इटहरी । अमेरिकाको लस एन्जलसस्थित सोफाइ स्टेडियममा भएको खेलमा बोस्निया एन्ड हर्जगोभिनालाई ४–१ ले पराजित गर्दै स्वीट्जरल्यान्डले जारी विश्कपमा पहिलो जीत दर्ता गरेको छ । समूह चरणको पहिलो खेलमा स्वीट्जरल्याण्ड कतारसँग १–१ गोलको बराबरीमा रोकिएको थियो ।अमेरिकाको लस एन्जलसस्थित सोफाइ स्टेडियममा भएको खेलमा स्वीट्जरल्यान्डका लागि जोहान मान्जाम्बीले दुई तथा रुबेन वर्गास र ग्रानिट जाकाले एकएक गोल गरेका थिए ।स्वीट्जरल्याण्डका जोहान मान्जाम्बीले खेलको ७४ औं मिनेटमा गोल गर्दै स्वीट्जरल्यान्डलाई पहिलो अग्रता दिलाएका थिए ।त्यसपछि ८० औं मिनेटमा बोस्निायाका तारिक मुहारेमोभिकले विपक्षी खेलाडीलाई लडाएपछि रात
इटहरी । आज शेयरबजार मापक सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक ०.१८ प्रतिशत अर्थात ५.०६ अंकले घटेर २७००.४७ बिन्दुमा अडिएको छ ।नेप्सेमा सूचीकृत ३४७ कम्पनीको ७७ लाख ४३ हजार ३० कित्ता शेयर ४१ हजार १०४ पटक किनबेच हुँदा ३ अर्ब ४१ करोड ४८ लाख २३ हजार ७९८ रुपैयाँको शेयर किनबेच भएको छ ।कारोबारमा आएका १३ वटा समूहमध्ये व्यापार समूह सर्वाधिक अर्थात ०.३१ प्रतिशतले बढ्यो । यस्तै बैंकिङ समूह ०.०२ प्रतिशत, फाइनान्स ०.२०, लघुवित्त ०.०४ र म्युचुअल फण्ड ०.१९ प्रतिशतले बढे । बाँकी समूहमा रातो पोतिएको छ ।अन्य समूह सर्वाधिक अर्थात ०.८६ प्रतिशतले घटेको दिन आज आँखुखोला जलविद्युतको सर्वाधिक अर्थात ३१ करोड ९८
इटहरी । वैदेशिक रोजगार विभागका अनुसार नेपालीहरूका लागि इजरायलमा रोजगारी खुला भएको छ । नेपाल र इजरायलबीच भएको श्रम सम्झौताअनुसार सरकारी संयन्त्रमार्फत् नै इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा काम गर्न २३ सय जना नेपाली श्रमिकको माग भएको छ ।विभागका अनुसार इजरायलको दीर्घकालीन स्याहार केन्द्र (वेताबोध) का लागि केयर गिभर अर्थात् सहायक श्रमिक माग भएको छ । योग्यता पुगेकाहरूले ७ असारसम्म आवेदन दिन पाउनेछन्, जसमा ६० प्रतिशत महिला र ४० प्रतिशत पुरुष छनोट हुनेछन् ।छनोट भएकामध्ये पहिलो चरणमा १ हजार जनालाई तत्काल रोजगार प्रक्रियामा समावेश गराइने र बाँकी १ हजार ३ सय जनालाई भने पहिलो चरणको प्रक्रि
धनगढीः राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सुदूरपश्चिम प्रदेश सभापतिमा इन्जिनियर प्रकाश विष्ट प्रतिनिधि सभा सदस्य जनक सिंह धामीलाई पराजित गरी विजयी हुनुभएको छ । बाँकी पदमा सर्वसम्मत नेतृत्व चयन भएको छ ।उपसभापतिमा भोजराज जोशी, महामन्त्रीमा सन्तोष जोशी, सहमहामन्त्रीमा जसु भट्ट र पारस बाहुन, प्रवक्तामा तेज ठकुल्ला र कोषाध्यक्षमा गणेश बोहरा सर्वसम्मत निर्वाचित हुनुभएको छ ।सहमहामन्त्री बनेका पारस बाहुन यसअघि महामन्त्री हुँदा पार्टीमा गुटबन्दी गरेको आरोपमा उनलाई तत्कालीन समयमा महामन्त्रीबाट रास्वपाले बर्खास्त गरेको थियो ।
खेमचन्द्र अधिकारीइटहरी । फिफा विश्वकप फुटबल अन्तर्गत समूह चरणका पहिलो राउण्डका खेल सम्पन्न भएका छन् । समूह चरण अन्तर्गत पहिलो राउण्डका खेल सकिँदा मेक्सिको, दक्षिण कोरिया, अमेरिका, जर्मनी, स्वीडेन, नर्वे, अर्जेन्टिना, कोलम्बिया तथा इङ्ग्ल्यान्डले विजयी सुरुआत गरेका छन् ।पहिलो राउण्डको खेलपछि विभिन्न समूहमा रोचक प्रतिस्पर्धा देखिएको छ । केही समूहमा सबै टोली बराबरीमा रोकिँदा दोस्रो खेलको महत्त्व झन् बढेको छ ।समूह ‘ए’ मा मेक्सिको र दक्षिण कोरिया समान ३–३ अंकसहित शीर्ष दुई स्थानमा छन् । चेक रिपब्लिक र दक्षिण अफ्रिका अंकविहीन अवस्थामा छन् ।समूह ‘बी’ सबैभन्दा प्रतिस्पर्धात्मक बनेको छ । क्यानडा,
इटहरी । इटहरी उपमहानगरपालिका–३ स्थित त्रिवेणी चोक क्षेत्रमा त्रिवेणी बुढासुब्बा मल्टिपर्पोज प्राइभेट लिमिटेडले बालुवा प्रशोधन (बालुवा चाल्ने) प्लान्ट स्थापना गर्ने अनुमति पाएपछि स्थानीयवासीले विरोध जनाएका छन् । सो प्लान्ट बस्ती, विद्यालय तथा मन्दिरको नजिकै पर्ने भन्दै उनीहरूले कानुनी तथा वातावरणीय मापदण्ड पूरा नभएको बताएका छन् ।इटहरी उपमहानगरपालिकाका वातावरण शाखा प्रमुख पुष्प नारायण चौधरीका अनुसार आवश्यक सबै प्रक्रिया पूरा भइसकेको र नगर प्रमुखको स्वीकृतिमा प्लान्ट सञ्चालनको अनुमति दिइएको हो । उनका अनुसार वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) प्रतिवेदन समेत स्वीकृत भइसकेको छ ।सञ्चालक पक्ष त्रिवेणी
इटहरी । फिफा विश्वकप २०२६ अन्तर्गत समूह चरणको आफ्नो पहिलो खेलमा उज्वेकिस्तानलाई १ का विरुद्ध ३ गोलले हराउँदै कोलम्बियाले जीत हासिल गरेको छ ।मेक्सिकोको ऐतिहासिक अज्टेका स्टेडियममा भएको समूह के को खेलमा कोलम्बियाका लागि डानिएल मुनोज, लुइस डियाज र जामिन्टन क्याम्पाजले गोल गरेका थिए ।कोलम्बियाका डानिएल मुनोजले ४० औं मिनेटमा पहिलो गोल गरेका थिए ।विश्वकपमा डेब्यु गरिरहेको उज्बेकिस्तानका लागि अब्बोसबेक फेजुल्लाएभले ६० औं मिनेटमा बराबरी गोल फर्काएका थिए । उनी फिफा विश्वकपमा उज्बेकिस्तानका लागि गोल गर्ने पहिलो खेलाडी बनेका छन् ।खेलको ६५ औँ मिनेटम कोलम्बियाका लुइस डियाजले थप गोल गर्दै गोलसंख्
इटहरी । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ को खेलमा कंगो डीआर र पोर्चुगलले १–१ को बराबरी नतिजा निकाल्दै अंक बाँडेका छन् ।खेलको छैटौँ मिनेटमै पोर्चुगलका पेड्रो नेटोको सुन्दर क्रसलाई जोआओ नेभेसले हेडमार्फत गोलमा परिणत गरेका थिए ।मध्यान्तरअघिको अतिरिक्त समयमा कंगोका योआने विसाले आर्थर मासुयाकुको क्रसमा उत्कृष्ट हेड गोल गर्दै खेललाई बराबरीमा लगेका थिए ।५२ वर्षअघि सन् १९७४ मा पहिलो पटक विश्वकप खेलेको कंगोले विश्वकपमा पहिलो गोल गर्न सन् २०२६ सम्म पर्खनुपरेको थियो ।पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले यस खेलमार्फत नयाँ इतिहास रचेका छन् । ४१ वर्ष १३२ दिनको उमेरमा मैदान उत्रिएका रोनाल्डो वि
इटहरी । मध्यान्तरपछिको अतिरिक्त समयमा घानाका कालेब यिरेन्कीले गरेको गोलको मद्दतमा घानाले फिफा विश्वकप २०२६ मा पानामालाई १–० ले हराउँदै विजयी सुरुवात गरेको छ ।आज बिहान क्यानडाको टोरन्टो स्टेडियममा भएको समूह एलको खेलमा कालेब यिरेन्कीले निर्णायक गोल गरी १–० गोलको स्थितिमा घानाले ३ अंक जोडेको हो ।
इटहरी । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा, स्थानीय वायू तथा पूर्वीय वायुको समेत आंशिक प्रभाव रहेको छ ।आज बिहानैदेखि कोशी, मधेस र बागमती प्रदेशका केही स्थानमा मध्यमदेखि भारी वर्षा भएको छ । पछिल्लो एक घण्टामा उदयपुर गढीमा ११.६ मिलिमिटर र सिन्धुलीको दुधौलीमा ८.६ मिलिमिटर वर्षा मापन भएको छ ।महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा झापाको बाहुनडाँगीमा ७१ मिलिमिटर, मोरङको लेटाङस्थित सकफरामा ६२.२ मिलिमिटर र गोरखामा ७१ मिलिमिटर वर्षा भएको छ ।आज दिउँसो कोशी प्रदेशका हिमाली र पहाडी भू–भागका थोरै स्थानहरूमा तथा