All Posts By खेमचन्द्र अधिकारी

    Showing १,३९१-१,४०० of २,०८६ items.
  • मध्यान्तरपछिको अतिरिक्त समयमा भएको गोलको मद्दतमा पानामालाई पराजित गरी घाना विजयी

    इटहरी । मध्यान्तरपछिको अतिरिक्त समयमा घानाका कालेब यिरेन्कीले गरेको गोलको मद्दतमा घानाले फिफा विश्वकप २०२६ मा पानामालाई १–० ले हराउँदै विजयी सुरुवात गरेको छ ।आज बिहान क्यानडाको टोरन्टो स्टेडियममा भएको समूह एलको खेलमा कालेब यिरेन्कीले निर्णायक गोल गरी १–० गोलको स्थितिमा घानाले ३ अंक जोडेको हो ।

    • प्रकाशित मितिः असार ४, २०८३
    • १४६ पटक पढिएको
  • कोशी, मधेस र बागमती प्रदेशमा वर्षा, झापा, मोरङ र गोरखामा पछिल्लो २४ घण्टामा धेरै वर्षा

    इटहरी ।  जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा, स्थानीय वायू तथा पूर्वीय वायुको समेत आंशिक प्रभाव रहेको छ ।आज बिहानैदेखि कोशी, मधेस र बागमती प्रदेशका केही स्थानमा मध्यमदेखि भारी वर्षा भएको छ । पछिल्लो एक घण्टामा उदयपुर गढीमा ११.६ मिलिमिटर र सिन्धुलीको दुधौलीमा ८.६ मिलिमिटर वर्षा मापन भएको छ ।महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा झापाको बाहुनडाँगीमा ७१ मिलिमिटर, मोरङको लेटाङस्थित सकफरामा ६२.२ मिलिमिटर र गोरखामा ७१ मिलिमिटर वर्षा भएको छ ।आज दिउँसो कोशी प्रदेशका हिमाली र पहाडी भू–भागका थोरै स्थानहरूमा तथा

    • प्रकाशित मितिः असार ४, २०८३
    • २०९ पटक पढिएको
  • मध्यान्तरअघिको बराबरीको स्थितिलाई मध्यान्तरपछिका गोलले जीतको नतिजा निकाल्न सफल इंग्ल्याण्ड

    इटहरी ।  फिफा विश्वकपअन्तर्गत इंग्ल्यान्डले क्रोएसियालाई ४–२ गोलले पराजित गरेको छ । मध्यान्तरअघिको खेल २–२ गोलको बराबरीमा सकिएकोमा मध्यान्तरपछि इंग्ल्याण्डले थप २ गोल गरेपछि उसले ४–२ को नतिजा निकाल्दै ३ अंक जोडेको हो ।इंग्ल्याण्डका लागि कप्तान ह्यारी केनले दुई गोल अनि जुड बलिङहम र मार्कुस रासफोर्डको एक–एक गोल गरेका थिए ।डालास स्टेडियममा भएको खेलमा इंग्ल्याण्डका कप्तान ह्यारी केनले १२ औं मिनेटमा पेनाल्टीमा गोल गरेका थिए । केनले सुरुमा प्रहार गरेको पेनाल्टी क्रोएसियाका गोलकिपर डोमिनिक लिभाकोभिचले बचाएका थिए । तर केनले बल प्रहार गर्नुअघि नै लिभाकोभिक अगाडि बढेको देखिएपछि पुनः पेनाल्टी प

    • प्रकाशित मितिः असार ४, २०८३
    • २५७ पटक पढिएको
  • केराबारीका छात्रालाई आत्मरक्षा सीपः चार विद्यालयका किशोरी लक्षित तालिम सम्पन्न

    केराबारीः ऊर्जा सामुदायिक विकासको आयोजनामा तथा केराबारी गाउँपालिकाको आर्थिक सहयोगमा मोरङको केराबारी गाउँपालिकाभित्र रहेका चार वटा सामुदायिक विद्यालयका छात्राहरूलाई लक्षित गरी आत्मरक्षा तालिम सम्पन्न भएको छ ।केराबारीस्थित सार्वजनिक माध्यमिक विद्यालय, सावित्री माध्यमिक विद्यालय, लक्ष्मी माध्यमिक विद्यालय र बुद्ध माध्यमिक विद्यालयमा सञ्चालन गरिएको तालिममा छात्राहरूलाई आत्मविश्वास अभिवृद्धिसँगै सम्भावित हिंसा तथा जोखिमपूर्ण परिस्थितिबाट आफूलाई सुरक्षित राख्ने विभिन्न व्यावहारिक सीप प्रदान गरिएको थियो ।कार्यक्रमका प्रमुख अतिथि तथा केराबारी गाउँपालिका उपाध्यक्ष मनमाया मगरले किशोरी सशक्तीकरणका लागि य

    • प्रकाशित मितिः असार ४, २०८३
    • २६९ पटक पढिएको
  • शेयर बजार स्थिर, २७०० को बिन्दुमा टेवा लिने प्रयासमा

    इटहरी ।  आज नेप्से परिसूचक स्थिर रहेको छ । ०.०८ अर्थात् ०.०० प्रतिशतले बढेर २७०५.५३ विन्दुमा अडिएको शेयर बजारमा आज ३५२ कम्पनीको शेयर बिक्री भएको छ ।८३ लाख ७५ हजार ४७१ कित्ता शेयर ४४ हजार ५४२ पटक किनबेच हुँदा ३ अर्ब ६३ करोड ७५ लाख ८९ हजार १० रुपैयाँको शेयर किनबेच भएको छ ।आज विकास बैंक, वित्त, जलविद्युत, लगानी र उत्पादन तथा प्रशोधन समूहका परिसूचक बढेका छन् । वाणिज्य बैंक, होटल तथा पर्यटन, जीवन बीमा, लघुवित्त, सामुहिक लगानी कोष, निर्जीवन बीमा, व्यापार तथा अन्य समूहका परिसूचकमा भने गिरावट आएको छ ।बढेको बजारमा सोपान फर्मास्युटिकल्स् र एपोलो हाइड्रोपावरको शेयरमूल्य १५ प्रतिशत बढेको छ । डिब

    • प्रकाशित मितिः असार ३, २०८३
    • २५१ पटक पढिएको
  • विश्वकपमा पहिलो पटक सहभागी जोर्डन अष्ट्रियासँग पराजित

    इटहरी । अमेरिकाको क्यार्लिफोर्नियास्थित सान फ्रान्सिस्को वे एरिया रंगशालामा आज भएको खेलमा अष्ट्रियाले जोर्डनलाई ३–१ ले पराजित गरेको छ ।फिफा विश्वकप–२०२६ को समूह चरणको पहिलो खेलमा अष्ट्रियाको जीतमा रोमानो स्चमिड र मार्काे अर्नाटोभिकले एकएक गोल गरेका थिए भने एक गोल आत्मघाती गोल भएको थियो ।योसँगै जारी विश्कपमा ३ वटा गोल आत्मघाती भइसकेका छन् । खेलको २० औं मिनेटमा रोमानोले गोल गर्दै अष्ट्रियालाई अग्रता दिलाएका थिए । तर, ५० औं मिनेटमा अली ओल्वानले गोल गर्दै जोर्डनलाई बराबरीमा फर्काएका थिए । खेलको ७६ औं मिनेटमा जोर्डनका याजान अलारबले आत्मघाती गोल गरेका थिए भने मध्यान्तरपछिको इन्जुरी समयमा डिबक्स

    • प्रकाशित मितिः असार ३, २०८३
    • २३८ पटक पढिएको
  • अमृत लम्साल बने नेप्सेको अध्यक्ष

    इटहरी ।  अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साललाई नेप्सेको नेतृत्व सुम्पिनुभएको छ । योसँगै डेढ महिनादेखि नेतृत्वविहीन रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले नयाँ अध्यक्ष पाएको छ ।यसअघिका अध्यक्षले वैशाख १५ मा राजीनामा दिएपछि रिक्त रहेको उक्त पदमा लम्साललाई ल्याइएको हो । लम्साल हाल अर्थ मन्त्रालयको महाशाखा प्रमुखका साथै नेपाल रिइन्स्योरेन्स र नेपाल बैंकमा समेत महत्त्वपूर्ण जिम्मेवारीमा हुनुहुन्छ ।

    • प्रकाशित मितिः असार ३, २०८३
    • २२१ पटक पढिएको
  • रास्वपाको कर्णाली सभापतिमा मदन खड्का निर्वाचित

    सुर्खेतः राष्ट्रिय स्वतन्त्र पार्टीको कर्णाली प्रदेश सभापतिमा सुर्खेतका मदन खड्का २८८ मत ल्याएर विजयी हुनुभएको छ ।उहाँका निकटतम प्रतिद्वन्द्वी स्नेहा उपाध्यायले ६३ र नन्दकिशोर बस्नेतले ३५ मत ल्याउनुभएको थियो । खड्का यसअघि पनि कर्णाली प्रदेश सभापतिको जिम्मेवारीमा हुनुहुन्थ्यो ।अधिवेशनमा ५३० जना प्रतिनिधि सहभागी भए पनि निर्वाचनमा सबै सहभागी भएका थिएनन् ।

    • प्रकाशित मितिः असार ३, २०८३
    • २६८ पटक पढिएको
  • मेस्सीको ह्याट्रिकसँगै अर्जेन्टिनाद्वारा अल्जेरिया पराजित

    इटहरी । आज बिहान अमेरिकाको कान्सास सिटी रंगशालामा भएको खेलमा अल्जेरियालाई ३–० ले पराजित गर्दै अर्जेन्टिनाले ३ अङ्क हात पारेको छ ।अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीको ह्याट्रिकमा साविक बिजेता अर्जेन्टिनाले फिफा विश्वकप –२०२६ मा शानदार प्रदर्शन गरेको हो ।छैटौं पटक विश्वकप खेलिरहेका मेस्सीले आफ्नो विश्कपको इतिहासमा पहिलो पटक ह्याट्रिक पूरा गरेका हुन् । उनले खेलको १७ औं, ६० औं र ७६ औं मिनेटमा गोल गरेका थिए ।ह्याट्रिकसँगै मेस्सीले विश्वकपमा सर्वाधिक गोल गर्ने कीर्तिमानसमेत बराबरी गरेका छन् । विश्वकपमा १६ गोल गर्दै मेस्सीले जर्मनीका मिरोस्लाभ क्लोसको नाममा रहेको कीर्तिमान बराबरी गरेका हुन् ।सन्

    • प्रकाशित मितिः असार ३, २०८३
    • २७६ पटक पढिएको
  • आजदेखि ५०० दरका नयाँ नोट बजारमा

    इटहरी ।  आजदेखि नेपाल राष्ट्र बैंकले नयाँ सिरिजका ५०० रुपैयाँ दरका नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै नयाँ नोट असार ३ गतेदेखि प्रचलनमा आएको जनाएको हो ।राष्ट्र बैंकका अनुसार नयाँ नोटको आकार र रङ हाल प्रचलनमा रहेका ५०० रुपैयाँका नोटसरह नै रहनेछ । नोटमा विभिन्न सुरक्षा विशेषतासहित नयाँ डिजाइन समावेश गरिएको छ ।नोटको अगाडिको भागमा सगरमाथाको चित्र, लालीगुराँसको वाटरमार्क तथा दृष्टिविहीन व्यक्तिहरूले छामेर नोटको दर पहिचान गर्न सक्ने विशेष चिह्न राखिएको छ । नोटमा गभर्नर डा. विश्वनाथ पौडेलको हस्ताक्षर रहेको छ ।नोटको पछाडिको भागमा पाटेबाघको चित्र उल्लेख गरिएको छ ।

    • प्रकाशित मितिः असार ३, २०८३
    • १९० पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल