इटहरी । डेनिस उन्डाभको दुई गोलमा जर्मनी लगातार दुई खेल जितेर फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेको छ ।जीतसँगै जर्मनी समूह ‘इ’ बाट ६ अंक जोड्दै एक खेल अगावै नकआउट चरणमा प्रवेश गरेको छ ।खेलको ३० औं मिनेटमा फ्रान्क कसीले आइभरी कोस्टलाई अग्रता दिलाए पनि दोस्रो हाफमा वैकल्पिक खेलाडी उन्डाभले दुई गोल फर्काए ।पहिलो हार बेहोरेको आइभरी कोस्ट ३ अंकसहित दोस्रो स्थानमा छ ।
इटहरी । फिफा विश्वकप २०२६ अन्तर्गत नेदरल्यान्ड्सले स्वीडेनलाई ५–१ गोल अन्तरले पराजित गरेको छ ।अमेरिकाको ह्युस्टन स्टेडियममा भएको खेलमा नेदरल्यान्ड्सको जीतमा ब्रायन ब्रोबी र कोडी गाक्पोले दुई–दुई गोल तथा क्रिसेन्सियो समरभिलले १ गोल गरेका थिए ।यो जीतसँगै दुई खेलबाट ४ अङ्क जोड्दै नेदरल्यान्ड्स समूह ‘एफ’ को शीर्ष स्थानमा उक्लिएको छ ।समूह एफमा नेदरल्यान्ड्सको यो पहिलो जीत हो । पहिलो खेलमा जापानसँग बराबरी खेलेको नेदरल्यान्ड्स दुई खेलबाट ४ अंक जोडेर शीर्ष स्थानमा उक्लेको छ र नकआउट पुग्ने सम्भावना बलियो बनाएको छ ।पहिलो हार बेहोरेको स्वीडेन भने ३ अंकसहित समूह एफ को दोस्रो स्थानमा छ ।ब्रायन ब
इटहरी । सान फ्रान्सिस्को बे एरिया स्टेडियममा भएको खेलमा पाराग्वेसँग १–० ले पराजित भएसँगै टर्कीए विश्वकपको समूह चरणबाट बाहिरिएको छ ।सहआयोजक अमेरिका लगातार दोस्रो जीतसँगै एक खेल अगावै प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेको छ ।पाराग्वेका माटियास गालार्जाले खेलको दोस्रो मिनेटमा गरेको गोल नै टर्कीविरुद्धको खेलमा निर्णायक बनेको थियो ।समूह ‘डी’ को विजेता बन्दै नकआउट चरणमा पुगेको अमेरिकाको २ खेलबाट ६ अंक छ । समान दुई खेल खेलेका अष्ट्रेलिया र पाराग्वेको समान ३ अंक छ ।सबै टोलीले एकएक खेल्न बाँकी छ ।टर्कीएमाथि १–० को जीत निकाल्न पाराग्वेका माटियास गालार्जाले निर्णायक गोल गरका थिए । उनले खेलको
विराटचोकः समूह ‘सी’ को दोस्रो खेलमा जीतका नतिजासँगै ब्राजिल समूह ‘सी’ को शीर्ष स्थानमा उक्लिएको छ ।यो जीतसँगै ब्राजिल २ खेलबाट ४ अंक जोड्दै समूह ‘सी’ को शीर्ष स्थानमा उक्लिएको हो ।फिफा विश्वकप २०२६ अन्तर्गत भएको खेलमा ब्राजिलले हाइटीलाई ३–० गोल अन्तरले पराजित गरेको छ ।ब्राजिलको सहज जीतमा म्याथियस कुन्हाले दुई तथा भिनिसियस जुनियरले एक गोल गरे ।खेलको २३ औं मिनेटमा कुन्हाले गोल गर्दै ब्राजिललाई पहिलो अग्रता दिलाए ।त्यसपछि ३६ औं मिनेटमा कुन्हाले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । मध्यान्तरअघिको अतिरिक्त समयमा भिनिसियसले पुनः अर्काे गोल गरेका थिए ।मध्यान्तरपछि भने कुनै पनि समूहल
इटहरी । नेपालमा हिजोदेखि कोशी प्रदेशबाट मनसुन भित्रिएको छ ।जल तथा मौसम विज्ञान विभागले शुक्रबार नेपालको कोशी प्रदेशबाट मनसुन भित्रिएको घोषणा गरेको हो ।नेपालमा सरदर जुन १३ (जेठ ३०) गते मनसुन भित्रिने गरेको थियो । प्रशान्त महासागरमा विकास भएको एल निनो प्रणालीका कारण मनसुनको आगमन ढिलो भएको बताइएको छ ।अघिल्लो वर्ष सरदरभन्दा १५ दिन अगाडि नै मनसुन भित्रिएको थियो । यसपालि मनसुनमा औसतभन्दा कम वर्षा र बढी गर्मी हुने विभागको अनुमान छ ।
इटहरी । नेपालमा यस वर्षको प्रि–मनसुन अवधिमा हालसम्मकै सर्वाधिक वर्षा रेकर्ड भएको छ ।जल तथा मौसम विज्ञान विभागका अनुसार उक्त अवधिमा देशभर औसत ३३९.७७ मिलिमिटर वर्षा मापन गरिएको छ, जुन औसत २२६.३ मिलिमिटरको १४५ दशमलव ५ प्रतिशत हो ।प्रि–मनसुन समयमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायु सक्रिय हुनु तथा अत्यधिक गर्मीका कारण प्रि–मनसुनमा अत्याधिक वर्षा भएको विभागले जनाएको छ ।विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सन् २०२६ मा भएको ३३९.७७ मिलिमिटर वर्षा प्रि–मनसुन अवधिको सबैभन्दा बढी वर्षा हो । यसअघि सन् १९९० मा ३३१.४० मिलिमिटर वर्षा भई उच्च रेकर्ड कायम भएको थियो ।तथ्याङ्कअनुसार सन् २०००
इटहरी । गत २४ घण्टामा तनहुँमा धेरै भारी वर्षा भएको छ ।जल तथा मौसम विज्ञान विभागका अनुसार तनहुँको कोटगाउँमा १३६ मिलिमिटर वर्षा भएको छ । बन्दीपुरमा ८१ मिलिमिटर, दमौलीमा ६९ मिलिमिटर बागलुङको श्रीकांङमा ७५ मिलिमिटर, कास्कीको याङ्जाकोटमा ६४.४ मिलिमिटर र गोरखामा ५४ मिलिमिटर वर्षा भएको छ ।अन्य भूभागमा हल्कादेखि मध्यम र भारी वर्षा भएको छ ।आज दिउँसो कोशी प्रदेशका हिमाली र पहाडी भू–भागका केही स्थानमा तथा बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागका थोरै स्थानमा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपात
इटहरी । दुई खेलबाट ४ अंक जोड्दै फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को खेलमा स्कटल्यान्डलाई १–० ले पराजित गर्दै मोरक्को समूहको शीर्ष स्थानमा उक्लिएको छ ।बोस्टन स्टेडियममा भएको खेलको दोस्रो मिनेटमा इस्माइल साइबारीले गरेको गोल नै मोरक्कोको जीतका लागि निर्णायक भएको थियो । आज पराजित स्कटल्यान्ड ३ अंकसहित समूहको दोस्रो स्थानमा छ ।मोरक्कोले नकआउट चरणमा पुग्ने सम्भावना पनि बलियो बनाएको छ ।मोरक्कोले पहिलो खेलमा ब्राजिलसँग बराबरी खेलेको थियो । आज पराजित भएको स्कटल्याण्डले पहिलो खेलमा हाइटीलाई हराएको हुनाले उसको तीन अंक छ ।
इटहरी । फिफा विश्वकप–२०२६ को समूह ‘डी’ अन्तर्गत सिएटलमा भएको खेलमा अस्ट्रेलियालाई २–० ले पराजित गर्दै लगातार दोस्रो जीत हात पार्दै अमेरिका जारी विश्वकप फुटबलको नकआउट चरणमा पुग्ने दोस्रो देश बनेको छ । यसअघि मेक्सिको नकआउट चरणमा पुगिसकेको छ ।दुई जीतसँगै अमेरिकाको ६ अंक रहेको छ । यसअघि आफ्नो पहिलो खेलमा अमेरिकाले पाराग्वेलाई पराजित गरेको थियो । अमेरिकासँग हारे पनि अघिल्लो खेल जितेको अष्ट्रेलियाको दुई खेलबाट ३ अंक छ । पाराग्वे र टर्की अंकविहीन छन् ।अमेरिकाको जीतमा एलेक्स फ्रीम्यानले ४३ औँ मिनेटमा एक गोल गर्दा एक गोल अष्ट्रेलियाका डिफेन्डर क्यामरुन बर्गेसको आत्मघाती भएको थियो । खेलको ११
काठमाडौंः २०५२ सालमा संखुवासभाको धर्मदेवीमा स्थापित मकालु वाइन इन्डस्ट्रीज लिमिटेडले आफ्नो जारी पूँजीको २० प्रतिशत बराबर १० लाख कित्ता शेयर प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा निष्काशन गर्ने भएको छ ।आईपीओ प्रक्रिया अगाडि बढाउन कम्पनीले रिलायबल इन्भेष्टमेन्ट एन्ड मर्चेन्ट क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकको जिम्मेवारी दिएको छ । यससम्बन्धी सम्झौतामा कम्पनीका अध्यक्ष पिताम्बर पोख्रेल र रिलायबल इन्भेष्टमेन्टका प्रमुख कार्यकारी अधिकृत भीष्मराज चालिसेले हस्ताक्षर गरेका छन् ।सो कम्पनीले चुत्रो तथा ऐँसेलुजस्ता स्थानीय जंगली फलबाट ‘हिंवा वाइन’ उत्पादन गर्दै आएको छ । सो कम्पनीमा देवश्री भेन्चर, हार्