All Posts By खेमचन्द्र अधिकारी

    Showing १,३२१-१,३३० of १,३८० items.
  • प्रतिनिधिसभाको अर्को बैठक चैत २२ गते बस्ने

    इटहरी ।  फागुन २१ गते निर्वाचित सांसदहरु सहभागी प्रतिनिधिसभाको पहिलो बैठक बिहीबार बसेको छ । सभाको अन्त्यमा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले अर्को बैठक चैत २२ गते आइतबार बस्ने जानकारी गराएका छन् ।‘०८२ चैत २२ गते आइतबार ११ बजे बस्ने गरी स्थगित हुन्छ’ जेष्ठ सदस्य अर्जुननरसिंह केसीले भने ।चैत २२ गते प्रतिनिधि सभाको सभामुख चयन गर्ने कार्यतालिका छ ।

    • प्रकाशित मितिः चैत २०, २०८२
    • १९२ पटक पढिएको
  • सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्र प्रकाशन गर्न निर्देशन दिइएपछि विरोधमा उत्रियो पत्रकार महासंघ

    काठमाडौंः सरकारी खर्चमा मितव्ययिता कायम तथा सूचना प्रकाशन प्रक्रियालाई पारदर्शी र एकरूप बनाउन भन्दै सरकारले सरकारी सञ्चार माध्यममामात्र विज्ञापन प्रकाशन प्रकाशन गर्न निर्देशन दिएको छ ।अब सार्वजनिक निकायहरूले आफ्ना सूचना तथा विज्ञापनहरू सरकारी सञ्चार माध्यममार्फत मात्र प्रकाशन तथा प्रसारण गर्नुपर्ने भन्ने बेहोराको पत्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारले जारी गरेको हो ।शाखा अधिकृत विनोद रेग्मीले सचिवस्तरबाट बुधबार भएको निर्णयअनुसार संघ, प्रदेश र स्थानीय तहका सबै निकायहरूले सरकारी सञ्चारमाध्यममा मात्रै विज्ञापन प्रकाशन गर्नुपर्ने भनी परिपत्र पठाएका हुन् ।सरकारी विज्ञापन

    • प्रकाशित मितिः चैत २०, २०८२
    • १९१ पटक पढिएको
  • गृहमन्त्री सुधन गुरुङले प्रतिनिधिसभामा पेस गरे तीन वटा अध्यादेश

    इटहरी ।  प्रतिनिधिसभाको हिजोको बैठकमा गृहमन्त्री सुधन गुरुङले तीन अध्यादेश पेश गरेका छन् ।सभाको पहिलो अधिवेशनको पहिलो बैठकमा दलीय आधारमा सदस्यहरूले मन्तव्य राखिसकेपछिको नियमित कार्यसूचीअन्तर्गत उनले ‘नागरिकता सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०८२’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२’ र ‘नेपाल विशेष सेवा (तेस्रो संशोधन) अध्यादेश, २०८२’ पेश गरेका हुन् ।नेपालको संविधानको धारा ८४ को उपधारा (२) बमोजिम समानुपातिकको बन्द सूचीमा समावेश गराउनुपर्ने जनसङ्ख्याको आरक्षणका लागि अध्यादेशबाट कानुन संशोधन गर्न लागिएको हो ।फागुन २१ गतेका लागि प्रतिनिधिसभाको निर्वाचन मिति तोकि

    • प्रकाशित मितिः चैत २०, २०८२
    • २०२ पटक पढिएको
  • पेट्रोलको मूल्य पुग्यो लिटरको २०० रुपैयाँ

    इटहरी ।  आजदेखि लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १५ रुपैयाँका दरले मूल्य बढाएको छ ।वृद्धि गरिएको मूल्य अनुसार अब तेस्रो वर्ग अर्थात् काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर २०२ रुपैयाँ पुगेको छ । डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १८२ रुपैयाँ पुगेको छ ।दोस्रो वर्गमा रहेका सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर २०१ रुपैयाँ पुगेको छ । त्यहाँ डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १८१ रुपैयाँ पुगेको छ ।पहिलो वर्गअन्तर्गत रहेका चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य प्रतिलिटर १९९ रुपैयाँ ५०

    • प्रकाशित मितिः चैत २०, २०८२
    • २६४ पटक पढिएको
  • पक्ष, विपक्ष कतै लाग्दिनँ, निष्पक्ष बस्छुः सांसद महावीर पुन

    इटहरी ।  म्याग्दीबाट स्वतन्त्र उम्मेद्वारी दिएर निर्वाचित सांसद महावीर पुनले प्रतिनिधिसभामा आफ्नो भूमिका कुनै पक्ष–विपक्ष भन्दा पनि निष्पक्ष हुने बताएका छन् ।आज शुरु भएको प्रतिनिधिसभाको पहिलो बैठकमा सांसद पुनले आफू आउनै नपर्ने मान्छे आएको बताउँदै आफू निष्पक्ष रहने बताएका हुन् । आफू अचम्मको सांसदको रूपमा यहाँ आएको र बोल्ने तरिका, काम गर्ने तरिका धेरैसँग नमिल्ने बताउँदै आउनै नपर्ने मान्छे संसदमा आइपुगेको उनको भनाइ थियो ।आफ्नो आत्मकथा बेचिरहेको बेला जेनजी आन्दोलनपछि जेनजीहरूले बोलाएर शिक्षा मन्त्री बनाएको र चार महिना शिक्षा मन्त्री रहँदा शिक्षा क्षेत्रका अनेकौं समस्या, चरम राजनीतिकरण वि

    • प्रकाशित मितिः चैत १९, २०८२
    • १४५ पटक पढिएको
  • श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले गरे एमसीसी खारेजीको माग, भदौ २४ को आगजनीमा संलग्नलाई कारवाही गर्न माग

    इटहरी ।  श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अमेरिकी सहायता परियोजना एमसीसी खारेज गर्न माग गरेका छन् । त्यस्तै, भदौ २४ गतेको आगजनीमा संलग्नलाई कारवाही गर्न पनि उनले माग गरेका छन् ।प्रतिनिधिसभाको पहिलो बैठकलाई आज सम्बोधन गर्दै उनले देशको स्वाधीनता र असंलग्न परराष्ट्र नीतिलाई बचाइराख्न एमसीसी खारेज गर्नुपर्ने उनको भनाय थियो । ‘सैन्य रणनीति उद्देश्यका साथ शुरु गरिएको असमान राष्ट्रघाती व्यापारिक सन्धि एमसीसी खारेज गर्नुपर्छ भनेर माग गर्दछु,’ उनले भने ।त्यस्तै, जेनजी आन्दोलनका क्रममा डिस्कोर्डमा योजना बनाएर बालबालिकालाई विद्यालय पोशाकमा आन्दोलनमा बोलाउने, शान्तिपूर्ण आन्दोलनलाई

    • प्रकाशित मितिः चैत १९, २०८२
    • २०२ पटक पढिएको
  • हिन्दू राज्य कायम र प्रदेश खारेज गर्ने साहस भए आवश्यक पर्ने दुई तिहाई मत राप्रपाले पुर्याउँछः ज्ञानेन्द्र शाही

    इटहरी ।   आज शुरु भएको प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रदेश संरचना खारेज गर्न र हिन्दू राज्य कायम गर्न वर्तमान सरकारलाई दुई तिहाइ बहुमत पुर्याउन आफ्नो दल तयार रहेको बताएका छन् ।शाहीले अनावश्यक प्रदेश संरचना सञ्चालनका लागि वार्षिक १ खर्ब रकम खर्च भइरहेको हुनाले खारेज गर्नुपर्ने बताएका हुन् । राजनीतिक दलका कार्यकर्ता व्यवस्थापन गर्न ल्याइएको प्रदेश संरचना यही संसद्बाट यही सरकारले खारेज गर्छ भने दुई तिहाइ बहुमत पुर्याउन चाहिने मत राप्रपाले दिने उनको भनाइ थियो ।

    • प्रकाशित मितिः चैत १९, २०८२
    • १९२ पटक पढिएको
  • हामीले ०६४ मा पाएको बहुमत सदुपयोग गर्न सकेनौं, रास्वपाले त्यो गल्ती नगरोस्ः वर्षमान पुन

    इटहरी ।  जेनजी आन्दोलनपछि बनेको पहिलो संसदमा नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट भनाइ राख्दै नेकपाका उपाध्यक्ष तथा सांसद वर्षमान पुनले ०६४ सालको निर्वाचनमा आफ्नो पार्टीले पाएको मतलाई सदुपयोग गर्न नसकेको स्वीकार गरेका छन् । यस पटक रास्वपाले त्योभन्दा राम्रो मत पाएको हुनाले त्यसलाई दुरुपयोग गर्ने गल्ती नगर्न उनले सुझाव दिएका छन् ।‘०६४ सालको चुनावमा तत्कालीन नेकपा माओवादीले झन्डैझन्डै यस्तै खालको विजय हासिल गरेको थियो । ०७४ सालमा हामी दुई दल मिलेर प्रतिस्पर्धा ग¥यौँ,’ उनले भने, ‘पछिचाहिँ हामीले पार्टी एकता ग¥यौँ । त्यसलाई सदुपयोग गर्न सकेनौँ जानेनौँ ।’उनले रास्वपालाई शिक्षाको रुपमा लिएर

    • प्रकाशित मितिः चैत १९, २०८२
    • १८२ पटक पढिएको
  • कर्मचारी, सेना र बारबरा फाउण्डेसनको सहयोगमा रास्वपाले ‘चामत्कारिक विजय’ गर्याे: नेकपा एमाले संसदीय दलका नेता बादल

    इटहरी ।  गत निर्वाचनमा कर्मचारी, सेना र बारबरा फाउण्डेसनको सहयोगमा रास्वपाले चुनाव जितेको नेकपा एमालेले जनाएको छ ।आज शुरु भएको प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले राष्ट्रिय स्वतन्त्र पार्टीको ‘चामत्कारिक विजय’मा नेपाली सेनादेखि बारबरा फाउन्डेसनलगायतका शक्तिको साथ भएको बताएका हुन् ।रास्वपालाई टीओबीलगायतका समूहको पनि साथ भएको र त्यसलाई अल्गोरिदम, एआई र गोयबल्स तरिका अपनाइएको उनको भनाइ थियो । शान्ति र समृद्धिका नायकलाई खुंखार खलनायकको रूपमा चित्रित गरेको र देश जलाउनेलाई नायकको रूपमा चित्रित गरिएको उनको भनाइ थियो 

    • प्रकाशित मितिः चैत १९, २०८२
    • २१५ पटक पढिएको
  • अब कहिल्यै रगत बगाउनु नपरोस्ः भीष्मराज आङ्देम्बे

    इटहरी । आजदेखि शुरु भएको प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका सांसद भीष्मराज आङ्देम्बेले अब कसैले कहिल्यै रगत बगाउन नपरोस् भन्ने भाव व्यक्त गरेका छन् ।आङ्देम्बेले भने, ‘जेन–जी पुस्ताले उठाएको मुद्दालाई टुङ्गोमा पुर्याउन कांग्रेस प्रतिबद्ध छ । हामी उनीहरूका मुद्दा खबरदारी गर्न टुंगोमा पुर्याउन हामी तयार छौँ ।’फरक दल भए पनि हामी सबै दल एउटै नौकामा सवार भएको हुनाले नागरिक पंक्तिमा आशा र विश्वास निरन्तर जगाउन सबै लाग्नुपर्ने उनको भनाइ थियो ।

    • प्रकाशित मितिः चैत १९, २०८२
    • १८८ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल