All Posts By खेमचन्द्र अधिकारी

    Showing ५९१-६०० of १,३५४ items.
  • घट्यो पेट्रोल २० रुपैयाँ, डिजेल ३० रुपैयाँ र ग्यासको मूल्य १०० रुपैयाँ

    इटहरी ।  नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । आजदेखि लागू हुने गरी पेट्रोल प्रतिलिटर २० रुपैयाँ र डिजेल ३० रुपैयाँले मूल्य घटाइएको हो ।खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १०० रुपैयाँले घटाइएको छ । हवाइ इन्धन आन्तरिकतर्फ प्रतिलिटर ४० रुपैयाँ घटाइएको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटेर आएपछि निगमले आजदेखि लागू हुने गरी नयाँ मूल्य निर्धारण गरेको हो ।इण्डियन आयल कर्पोरेशन (आईओसी) बाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोल प्रतिलिटर १५ रुपैयाँ ९ पैसा, डिजेल २९ रुपैयाँ ४६ पैसा, हवाई इन्धन प्रतिलिटर २९ रुपैयाँ ४२ पैसा घटेर आएको छ ।अन्तर्राष्ट्रिय हवाई इन्ध

    • प्रकाशित मितिः असार १७, २०८३
    • २७८ पटक पढिएको
  • केराबारीका किसानलाई ७५ प्रतिशत अनुदानमा प्रविधि हस्तान्तरण

    केराबारीः मोरङको केराबारी गाउँपालिकाले आज पालिकाका विभिन्न वडाका किसानलाई ७५ प्रतिशत अनुदानमा प्रविधि हस्तान्तरण गरेको छ ।गाउँपालिका उपाध्यक्ष मनमाया मगरको अध्यक्षता, प्रमुख प्रशासकीय अधिकृत जयराम श्रेष्ठको प्रमुख आतिथ्यता तथा प्रवक्ता नारायणप्रसाद भुजेलको आतिथ्यतामा भएको कार्यक्रममा प्रविधि प्रदान गरिएको हो ।केराबारी गाउँपालिकाको रेमी परियोजना अन्तर्गत वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरुलाई स्वदेशमै उद्यमशील बनाउन माग तथा मुल्याङ्कनमा आधारित रहेर विभिन्न वडाका किसानलाई विभिन्न कृषि, लघुउद्यम तथा पशुपालन सम्बन्धि प्रविधि वितरण गरिएको हो ।यसरी वितरण गरिएको सामग्रीमा च्यापकटर १४ थान, हाते ट्य

    • प्रकाशित मितिः असार १६, २०८३
    • १७५ पटक पढिएको
  • लगातार छैटौँ दिन शेयर बजारमा गिरावट

    इटहरी । आज पनि शेयर बजारमा गिरावट आएको छ । शेयर बजार लगातार छैटौँ दिन ओरालो लागेको हो ।आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक ०.९३ प्रतिशत अर्थात २४.६३ अंकले घटेर २६०८.३३ बिन्दुमा अडिएको छ ।आज नेप्सेमा सूचीकृत ३६५ कम्पनीको ८७ लाख ३७ हजार ३९२ कित्ता शेयर ७९ हजार २८६ पटक किनबेच हुँदा ३ अर्ब २५ करोड ८७ लाख ५८ हजार १४ रुपैयाँको कारोबार भएको छ । सबै १३ वटै समूहमा रातो पोतिएको छ ।आज व्यापार समूह सर्वाधिक अर्थात् १.७४ प्रतिशतले घट्दा सिद्धार्थ बैंकको सर्वाधिक शेयर कारोबार भएको छ । सो बैंकको आज १३ करोड ३९ लाख ४ हजार १४८ रुपैयाँको कारोबार भएको छ । टक्सार पिखुवा खोला हाईड्रो, आँखुखोला जलविद्युत, ए

    • प्रकाशित मितिः असार १६, २०८३
    • २३९ पटक पढिएको
  • पीताम्बर दाहाललिखित आत्मपरक कृति ‘अतीतदेखि वर्तमानसम्म’ सार्वजनिक

