All Posts By खेमचन्द्र अधिकारी

    Showing ६४१-६५० of १,३५४ items.
  • ५० प्रतिशत अनुदानमा केराबारीले किसानलाई बाँड्यो ८ हजार कफीका बिरुवा

    केराबारीः कफी खेती प्रवद्र्धन कार्यक्रम अन्तर्गत केराबारी गाउँपालिकाले किसानलाई ८ हजार कफीका बिरुवाका साथमा अन्य कृषि सामग्री वितरण गरेको छ ।केराबारी गाउँपालिका वडा नम्बर ३ को फूलबारी कृषक समूह तथा सिंहदेवी, भोगटेनी, रामपुर र साईडाँडाका किसानलाई ५० प्रतिशत अनुदानमा ८ हजार कफीका बिरुवा, १६ वटा सिँचाइ ट्यांकी, १ हजार १०० मिटर सिँचाइ पाइप वितरण गरिएको हो ।सामग्री वितरण कार्यक्रमको अध्यक्षता केराबारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जयराम श्रेष्ठले गर्नुभएको थियो । ३ नं वडाका वडाअध्यक्ष रामचन्द्र शाहीको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा कृषि शाखा प्रमुख टेकप्रसाद बास्तोलाको पनि उपस्थिति रहेक

    • प्रकाशित मितिः असार ५, २०८३
    • २१२ पटक पढिएको
  • भोलिदेखि स्व. लायन नरनाथ सापकोटा स्मृति फुटसल प्रतियोगिता हुने

    इटहरीः स्वर्गीय लायन नरनाथ सापकोटाको योगदानको सम्मान गर्ने उद्देश्यले इटहरीमा आजदेखि “स्व. लायन नारनाथ सापकोटा स्मृति फुटसल प्रतियोगिता–२०८३” हुने भएको छ ।लियो डिस्ट्रिकट ३२५ सी नेपालको आयोजना लियो क्लब अफ इटहरी स्मार्ट सिटीको सहआयोजनामा प्रतियोगिता हुने भएको हो ।प्रतियोगिताबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा परिषद्का डिस्ट्रिक्ट प्रेसिडेन्ट मनोज तिवारीले प्रतियोगिता केवल खेलकुदमा सीमित नभई युवाहरूको नेतृत्व विकास, अनुशासन, टीम–स्पिरिट र सामाजिक उत्तरदायित्वको भावना अभिवृद्धि गर्ने माध्यम बन्ने विश्वास व्यक्त गर्नुभयो ।स्वर्गीय लायन नरनाथ सापकोटाले समाजसेवा तथा युवा नेतृत्व विकासमा पुर्य

    • प्रकाशित मितिः असार ५, २०८३
    • १६७ पटक पढिएको
  • मकैको खोस्टा बन्ने भयो उद्यमको बाटो, सुन्दरहरैंचाका महिलाले सिके पर्स, ब्याग र जुत्ता बनाउन

    विराटचोकः खेर जाने मकैको खोस्टालाई आकर्षक तथा उपयोगी हस्तकला सामग्रीमा रूपान्तरण गर्ने उद्देश्यले सुन्दरहरैंचा नगरपालिकाले सञ्चालन गरेको १५ दिने सीपमूलक तालिम सम्पन्न भएको छ ।नगरपालिकाको आयोजनामा सञ्चालित मकैको खोस्टाबाट सौन्दर्य सामग्री तथा लेडिज पर्स र ब्याग बनाउने तालिम असार ३ गते सम्पन्न भएको हो । तालिममा नगरका १५ जना महिलाको सहभागिता रहेको थियो ।तालिममा सहभागी महिलाहरूलाई उर्लाबारीस्थित नरमाया हस्तकला उद्योगकी प्रशिक्षक नरमाया दंगालले प्रशिक्षण दिनुभएको थियो । सहभागी महिलाहरूले अत्यन्त उत्साह र जिज्ञासाका साथ तालिममा सहभागिता जनाएको बताउँदै प्रशिक्षक दंगालले सीपलाई निरन्तर अभ्यासमा उतारे

    • प्रकाशित मितिः असार ५, २०८३
    • २०५ पटक पढिएको
  • नेपाल धितोपत्र बोर्डको अध्यक्षमा गोपालप्रसाद भट्ट नियुक्त

    इटहरी ।  आज बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल धितोपत्र बोर्डको रिक्त अध्यक्ष पदमा कैलालीका डा. गोपालप्रसाद भट्टलाई नियुक्त गर्ने निर्णय गरेको छ ।राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टको संयोकत्वमा बनेको तीन सदस्यीय सिफारिश समितिको सिफारिशमा भट्ट अध्यक्ष पदमा नियुक्त हुनुभएको हो ।समितिमा अर्थ सचिव घनश्याम उपाध्याय र भुवनकुमार दाहाल काठमाडौं सदस्य हुनुहुन्थ्यो ।

    • प्रकाशित मितिः असार ५, २०८३
    • १५४ पटक पढिएको
  • कारोबार बढेसँगै नेप्से परिसूचकमा सामान्य सुधार

    इटहरी ।  साताको अन्तिम कारोबार दिन आज शेयरबजार सामान्य अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ०.६० प्रतिशत अर्थात १.६३ अंकले बढेर २ हजार ७०२.११ बिन्दुमा अडिएको छ । यद्यापि इन्ट्रा डे कारोबारमा नेप्से २६९२ सम्म झरेको थियो ।नेप्सेमा सूचीकृत ३५३ कम्पनीको १ करोड ९ लाख २२ हजार ५२५ कित्ता शेयर ६१ हजार १७० पटक किनबेच हुँदा ४ अर्ब ५३ करोड ४९ लाख ८३ हजार ५६८ रुपैयाँको शेयर किनबेच भएको छ ।१३ वटा समूहमध्ये ७ वटामा हरियाली छाउँदा व्यापार समूह सर्वाधिक अर्थात ०.७५ प्रतिशतले बढेको थियो । सामुहिक लगानी कोष समूह सर्वाधिक अर्थात ०.४९ प्रतिशतले घटेको छ ।सूचक बढेको बजारमा आज ग्लोबल आइ

    • प्रकाशित मितिः असार ५, २०८३
    • १८७ पटक पढिएको
  • युवालक्षित एआई तालिम सम्पन्न, आगामी वर्ष थप बजेट विनियोजन गर्ने नगरप्रमुखको घोषणा

    विराटचोकः युवाहरूलाई आधुनिक प्रविधि र कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी ज्ञान तथा सीप प्रदान गर्ने उद्देश्यले आयोजित एआई तथा कन्टेन्ट क्रिएटर तालिम सम्पन्न भएको छ ।इष्ट नेटवर्क प्रालिको आयोजना तथा सुन्दरहरैंचा नगरपालिकाको सहयोगमा सञ्चालन गरिएको उक्त तालिममा ३० जना युवाको सहभागिता रहेको थियो । जेठ २८ गतेदेखि असार १ गतेसम्म सञ्चालन भएको तालिममा प्रशिक्षक सुरेशचन्द्र दाहालले कृत्रिम बुद्धिमत्ता, डिजिटल कन्टेन्ट निर्माण तथा एआईका विविध प्रयोगसम्बन्धी प्रशिक्षण प्रदान गर्नुभएको थियो ।तालिमका क्रममा सहभागीहरूले एआईका विभिन्न टुल्स तथा प्रविधिबारे सैद्धान्तिक ज्ञान हासिल गर्नुका साथै प्रयोगात्मक अभ्

    • प्रकाशित मितिः असार ५, २०८३
    • ३१९ पटक पढिएको
  • लगातार दोस्रो जीतसँगै एक खेल अगावै सहआयोजक मेक्सिको पुग्यो विश्वकपको नकआउट चरणमा

    इटहरी ।  फिफा विश्वकप २०२६ को सहआयोजक राष्ट्र मेक्सिको एक खेल खेल्न बाँकी छँदै नक आउट चरणमा प्रवेश गरेको छ ।मेक्सिकोको ग्वाडलाजारा स्टेडियममा आज बिहान भएको खेलमा दक्षिण कोरियालाई १–० ले हराउँदै मेक्सिको एक खेलअगावै नकआउट चरणमा प्रवेश गरेको हो ।मेक्सिकोको जीतमा लुइस रोमोले निर्णायक गोल गरेका थिए । उनले खेलको ५० औं मिनेटमा गरेको गोल नै मेक्सिकोको जीतका लागि पर्याप्त भयो र समूह चरणको एक खेल खेल्न बाँकी रहँदै सो नक आउट चरणमा प्रवेश गर्याे ।समूह ‘ए’ बाट ६ अंक जोड्दै मेक्सिको नकआउट चरणमा पुग्दा आजको खेलमा पराजित भए पनि दक्षिण कोरियाको ३ अंक रहेकाले दक्षिण कोरियाको पनि नकआउट पुग्ने सम्भावना

    • प्रकाशित मितिः असार ५, २०८३
    • १८९ पटक पढिएको
  • ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपाने जेठ महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित

    इटहरी ।  सवारी दुर्घटना न्यूनीकरण र ट्राफिक व्यवस्थापनमा उल्लेखनीय भूमिका निर्वाह गरेको भन्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख, प्रहरी निरीक्षक सन्तोष न्यौपाने जेठ महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित भएका छन् ।कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले न्यौपानेलाई उनले पुर्याएको विशिष्ट योगदानको उच्च मूल्याङ्कन गर्दै २०८३ साल जेठ महिनाको उत्कृष्ट प्रहरीको रूपमा सम्मान गरेको हो ।प्रहरी निरीक्षक न्यौपानेले मोरङमा सवारी दुर्घटना न्यूनीकरण गर्न चालक तथा सह–चालकहरूको विस्तृत स्वास्थ्य परीक्षण, लागूऔषध तथा मादक पदार्थ सेवन (लापासे\मापासे) विरुद्धको कडा जाँच र नियम उल्लङ्घन गर्नेहरू

    • प्रकाशित मितिः असार ५, २०८३
    • १५५ पटक पढिएको
  • पछिल्लो १ घण्टामा ताप्लेजुङमा धेरै वर्षा, २४ घण्टामा झापा, इलाम, पाँचथर, मोरङ र सुनसरीमा धेरै वर्षा

    इटहरी ।  जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो एक घन्टामा ताप्लेजुङमा १७ मिलिमिटर वर्षा मापन भएको छ । पछिल्लो २४ घन्टामा भने झापाको अनारमनी बिर्तामा २०८.८ मिलिमिटर वर्षा भएको छ ।गत २४ घण्टामा झापाको बाहुनडाँगीमा ८३.६ मिलिमिटर, इलामको माइपोखरीमा ६९.६ मिलिमिटर, पाँचथरको माझिटारमा ६७.२ मिलिमिटर, मोरङको लेटाङमा ६१.२ मिलिमिटर र सुनसरीको चतरामा ५१.४ मिलिमिटर वर्षा भएको छ ।बागमती र गण्डकी प्रदेशका विभिन्न स्थानमा पछिल्लो २४ घन्टामा हल्कादेखि मध्यम र भारी वर्षा भएको महाशाखाले जनाएको छ ।हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू

    • प्रकाशित मितिः असार ५, २०८३
    • १४४ पटक पढिएको
  • विश्वकपमा सहआयोजक क्यानडाको पहिलो जीत, कतारमाथि ६ गोलको वर्षा

    इटहरी ।  फिफा विश्वकप २०२६ को सह आयोजक क्यानडाले कतारलाई ६–० को गोल वर्षा गरी विश्वकपमा पहिलो जीत दर्ता गरेको छ ।क्यानडाको भ्यानकुभरस्थित बीसी प्लेस स्टेडियममा भएको खेलमा खेलमा जोनाथन डेभिडले ह्याट्रिक पूरा गरे भने साइले लारिन र नाथन सालिबाले एकएक गोल गरे । एक गोल भने आत्मघाती गोल भएको थियो । जारी विश्वकपको यो चौथो आत्मघाती गोल हो ।खेलको १६ औं मिनेटमा साइले लारिनले गोल गर्दै क्यानडालाई अग्रता दिलाएका थिए । त्यसपछि जोनाथन डेभिडले २९ औं मिनेटमा गोल गर्दै टोलीको अग्रतालाई दोब्बर बनाए ।३३ औं मिनेटमा हमाम अहमद रातो कार्ड मैदानबाट बाहिरिएपछि कतार १० खेलाडीमा सीमित बनेको थियो । मध्यान्तरअघि

    • प्रकाशित मितिः असार ५, २०८३
    • १७४ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल