All Posts By खेमचन्द्र अधिकारी

    Showing ३६१-३७० of १,३५० items.
  • साताको अन्तिम दिन बढ्यो शेयर बजार, कारोबार रकम पनि वृद्धि

    इटहरी । साताको अन्तिम कारोबार दिन हिजो शुक्रबार शेयर बजार मापक नेप्से परिसूचक ०.२८ प्रतिशत अर्थात ७.८८ अंकले बढेर २७३४.६० बिन्दुमा अडिएको छ ।नेप्सेमा सूचीकृत ३५३ स्क्रिप्टको १ करोड ३७ लाख ६९ हजार १०० कित्ता शेयर ७० हजार १५८ पटक किनबेच हुँदा ६ अर्ब २६ करोड ७२ लाख २६ हजार ७२२ रुपैयाँको शेयर किनबेच भएको छ । अघिल्लो दिन भने ४ अर्ब ६९ करोड ३४ लाख रुपैयाँको शेयर किनबेच भएको थियो ।कारोबारमा आएका १३ वटा समूहमध्ये ७ वटामा हरियाली छाउँदा बैंकिङ समूह सर्वाधिक १.१७ प्रतिशतले बढेको छ । सामुहिक लगानी कोष समूह सर्वाधिक अर्थात २.०८ प्रतिशतले घटेको छ ।शुक्रबार रिडी पावरको सर्वाधिक ३० करोड ९३ लाख १९ हजा २३

    • प्रकाशित मितिः साउन ९, २०८३
    • २२२ पटक पढिएको
  • लायन्स डिष्ट्रिक्ट ३२५ सीको एरिया–४ सचिवालय उद्घाटन

    इटहरीः लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ सी अन्तर्गत एरिया–४ को सचिवालय औपचारिक रूपमा उद्घाटन गरिएको छ । डिष्ट्रिक्ट गभर्नर लीलाप्रसाद चिमरियाले लायन्स भवनमा आयोजित विशेष समारोहबीच सचिवालयको उद्घाटन गर्नुभएको हो ।उद्घाटन समारोहमा एरिया–४ का एरिया चिफ दुर्गाप्रसाद पौडेलले डिष्ट्रिक्ट ३२५ सी अन्तर्गत रहेका सातवटा एरियामध्ये एरिया–४ ले सबैभन्दा पहिले सचिवालय स्थापना गरेको बताउनुभयो ।उहाँले सचिवालय सञ्चालनसँगै एरियाभित्रका क्लबबीच समन्वय, सेवा गतिविधि तथा प्रशासनिक कार्य थप प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो ।समारोहलाई सम्बोधन गर्दै डिष्ट्रिक्ट गभर्नर लीलाप्रसाद चिमरियाले एरिया–४ ले छोटो समयम

    • प्रकाशित मितिः साउन ९, २०८३
    • १८१ पटक पढिएको
  • सुकुना घटनामा सुन्दरहरैंचाका पाँच दल एकै ठाउँमा, विद्यालयको गरिमा र विद्यार्थी सुरक्षाका लागि जनाए साझा प्रतिबद्धता

    इटहरी । मोरङको सुन्दरहरैंचा नगरपालिकामा हालै सार्वजनिक भएको सुकुना माध्यमिक विद्यालयसँग सम्बन्धित घटनापछि स्थानीय राजनीतिक दलहरूले विद्यालयको गरिमा, विद्यार्थीको सुरक्षा र निष्पक्ष अनुसन्धानको पक्षमा संयुक्त प्रतिबद्धता व्यक्त गरेका छन् ।नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी, नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय प्रजातन्त्र पार्टीका नगर, जिल्ला र प्रदेशस्तरीय नेताले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै घटनालाई गम्भीर रूपमा लिएको जनाएका हुन् ।उनीहरूले विद्यालयजस्तो पवित्र शैक्षिक संस्थामा भएको घटनाले विद्यार्थी, अभिभावक, शिक्षक तथा समग्र समाजलाई गहिरो पीडा पुगेको उल्लेख गरे

    • प्रकाशित मितिः साउन ९, २०८३
    • ३१२ पटक पढिएको
  • ३० अर्बको दैनिक कारोबार लक्ष्यसहित पूँजी बजारको १० वर्षे गुरुयोजना सार्वजनिक

    काठमाडौंः नेपाल धितोपत्र बोर्डले पूँजी बजारलाई देशको आर्थिक विकासको दोस्रो मुख्य स्तम्भ बनाउने घोषणा गर्दै ‘पूँजी बजार विकास मार्गचित्र, २०८३’ सार्वजनिक गरेको छ । जसमा आगामी १० वर्षभित्र बजारको संरचनात्मक सुधार गरी अन्तर्राष्ट्रिय स्तरको बनाउने जनाइएको छ ।आगामी दशकभित्र कुल गार्हस्थ उत्पादनमा बजारको योगदान उल्लेख्य बढाउने धितोपत्र बोर्डका अध्यक्ष डा. गोपालप्रसाद भट्टले मार्गचित्रमा उल्लेख गरेका छन् । सार्वजनिक मार्गचित्रले सन् २०३६ सम्मका लागि मुख्य सूचकहरूमा ठूलो फड्को मार्ने प्रक्षेपण गरेको छ । हाल औसत ८ अर्ब रुपैयाँ हाराहारीमा रहेको दैनिक कारोबार रकमलाई ३० अर्ब रुपैयाँ पुर्याउने लक्ष्य राखि

    • प्रकाशित मितिः साउन ९, २०८३
    • ३३९ पटक पढिएको
  • आज तरहरामा ‘कोरा २०२६’ हुने, ६ सयभन्दा बढी साइकलयात्री सहभागी हुने

    इटहरीः तरहरा साइक्लिङ क्लबले पाँचौँ संस्करणको ‘तरहरा कोरा २०२६’  शनिबार आयोजना गर्ने भएको छ । स्वास्थ्य प्रवर्द्धन, वातावरण संरक्षण, पर्यटन विकास तथा सामाजिक उत्तरदायित्वलाई एकैसाथ जोड्ने उद्देश्यसहित आयोजना हुने सो च्यारिटी साइकल यात्रामा कोशी प्रदेशका विभिन्न जिल्लाबाट ६ सयभन्दा बढी साइकलयात्री सहभागी हुने आयोजकको अनुमान छ ।‘तरहरा कोरा’ केवल साइकल यात्रा मात्र नभई स्वस्थ जीवनशैलीको प्रवद्र्धन, वातावरण संरक्षण, स्थानीय धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदाको प्रचारप्रसार तथा सामाजिक सेवासँग जोडिएको अभियान भएको कार्यक्रम संयोजक मदन बस्नेत बताउनुहुन्छ ।कार्यक्रमबाट सङ्कलित च्यारिटी रकम य

    • प्रकाशित मितिः साउन ९, २०८३
    • १८५ पटक पढिएको
  • आज हरिशयनी एकादशी, चर्तुमास व्रत शुरु

    इटहरी ।  आज हरिशयनी एकादशी व्रतको दिन हो । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा रोपेर पूजा गरिन्छ । आजदेखि चार महिनासम्म विशेष पूजा गरी चर्तुमास व्रत बस्ने गरिन्छ ।ज्येष्ठ शुक्ल एकादशीका दिन राखिएको दलको बिरुवा आज तुलसी मोठमा सारिन्छ । सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रूपमा मानिन्छ । आजदेखि कात्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ ।आषाढ शुक्ल एकादशीदेखि कात्तिक शुक्ल एकादशीसम्म चार महीना भगवान् विष्णु क्षीरसागरमा शयन गर्नुहुने भएकाले आजको दिनलाई हरिशयनी एकादशी भनिन्छ ।तुलसी विभिन्न रोगका लागि औषधिका रूपमा समेत प्रयोग गरिन्छ ।

    • प्रकाशित मितिः साउन ९, २०८३
    • १०४ पटक पढिएको
  • स्रोत नखुलेको साढे ६ लाख रुपैयाँसहित विराटनगर विमानस्थलबाट उपसचिव पक्राउ

    विराटनगरः साउन ३ गते आइतबार विराटनगर विमानस्थलबाट ६ लाख ६५ हजार रुपैयाँ नगदसहित राष्ट्रपति चुरे तराई–मधेश संरक्षण विकास समिति मोरङका कार्यालय प्रमुख मिक्मार तामाङ पक्राउ परेका छन् । उनी नेपाल सरकारका उपसचिव हुन् ।विराटनगरबाट काठममाडौं जाने क्रममा उनी पक्राउ परेको विवरण प्रहरीले आज मात्रै सार्वजनिक गरेको हो । दोलखाको भीमेश्वर नगरपालिका–९ घर भएका तामाङको झोलामा १ हजार दरका ५१५ थान र ५०० दरका ३०० थान नोट फेला परेपछि प्रहरीले रकमको स्रोतको खोजी गरेको थियो ।तामाङले स्रोत खुलाउन नसकेपछि विमानस्थल सुरक्षार्थ खटिएको प्रहरीले उनलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय मोरङको जिम्मा लगाएको थियो ।

    • प्रकाशित मितिः साउन ८, २०८३
    • २८४ पटक पढिएको
  • सन् २०३० को विश्वकप फुटबल ६ वटा देश र ३ वटा महादेशमा हुने, विश्वकपको शतवार्षिकी मनाइने

    इटहरी ।  २०२६ को विश्वकप सकिएसँगै अब फुटबल समर्थकहरूको ध्यान २०३० को फिफा विश्वकपतर्फ केन्द्रित भएको छ ।विश्वकप फुटबल प्रतियोगिता हुन थालेको १०० वर्ष पूरा हुने हुनाले आगामी विश्वकप प्रतियोगिता इतिहासमै पहिलोपटक छ वटा देश र तीन महादेशमा आयोजना हुने भएको हो ।सो विश्वकप जुन महिनामा शुरु हुने बताइएको छ । विश्वकपका विशेष खेलहरू उरुग्वे, अर्जेन्टिना र पाराग्वेमा हुने भएका छन् । मुख्य प्रतियोगिता स्पेन, पोर्चुगल र मोरक्कोमा सञ्चालन हुने र जुलाइ २१ मा फाइनल खेल खेलाइने बताइएको छ ।प्रतियोगिताको आयोजक राष्ट्र स्पेन, पोर्चुगल र मोरक्को रहने भएका छन् । विश्वकपको शतवार्षिकी मनाउन पहिलो चरणका एक–ए

    • प्रकाशित मितिः साउन ८, २०८३
    • १,२९५ पटक पढिएको
  • इटहरीका विभिन्न संघसंस्थाले ट्राफिकलाई दिए ६४ थान ट्राफिक कोन

    इटहरीः लेन अनुशासन कायम गर्दै प्रभावकारी ट्राफिक व्यवस्थापनमा सहयोग पुर्याउने उद्देश्यले विभिन्न संघ–संस्थाले नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीलाई ६४ थान ट्राफिक कोन प्रदान गरेका छन् ।ती कोनहरू सडकमा लेन अनुशासन कायम गर्न, सवारी साधनको सुरक्षित आवागमन सुनिश्चित गर्न तथा ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउन प्रयोग गरिने कार्यालयले जनाएको छ ।इटहरी भेट्रान क्लब, किसान कल्याण बचत तथा ऋण सहकारी, पूर्वाञ्चल बचत तथा ऋण सहकारी, शुभलाभ बचत तथा ऋण सहकारी, प्रशोधित पिउने पानी तथा माछापुच्छ्रे इन्जिनियरिङले ती कोन प्रदान गरेको कार्यालयले जनाएको छ ।सम्बन्धित संस्थाका

    • प्रकाशित मितिः साउन ८, २०८३
    • २१३ पटक पढिएको
  • यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर

    इटहरी । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ २२ पैसा र बिक्रीदर १५४ रुपैयाँ ८२ पैसा निर्धारण गरिएको छ ।युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ र बिक्रीदर १७६ रुपैयाँ ६९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०६ रुपैयाँ २२ पैसा र बिक्रीदर २०७ रुपैयाँ २ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १८९ रुपैयाँ ३३ पैसा र बिक्रीदर १९० रुपैयाँ ७ पैसा तोकिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ ९३ पैसा र बिक्रीदर १०८ रुपैयाँ ३५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ५१ पैसा र बिक्रीदर १०९ रुपैयाँ ९४

    • प्रकाशित मितिः साउन ८, २०८३
    • ९८ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल