All Posts By खेमचन्द्र अधिकारी

    Showing २७१-२८० of १,३४७ items.
  • सुन्दरहरैंचाकी कबिना राई द भ्वाइस किड्स नेपालको सेमीफाइनलमा प्रवेश

    इटहरी । द भ्वाइस किड्स नेपाल सिजन ५ को प्रतियोगितामा मोरङको सुन्दरहरैंचा–७ ठडियाकी प्रतियोगी कविना राई सेमीफाइनलमा प्रवेश गरेकी छिन् ।मोरङको सुन्दरहरैँचा–७ स्थित ज्ञानज्योति इङ्लिस स्कुलमा कक्षा ६ मा अध्ययनरत कविनाले आफ्नो उत्कृष्ट गायन प्रस्तुत गर्दै आएकी छिन् ।पछिल्लो शृङ्खलाको ब्लाइन्ड अडिसनमा चारै जना प्रशिक्षकको कुर्सी घुमाउन (मन जित्न) उनी सफल भएकी थिइन् । उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिँदै उनी अहिले सिजन ५ को सेमीफाइनलमा प्रवेश गरेकी हुन् ।राईलाई विजयी बनाउन आवश्यक पर्ने भोट सङ्कलनका लागि उनको परिवार, उनी अध्ययनरत विद्यालय तथा सुन्दरहरैंचावासी लागेका छन् ।

    • प्रकाशित मितिः साउन २०, २०८३
    • १७९ पटक पढिएको
  • कोशी, गण्डकी र बागमतीका हिमाली र पहाडी जिल्लाका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना

    इटहरी ।  आज पनि देशका केही स्थानमा भारीदेखि अति भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपालको तराई भू–भाग नजिक रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।अहिले कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न भूभागमा वर्षा भइरहेको छ । पछिल्लो चौबीस घन्टामा सिन्धुपाल्चोकको गोब्रेमा सबैभन्दा धेरै १२०.८ मिलिमिटर वर्षा भएको छ ।आज दिउँसो देशको हिमाली भू–भागका केही स्थानमा मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । देशका पहाडी भू–भागका धेरै स

    • प्रकाशित मितिः साउन २०, २०८३
    • २०८ पटक पढिएको
  • अर्बौं रकम, सयौं केजी सुन र हातहतियार भएको उजुरीको आधारमा मुन्दडाको घरमा तलासी लिएको प्रहरीको भनाइ

    विराटनगरः मंगलबार कोशी प्रदेशका प्रहरी प्रमुख डिआइजी शेखर खनालले विराटनगरका उद्योगी व्यवसायी संघ संस्थाका प्रतिनिधिहरूसँग भेट गरी उद्योगी प्रकाश मुन्दडाको घरमा छापा मारेको घटनापछि त्रसित नहुन निजी क्षेत्रलाई आह्वान गरेका छन् ।सोमबार मुन्दडाको परिवार मात्रै होइन सबै उद्योगी व्यवसायी आतंकित हुने गरी छापा मारिएको भएको भन्ने सन्देश सार्वजनिक रूपमा व्यक्त भएपछि उनीहरूलाई आश्वस्त बनाउन र आतंकित नहुन आग्रह गर्न डिआइजी खनालले व्यवसायीहरूलाई छलफलका लागि बोलाएका थिए ।छलफलका क्रममा उद्योगी व्यवसायीले विराटनगरका उद्योगी व्यवसायी व्यवसायमा मात्र नभएर थुप्रै सामाजिक काममा विगतदेखि नै संलग्न रही आएको बताएका

    • प्रकाशित मितिः साउन २०, २०८३
    • २७५ पटक पढिएको
  • भोक्राहामा निकालियो सद्भाव र्याली

    इनरुवाः हिजो सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा सामाजिक सद्भाव कायम राख्ने उद्देश्यले हिन्दू र मुस्लिम समुदायका धर्मगुरु तथा स्थानीयको सहभागितामा सद्भाव र्याली निकालिएको छ ।भोक्राहा नरसिंह गाउँपालिकाको आयोजनामा भोक्राहा चोकबाट शुरु भएको र्याली विभिन्न स्थानको परिक्रमा गर्दै फूलचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । र्यालीमा सहभागी धर्मगुरु तथा वक्ताहरूले धार्मिक तथा सामाजिक सद्भाव कायम राख्दै विविधताबीचको एकतालाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिएका थिए ।कार्यक्रममा हालै सुनसरीको देवानगञ्जमा भएको घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरिएको थिय

    • प्रकाशित मितिः साउन २०, २०८३
    • २०१ पटक पढिएको
  • देवानगञ्ज घटनामा मृत्यु भएका रवीन्द्र मेहताका परिवारसँग गृहमन्त्रीको वार्ता

    काठमाडौंः यही साउन १० गते सुनसरीको देवानगञ्जमा भएको घटनामा घाइते भई उपचारका क्रममा आज मृत्यु भएका रवीन्द्र मेहताका परिवारसँग गृहमन्त्री सुधन गुरुङले वार्ता शुरु गर्नुभएको छ ।महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा मंगलबार साँझ गृहमन्त्री गुरुङ र मृतकका परिवारबीच वार्ता शुरु भएको हो । सशस्त्र प्रहरीको गोली लागेर घाइते भएका २२ वर्षीय मेहताको उपचारका क्रममा निधन भएको हो ।यसअघि गृहमन्त्री गुरुङले गृह मन्त्रालयमा हिन्दू तथा मुस्लिम समुदायका प्रतिनिधिसँग छुट्टाछुट्टै छलफल गरेका थिए ।

    • प्रकाशित मितिः साउन १९, २०८३
    • २०५ पटक पढिएको
  • नशालु पदार्थ सेवन गराई रिसोर्ट पुर्याएर जबरजस्ती करणीको आरोपमा तीन जना पक्राउ

    इटहरी । मोरङ प्रहरीले नशालु पदार्थ सेवन गराई एक महिलामाथि जबरजस्ती करणी गराएको आरोपमा तीन जनालाई पक्राउ गरेको छ। घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेकाविरुद्ध अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विराटनगर महानगरपालिका–५ की २५ वर्षीया सोनुमा लिम्बुले एक महिलालाई नशालु पदार्थ सेवन गराएर लेटाङ नगरपालिका–१ स्थित एक रिसोर्टमा पुर्‍याएकी थिइन्। त्यसपछि ज्यान मार्ने धम्की दिँदै ती महिलामाथि जबरजस्ती करणी गराइएको बताइएको छ ।  रिसोर्टमा पुर्‍याइएकी महिलामाथि सुन्दरहरैँचा नगरपालिका–१० का डम्बर खतिवडाले जबरजस्ती करणी गरेको आरोप छ। स

    • प्रकाशित मितिः साउन १९, २०८३
    • ३०४ पटक पढिएको
  • शैक्षिक परामर्श संघको एजेण्ट मिट एण्ड ग्रीट कार्यक्रम इटहरीमा सम्पन्न

    इटहरीः अन्तर्राष्ट्रिय शिक्षामा सहकार्य विस्तार गर्ने प्रतिबद्धतासहित नेपाल शैक्षिक परामर्श संघ पूर्वाञ्चल शाखाको समन्वय र सहजीकरणमा आयोजित एजेण्ट मिट एण्ड ग्रीट कार्यक्रम इटहरीमा सम्पन्न भएको छ ।नेपालका लागि विश्वविद्यालयका कन्ट्री म्यानेजर सुमन अधिकारीको निमन्त्रणामा आयोजित कार्यक्रममा पूर्वी नेपालका विभिन्न शैक्षिक परामर्शदाता, शैक्षिक परामर्श व्यवसायी तथा कन्सल्टेन्सी सञ्चालकहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।कार्यक्रममा विदेशी विश्वविद्यालयका शैक्षिक कार्यक्रम, अन्तर्राष्ट्रिय मान्यता, विद्यार्थी भर्ना प्रक्रिया, छात्रवृत्ति, विद्यार्थी सहायता सेवा तथा साइप्रसमा अध्ययनका विविध अवसरबारे

    • प्रकाशित मितिः साउन १९, २०८३
    • २८८ पटक पढिएको
  • आज पनि कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा हुने

    इटहरी ।  देशभर मनसुनी वायुको प्रभाव आज पनि कायम रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ । मनसुनी वायुको प्रभाव कायम रहँदा देशभर बादल लाग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।विभागका अनुसार हिमाली भागका केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना छ भने पहाडी भेगका धेरै र तराईका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने अनुमान गरिएको छ ।आज देशका पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ भने तराई भू–भाग केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको विभागले जन

    • प्रकाशित मितिः साउन १९, २०८३
    • ४०० पटक पढिएको
  • विराटनगरका उद्योगीको घरमा प्रहरी छापाः प्रमाण नभेटिएपछि निजी क्षेत्रले उठायो लगानी सुरक्षाको प्रश्न

    इटहरी ।  विराटनगरका प्रतिष्ठित उद्योगी वेणीगोपाल मुन्दडा र प्रकाश मुन्दडा परिवारको घर तथा कार्यालयमा नेपाल प्रहरीले विशेष सूचनाका आधारमा गरेको पाँच घण्टे खानतलासीपछि कुनै शंकास्पद वस्तु फेला नपरेपछि निजी क्षेत्रले राज्यको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि जनाएको छ ।हिजो बिहान विराटनगर–७ गोश्वारा रोडस्थित देवेनरा समूहको घर र कार्यालयमा ठूलो सङ्ख्यामा प्रहरी परिचालन गर्दै गरिएको अपरेसनले व्यवसायी समुदायमा त्रास फैलाएको उद्योगी व्यवसायीहरूको भनाइ छ ।प्रत्यक्षदर्शीका अनुसार बिहान करिब साढे ४ बजेदेखि सुरु भएको अपरेसनका क्रममा प्रहरीले ड्रोनमार्फत निगरानी गरेको थियो भने घर वरपरका सडकसमेत के

    • प्रकाशित मितिः साउन १९, २०८३
    • १९८ पटक पढिएको
  • साना किसान विकास लघुवित्तको घट्यो खुद नाफा

    इटहरी ।  गत आर्थिक वर्षमा साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले अघिल्लो वर्षको तुलनामा खुद नाफा घटाएको छ ।गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले ६५ करोड ३१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सो अवधिसम्मको खुद नाफाको तुलनामा २५.३६ प्रतिशत कम हो ।लघुवित्तको खुद ब्याज आम्दानी अघिल्लो वर्षको १ अर्ब ७९ करोड ६३ लाख रुपैयाँबाट घटेर १ अर्ब २७ करोड ३९ लाख ७० हजार ३९६ रुपैयाँ कायम भएको छ । त्यस्तै, सञ्चालन मुनाफा १ अर्ब २७ करोड रुपैयाँबाट घटेर ९३ करोड रुपैयाँमा सीमित भएको छ ।चुक्ता पूँजीका आधारमा प्रतिशेयर वितरणयोग्य नाफा ३३ रुपैयाँ ४६ पैसा कायम भएको छ ।

    • प्रकाशित मितिः साउन १९, २०८३
    • ३५१ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल