All Posts By खेमचन्द्र अधिकारी

    Showing २५१-२६० of १,३४७ items.
  • बेलबारी फुटबल क्लब बन्यो दोस्रो एसईई कप २०८३ को विजेता

    लेटाङः चिसाङ फुटबल क्लब, लेटाङको आयोजनामा लेटाङ–६ स्थित सुकेचौरी खेलमैदानमा सम्पन्न दोस्रो एसईई कप २०८३ को फाइनलमा बेलबारी फुटबल क्लबले खेरुवा फुटबल क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको छ ।उपाधि जितेसँगै बेलबारी एफसीले नगद ३० हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गरेको छ भने उपविजेता खेरुवा एफसीले नगद २० हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गरेको छ ।प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई समेत विभिन्न विधागत पुरस्कार प्रदान गरिएको खेल संयोजक आशिष राईले जानकारी दिनुभयो ।स्थानीय युवा खेलाडीहरूको प्रतिभा पहिचान तथा फुटबल खेलको विकास गर्ने उद्देश्यले आयोजना गरिएको आयोजकले

    • प्रकाशित मितिः साउन २३, २०८३
    • १५३ पटक पढिएको
  • अम्बा टिप्न गएकी ४ वर्षीया बालिकाको छिमेकीद्वारा हत्या

    इटहरी ।  आफ्नो बारीमा रहेको अम्बा टिप्न आएकी ४ वर्षीया बालिकालाई इँटा प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले छिमेकी ५९ वर्षीय जान मोहम्मद मन्सुरीलाई पक्राउ गरेको छ ।मोरङको सुनवर्षी नगरपालिका वडा नं. ९, डाइनिया मुस्लिम टोलमा साउन ८ गते सो घटना भएको थियो । स्थानीय जफारुल मियाँकी ४ वर्षीया छोरी कायनात खातुन घन्सी बारीमा मृत फेला परेकी थिइन् ।घटनाको प्रारम्भिक अनुसन्धान र सूक्ष्म खोजतलासका क्रममा मन्सुरीको संलग्नता देखिएपछि उनलाई साउन २० गते उनकै घरबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।मोहम्मदको बारीमा भुइँमा झरेका अम्बा टिप्न गएकी बालिका मोहम्मदले प्रहार गरेको इँटाले ढलेकी थिइन् । त

    • प्रकाशित मितिः साउन २३, २०८३
    • ८६ पटक पढिएको
  • सरोज न्यौपाने मृत्यु प्रकरणमा विद्यार्थी प्रदर्शनपछि सौतेनी आमा र बुबासहित ४ जना पक्राउ

    इटहरीः इटहरी उपमहानगरपालिका वडा नम्बर ९ भद्रटोलस्थित नन्द बिष्टको घरमा डेरा गरी बस्दै आएका जनता माध्यमिक विद्यालय, इटहरीमा कक्षा ११ मा अध्ययनरत १७ वर्षीय सरोज न्यौपानेको मृत्यु प्रकरणमा ४ जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा मृतकका बुबा, सौतेनी आमा र दुई काका रहेका छन् । उनीहरुलाई अनुसन्धानका लागि पाँच दिनको म्याद थप गरिएको छ ।इलाका प्रहरी कार्यालय इटहरीका अनुसार सरोजलाई शारीरिक तथा मानसिक यातना दिई आत्महत्या गर्न बाध्य बनाएको आरोपमा उनका बुबा बुद्धिसागर न्यौपाने, सौतेनी आमा मुना न्यौपाने तथा काकाद्वय अशोक न्यौपाने र नवराज न्यौपानेविरुद्ध आत्महत्या दुरुत्साहन सम्बन्धी कसुरमा जाहेरी दर्ता गरी आ

    • प्रकाशित मितिः साउन २२, २०८३
    • ३०० पटक पढिएको
  • करदाता प्रोत्साहन उपहार कार्यक्रमका विजेता आज घोषणा हुँदै, १५ जनाले प्रत्येकले १ लाख र १ जनाले १० लाख पाउने

    इटहरी ।  सरकारले वस्तु तथा सेवा खरीदपछि बिल लिने बानीको विकास गराउन साउन १ गतेदेखि १०० रुपैयाँभन्दा माथिको बिल लिने सबै नागरिकलाई करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी गराउने भएको छ । जसअन्तर्गत साउन १५ सम्मका विजेता आज घोषणा गर्ने तयारी गरिएको छ ।आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमको सम्पूर्ण प्राविधिक तयारी पूरा भएको जनाएको छ । बिहीबार विभागले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई उपहार छनोट विधि र प्रणालीबारे जानकारीसमेत गराएको बताइएको छ ।सो क्रममा विभागका प्राविधिकहरूले नमूना उपहार छनोट विधि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसमक्ष प्रस्तुत गरेका थिए । साउन १ ग

    • प्रकाशित मितिः साउन २२, २०८३
    • ३८९ पटक पढिएको
  • बेलबारी फुटबल क्लब बन्यो दोस्रो एसईई कप २०८३ को विजेता

    लेटाङः चिसाङ फुटबल क्लब, लेटाङको आयोजनामा लेटाङ–६ स्थित सुकेचौरी खेलमैदानमा सम्पन्न दोस्रो एसईई कप २०८३ को फाइनलमा बेलबारी फुटबल क्लबले खेरुवा फुटबल क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको छ ।उपाधि जितेसँगै बेलबारी एफसीले नगद ३० हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गरेको छ भने उपविजेता खेरुवा एफसीले नगद २० हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गरेको छ ।प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई समेत विभिन्न विधागत पुरस्कार प्रदान गरिएको खेल संयोजक आशिष राईले जानकारी दिनुभयो ।स्थानीय युवा खेलाडीहरूको प्रतिभा पहिचान तथा फुटबल खेलको विकास गर्ने उद्देश्यले आयोजना गरिएको आयोजकले

    • प्रकाशित मितिः साउन २२, २०८३
    • १२२ पटक पढिएको
  • इनरुवा–६ मा गरियो सीसी क्यामेरा विस्तार, दशैंअघि सबै सार्वजनिक स्थान निगरानीमा ल्याइने

    इनरुवाः सुनसरीको इनरुवा नगरपालिका वडा नम्बर ६ ले वडाभित्रका मुख्य चोक तथा सार्वजनिक स्थानमा सीसी क्यामेरा जडान अभियान शुरु गरेको छ । बढ्दो चोरीका घटना, आपराधिक गतिविधि र सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सुरक्षा निगरानी प्रणाली विस्तार गरिएको वडा कार्यालयले जनाएको छ ।वडाध्यक्ष सुमन थापाका अनुसार वडावासीको धनजनको सुरक्षा सुनिश्चित गर्दै शान्तिसुरक्षा मजबुत बनाउन प्राथमिकताका साथ विभिन्न स्थानमा सीसी क्यामेरा जडान गरिएको हो । हाल मुख्य चोक र सार्वजनिक स्थलमा क्यामेरा सञ्चालनमा आइसकेका छन् । दशैंअघि वडाभित्र आवश्यक ठानिएका सबै स्थानमा क्यामेरा जडान गरिसक्ने लक्ष्य राखिएको वडाध्यक्ष थापा ब

    • प्रकाशित मितिः साउन २२, २०८३
    • ७८ पटक पढिएको
  • सडक दुर्घटना न्यूनीकरण अभियानअन्तर्गत विराटचोकमा १६० चालकलाई रिफ्लेक्टिभ ज्याकेट वितरण

    विराटचोकः ट्राफिक प्रहरी पोस्ट विराटचोकले सवारी दुर्घटना न्यूनीकरण तथा रातको समयमा चालकको सुरक्षा अभिवृद्धि गर्ने उद्देश्यले १६० जना चालकलाई रिफ्लेक्टिभ ज्याकेट वितरण गरेको छ ।सुन्दरहरैंचा उद्योग वाणिज्य संघको कार्यालयमा आयोजित कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी निरीक्षक सन्तोष न्यौपाने, इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख प्रहरी निरीक्षक राजीव गिरी, ट्राफिक प्रहरी पोस्ट विराटचोकका प्रहरी सहायक निरीक्षक गंगाबहादुर मगर, सुन्दरहरैंचा नगरपालिका वडा नं. १२ का अध्यक्ष रोशनप्रसाद ढकाल तथा सिटी सफारी चालक परिवारका अध्यक्ष लीलामणि बाराकोटी लगायतको उपस्थिति थियो ।कार्यक्

    • प्रकाशित मितिः साउन २२, २०८३
    • ६५ पटक पढिएको
  • सिड नेपालको सामाजिक परीक्षण सम्पन्न, लाभाग्राही र सरोकारवालाले गरे प्रशंसा

    विराटचोकः नागरिक स्वावलम्बन विकास (सिड) नेपालले मङ्गलबार सुकुना बहुमुखी क्याम्पसमा जनप्रतिनिधि, सरोकारवाला, लाभग्राही, सञ्चारकर्मीलगायतको उपस्थितिमा गत आर्थिक वर्षको सामाजिक परीक्षण गरेको छ ।सामाजिक परीक्षण प्रतिवेदन प्रस्तुत गर्दै सिड नेपालका निर्देशक डा. अर्जुनमणि गुरागाईँले गत आर्थिक वर्षमा संस्थाले लिएको लक्ष्यअनुसार खर्च गर्न नसकेको बताउनुभयो । लाभान्वित परिवारको असहयोगलगायतका कारणले पनि अपेक्षाअनुसार काम गर्न नसकेको उहाँले बताउनुभयो ।कार्यक्रममा लाभग्राही विद्यार्थी, लाभग्राही परिवारका अभिभावक, सुकुना बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख बलराम पोखरेल, विभिन्न विद्यालयका प्रधानाध्यापक

    • प्रकाशित मितिः साउन २१, २०८३
    • १६० पटक पढिएको
  • आज पनि केही प्रदशेमा भारी वर्षाको सम्भावना

    इटहरी । आज पनि देशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ ।कोशी, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका धेरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षा तथा हिमपात हुने सम्भावना छ ।क

    • प्रकाशित मितिः साउन २१, २०८३
    • ७५५ पटक पढिएको
  • सिद्धार्थ सेकेण्डरीमा साइबर अपराधसम्बन्धी सचेतनामूलक कार्यक्रम

    खोर्सानेः मोरङको सुन्दरहरैंचा–१० स्थित सिद्धार्थ सेकेण्डरी स्कुलमा सामुदायिक साझेदारी कार्यक्रम अन्तर्गत साइबर अपराध (साइबर क्राइम) सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।विद्यालयका प्रिन्सिपल अर्जुन बस्नेतको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा इलाका प्रहरी कार्यालय बेलबारीका कार्यालय प्रमुख प्रहरी निरीक्षक राजीव गिरीले सहजीकरण गर्नुभएको थियो ।प्रहरी निरीक्षक गिरीले साइबर अपराधका विभिन्न प्रकार, सामाजिक सञ्जालको सुरक्षित प्रयोग, अनलाइन ठगीबाट बच्ने उपाय, व्यक्तिगत गोपनीयताको सुरक्षा तथा साइबर अपराध भएमा अपनाउनुपर्ने कानुनी प्रक्रिया सम्बन्धी जानकारी दिनुभएको थियो ।विद्यार्थीहरूलाई डिजिटल

    • प्रकाशित मितिः साउन २१, २०८३
    • १२७ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल