विराटचोकः फिफा विश्वकप प्रतियोगिताअन्तर्गत समूह ‘एल’ को समूह चरणको दोस्रो खेलमा इङ्ल्याण्ड र घानाबीचको प्रतिस्पर्धा बराबरीमा टुंगिएको छ ।समूह चरणको पहिलो खेलमा इङ्ग्ल्याण्डले क्रोएसियालाई ४–२ को फराकिलो गोलअन्तरले हराएको थियो भने घानाले पानामामाथि १–० को जीत दर्ता गरेको थियो ।
इटहरी । समूह एलमा रहेको सन् २०१८ को विश्वकप उपविजेता क्रोएसियाले जारी विश्वकपमा पहिलो जीत निकालेको छ ।एन्टे बुडिमिरको एक मात्र गोलमा क्रोएसियाले फिफा विश्वकप २०२६ मा पानामालाई पराजित गरेसँगै ३ अंक जोडेको छ ।आज बिहान क्यानडाको टोरन्टो स्टेडियममा भएको खेलमा क्रोएसियाका बुडिमरले खेलको ५३ औं मिनेटमा जोसिफ स्टानिसिकको पासमा गोल गरेका थिए । त्यसपछि दुवैले टोलीले गोल गर्न सकेनन् ।समूह चरणको पहिलो खेलमा क्रोएसिया इंग्ल्यान्ड्सँग ४–२ ले पराजित भएको थियो । समूह चरणको अन्तिम खेल क्रोएसियाले अब घानासँग खेल्नेछ । घानालाई पराजित गरेमा क्रोएसिया समूह एलको शीर्ष दुईमा रहेर नकआउट चरणमा प्रवेश गर्नेछ
इटहरी । क्रिस्टियानो रोनाल्डोले कीर्तिमानी गोलसँगै उज्वेकिस्तानलाई ० का विरुद्ध ५ गोलले पराजित गरेपछि पोर्चुगलले फिफा विश्वकप २०२६ मा पहिलो जीत हात पारेको छ ।समूह के अन्तर्गत अमेरिकाको ह्युस्टनमा भएको खेलमा रोनाल्डोको दुई गोल मदतमा पोर्चुगलले पहिलो पटक विश्वकप खेलिरहेको उज्वेकिस्तानलाई ५–० ले पराजित गरेको हो । पोर्चुगलका नुनो मेन्डेज र राफेल लिआऔले पनि १–१ गोल गरे । एक गोल भने आत्मघाती भएको थियो ।पहिलो जीतपछि पोर्चुगल २ खेलबाट ४ अंक जोड्दै शीर्ष स्थानमा उक्लेको छ । पहिलो खेलमा पोर्चुगलले डिआर कंगोसँग १–१ को बराबरी खेल्दा १ अंकमात्रै पाएको थियो । दुवै खेलमा पराजित उज्वेकिस्तान भने सम
इटहरी । नेपाल रिपब्लिक मिडियाको ५४ लाख कित्ता बढी शेयरको लकइन अवधि आज असार १० गते सकिने भएको छ ।कम्पनीको कुल ८४ लाख २ हजार १५९ कित्ता शेयरको लकइन अवधि आज समाप्त हुन लागेको हो ।जसमा संस्थापक शेयर संख्या ५३ लाख २२ हजार ८३ कित्ता र कर्मचारीहरुलाई सुरक्षित गरिएको ८० हजार १५९० कित्ता रहेको छ । कम्पनीको संस्थापक तथा कर्मचारीहरुले धारण गरेको शेयर बाँडफाँट गरेको मिति २०८० असार ११ गतेदेखि तीन वर्षसम्मका लागि लक इनमा रहेको थियो ।
भरतपुरः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा रवि लामिछानेको एकल उम्मेदवारी परेकाले उनी निर्विरोध निर्वाचित भएका छन् ।पार्टीको केन्द्रीय निर्वाचन आयोगका उपप्रमुख राम गुरूङले सभापतिमा लामिछानेले मात्र मनोनयन पत्र दर्ता गरेकाले उनी निर्विरोध निर्वाचित भएको बताएका हुन् । लामिछानेको मनोनयनपत्रमा बालेन शाह प्रस्तावक रहेका छन् ।मनोयन दर्तापछि दुवैले निर्वाचन आयोग सचिवालयबाहिर आएर कार्यकर्तामाझ हात हल्लाएका थिए ।संशोधित निर्वाचन कार्यतालिका अनुसार केन्द्रीय सदस्यहरूको उम्मेद्वारी दर्ता, दाबी–विरोध र अन्तिम नामावली प्रकाशनको काम आज रातभरिमा सकिने भएको छ ।संशोधित तालिका अनुसार पार्टी केन्द्र
भरतपुरः राष्ट्रिय स्वतन्त्र पार्टीका दुई जना सांसदहरूले सहमहामन्त्री पदमा उम्मेद्वारी दिने घोषणा गरेका छन् ।समानुपातिक सांसद रमेश प्रसाईं र मोरङ क्षेत्र नम्बर १ बाट विजयी यज्ञमणि न्यौपानेले सहमहामन्त्री पदमा उम्मेद्वारी दिने आज घोषणा गरेका हुन् ।पहिलो चरणमा सभापति र ९९ जना केन्द्रीय सदस्यका लागि निर्वाचन हुनेछ । त्यसपछि मात्रै पदाधिकारीहरूमा निर्वाचन हुने बताइएको छ ।रास्वपामा ५ जना सहमहामन्त्री रहने व्यवस्था छ । तीमध्ये २ जना मनोनित गर्ने व्यवस्था छ ।
इटहरी । लेखक तथा अनुसन्धाता केशु विरहीले राजनीतिक व्यक्तिलाई प्रज्ञा–प्रतिष्ठानजस्तो गरिमामय संस्थाको कुलपति स्वीकार गर्न नसकिने बताएका छन् । प्रदेश प्रज्ञा–प्रतिष्ठान ऐन २०७९ अन्तर्गत नै कोशी प्रदेश प्रज्ञा–प्रतिष्ठान गठन हुने कुरा बाहिर आएलगत्तै विरहीले यस्तो विचार व्यक्त गरेका हुन् ।केही दिन अघिको विराटनगरमा आयोजित एउटा सार्वजनिक कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेश–प्रज्ञा–प्रतिष्ठानको गठनको तयारी अन्तिम चरणमा पुगेको, बजेटको व्यवस्थापन भइसकेकाले अब चाँडै गठन हुने बताएका थिए ।कोसी साहित्य–कला परिषद् नेपालका अध्यक्षसमेत रहेका विरहीले सोमबार सामाज
इटहरी । ५ दिनदेखि स्थिर जस्तै रहेको नेप्से आज झण्डै १ प्रतिशत अर्थात् २६.१६ अंक घटेको छ ।नेप्सेमा सूचीकृत ३५३ कम्पनीको १ करोड ४० हजार १६४ कित्ता शेयर ७२ हजार ८५४ पटक किनबेच हुँदा ४ अर्ब ३६ करोड २१ लाख ९४ हजार ७७१ रुपैयाँको शेयर किनबेच भएको छ । कारोबार हिजोको भन्दा कम हो ।१३ वटा समूहमध्ये सामुहिक लगानी कोष ०.४५ प्रतिशतले बढेबाहेक बाँकी सबै समूह राताम्य भएका छन् । उत्पादन तथा प्रशोधन समूह सर्वाधिक अर्थात १.९२ प्रतिशतले घटेको छ ।घटेको बजारमा आँखुखोला जलविद्युतको सर्वाधिक ३४ करोड १६ लाख २९ हजार ८८४ रुपैयाँको शेयर किनबेच भएको छ । सोपान फर्मास्युटिकल्स, रिलायन्स स्पीनिङ मिल्स, एनआरएन इन्फ
कटहरीः मोरङको कटहरी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३\०८४ का लागि ६२ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाको दोस्रो गाउँसभाको नवौँ अधिवेशनमा उपाध्यक्ष सीतादेवी राजवंशीले आगामी वर्षको नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेकी हुन् ।बजेटमा संघीय सरकारको वित्तीय समानीकरण अनुदानतर्फ १२ करोड ४९ लाख ९० हजार, राजस्व बाँडफाँटबाट १० करोड २० लाख ६१ हजार, रोयल्टी १५ लाख, सशर्त अनुदान १६ करोड ६५ लाख, समपूरक अनुदान ६५ लाख र विशेष अनुदान ९५ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।प्रदेश सरकारबाट राजस्व बाँडफाँट (सवारी साधन कर) अन्तर्गत ८८ लाख ७३ हजार ५१२, समानीकरण अनुदान १ करोड १६ लाख ९८ हजार
इटहरी । आज नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ । आज सुनको मूल्य प्रतितोला १६०० रुपैयाँ र चाँदीको मूल्य तोलामा १४० रुपैयाँ घटेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ८७ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।आज चाँदी प्रतितोला ४५९० रुपैयाँमा कारोबार भइरहेको छ ।