    गछियाः साजीलाल माध्यमिक विद्यालय सुन्दरहरैंचामा लामो समय शिक्षण गर्नुभएका सो विद्यालयका पूर्व प्रधानाध्यापक पीताम्बर दाहालले लेख्नुभएको कृति ‘अतीतदेखि वर्तमानसम्म’ एक कार्यक्रमका बीच विमोचन गरिएको छ ।आइतबार सुन्दरहरैंचा–३ लक्ष्मीनारायण मन्दिरको सभाहलमा आयोजित कार्यक्रममा प्रमुख अतिथि तथा कृतिकारका विद्यार्थी प्रतिनिधि सभा सदस्य गुरु बराललगायतले कृतिको विमोचन गर्नुभएको हो ।विमोचन समारोहलाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि बरालले पीताम्बर सरको क्रान्तिकारिता र दूरदर्शिताको बारेमा व्याख्या गर्नुभएको थियो । वि. सं. २०२९ सालमा सरस्वती पूजा मनाउने क्रममा पुजारी छनोट विषयमा विवाद हुँदा तत्कालीन शिक्षक

    • प्रकाशित मितिः असार १६, २०८३
    • १७७ पटक पढिएको
  • घट्यो सुनचाँदीको दाम

    इटहरी ।  नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्य घटेको छ । आज सुन प्रतितोला ४५०० रुपैयाँ र चाँदी प्रतितोला २५ रुपैयाँ घटेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ७७ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छचाँदी प्रति तोला ४ हजार २८५ रुपैयाँमा कारोबार भएको छ ।

    • प्रकाशित मितिः असार १६, २०८३
    • २८१ पटक पढिएको
  • ‘रन सुन्दरहरैंचा’ सम्पन्न, धान दिवसको दिन हजारौैं निस्किए एकसाथ सडक र खेतमा

    विराटचोकः यस पटकको धान दिवसमा सुन्दरहरैंचाको सडकमा हजारौँ मानिस बिहानै एकै रङको कपडा लगाएर निस्किए । सुन्दरहरैंचा उद्योग वाणिज्य संघको आयोजनामा भएको ‘रन सुन्दरहरैंचा’ कार्यक्रममा सहभागिता जनाउन ‘रन सुन्दरहरैंचा’ लेखिएको सेतो रङको टिसर्ट लगाएर नगरवासी सडकमा र खेतमा निस्किएका हुन् ।सुन्दरहरैंचा अब सुत्दैन । नगर अब महानगरको दौडमा लम्कन्छ भन्ने सन्देश दिन कार्यक्रम गरिएको कार्यक्रम संयोजक तथा सुन्दरहरैंचा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष भोलेश्वर दुलालले बताउनुभयो ।बिहान साढे ६ बजे विराटचोक–विराटनगर सडकमा भेला भएका नगरवासी ५ किलोमिटर दक्षिणमा रहेको हरैंचा बजारसम्म दौडिएका थिए । दौडमा नगरप्रमुखका

    • प्रकाशित मितिः असार १६, २०८३
    • २३१ पटक पढिएको
  • लेटाङ फुटबल क्लब र लेटाङ एडभान्स अस्पतालबीच स्वास्थ्य साझेदारी, खेलाडी र परिवारलाई विशेष सुविधा

    लेटाङः लेटाङ फुटबल क्लब र लेटाङ–४ स्थित लेटाङ एडभान्स अस्पताल प्रालिबीच स्वास्थ्य साझेदारी सम्झौता सम्पन्न भएको छ । सम्झौताअनुसार लेटाङ एड्भान्स अस्पताल क्लबको आधिकारिक हेल्थ पार्टनर रहनेछ ।सो अस्पतालले क्लबमा आबद्ध खेलाडी, पदाधिकारी, कर्मचारी तथा उनीहरूका नजिकका परिवार सदस्यहरूलाई विभिन्न स्वास्थ्य सेवामा निःशुल्क तथा सहुलियत सुविधा उपलब्ध गराउने भएको छ ।सम्झौतामा खेलाडी तथा कर्मचारीहरूलाई एमबीबीएस ओपीडी परामर्श, एक्स–रे, सामान्य घाउ ड्रेसिङ तथा दीर्घकालीन ड्रेसिङ सेवा निःशुल्क उपलब्ध गराइने उल्लेख छ । टाँका, प्लास्टर÷स्ल्याब तथा हड्डीसम्बन्धी उपचार प्रक्रियामा ५० प्रतिशत छुट र प्रयोगशाला परी

    • प्रकाशित मितिः असार १६, २०८३
    • १४५ पटक पढिएको
  • बसाइँसराइँ वृद्धिदरलाई अवसरको रूपमा लिई सुन्दरहरैंचाको विकास गर्न विज्ञको सुझाव

    विराटचोकः अवसरको खोजीमा पहाडबाट तराई क्षेत्र झर्ने क्रमसँगै उदीयमान शहरको रूपमा रहेको मोरङको ऐतिहासिक महत्त्व बोकेको सुन्दरहरैंचा नगरपालिकाको विकास, वर्तमान अवस्था तथा आर्थिक समृद्धिका भावी सम्भावनाबारे विराटचोकमा बहस भएको छ । सो बहसमा सहभागी अधिकांश वक्ताले बसाइँसराइँमार्फत् बढिरहेको जनसङ्ख्या वृद्धिलाई नगरको विकासमा लगाउन आवश्यक रहेको बताउनुभएको छ ।सुन्दरहरैंचा उद्योग वाणिज्य संघले आज ‘कृषि, पर्यटन, उद्योग र व्यापारः आर्थिक समृद्धिको मूल आधार’ नारासहित आयोजना गरेको कार्यक्रममा नगरको समग्र विकासका लागि सरोकारवालाबीच खुला छलफल गरिएको थियो ।कार्यक्रममा आफ्नो धारणा राख्दै सञ्चारकर्मी टीकाराम यात

    • प्रकाशित मितिः असार १६, २०८३
    • १७१ पटक पढिएको
  • चार पटकको विश्वकप विजेता जर्मनीलाई पेनाल्टी सुटआउटमा हराउँदै पाराग्वे अन्तिम १६ मा प्रवेश

    इटहरी ।  आज बिहान अमेरिकाको बोस्टन स्टेडियममा भएको राउण्ड अफ ३२ को खेलमा दक्षिण अमेरिकी राष्ट्र पाराग्वेले जर्मनीलाई पेनाल्टी सुट आउटमा ४–३ गोलले पराजित गरी अन्तिम १६ मा आफ्नो नाम दर्ता गरेको छ ।निर्धारित ९० मिनेट र अतिरिक्त समयको खेल १–१ को बराबरीमा सकिएपछि खेलको नतिजा पेनाल्टी सुटआउटमार्फत् गरिएको थियो ।जर्मनी विश्वकपमा पेनाल्टी सुटआउटमा पराजित भएको यो पहिलो पटक हो । सन् २००२ मा जापान र कोरियामा भएको विश्वकपको अन्तिम १६ मा जर्मनीसँगै पराजित भएको पाराग्वेले २४ वर्षपछि त्यो हारको बदला लिएको छ ।पाराग्वेले अब फ्रान्स र स्वीडेनबीचको खेलको विजेतासँग अन्तिम १६ मा खेल्नेछ ।जर्मनी जारी विश्

    • प्रकाशित मितिः असार १६, २०८३
    • ८७ पटक पढिएको
  • धरान– ८ मा निर्मित स्मार्ट बसपार्कको भयो उद्घाटन

    धरानः निर्माण सकिए पनि सञ्चालनमा आउन नसकेको धरान–८ स्थित धरान बस टर्मिनलको शनिबार उद्घाटन भएको छ ।धरान उपमहानगरपालिकाका कार्यवाहक नगर प्रमुख आइन्द्रविक्रम बेघाले तीनकुने सुन्दरबस्ती जग्गा विकास क्षेत्रमा २४ करोड ८६ लाख ९ हजार रुपैयाँ लागतमा बनेको तीन तले टर्मिनल भवन सहितको स्मार्ट बसपार्कको उद्घाटन गर्नुभएको हो ।उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै कार्यवाहक नगरप्रमुख बेघाले बसपार्कको प्रभावकारी सञ्चालन र व्यवस्थापन भौतिक संरचना निर्माण भन्दा मुख्य चुनौती रहेको बताउनुभयो ।नवनिर्मित बसपार्कको दक्षिण–पश्चिम क्षेत्रमा पर्ने केही जग्गासम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकाले उक्त क्षेत्र

    • प्रकाशित मितिः असार १६, २०८३
    • १३५ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल