लाख ३० हजार रुपैयाँको शेयर किनबेच हुँदा उच्च कारोबार गर्ने अन्य कम्पनीमा सोलु हाईड्रो, रिडी पावर, सा
दमकः काँकरभिट्टा–लौकही सडक आयोजना पूर्वी खण्डका अनुसार रतुवा नदीमा निर्माण भइरहेको शैलीको आर्क पुल झापाका निन्दा, बिरिङ र कनकाई नदीमा पनि निर्माण हुने भएको छ ।एशियन हाइवेको काँकरभिट्टा–लौकही सडक आयोजनाअन्तर्गत चौथो प्याकेजमा पर्ने ३०० मिटरभन्दा लामा तीनवटा पुल निर्माणको ठेक्का कोभेक–क्रेजसी–टुन्डी जेभीले पाएको छ । तीनवटै नदीमा पुल निर्माणका लागि स्टिल संरचनाको काम शुरु भएको छ ।तीनवटै पुल निर्माणका लागि ५ अर्ब ९७ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको आयोजना कार्यालयले जनाएको छ । आयोजनाका अनुसार तीन पुलको समग्र भौतिक प्रगति ३१ प्रतिशत पुगेको छ ।काँकरभिट्टा–लौकही सडकको पूर्वी खण्डमा सडकसँगै ठूला नदी
रामपुरः गाउँको विकास, रोजगारी, अनुदानदेखि विभिन्न कामको प्रलोभन देखाएर सङ्कलन गरिएका नागरिकताको प्रतिलिपि दुरुपयोग गरी उनीहरूकै नाममा ई–सेवा तथा बैंक खाता खोली करोडौँ रुपैयाँको कारोबार भएको घटना सार्वजनिक भएको छ ।बेलका नगरपालिका वडा नम्बर ३ र ४ का स्थानीयको नागरिकता दुरुपयोग गरी ठूलो रकमको कारोबार गरेको आरोपमा प्रहरीले बेलका–४ का रितेश खत्री र उनका बुवा प्रकाश खत्रीलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ ।नेपाल प्रहरीको साइबर ब्युरो तथा वैदेशिक रोजगार विभागबाट अवैध कारोबारसम्बन्धी विषयमा स्थानीय केही व्यक्तिलाई बोलाइएपछि मात्रै कतिपय स्थानीयले आफ्नो नागरिकता दुरुपयोग भएको थाहा पाएका थिए ।रितेश ख
काठमाडौंः आज बसेको रास्वपाको केन्द्रीय समिति बैठकले पार्टीको प्रवक्ता, सहप्रवक्ता, कोषाध्यक्ष, सहकोषाध्यक्ष र केन्द्रीय सदस्य पदमा केही नेतालाई मनोनित गरेको छ ।पार्टीको प्रवक्तामा जगदीश खरेल, कोषाध्यक्षमा डा. मनोहर प्रधान, सहकोषाध्यक्षमा बसुमाया तामाङ, तथा सहप्रवक्तामा ननिता यादव र सुरेन्द्र चौधरी मनोनित हुनुभएको छ ।बैठकले संगठन विभाग प्रमुखमा प्रमोद न्यौपानेलाई मनोनित गरेको छ ।शिशिर खनाल, गणेश पराजुली, विराजभक्त श्रेष्ठ, कबिन्द्र बुर्लाकोटी, लिमा अधिकारी, दीपकराज बोहरा, समीक्षा बास्कोटा, शिव नेपाली, इन्दिरा राना मगर, मनिष झा र पुरूषोत्तम यादव सचिवालय सदस्यमा मनोनित हुनुभएको छ ।भूपदेप शाह, सुन
काठमाडौं । काठमाडौंको शंखमुलस्थित भ्याली ब्वाईज होस्टलमा कुटपिट तथा धारिलो हतियार प्रहारबाट एक युवकको मृत्यु भएको छ।दाङको घोराही उपमहानगरपालिका १७ घर भई हाल उक्त होस्टलमा बस्दै आएका २२ वर्षीय बसन्त कालाथोकीमाथि सोही होस्टलमा बस्ने बाराको कलैया उपमहानगरपालिका ३ घर भएका १८ वर्षीय शेखर यादव र अन्दाजी २० वर्षीय प्रमित पटेलले कुटपिट तथा धारिलो हतियार प्रहार गरेका थिए।घटनामा गम्भीर घाइते भएका कालाथोकीलाई उपचारका लागि मिनभवनस्थित निजामती कर्मचारी अस्पताल लगिएको थियो । टाउको र घाँटीमा चोट लागेका उनको अवस्था गम्भीर रहेको र बोल्न नसक्ने अवस्थामा उपचार भइरहेकोमा उपचारकै क्रममा अस्पतालका चिकित्सकले मृत घो
काठमाडौं । नेपाल सरकारको स्वामित्व रहेको दुग्ध विकास संस्थान (डीडीसी)बाट उत्पादित घ्यू दुबई निर्यात सुरू भएको छ । त्यहाँ बसोबास गर्ने नेपालीलाई लक्षित गरेर शुक्रबारदेखि दुबईमा निर्यात थालिएको हो ।पहिलोपटक शुक्रबार ६ सय किलो घिउ जहाजबाट दुबई पठाइँदै छ । दुबइमा घ्यू निर्यात गर्न डीडीसीले रातो र चन्द्र–सूर्य इन्टरनेसनलसँग सम्झौता गरेको छ ।दुबईमा रहेका बिक्रेताले परीक्षणको रुपमा बिक्री गर्ने र मागको अवस्था हेरेर थप निर्यात गरिने प्रबन्ध निर्देशक प्रकाशचन्द्र घिमिरेले बताए ।