All Posts By खेमचन्द्र अधिकारी

    Showing १,३४१-१,३५० of १,३८० items.
  • नयाँ सभामुख चैत २२ गतेभित्र चुनिने

    काठमाडौंः नयाँ प्रतिनिधि सभाले चैत २२ भित्र नयाँ सभामुख पाउने भएको छ ।बुधबार सम्पन्न सर्वदलीय छलफलले पहिलो बैठकमै सभामुख चयनको कार्यतालिका सार्वजनिक गर्ने जिम्मा महासचिवलाई दिने सहमति गरेको हो ।आज दिउँसो २ बजेका प्रतिनिधि सभाको बैठक बोलाइएको छ । बैठकपछि चैत २० गते सभामुख पदका लागि मनोनयन दर्ता गर्ने कार्यक्रम तय गरिएको छ ।

    • प्रकाशित मितिः चैत १९, २०८२
    • १३८ पटक पढिएको
  • इन्डोनेसियामा गयो ७.४ म्याग्निच्युटको भूकम्प

    काठमाडौंः आज बिहान स्थानीय समय अनुसार ६ बजेर ४८ मिनेट जाँदा इन्डोनेसियाको मोलुका टापु नजिकै ७.४ म्याग्निच्युटको भूकम्प गएको छ । सो भूकम्पले इन्डोनेसियासहित छिमेकी देशहरूमा सुनामीको जोखिम बढाएको बताइएको छ ।भूकम्पको केन्द्रविन्दु टेर्नेट शहरबाट करिब १२० किलोमिटर टाढा मोलुका सागरमा रहेको छ । सुनामी चेतावनी केन्द्रले भूकम्पको केन्द्रविन्दुबाट एक हजार किलोमिटर भित्र रहेका इन्डोनेसिया, फिलिपिन्स र मलेसियाका तटीय क्षेत्रहरूमा समुद्री छालहरू आउन सक्ने सम्भावना रहेको बताएको छ ।

    • प्रकाशित मितिः चैत १९, २०८२
    • १९७ पटक पढिएको
  • इटहरी र इनरुवाका सरकारी कार्यालयबाट १७ जना ‘बिचौलिया’ नियन्त्रणमा

    इटहरीः जिल्ला प्रहरी कार्यालय सुनसरीले इनरुवा मालपोत कार्यालय र इटहरीस्थित यातायात व्यवस्था कार्यालय परिसरमा संयुक्त रूपमा अभियान चलाउँदै १७ जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।हिजो बुधबार इनरुवा नगरपालिका–३ स्थित मालपोत कार्यालय परिसरबाट १३ जना बिचौलियालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काका अनुसार सेवाग्राहीको काम छिटोछरितो गरिदिने भन्दै अवैध रूपमा रकम असुल्ने गरेको गुनासोपछि प्रहरी निरीक्षक प्रकाश पराजुलीको कमाण्डमा खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।प्रहरीले रामधुनी–९ का २८ वर्षीय युजिन घिमिरे, रामधुनी–५

    • प्रकाशित मितिः चैत १९, २०८२
    • २५१ पटक पढिएको
  • संसदीय दलको नेता चयनको विषयमा एमालेमा ‘युवा विद्रोह’, एमाले महासचिवको पुतला दहन

    काठमाडौंः संसदीय दलको नेता चयन प्रक्रियामा नेताहरूले गरेको व्यवहारको विरोधमा नेकपा एमालेसमर्थित युवा नेताले असन्तुष्टि जनाएका छन् । निर्वाचनमा लगातार धक्का खाँदै आएको नेकपा एमालेभित्र सुधारको अपेक्षा गरिए पनि व्यवहारमा भने पुरानै प्रवृत्ति दोहोरिएको युवाको भनाइ छ ।नेतृत्व तहमा युवालाई अवसर नदिएको भन्दै एमालेको भ्रातृ संगठन अनेरास्ववियुसँग आबद्ध विद्यार्थीहरूले हिजो महासचिव शंकर पोखरेलको राजीनामा माग गर्दै राजधानीमा प्रदर्शन गरेका छन् । अस्कल क्याम्पसबाट शुरु भएको प्रदर्शन पार्टी केन्द्रीय कार्यालयअगाडि पुगेर नाराबाजीमा परिणत भएको थियो ।संसदीय दलको नेतामा रामबहादुर थापालाई निर्विरोध निर्वा

    • प्रकाशित मितिः चैत १९, २०८२
    • १९० पटक पढिएको
  • आजदेखि एसइई शुरु हुँदै, उत्तरपुस्तिका ३ दिनमा परीक्षण हुने, नतिजा बैशाखभित्रै प्रकाशित हुने

    इटहरी ।  आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई) शुरु हुँदैछ । परीक्षा चैत २९ गते सकिनेछ ।यस पटक परीक्षा सकिएको ३ दिनभित्रै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी गरिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार उत्तरपुस्तिका ३ दिनभित्रै परीक्षण गर्ने र एक महिनाभित्रै परीक्षाफल सार्वजनिक गर्ने तयारी गरिएको हो । राष्ट्रिय परीक्षा बोर्डले एसइई परीक्षा सकिएको ३ दिनभित्रै परीक्षण र एक महिनाभित्र परीक्षाफल सार्वजनिक गर्ने गरी कार्यतालिका नै बनाएर सर्कुलर गर्ने तयारी गरेको जनाइएको छ ।विगतका वर्षहरूमा उत्तरपुस्तिका जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइको समन्वयमा सङ्क

    • प्रकाशित मितिः चैत १९, २०८२
    • २७७ पटक पढिएको
  • सेबोनको आईपीओ पाइपलाइनमा थपिए ४ कम्पनी

    इटहरी ।  नेपाल धितोपत्र बोर्डको आईपीओ पाइपलाइनमा चार ओटा कम्पनी थपिएका छन् । होटल तथा पर्यटन, जलविद्युत, लगानी र उत्पादन तथा प्रशोधन गरी प्रत्येक समूहमा एक–एक कम्पनी आईपीओको पाइपलाइनमा बसेका हुन् ।होटल तथा पर्यटन समूहतर्फ बुढानिलकण्ठ हेरिटिज लिमिटेडले ४९ लाख ५० हजार कित्ता शेयर निष्काशनको लागि बोर्डमा आवेदन दिएको छ ।हाइड्रोपावर समूहमा सभापोखरी हाइड्रोपावरले १० लाख ७५ हजार कित्ता शेयर निष्काशनको लागि आवेदन दिएको छ ।लगानी समूहतर्फ इष्टर्न सहारा कम्पनी लिमिटेडले २७ लाख ५० हजार कित्ता शेयर निष्काशनको लागि अनुमित दिएको छ ।उत्पादन तथा प्रशोधन समूहतर्फ नेशनल बायोटेक लिमिटेडले १० लाख कित्ता

    • प्रकाशित मितिः चैत १९, २०८२
    • २७३ पटक पढिएको
  • इन्धनको मूल्यवृद्धिसँगै बढ्यो हवाइ भाडादर

    इटहरी ।  हवाई इन्धन मूल्य दोब्बरले बढेसँगै हवाई उडानको भाडा वृद्धि भएको छ ।नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार अब काठमाडौं–धनगढी रुटको अधिकतम भाडा २३ हजार ५९ रुपैयाँ पुगेको छ ।प्राधिकरणका अनुसार भाडादरमा इन्धनको मूल्य (फ्युल चार्ज) मात्र बढेको हो । यसअघि धनगढीका लागि भाडामा इन्धनको मूल्य ५ हजार ६ सय १० तोकिएको थियो । अब धनगढी रुटको भाडामा इन्धनको मूल्य ११ हजार ९० रुपैयाँ पुगेको छ । अब धनगढीको न्यूनतम भाडादर १४ हजार ४ सय ५७ कायम भएको छ ।भाडादरमा इन्धनको मूल्यबाहेक वायुसेवा कम्पनीले लिने भाडा, १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) र विमानस्थल शुल्क थप हुन्छ । वायुसेवा सञ्चालक संघका

    • प्रकाशित मितिः चैत १९, २०८२
    • १८९ पटक पढिएको
  • आज पनि ७४ अङ्कले घट्यो नेप्से परिसूचक

    इटहरी ।  आज पनि नेप्से परिसूचक ७४ दशमलव ७३ अङ्कले घटेर २७७६.३६ विन्दुमा अडिएको छ । नेप्सेमा सूचीकृत ३४७ कम्पनीको ३ करोड २ लाख ९२ हजार ४५२ कित्ता शेयर किनबेच हुँदा १२ अर्ब १० करोड रुपैयाँमाथिको शेयर कारोबार भएको छ ।सबै समूह राताम्य हुँदा अन्य समूह सर्वाधिक ५.२६ प्रतिशतले घटेको छ ।घटेको बजारमा रिलायन्स स्पिनिङ मिल्स, सुपर खुदी हाइड्रोपावर, भुजुङ्ग हाइड्रो, रिज लाइन इनर्जी, सूर्यकुण्ड हाइड्रो र होटल फरेस्ट इनको शेयरभाउ १० प्रतिशतले बढेको छ ।नेपाल पुनर्बीमा कम्पनीको शेयरमूल्य सर्वाधिक ९.८४ प्रतिशतले घट्दा सप्तकोशी डेभलपमेन्ट बैंक, नेशनल हाइड्रोपावर, शिवश्री हाइड्रो, हिमाल दोलखा हाइड्रोपा

    • प्रकाशित मितिः चैत १८, २०८२
    • १४४ पटक पढिएको
  • थ्रीजी सिमलाई फोरजीमा रुपान्तरण गर्दै नेपाल टेलिकम

    इटहरी ।  थ्रीजी सेवा क्रमिक रूपमा बन्द गर्दै फोरजीमा क्रमशः रूपान्तरण गर्ने गरी नेपाल टेलिकमले कार्य अघि बढाएको छ ।नेपाल टेलिकमले थ्रीजी सिम प्रयोगकर्ता ग्राहकहरूलाई सिम परिवर्तनका लागि फोन तथा एसएमएस मार्फत जानकारी गराइरहेको छ । सम्बन्धित ग्राहकहरूले आफ्नो पुरानो सिमलाई फोरजी सिममा निःशुल्क रूपान्तरण गर्न सक्ने व्यवस्था टेलिकमले गरेको हो ।ग्राहकले पायक पर्ने नजिकको दूरसञ्चार कार्यालयमा सम्पर्क गरी सेवा अद्यावधिक गर्न सकिने टेलिकमले जनाएको छ । फोरजीमा सिम परिवर्तन गर्न ग्राहकले नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, सवारी चालक अनुमतिपत्र लगायत आफ्नो पहिचान खुल्ने कुनै आ

    • प्रकाशित मितिः चैत १८, २०८२
    • २०९ पटक पढिएको
  • मार्जिन कारोबारयोग्य कम्पनीको सूची सार्वजनिक

    विराटचोकः बैशाखदेखि ब्रोकरहरुले मार्जिन कारोबार सुविधा उपलब्ध गराउने घोषणा गरेसँगै नेपाल स्टक एक्सचेञ्जले मार्जिन कारोबारका लागि योग्य सूचीकृत कम्पनीहरुको नयाँ सूची सार्वजनिक गरेको छ । ।नेप्सेले मंगलबार साँझ मार्जिन कारोबारका लागि योग्य १२३ वटा कम्पनीको सूची सार्वजनिक गरेको हो । नेप्सेले मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यप्रक्रिया २०८२ को परिच्छेद ३ को दफा ८(१) बमोजिम मापदण्ड पूरा गरेका कम्पनीहरुको सूची सार्वजनिक गरिएको जनाएको छ ।मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यप्रक्रिया २०८२ अनुसार मार्जिन कारोबारका लागि योग्य कम्पनी भन्नाले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत, पर्याप्त बजार

    • प्रकाशित मितिः चैत १८, २०८२
    • १८२ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल