काठमाडौं: प्रेस काउन्सिल नेपालले पत्रकार सुरज खड्का सञ्चालक रहेको अनलाइन एनपीएल प्रेस डटकम सूचीकरणबाट हटाउनुका साथै कालो सूचीमा राखेर सूचीकरणबाट हटाएको छ ।काउन्सिलले पत्रकार खड्काको प्रेस पास निलम्बनका लागि सूचना तथा प्रसारण विभागमा पत्राचार समेत गरेको छ ।खड्काले गत आइतबार एमालेको एक कार्यक्रममा लुगा खोलेर आओ आओ भन्दै एमाले कार्यकर्ताहरुसँग भिड्न तम्सिएको भिडिओ भाइरल भएको थियो ।
इटहरी । आज अप्रिल फुल अर्थात् मूर्ख दिवस हो । हरेक वर्षको अप्रिल १ मा अरुलाई मूर्ख बनाउने (ढाँट्ने) गरिन्छ । यो दिवसको मर्मविपरीत गलत तरिकाले व्याख्या भएपछि दिवसलाई त्यत्ति महत्वका साथ मनाइँदैन ।यस पटक भने नेपाल प्रहरीले नै सर्वसाधारणलाई मूर्ख बनाएको (ढाँटेको) छ । आज अप्रिल फुलको अवसरमा सचेतना अभियान चलाउँदै प्रहरीले आफ्नो सामाजिक सञ्जालमा एउटा क्युआर कोड सार्वजनिक गरेको छ ।‘तपाईंविरुद्ध कतै कुनै उजुरी वा निवेदन परेको त छैन ?, सुनिश्चित गर्न क्यु आर कोड स्क्यान गर्नुहोस्’ लेखिएको क्यु आर प्रहरीले सामाजिक सञ्जालमा राखेको छ । सो क्यु आर कोड स्क्यान गरेपछि अप्रिल फुल भन्दै तपाईँले स्क्यान गर
इटहरी । बिक्री दबाबमा रहेको शेयर बजारमा आज दुई घण्टामा ४ अर्ब ५० करोड ८१ लाख ५४ हजार रुपैयाँको शेयर कारोबार भएको छ । बजार खुलेदेखि नै राताम्य रहेको बजार दिउँसो १ बजेसम्ममा ३६ दशमलव ८३ अङ्क घटेको छ ।हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक रुपैयाँको शेयर किनबेच भएको छ । नेपाल पुनर्बीमा कम्पनीको रुपैयाँको शेयर किनबेच भएको छ । कुमारी बैंक, आँखु खोला जलविद्युत कम्पनी र रिडी पावर उच्च कारोबार गर्ने कम्पनीमा परेका छन् ।बजार घटे पनि ६ ओटा कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ ।नेप्से परिसूचक लगभग ३७ अङ्क घटेर २८१४ आसपासमा शेयर किनबेच भइरहेको छ ।
इटहरी । आज सुन र चाँदी दुवैको भाउ बढेको छ । सुनको भाउ तोलामा ७ हजार ४०० रुपैयाँ र चाँदीको भाउ तोलामा १०० रुपैयाँ बढेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला २ लाख ९७ हजार ६ सय रुपैयाँ तोकिएको छ ।चाँदीको भाउ पनि आज बढेको छ । आज चाँदी प्रतितोला ४ हजार ९४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
इटहरी । आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विनिमयदर अनुसार अष्ट्रेलियन डलरको भाउ बढेको छ भने युरोपियन युरो, युके पाउण्ड स्टर्लिङ र स्वीस फ्रयांकको भाउ भने केही घटेको छ ।राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ४४ पैसा र बिक्रीदर १५२ रुपैयाँ ४ पैसा तोकिएको छ ।युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ६९ पैसा र बिक्रीदर १७४ रुपैयाँ ३८ पैसा छ । युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०० रुपैयाँ ६ पैसा र बिक्रीदर २०० रुपैयाँ ८५ पैसा छ ।स्वीस फ्रयाङ्क एकको खरिददर १८९ रुपैयाँ १८ पैसा र बिक्रीदर १८९ रुपैयाँ ९३ पैसा, अष्ट्रेलियन डलर एकको ख
विराटचोकः जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको हुनाले आज बागमती, गण्डकी, कर्णाली, सुदूर पश्चिम र लुम्बिनी प्रदेशलगायत देशका हिमाली तथा पहाडी भू–भागमा साधारणतया बदली रहेको छ । बाँकी तराई भू–भागमा आंशिक बदली भएको छ ।गण्डकी प्रदेशका केही तथा कोशी, बागमती, कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा तथा हिमपात भइरहेको महाशाखाले जनाएको छ ।आज दिउँसो देशका हिमाली भागमा साधारणतया बदली रहनेछ भने पहाडी तथा तराई भू–भागमा आंशिक बदली हुनेछ । कोशी प्रदेशका पहा
इटहरी । नेकपा एमालेको हिजो बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले सरकारविरुद्धको विरोधलाई थप व्यापक बनाउन सहकार्यको रणनीति अघि सारेको छ ।ललितपुरस्थित केन्द्रीय कार्यालय च्यासलमा बसेको बैठकले अध्यक्ष केपी शर्मा ओलीको पक्राउको विरोधमा भइरहेको आन्दोलनमा ऐक्यबद्धता जनाउन अन्य दल र नागरिक समाजको सहयोग र समर्थनका लागि अपिल पनि गरेको छ ।यस्ता छन् नेकपा एमालेले घोषणा गरेका कार्यक्रमहरू–चैत २५ भित्र जिल्लास्तरमा कार्यकर्ता भेलाहरू आयोजना–चैत २८ मा सबै पालिकामा विरोध प्रदर्शन–वैशाख ३ मा वडा तहसम्म प्रदर्शन विस्तार–वैशाख ७ मा प्रदेशस्तरीय विरोध कार्यक्रम–वैशाख १२ मा काठमाडौँमा केन्द्रीय प्रदर्शनयी
विराटचोकः नेपाल आयल निगमले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार पछिल्लो १५ दिनमै निगमको घाटा करिब १३ अर्ब रुपैयाँ नाघ्ने अवस्थामा पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य तीव्र रूपमा बढ्दा पनि स्वचालित मूल्य प्रणालीअनुसार उपभोक्ता मूल्य समायोजन गर्न नसक्दा निगमको घाटा ह्वात्तै बढेको हो ।निगमका अनुसार भारतीय आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोल, डिजेल र हवाई इन्धनको लागत उल्लेखनीय रूपमा बढेको छ । तर, उपभोक्तालाई प्रत्यक्ष भार नपरोस् भन्ने उद्देश्यले खुद्रा मूल्यमा समायोजन नगर्दा निगमले ठूलो आर्थिक भार वहन गर्नुपरेको जनाएको छ । पेट्रोलमा ४१ रुपैयाँ र डिजे
काठमाडौंः शेयर ब्रोकरहरुले लगानीकर्ताहरुलाई आगामी बैशाख २ गतेदेखि मार्जिन कारोबार सुविधा उपलब्ध गराउने घोषणा गरेका छन् । ब्रोकरहरुको छाता सङ्गठन स्टक ब्रोकर एशोसिएसन अफ नेपालले मङ्गलबार एक विज्ञप्ति प्रकाशित गर्दै यस्तो घोषणा गरेको हो ।‘नेपाल धितोपत्र बोर्डले जारी गरेको मार्जिन कारोबार सुविधा सम्बन्धी निर्देशिका २०८२ को निर्देशनअनुसार तथा नेपाल स्टक एक्सचेञ्ज लिमिटेडले जारी गरेको मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यप्रक्रिया २०८२ अनुसार धितोपत्र दलाल व्यवसायीहरुले पनि आफ्नो कार्यप्रक्रिया बनाउनुपर्ने थियो ।’ विज्ञप्तिमा भनिएको छः’ ‘सोहीअनुसार उक्त कार्यप्रक्रिया धितोपत्र दलाल व्यवसायीहरु
काभ्रेः मङ्गलबार साँझदेखि बिपी राजमार्गमा अनिश्चितकालीन यातायात सञ्चालनमा रोक लगाइएको छ । मङ्गलबार साँझ ७ बजेदेखि राजमार्गस्थित भकुण्डे–नेपालथोकमा खण्डमा भारी वर्षा भएकाले रोशी खोलामा पानीको बहाब बढेपछि राजमार्गमा हुने जोखिमलाई मध्यनजर गर्दै यातायात सञ्चालनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।काभ्रे जिल्लाको दक्षिणी क्षेत्र पनौती, नमोबुद्ध, कटुञ्जे, मङ्गलटार तथा काभ्रेभञ्ज्याङलगायतका स्थानमा भारी वर्षा भइरहेकाले रोशी खोलमा आउने बाढी र त्यसले राजमार्गमा पुर्याउने जोखिमलाई मध्यनजर गर्दै यातायात सञ्चालनमा रोक लगाइएको हो ।गत शुक्रबार साँझको वर्षापछि रोशी खोलामा आएक